Pages

Sunday, February 4, 2018

तीन वटा प्रदेशमा एमाले बाहेकको सरकार बन्न नसक्ने, कुन प्रदेशमा कसको सरकार?

किशोर दहाल

२o७४ पौष ७ शुक्रबार| प्रकाशित १८:१o:oo

काठमाडौं– प्रदेशसभा तर्फको सम्पूर्ण सिट संख्या टुंगो लागेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको लागि मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो।

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको केहीअघि आइसकेको छ। आज निर्वाचन आयोगले सातवटै प्रदेशको समानुपातिक तर्फ दलहरुले पाएको सिट संख्या निर्धारण गरेको हो।

समानुपातिक तर्फबाट पनि प्राप्त सिट जोड्दा प्रदेश १ र ३ मा नेकपा एमाले एक्लैले सरकार बनाउन सक्ने देखिन्छ। प्रदेश ४ मा पनि ऊ वा उसको सहमति बिना अन्य दलले सरकार बनाउन सक्ने छैनन्।

अन्य प्रदेशमा भने संयुक्त सरकार बन्ने सम्भावना देखिन्छ। प्रदेश २ बाहेक अन्यमा एमाले नै ठूलो दल भएको छ। त्यसैले सातमध्ये ६ प्रदेशमा एमाले वा उसको सहमतिको सरकार बन्ने देखिन्छ। त्यसमा पनि प्रदेश १, ३ र ६ मा एमालेको सहमति बिनाको सरकार बन्न नसक्ने देखिन्छ।

प्रदेश २ मा भने मधेसकेन्द्रित दुई दल राजपा र संघीय समाजवादी फोरम ठूला दल भएका छन्।


हेर्नुहोस्, सातै प्रदेशको सत्ता सम्भावनाः

प्रदेश १

कुल प्रदेशसभा सदस्यः ९३
प्रत्यक्षतर्फ: ५६
समानुपातिकतर्फ: ३७
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
नेकपा एमाले (३६/१५)– ५१
माओवादी (१०/५)– १५
कांग्रेस (८/१३)– २१
संघीय समाजवादी फोरम (१/२)– ३
राप्रपा (०/१)– १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (०/१)– १
स्वतन्त्र– १

प्रदेश १ मा एमालेको स्पष्ट बहुमत पुग्ने देखिन्छ। यहाँ सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ। जुन एमाले एक्लैसँग छ। वाम गठबन्धनको अर्को दल माओवादीको पनि सिट संख्या जोड्दा दुई तिहाइ नाघ्छ।

प्रदेश २

कुल प्रदेशसभा सदस्यः १०७
प्रत्यक्षतर्फ: ६४
समानुपातिकतर्फ: ४३
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
राजपा (१५/१०)– २५
संघीय समाजवादी फोरम (२०/९)– २९
एमाले (१३/७)– २०
कांग्रेस (८/११)– १९
माओवादी (७/५)– १२
नेपाल संघीय समाजवादी पार्टी (०/१)– १
स्वतन्त्र– १

प्रदेश २ मा संघीय समाजवादी फोरम सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्ष र समानुपातिक गरी ऊसँग २९ सिट हुनेछ। अर्को मधेसकेन्द्रित दल राजपासँग २५ सिट छ। दुवै दलको संयुक्तरुपमा ५४ सिट हुनेछ। जुन सरकार बनाउनको लागि आवश्यक सिट संख्या हो। फोरम र राजपाबीच अहिलेको गठबन्धन कायम रहेमा उनीहरुले मधेस केन्द्रित दलको मात्रै सरकार बनाउन सक्नेछन्।

प्रदेश ३

कुल प्रदेशसभा सदस्यः ११०
प्रत्यक्षतर्फ: ६६
समानुपातिकतर्फ: ४४
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
नेकपा एमाले (४२/१६)– ५८
माओवादी (१५/८)– २३
कांग्रेस (७/१४)– २१
नेमकिपा (१/१)– २
विवेकशील साझा (०/३)– ३
राप्रपा (०/१)– १
राप्रपा प्रजातान्त्रिक (०/१)– १
नयाँ शक्ति (१/०)– १

प्रदेश ३ मा एमालेको स्पष्ट बहुमत पुग्ने देखिन्छ। यहाँ सरकार बनाउनका लागि ५६ सिट आवश्यक पर्छ। जुन एमाले एक्लैसँग छ। वाम गठबन्धनको अर्को दल माओवादीको पनि सिट संख्या जोड्दा दुई तिहाइ नाघ्छ।

प्रदेश ४

कुल प्रदेशसभा सदस्यः ६०
प्रत्यक्षतर्फ: ३६
समानुपातिकतर्फ: २४
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
एमाले (१७/१०)– २७
माओवादी (९/३)– १२
कांग्रेस (६/९)– १५
जनमोर्चा (२/१)– ३
नयाँ शक्ति (१/१)– २
स्वतन्त्र– १

प्रदेश ४ मा एमाले सबैभन्दा ठूलो दल बन्ने भएको छ। प्रत्यक्षतर्फको ३६ मध्ये १७ सिट जितेको एमालेले समानुपातिक तर्फबाट भने १० सिट पाएको छ। एमालेको कुल २७ सिट पुगेको छ। सरकार बनाउनका लागि आवश्यक ३१ सिट भने ऊसँग पनि पुग्दैन।

वाम गठबन्धनको अर्को दल माओवादीले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिक तर्फबाट ३ सिट पाउने छ। यसअनुसार एमाले र माओवादीको कुल ३९ सिट पुग्नेछ। सरकार गठनका लागि यो स्पष्ट बहुमत हो।

प्रदेश ५

कुल प्रदेशसभा सदस्यः ८७
प्रत्यक्षतर्फ: ५२
समानुपातिकतर्फ: ३५
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
एमाले (२८/१३)– ४१
माओवादी (१४/६)– २०
कांग्रेस (७/१२)– १९
फोरम (३/२)– ५
राजपा (०/१)– १
जनमोर्चा (०/१)– १

यस प्रदेशमा सरकार गठनका लागि ४४ सिट आवश्यकता पर्छ। जुन कुनै पनि दलसँग छैन। एमाले एक्लैसँग ३ सिट पुग्दैन। माओवादी सहितको सिट भने ६१ पुग्छ। जुन दुई तिहाइभन्दा बढी हो।

प्रदेश ६

कुल प्रदेशसभा सदस्यः ४०
प्रत्यक्षतर्फ: २४
समानुपातिकतर्फ: १६
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
एमाले (१४/६)– २०
माओवादी (९/४)– १३
कांग्रेस (१/५)– ६
राप्रपा(०/१)– १

यो प्रदेशमा एमालेभन्दा बाहेकको सरकार नबन्ने भएको छ। सरकार गठनको लागि आवश्यक २१ मत एमाले बाहेकका दलले पुर्यारउन सक्ने छैनन्। माओवादीले समानुपातिकतर्फ प्राप्त गरेको ४ सिट पनि जोड्दा वाम गठबन्धनको दुई तिहाइ पुग्छ। दुई तिहाइका लागि २७ सिट आवश्यक पर्छ। जबकि उनीहरुसँग ३३ सिट हुनेछ।

प्रदेश ७

कुल प्रदेशसभा सदस्यः ५३
प्रत्यक्षतर्फ: ३२
समानुपातिकतर्फ: २१
दलहरुले पाएको मत (प्रत्यक्ष/समानुपातिक)–
एमाले (१७/८)– २५
माओवादी (१०/४)– १४
कांग्रेस (४/८)– १२
राजपा (१/१)– २

समानुपातिकतर्फ प्रदेश ७ मा कांग्रेसले सबैभन्दा बढी मत पाएर ८ सिट जितेको छ। तर उसले प्रत्यक्षतर्फ केवल ४ सिट जितेको छ। प्रदेश ७ मा प्रदेशसभा ५३ सदस्यीय हुनेछ। सरकार बनाउन २७ सिट आवश्यक पर्छ। १२ सिट पुगेको कांग्रेसका लागि सत्ता यात्रा असम्भवप्राय: छ।

एमालेले यो प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेको छ। समानुपातिकसहित उसको कुल २५ सिट पुग्नेछ। सरकार गठनका लागि उसलाई पनि एकल बहुमत पुग्दैन। तर, प्रत्यक्षतर्फ १० सिट जितेको माओवादीले समानुपातिकबाट ४ सिट पाएका कारण वाम गठबन्धनको ३९ सिट पुग्न सक्छ। यो कुल सांसद संख्याको दुई तिहाइ मत हो। दुई तिहाइका लागि ३६ सिट भए पुग्छ।


http://nepallive.com/news-details/9539/2017-12-22

No comments:

Post a Comment