Pages

Tuesday, March 13, 2018

विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिका लागि भण्डारीलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपा लगायतका दलले समर्थन गरेका थिए। राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय ३६ ले मतदान गरेका थिए। राष्ट्रपतिको मतदानमा संघीय सांसदका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित रहे। संघका ३ जना र प्रदेशका ५ जनाको मत बदर भएको छ।

Sunday, March 11, 2018

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। संसदमा आज भएको मतदानमा ओलीको पक्षमा २०८ सांसदले मत दिएका थिए। त्यस्तै विपक्षमा भने ६० मत खसेको थियो।
२७५ सांसदमध्ये २६८ मत खस्यो।

Saturday, March 10, 2018

सभामुखमा महरा निर्विरोध निर्वाचित


फागुन २६, २०७४| प्रकाशित १४:१८

काठमाडौं - माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले सभामुख पदका लागि एकमात्र उम्मेदवार महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो। उनी नेकपा एमालेका नेता सुवास नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा सभामुख निर्वाचित भएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले महरालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

'प्रतिनिधिसभाको अन्तरिम कार्याविधिको नियम ६ को उपनियम ३ बमोजिम महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु', संसदको अध्यक्षता गरिरहेका ठाकुरले भने।

Wednesday, March 7, 2018

तेस्रो राष्ट्रपतिका लागि दुई भोजपुरे नारी भिड्ने

तेस्रो राष्ट्रपतिका लागि दुई भोजपुरे नारी भिड्ने भएका छन्। आज वाम गठबन्धनकाको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई भिड्ने भएका छन्।

Monday, March 5, 2018

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा, उपनेतामा विजय गच्छदार मनोनीत

अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएका छन्। उनले आफूलाई सर्वसम्मत नेता बनाउने प्रयास गरेका थिए।

तर, अन्तिममा पूर्व उपसभापति प्रकाशमान सिंहसँगको चुनावी प्रतिस्पर्धामा देउवाले नै बाजी मारे। सोमबार भएको निर्वाचनमा उनले ४४ मत पाए। कुल ६३ जना रहेको संसदीय दलमा सिंहले १९ मत मात्रै पाए।

आफू निर्वाचित भएपछि देउवाले आजै उपनेतामा विजय गच्छदारलाई मनोनीत गरेका छन्।

दुवै सभाको पहिलो बैठक सम्पन्न

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरू भएको छ। आज (फागुन २१) छुट्टाछुट्टै बसेको दुवै सभाको पहिलो बैठकले आन्तरिक कार्यविधि पारित गरेको छ।
प्रतिनिधिसभाको बैठकको अध्यक्षता राजपाका संयोजक महन्थ ठाकुर र राष्ट्रियसभाको अध्यक्षता तारा भट्टले गरेका थिए।

Sunday, March 4, 2018

संघीय संसदका ५ जनाले लिएनन् सपथ

नेपाल लाइभ
फागुन २०, २०७४| प्रकाशित १८:३३
काठमाडौं– आइतबार संघीय सांसदहरुले सपथ लिएका छन्। निर्वाचित प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५६ सदस्यमध्ये ५ जना भने सपथ कार्यक्रममा उपस्थित भएनन्।

प्रतिनिधिसभाका ४ र राष्ट्रियसभाका १ जना सपथ कार्यक्रममा अनुपस्थित भएका हुन्। ५९ सदस्य हुने राष्ट्रियसभाका ३ जना भने टुंगो लाग्नै बाँकी छ।

आइतबार बेलुका साढे ४ बजे संघीय संसदको भवनमा भएको सपथ ग्रहणमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ पार्टीका ४ जना अनुपस्थित भएका हुन्।

प्रतिनिधिसभाका सदस्य माओवादीका टोपबहादुर रायमाझी र धर्मशिला चापागाईंले सपथ लिएनन्। त्यस्तै, राजपाका रेशम चौधरी र महेन्द्र राय यादवले पनि सपथ लिएनन्।

त्यस्तै राष्ट्रियसभाका रमेशप्रसाद यादव पनि सपथ कार्यक्रममा उपस्थित भएनन्।

प्रतिनिधिसभाका सदस्यहरुलाई जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका सदस्यहरुलाई जेष्ठ सदस्य तारा देवी भट्टले सपथ खुवाएका हुन्।

nepallive.com/story/17830 

संविधानप्रति असन्तुष्टि राखेका महन्थ ठाकुरले खुवाए– संविधानप्रति बफादार रहने सपथ

किशोर दहाल
फागुन २०, २०७४| प्रकाशित १७:३६
काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले सांसदहरुलाई सपथ खुवाएका छन्। ठाकुर यस्ता व्यक्ति हुन्, जसले संविधान निर्माण प्रक्रियादेखि नै संविधानका कैयौं प्रावधानमाथि असहमति राखेर आन्दोलन समेत गरे। दोस्रो संविधानसभाको सदस्य नभए पनि ठाकुर मधेस राजनीतिको सानाठूला सबै गतिविधिका निर्णयकर्तामध्येका एक हुन्।

आइतबार उनले खाएका र खुवाएका सपथको ब्यहोरामा 'नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही' भन्ने अंश छ। विगतमा ठाकुरले राखिरहेका असहमति र आन्दोलनको सन्देशप्रति सपथको यो अंशले विरोधाभाष प्रस्तुत गर्छ।

संविधानप्रति 'बफादारिता' नराखेरै ठाकुर र उनका सहयोगीहरु लामो मधेस आन्दोलनमा होमिएका थिए। १ सय ३७ दिने लामो भारतीय नाकाबन्दीको सहयोगी समेत बनेका थिए। 'अहिले नभए कहिल्यै हुँदैन' भनेर मधेसमाथि 'संकटकालीन' स्थिति सिर्जना गरे। त्यो कति स्वभाविक वा अस्वभाविक थियो त्यसको बेग्लै बहस होला तर संविधानप्रति उनीहरुले आफ्नो असहमति निरन्तर जाहेर गरिरहे।

लघु वित्त बन्द गर्न गाउँपालिकाको आदेश, अध्यक्ष भन्छन्– ठगी गरेकाले बन्द गर्ने निर्णय गरियो

किशोर दहाल
फागुन १८, २०७४| प्रकाशित ००:३८
काठमाडौं– बाजुराको गौमुल गाउँपालिकाले त्यहाँ कार्यरत केही लघु वित्तहरुलाई बन्द गर्न आदेश दिएको छ।

माइक्रोफाइनान्स, निर्धन उत्थान विकास बैंक र डिप्रोस लघुवित्त बैंकलाई यस्तो आदेश दिइएको हो। 'गत ८ गते निर्णय गरेर उहाँहरुलाई पत्र पठाइएको छ', गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले भने।

तीन वटा लघु वित्तहरुलाई पठाइएको पत्रमा भनिएको छ– ‘गाउँसभाबाट स्थानीय सहकारीलाईमात्र बढवा दिने निर्णय भएकोले बैंक तथा फाइनान्सहरुको यस गाउँपालिकाको जुनसुकै वडाहरुमा समूह गठन भई वित्तीय कारोबार संचालनमा छ भने एकमहिनाभित्र कारोबार बन्द गरि समूहका सदस्यको रकम फिर्त गरेर सोको जानकारी यस गाउँपालिकामा गर्नुहुन जानकारीका साथै अनुरोध गरिन्छ।’

प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पनि आश्वासन उस्तै, चौथो पटक भने- 'कोही नेपाली भोकै मर्नुपर्दैन'

किशोर दहाल
फागुन १८, २०७४| प्रकाशित २१:३७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले 'अब कोही नेपाली भोकै नमर्ने' बताएका छन्। शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ओलीले भने– 'अब कोही पनि नेपाली भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ। केही वर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्छ।'

रोचक के छ भने, प्रधानमन्त्रीका रुपमा ओलीले यो आश्वासन कम्तिमा चार पटक दिइसकेका छन्। अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि ओलीले कम्तिमा तीन पटक यस्तो आश्वासन दिएका थिए।

त्यतिबेला विभिन्न कार्याक्रममा मन्तव्य राख्दै ओलीले 'आफू प्रधानमन्त्री रहुञ्जेल कोही नेपाली भोकै मर्नु नपर्ने' आश्वासन सार्वजनिक रुपमै दिएका थिए।

०७३ वैशाख ८ मा कास्कीको पुरुन्चौरमा स्थापित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्ने क्रममा ओलीले आफू प्रधानमन्त्री रहुन्जेल कोही भोकै मर्नु नपर्ने आश्वासन दिएका थिए। नेपाललाई दुई वर्षभित्र खानेकुरामा आत्मनिर्भर बनाउने उनको घोषणा थियो। 'केपी ओली प्रधानमन्त्री रहेसम्म कोही भोकै पर्दैनन्,' उनले भनेका थिए, 'मैले लोकप्रियता खोजेको होइन, जनताको दुखकष्ट कटाउन खोजेको हुँ।'

यस्तै, ०७३ वैशाख १७ मा धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै नमर्ने बताएका थिए।

अन्योलको भूमरीबीच सल्बलाउँदै स्थानीय सरकार

किशोर दहाल
फागुन १५, २०७४| प्रकाशित ०१:२४
काठमाडौं– गत फागुन ७ मा जुगल गाउँपालिका (सिन्धुपाल्चोक) ले 'जुगल शिक्षा सम्मेलन' आयोजना गर्यो। गाउँपालिकाले गत साउन १७ मा जारी गरेको शिक्षा ऐनमाथि सम्मेलनमा छलफल चलाइयो।

साथै, संघीय सरकारले निर्धारण गरेको शिक्षाको उद्देश्यलाई परिपूर्ति हुने र गाउँपालिकाको आवश्यकतालाई पनि सम्बोधन हुने खालको पाठ्यक्रम निर्माणका विषयमा पनि बहस चलाइयो र सुझाब संकलन गरियो।

यो त्यही गाउँपालिका हो, जसका अध्यक्षले गत जेठमा आफू अन्तर्गत पर्ने दुई विद्यालयमा शिक्षक नियुक्ति गर्न प्रक्रिया थालेको जिल्ला शिक्षा कार्यालयलाई प्रक्रिया रोक्न आग्रह गर्दै पत्र लेखेका थिए।

पत्रमार्फत उनले नयाँ संविधान अनुसार त्यो अधिकार गाउँपालिकाको भएको अवगत पनि गराएका थिए। यो संविधानअनुसार आफ्नो भूमिकाको खोजी र अधिकारको प्रयोगको प्रयास थियो।

पहिलो पटक प्रयोगमा आएको स्थानीय तहहरु बिस्तारै सलबलाउन थालेका छन्। अनेक किसिमका कानुनी जटिलता, कर्मचारी र बजेट अभावका बीचबाट पनि स्थानीय सरकारहरुले काम गरिरहेका छन्।