Pages

Sunday, February 4, 2018

राष्ट्रियसभा निर्वाचन : २ हजार मतदातालाई १२ हजार मतपत्र

किशोर दहाल

२o७४ माघ १९ शुक्रबार| प्रकाशित १४:४७:oo

काठमाडौं– निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छापेको छ।

चार प्रकारका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जानकारी दिएको छ। चार प्रकारका मतपत्र हरियो र रातो दुई रङका हुनेछन्।

राष्ट्रियसभाको निर्वाचनमा २ हजार ५६ जना मात्रै मतदाता छन्। ७ सय ५३ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता हुनेछन्। त्यस्तै, प्रदेशसभाका ५ सय ५० जना सांसदले पनि मत खसाल्नेछन्।


तर, आयोगले भने १२ हजार मतपत्र छापेको छ। संविधानमा रहेको राष्ट्रियसभामा रहेको क्लस्टरको प्रतिनिधित्वको कारण यति धेरै मतपत्र छापिएको हो। संविधान अनुसार, राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८ जनाको दरले निर्वाचित हुनेछन्।

प्रत्येक प्रदेशका ८ जनामा पनि ३ जना महिला, ३ जना अन्य समूह, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांग निर्वाचित हुनुपर्नेछ।

'प्रत्येक क्लस्टर वा समूहका लागि बेग्लै मतपत्र हुनेछ', निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने।

ढकालका अनुसार, प्रत्येक मतदाताले चार वटा मतपत्र पाउनेछन्। ती छुट्टाछुट्टै समूहको लागि मतदाताले छुट्टाछुट्टै मतपत्रमार्फत मत दिनुपर्नेछ।

राष्ट्रियसभामा स्थानीय तहका प्रतिनिधिको प्रति मतभार १८ र राष्ट्रियसभाको सदस्यको मतभार ४८ रहेको छ।

आयोगले केही दिनअघि निर्वाचनका लागि चार प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको थियो।

http://nepallive.com/news-details/13556/2018-02-02

No comments:

Post a Comment