Pages

Friday, October 25, 2019

एउटाले गरेको गल्तीको सजाय अर्कोले भोग्नु न्यायसंगत होइन : उपसभामुख तुम्बाहाङफे [अन्तर्वार्ता]

डा शिवमाया तुम्बाहाङफे |  २०७६ कार्तिक ६ बुधबार | Wednesday, October 23, 2019  १७:००:०० मा प्रकाशित

प्रतिनिधिसभा अप्ठ्यारो अवस्थामा छ। सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा अनुसन्धानको क्रममा छन्। अन्य कतिपय सांसदहरु पनि विभिन्न अपराध आरोपमा अदालतमा उपस्थित हुनेदेखि प्रहरी अनुसन्धानसम्म छन्। यसले एकसाथ, जनप्रतिनिधिहरुको आचरण, राजनीति र अपराधको सम्बन्ध र जनप्रतिनिधिहरुको अपेक्षित व्यवहारलाई बहसमा ल्याइदिएको छ।

सभामुखको पद रिक्त रहेको अवस्थामा अहिले प्रतिनिधिसभाको नेतृत्व उपसभामुख डा शिवमाया तुम्बाहाङफेले गरिरहेकी छिन्। तर, दलीय स्वार्थका अनेक आयामले उनले पनि आफ्नो पदबाट बाहिरिनुपर्ने हो कि भन्ने शंका सघन भएको छ।

यी र यस्तै विषयलाई केन्द्रमा राखेर नेपाल लाइभका लागि किशोर दहालडिबी खड्काले तुम्बाहाङ्फेसँग गरेको कुराकानीः

प्रतीक्षारत प्रचण्ड [नेकपा बहस-३]


किशोर दहाल |  २०७६ कार्तिक ६ बुधबार | Wednesday, October 23, 2019  ०९:१३:०० मा प्रकाशित

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताका धेरै तर्क र कारण छन्। तर, पनि दुई पार्टीका आ-आफ्ना अप्ठ्याराले तत्कालीन समयमा एकताको आधार तयार गर्न र त्यसलाई सम्भव तुल्याउन भूमिका खेल्यो।

एमाले र त्यसको नेतृत्वकर्ता केपी शर्मा ओली बलियो सरकारको नेतृत्व गर्न चाहन्थे। माओवादीसँग गठबन्धन नगर्ने हो भने संसद्‌मा निर्माण हुने शक्तिले त्यो चाहनालाई बल दिन सक्दैनथ्यो। चुनाव प्रणाली र त्यसबाट संसद्‌मा निर्माण हुने शक्ति संरचनाको थोरैमात्र विश्लेषणले सो कुराको पुष्टि गर्छ। पार्टी एकतापछि असामयिक सरकार विघटनको सम्भावनालाई निस्तेज गर्न सक्थ्यो। अहिले त्यही भइरहेको छ। कम्तीमा अर्को चुनावसम्म प्रधानमन्त्री ओली स्वयंले सरकारबाट बाहिरिन सहमति नजनाएसम्म सरकार परिवर्तन हुँदैन।

अर्कोतिर, माओवादी र आफ्नो खुम्चिदो शक्ति तथा औचित्यबाट पुष्पकमल दाहाल 'प्रचण्ड' अत्तालिएका थिए। दुई दशकअघिको सपना र एक दशकअघिको शक्तिले उनलाई पक्कै नोस्टाल्जिक बनाउँथ्यो होला। त्यसकारण उनलाई 'सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने' निकासको खाँचो थियो। एमालेसँगको एकता हरेक दृष्टिले स्वभाविक र प्राकृतिक हुन्थ्यो। एमालेसँगको गठबन्धन सुरु हुनुअघिको स्थानीय तह निर्वाचनमा कांग्रेससँगको गठबन्धन आमरुपमा अनुमोदन नभएको प्रचण्डले नबुझ्ने कुरै थिएन।

यही सन्दर्भमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन र कालान्तरमा एकता भयो। त्यस बखतमा भएका आन्तरिक सहमति, प्रतिवद्धता, भविष्यप्रतिको व्याख्या, सिद्धान्त, कार्यनीति लगायतका विषयहरुमध्ये केही सार्वजनिक भइसकेका छन्, केही हुन बाँकी छन्। तर, नेताहरुले प्रष्ट नभनेका धेरै विषय पनि समयक्रमसँगै खुलस्त बन्दै गएका छन्।

एकताका बेला अन्य विषय जति चर्चामा थिए, त्यति नै ओली र प्रचण्डको भूमिकाका विषयमा पनि थियो। केही गोप्य र भद्र सहमतिको आँकलन एकताकै बेला भएका थिए। कालान्तरमा त्यो खुल्यो पनि। तर, त्यसको कार्यान्वयन मात्रै होइन, आफ्नो आगामी रणनीतिक सफलताका निम्ति पनि प्रचण्ड यतिबेला प्रतीक्षारत छन्।

बेगनासको वेगवान सुन्दरता


किशोर दहाल |  २०७६ कार्तिक २ शनिबार | Saturday, October 19, 2019  १५:३०:०० मा प्रकाशित

पोखरा- न डुंगा चढ्नेहरुको भीडभाड, न त सेल्फी खिच्नेहरुको चहलपहल। बेगनास तालको किनारमा उस्तो भीड प्रायः देखिँदैन।

पोखरा भ्रमणमा आउनेहरुको प्रमुख गन्तव्य मध्येको एउटा बेगनास ताल मुख्य सहरबाट बाहिर छ। तत्कालीन लेखनाथ नगरपालिकामा पर्ने यो ताल आइपुग्न पोखराको मुख्य क्षेत्रबाट सार्वजनिक वा निजी गाडी तथा ट्याक्सी विकल्प हुनसक्छन्।

चर्चाको आधारमा भन्ने हो भने पोखरा भ्रमणमा आउनेहरुले बस्न र दृश्यावलोकन गर्न नछुटाउने प्रमुख तालचाहिँ फेवा ताल नै हो। मुख्य सहरसँगै जोडिनु, तालबाराही मन्दिर सो तालभित्रै हुनु, पर्यटकहरु बस्ने सहज सुविधा पनि आसपासमै हुनुको कारण फेवा तालको चर्चा बढी सुनिन्छ।

तर, बेगनास त्यसको ठीक विपरित छ। यो भीडभन्दा छुट्टै रहेर सौम्य मुद्रामा हाँसिरहेको प्रतीत हुन्छ।

शान्त वातावरणमा सुन्दर तालको मोहनी मुस्कान चाहनेहरुका लागि बेगनास ताल उपयुक्त गन्तव्य हुनसक्छ।

‘एम सर’देखि सावधान !


किशोर दहाल |  २०७६ असोज १७ शुक्रबार | Friday, October 04, 2019  ०९:३५:०० मा प्रकाशित

गत आइतबार राति रोशनी शाहीको कोठामै पुगेर कृष्णबहादुर महराले जस्ता हर्कत गरे, सभ्य समाजले बुझ्न र धारणा बनाउन पर्याप्त हुने प्रमाण भिडियोमार्फत सार्वजनिक भइसकेको छ। प्रधानमन्त्री तथा नेकपा शीर्ष नेताहरुले आन्तरिक रुपमा लिएका सूचनाहरुले पनि सुरुवाती भिडियोमार्फत् अभिव्यक्त शाहीको पीडालाई नै पुष्टि गर्छन्।

महराकै दशकौं देखिका सहयात्री तथा पार्टीका नेताले समेत उनलाई शंकाको सुविधा दिन तयार भएनन्। यतिबेला सिंगो पार्टीपंक्ति कि त मौन छ, कि महरा निकटका केहीले उनलाई निर्दोष साबित गर्न अनेक षड्यन्त्रको कथा रचिरहेका छन्। तर, शाहीको कोठामा महरा पुगेको र सार्वजनिक भएजस्तो घटना नै नघटेको भनेर भन्न चाहिँ सकेका छैनन्। ज-जसले महराको बचाउका लागि अभिव्यक्ति दिइरहेका छन्, यो मानवीय प्रवृत्ति हो। र, खास-खासको सोच तथा विश्वासको दायरा पहिल्याउने शुभ अवसर पनि। घटनाहरुले खास मान्छे मात्रै होइन, एउटा समूहकै धरातल प्रष्ट पारिदिएको छ।

सत्तारुढ दल नेकपाले महरालाई सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन सुझायो। यसरी महराले एक्लै बसेकी महिलाको कोठामा गएर रक्सी पिएर गरेका हुनसक्ने सबै विषयमा मुलुकको सबैभन्दा ठूलो पार्टी विश्वस्त भयो। पार्टी अध्यक्षसमेत रहेका केपी ओली पनि विश्वस्त हुनु भनेको सरकार पनि विश्वस्त हुनु ठहरियो।

महराको राजीनामापछि सभामुख पद कुन दलले पाउला?

संविधानमा व्यवस्था- सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने

किशोर दहाल |  २०७६ असोज १४ मंगलबार | Tuesday, October 01, 2019  १३:३२:०० मा प्रकाशित

काठमाडौं- बलात्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्।

'हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु', महराको राजीनामापत्रमा भनिएको छ।

राजीनामासँगै अबका सभामुखबारे पनि बहस सुरु भएको छ।

संविधानअनुसार, सभामुख फरक दलको हुनुपर्नेछ।

सभामुख सचिवालयको खण्डनका ५ कमजोरी

किशोर दहाल |  २०७६ असोज १४ मंगलबार | Tuesday, October 01, 2019  १०:४०:०० मा प्रकाशित

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लागेको छ। आरोप लगाउने महिला र सभामुख महराबाट घटनाबारे प्रारम्भिक प्रतिक्रियाहरु सार्वजनिक भइसकेका छन्। महिलाले महरा रक्सीले मातेर आफ्नो कोठामा आएको र जबर्जस्ती गरेको बताएकी छिन् भने महराले यो आरोपलाई कर्मचारी समायोजनसँग जोडेका छन्।

सोमबार नै सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि महराको सचिवालयले खण्डन सार्वजनिक गर्‍यो। उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको सो खण्डनमा महराको केही कमजोरीको संकेत पाइन्छ।

प्रचण्डको एक घन्टा टेनिस, नारायणकाजीको '५ नो' सूत्र

'युद्धका बेला हिँडेरै कसरत पुग्थ्यो, अहिले हिँडाइ कम छ'

किशोर दहाल/लिलु डुम्रे |  २०७६ असोज १० शुक्रबार | Friday, September 27, 2019  १५:१०:०० मा प्रकाशित

काठमाडौं- गत जेठ अन्तिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आफ्नो फेसबुक पेजमा शारीरिक व्यायाम गरिरहेका तस्बिरहरु सार्वजनिक गरे। दुई दिनको अन्तरमा दुई दर्जनभन्दा बढी तस्बिर सार्वजनिक गर्दै उनले लेखे, ‘नियमित शारीरिक व्यायामले प्रत्येक दिनलाई सरल, ऊर्जाशील र गतिशील बनाउँछ। स्वस्थ रहौं, खुसी रहौं।’

घरभित्र र बाहिर गरिरहेको व्यायामको तस्बिरलाई धेरै फेसबुक प्रयोगकर्ताहरुले रुचाए। उनीहरुले त्यसलाई सकारात्मक र उत्प्रेरक भएको प्रतिक्रिया दिएका छन्। साथै, गौतमको स्वस्थ जीवनको कामना पनि गरेका छन्। अहिले पर्यटनमन्त्री भएका योगेश भट्टराईले गौतमको पोस्टमा कमेन्ट गर्दै भनेका छन्, ‘गुड जब।’

गौतम मात्रै होइन, उच्च तहका धेरै नेताहरुले व्यस्त दैनिकीका बाबजुद शारीरिक व्यायामलाई प्राथमिकता दिने गरेका छन्। जीवनशैलीकै एउटा महत्वपूर्ण भाग बनाएका छन्। आफ्नै निवासमा रहँदा होस् वा भ्रमणमा, व्यायामलाई निरन्तरता दिने प्रयास गरेका छन्।

Saturday, October 12, 2019

आ-आफ्नो सम्बोधनमा के भने राष्ट्रपति भण्डारी र सीले?


नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ (२०७६ असोज २५) सोल्टी होटलमा रात्रिभोज दिइन्।

सोही अवसरमा दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए।

उनीहरुले आफ्नो सम्बोधनमा दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई व्याख्या गर्नुका साथै कनेक्टिभिटीलाई पनि जोड दिएका थिए।

उनीहरुले आफ्नो सम्बोधनमा के भने?