Pages

Sunday, February 4, 2018

प्रदेश प्रमुखको मासिक तलब ६४ हजार, अतिथि र भैपरी खर्च ४० हजार

अन्य सेवा र सुविधा कस्ता छन्?

किशोर दहाल

२o७४ माघ ३ बुधबार| प्रकाशित १७:३३:oo

काठमाडौं– नवनियुक्त प्रदेश प्रमुखहरुले मासिक तलब ६४ हजार पाउने छन्। सात जना प्रदेश प्रमुखका लागि शुद्ध तलबमा मात्रै ४ लाख ४८ हजार खर्च हुने छ।

उनीहरुका लागि तलब, पोशाक तथा अतिथि खर्चलाई एकीकृत गर्दा सात जना प्रदेश प्रमुखका लागि मात्रै ७ लाख ३८ हजार ५ सय खर्च हुनेछ। प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा प्रदेश प्रमुखको खर्च तथा सुविधाको व्यवस्था गरिएको छ।

गत असोज १० मा संसदमा पेश भएको 'प्रदेश प्रमुखको पारिश्रमिकतथा सुविधा सम्बन्धी ऐन, २०७४'असोज २७ गते संसदले पारित गरेपछि कात्तिक १ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो।

ऐनमा भ्रमण खर्च, विमा लगायत सचिवालयको समेत व्यवस्था गरिएको छ।


पारित विधेयक अनुसार प्रदेश प्रमुखले निम्न खर्च पाउने छन्:
१. पारिश्रमिक प्रति महिना रु. ६४,०००।–
२. पोशाक सुविधा प्रति वर्ष रु. १८,०००।–
३. अतिथि सत्कार तथा भैपरी खर्च प्रति महिना रु.४०,०००।–

त्यस्तै प्रत्येक प्रदेश प्रमुखलेभ्रमण गर्दा निम्न सुविधा पनि पाउने छः

१. स्वदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर रु. ३,०००
२. विदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर २५० (अमेरिकी डलर)
३. बीमा रु. १५,००,०००(प्रदेश प्रमुखलाई सरकारी कामको सिलसिलामा स्वदेश तथाविदेशको भ्रमण गर्दा यो बीमा सुविधाप्राप्त हुनेछ ।)

प्रदेश प्रमुखको निजी सचिवालयमा रहने कर्मचारीहरुः

(क) प्रमुख स्वकीय सचिव १
(ख) सहस्वकीय सचिव १
(ग) उपस्वकीय सचिव १
(घ) स्वकीय अधिकृत १
(ङ) फोटोग्राफर अधिकृत १
(च) कम्प्युटर सहायक १
(छ) प्रशासन सहायक १
(ज) लेखा सहायक १
(झ) सवारी चालक २
(ञ) कार्यालय सहयोगी २

अन्य सुविधाहरु:

– प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेकाकाम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्दा चलाइने छैन।

– प्रदेश प्रमुखको आवासको लागि नेपाल सरकारलेसम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोवस्त गर्नेछ।

– नेपाल सरकारले प्रदेश प्रमुखलाई सवारीसाधनको व्यवस्था गर्नेछ। साथै, सवारी साधनकालागि आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भारको व्यवस्था नेपालसरकारले गर्नेछ।

– प्रदेश प्रमुखको आवासको लागि टेलिफोन, कम्प्यूटर,इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारलेव्यवस्था गर्नेछ।

– प्रदेश प्रमुखको लागि नेपाल सरकारलेएक जना निजी चिकित्सकको व्यवस्था गर्नेछ।

– प्रदेश प्रमुख स्वदेशमा अस्पताल भर्ना भई उपचारगराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डकोसिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपालसरकारले व्यहोर्नेछ।प्रदेश प्रमुख अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च बापत एक जनाको मनासिब खर्च नेपाल सरकारलेउपलब्ध गराउनेछ।

– प्रदेश प्रमुखले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसारमनाइने चाडपर्वको लागि आफूले खाईपाई आएको एक महिनाकोपारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ।

http://nepallive.com/news-details/11785/2018-01-17 

No comments:

Post a Comment