Pages

Monday, February 26, 2018

हारेका वामदेव दोस्रो मर्यादामा थिए, जितेका बादल गृहमन्त्री मात्रै !

२०६५ साउन ३१ गते प्रधानमन्त्री भएका माओवादी अध्यक्ष प्रचण्डले भदौ २ मा सपथ लिए। र, ६ गते मन्त्रिपरिषद् बिस्तार गर्न खोजे। एमालेले ६ वटा मन्त्रालय पाउने सहमति थियो। सपथ खानै घरबाट 'राष्ट्रिय पोशाक' मा सजिएर निस्किएका एमाले नेताहरूले अन्तिम समयमा सपथ कार्यक्रम नै बहिस्कार गरे। कारण थियो, मन्त्रिपरिषदमा मर्यादाक्रम। एमालेबाट नेतृत्व गर्दै उपप्रधान
तथा गृहमन्त्री बनेर सरकारमा जान बन्न ठिक्क परेका गौतमले दोस्रो मर्यादाक्रम नपाउने भएपछि सपथ लिएनन्। एमालेका कसैले लिएनन्। दोस्रो मर्यादाक्रम नपाए सरकारमै नजाने भनेर एमालेका नेताहरूले खुल्ला अभिव्यक्ति दिन थाले।

त्यसदिन माओवादीका ४ र फोरमका ४ जनाले सपथ लिए। चीन भ्रमणबाट प्रधानमन्त्री फर्किएपछि मात्रै भदौ १५ मा एमालेका ६ जनाले सपथ लिए। अन्य पार्टीका समेत गरी २४ सदस्यीय मन्त्रिपरिषद बन्यो। सो मन्त्रिपरिषदमा सामेल एमालेका ६ मध्ये २ चाहिँ चुनावमा पराजित थिए। गृहमन्त्री गौतम बर्दिया १ र उद्योगमन्त्री अष्टलक्ष्मी शाक्य काठमाडौं ८ मा पराजित भएका थिए। तैपनि एमालेले दोस्रो मर्यादाक्रम सहित सरकारमा सहभागिता जनायो। सो बेला र अहिले एमाले र माओवादीको हैसियत ठीक उल्टो देखिन्छ। तर, चुनाव जितेका र 'सम्मानजनक' पार्टी एकतामा होमिएको
माओवादीले दोस्रो मर्यादाक्रम माग्न सकेन वा पाएन। एमालेबाटै रक्षामन्त्री भएका ईश्वर पोखरेल भए। त्यतिबेला चुनाव हारेका गौतमलाई दोस्रो मर्यादाक्रममा राख्दै उपप्रधान तथा गृहमन्त्री बनाउन माओवादी बाध्य भयो। चुनाव जितेका बादल सिर्फ गृहमन्त्री बने।

राजनीति बहुत रमाइलो हुन्छ। आकाश जत्रा छाती प्रदर्शन भइरहेका बेला कुखुरे छातीका कुरा गर्नु उचित त होइन। तर गरिसकियो। जय होस्।
...
आजै (फागुन १४) ओली सरकारमा ४ जना मन्त्री थपिएका छन्:
• युवराज खतिवडा - अर्थ (एमाले )
• ईश्वर पोखरेल - रक्षा (एमाले )
• रामबहादुर थापा 'बादल'- गृह (माओवादी केन्द्र)
• मातृकाप्रसाद यादव- उद्योग (माओवादी केन्द्र)
...
यसअघि फागुन ३ मा प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन थप दुई जनालाई मन्त्री बनाएका थिए:
• लालबाबु पण्डित - जनसंख्या तथा वातावरण (एमाले)
• थममाया थापा- महिला तथा बालबालिका 

No comments:

Post a Comment