Pages

Monday, September 23, 2019

मधेसले स्विकार्‍यो संविधान?


 किशोर दहाल |  २०७६ असोज ३ शुक्रबार | Friday, September 20, 2019  १६:१०:०० मा प्रकाशित

काठमाडौं– पहिलो संविधानसभा संविधान नै नबनाई विघटन भएको विगत, दोस्रो संविधानसभाले पनि संविधान बनाउला भन्ने कुनै भरपर्दो विश्वास नभेटिरहेको अवस्था। नेताहरुप्रति बढ्दै गएको आक्रोशका बीच २०७२ जेठ २५ गते राति १६ बुँदे सहमति भयो। उक्त सहमतिले एकैपटक दुई किसिमका धारणा विकास गरिदियो।

एकथरी, १६ बुँदेले संविधान बन्ने सुनिश्चिता गरिदिएको भन्दै खुसी देखिए।

अर्कोथरी, अन्तरिम संविधानमा भएको व्यवस्था र विगतका सहमतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट सुनिए।

त्यहीँबाट सुरु भएको असन्तुष्टि नाकाबन्दी हुँदै अनेक किसिमका संघर्षमा विस्तारित भए। त्यसको नेतृत्व मधेसकेन्द्रित केही दलले गरेका थिए। संविधानसभाको सिट अनुपात हेर्दा उनीहरुको उपस्थिति उल्लेखनीय त होइन तर राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा हलचल ल्याउन उनीहरु सफल भए।

असन्तुष्ट दलहरुलाई संविधान स्वीकार गर्न अन्य दलले निकै कसरत गर्नुपर्‍यो। राष्ट्रिय/अन्तर्राष्ट्रिय दौडधुप गर्नुपर्‍यो। अहिले हेर्दा संविधानप्रति असन्तुष्टि राख्ने दलहरु खासै देखिँदैनन्। विगतमा असन्तुष्ट दलहरु पनि अहिले संविधानका केही व्यवस्थामा आफ्नो असहमति रहेको बताउँछन्।

चार वर्षअघिको असोज ३ देखि आजसम्मको अवस्था कस्तो रह्यो? कस्ताकस्ता चरण पार गर्दै सबै शक्ति संविधानको दायरामा अटाए। नेपाल लाइभले विगत केलाउने प्रयास गरेको छ।

मैले पीडा पिएकै कारण देश अगाडि बढिरहेको छ : रामवरण यादव [भिडियो वार्ता]


२०७६ असोज ३ शुक्रबार | Friday, September 20, 2019  १०:५०:०० मा प्रकाशित

दोस्रो संविधानसभाले ४ वर्षअघि संविधान जारी गर्‍यो। लामो समयसम्म नबनेको र बन्ने संकेतसम्म पनि नदेखिएको संविधानलाई त्यतिबेलाका मुख्य दलहरुले केही सातामै जारी गरिदिए, त्यो पनि असन्तुष्टिकै बीचमा। कतिले संविधान निर्माण प्रक्रियालाई सकसपूर्ण मान्छन्, कतिपय धोकापूर्ण। जसरी होस्, संविधान जारी भएर कार्यान्वयनमा आइसकेको छ। कतिपय संवैधानिक प्रावधान अनुसार देश अघि बढिरहेको छ। त्यतिबेलाका असन्तुष्टिका स्वरहरु लगभग साम्य भइसकेका छन्। संविधान जारी गर्दाका बेला तत्कालीन राष्ट्रपति डा रामवरण यादवको अनुभव कस्तो रह्योन? दलहरुलाई कतिपय सुझाव दिँदा उनलाई किन राजनीति गरेको आरोप लाग्यो? संविधान निर्माण र त्यसको कार्यान्वयलाई उनले कसरी हेरेका छन्? यस्ता विषयमा नेपाल लाइभका लागि किशोर दहालपुष्पा केसीले यादवसँग गरेको कुराकानीः

– ७ वर्षे लामो कार्यकालमा तपाईंलाई सम्झनामा आइरहने घटनाहरु कस्ता छन्?

Thursday, September 19, 2019

सत्तासीन 'एमाले'को प्रतिकार मोह


किशोर दहाल |  २०७६ असोज १ बुधबार | Wednesday, September 18, 2019  १५:१५:०० मा प्रकाशित


काठमाडौं- नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २६ गते बाँकेको खजुरामा चलिरहेको थियो। खजुरा गाउँपालिका-२ सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहेका बेला नेकपाका कार्यकर्ता प्रवेश गरे। र, एकाएक हमलामा उत्रिए।

सभाहलभित्रै प्रवेश गरी 'यो हाम्रो क्षेत्र हो, यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन' भन्दै उनीहरु आक्रमणतिर लागे। सो क्रममा नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत घाइते भए। कांग्रेसले निकालेको विज्ञप्ति अनुसार सो घटना खजुरा गाउँपालिका-१ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा भएको थियो।

हमलाबाट कोइरालाको हात भाँचिएको समाचार सार्वजनिक भएका छन्। अरु केही घाइते भएका छन्। यसकै कारण दुई दिन संसद अवरोध भइसकेको छ।

विपक्षी दलले सरकारको आलोचना गर्नु र उसका कतिपय काममा औंला ठड्याउनु स्वाभाविक हो। सरकारसँग आफ्नो कुरा भन्ने अनेक संयन्त्र हुन्छन्, जुन सरकार इतरका पार्टीसँग हुँदैनन्। त्यसैले सडक, मिडिया तथा विभिन्न कार्यक्रममार्फत आफ्ना कुरा भन्ने उनीहरुको प्रयास रहन्छ। सर्वसाधारण मानिसको हकमा पनि त्यही हो।

राजनीतिमा यस्ता सबै कुरा सामान्य मानिन्छ। यस्तो भई पनि रहन्छन्। नेपालका कुनै पनि राजनीतिक दल त्यस्ता छैनन्, जसले प्रतिपक्षमा रहँदा सरकारविरुद्ध संघर्ष नगरेका होऊन्।

'पारमाणविक विधेयक'मा व्यापक हेरफेर

कसुरको वर्गीकरण र सजायमा पनि परिवर्तन

किशोर दहाल |  २०७६ भदौ ३० सोमबार | Monday, September 16, 2019  १३:५२:०० मा प्रकाशित


काठमाडौं– सरोकारवाला विज्ञहरुबाट विरोध गरिएको 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा व्यापक हेरफेर हुने भएको छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको सो विधेयकमा सांसदहरुले धेरै प्रावधानमाथि असन्तुष्टि व्यक्त गरेका थिए। सांसदहरुको असन्तुष्टि र संशोधन प्रस्तावलाई सम्बोधन हुने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको ढाँचा नै परिवर्तन गरी समितिमा पठाएको छ।

मन्त्रालयको नयाँ प्रस्ताव अनुसार विधेयकको नाम 'रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' हुने छ।