Pages

Thursday, October 23, 2014

सिल्ली लभर : सिल्ली समयको कथा

/     किरण दहाल         /
 यो सिल्ली समयको उत्कृष्ट समयचेत हो । पात्र र प्रवृत्तिहरुको ट्राफिक जाममा नफसाई पाठकलाई सकुसल गन्तब्यमा पु¥याउन सक्नु यसको सबैभन्दा ठूलो बिशेषता र सफलता हो ।

पुस्तकः सिल्ली लभर
लेखकः भरत गौतम
प्रकाशकः पाँचपोखरी प्रकाशन गृह
मूल्यः रु. २५०
बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली लभर’ । भरत गौतमले भर्खरै बजारमा ल्याएका यस उपन्यासको मुल बिषयबस्तु एउटा बेरोजगार प्रेमीको सुन्दर सपनामा केन्द्रित छ । आफ्नै सपना प्राप्तीमा एउटा मध्यमबर्गीय युवाले गरेको संघर्षमय कथा उपन्यासमा छ । त्यसकारणले पनि यो उपन्यास भर्खरै बिश्वबिद्यालय भर्ना भएका वा छाडेका युवाको निम्ति प्रेरणादायी हुन सक्छ ।