Pages

Sunday, February 4, 2018

गच्छदारसँग लगातार भिडेकी भगवती दुवै पटक ४ सयभन्दा कम मतान्तरले पराजित भइन्

किशोर दहाल

२o७४ मङ्सिर २७ बुधबार| प्रकाशित ११:४१:oo

काठमाडौं– २०६४ सालको संविधानसभाको चुनावमा मन्त्रिपरिषद्बाट मनोनीत भएर संविधानसभा सदस्य बनेकी भगवती चौधरीको विजयकुमार गच्छदारसँग यो दोस्रो चुनावी प्रतिस्पर्धा थियो। तर दोस्रो प्रतिस्पर्धामा पनि उनी झिनो मतान्तरले पराजित भइन्।

२०७० मा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा यी दुई उम्मेदवारले सुनसरी-३ बाटै प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला विजय गच्छदारले चौधरीलाई ३ सय ६२ मतान्तरले पराजित गरेका थिए। २०७० को मतपरिणाममा गच्छदारले १७ हजार ५ सय २४ मत पाएका थिए। चौधरीले १७ हजार १ सय ६२ मत पाएकी थिइन्।


२०७० मा गच्छदार मधेसी जनअधिकार फोरमका उम्मेदवार थिए। मातृपार्टी नेपाली कांग्रेस नै भए तापनि उनी पहिलो संविधानसभाअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। तर २०६६ मा माधवकुमार नेपालको सरकार बनेसँगै उनले नयाँ पार्टी गठन गरे, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक। यही पार्टीका नाममा उनले दोस्रो संविधानसभाको चुनावमा प्रतिस्पर्धा गरे।

तर पछिल्लो चुनावको मुखमा उनी गत असोजमा नेपाली कांग्रेसमै फर्किए। र, सोही पार्टीको तर्फबाट उम्मेवार भएर जिते। यसरी पछिल्ला तीन वटा चुनावमा उनी तीन फरक पार्टीबाट चुनाव लडेका छन्।

संविधान निर्माणपछिको यो चुनावमा भने चौधरीले मतान्तर कम गरे तापनि जित भने निकाल्न सकिनन्। यसपटक उनी ३ सय २१ मतान्तरले पराजित भइन्।

बुधबार बिहान आएको सुनसरी-३ को अन्तिम मतपरिणाम अनुसार गच्छदारले ३८ हजार ९ सय ७२ मत पाए। चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन्।


http://nepallive.com/news-details/8741/2017-12-13 

No comments:

Post a Comment