Pages

Tuesday, January 14, 2014

पत्रकारको भाषा !

किशोर दहाल 

केहि दिन अघि पूर्वको एउटा पत्रकार सम्मेलनमा अख्तियार प्रमुख लोकमानसिंह कार्की र पत्रकारबीच भएको लफडाले अहिले मिडिया तातेको छ । मिडियाले आफ्नो धर्म छोडेको छैनगल्तीजती लोकमानतिर पन्छाएर । लोकमानका कुरा पनि मिडियाबाट नै सार्बजानिक भएर आउने हुँदा ती कति फिल्टर भएर आउँछन् त्यो अर्कै कुरा । तर, मिडिया र कार्कीबीचको यो लफडाले दुबैका मुलभुत चरित्रलाई नै प्रष्ट्याई रहेका छन् ।

पत्रकार सम्मेलनमा धेरै कुरा सोधिन्छन् । धेरै पत्रकारले धेरै कोणबाट प्रश्न सोध्छन् । बिशेषगरी आफुले बनाउन चाहेको समाचारको 'स्केच'लाई बल पुग्नेगरी सम्बन्धित पक्षलाई बोल्न लगाउने पत्रकारको चाहना हुन्छ नै । आफ्नो स्वार्थको बचाउ गर्न दुबै पक्ष चनाखो हुन सकेन भने स्थिति भद्रगोल हुन्छ, जुन पूर्वमा देखियो । आधा कुरा लुकाएर र आधा कुरा चपाएर बोल्नु पर्ने बाध्यता र बानी भएका हाम्रा सरोकारवाला निकाय पत्रकारको बीचमा पुग्दा प्रायः आत्तिन्छन् । पत्रकार त झन् चोर नै हुन्, सुचनाको चोर । त्यस्ता निकायको पत्रकार सम्मेलनमा पुग्दा उनीहरुले चोरी होईन, झन् डकैती नै गर्ने अबसर पाउँछन् ।