Pages

Sunday, February 4, 2018

प्रतिनिधिसभाका १ सय ६५ मध्ये ४० प्रतिशत नयाँ सांसद (नाम सहित)

किशोर दहाल

२o७४ मङ्सिर २७ बुधबार| प्रकाशित १५:५४:oo

काठमाडौं– प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छ। मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट ६५ जना अर्थात ३९ दशमलब ४ प्रतिशत नयाँ अनुहार निर्वाचित भएका छन्। १ सय जना सांसद भने यसअघि पनि सांसद वा सभासद भइसकेका छन्।

प्रतिनिधिसभाको सदस्य बनेका नयाँ अनुहारमा नेकपा एमालेका सांसद धेरै छन्। प्रत्यक्षतर्फ ८० स्थानमा चुनाव जितेको एमालेबाट ३९ जना नयाँ सांसदले प्रतिनिधित्व गर्दैछन्। त्यस्तै, ३६ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रबाट ११ जना नयाँ सांसद छन्। २३ ठाउँमा चुनाव जितेको कांग्रेसबाट ३ जना मात्रै नयाँ अनुहार छानिएका छन्। ११ ठाउँमा चुनाव जितेको राष्ट्रिय जनता पार्टीबाट ४ जना नयाँ सांसद छन्। त्यस्तै, १० ठाउँ चुनाव जितेको संघीय समाजवादी फोरमबाट ७ जना नयाँ सांसद आएका छन्। एउटा मात्रै निर्वाचन क्षेत्रमा चुनाव जितेको राप्रपाका विजयी सांसद पनि नयाँ नै हुन्।


नेकपा एमाले (३९ जना)
योगेश भट्टराई (ताप्लेजुङ १)
पवित्रा निरौला (झापा २)
लालप्रसाद (एलबी) साँवा लिम्बू (झापा ४)
धनश्याम खतिवडा (मोरङ १)
जयकुमार राई (सुनसरी १)
राजेन्द्रकुमार राई (धनकुटा)
राजेन्द्रप्रसाद गौतम (संखुवासभा)
लिलानाथ श्रेष्ठ (सिराहा ३)
जीवनराम श्रेष्ठ (काठमाडौं ८)
कृष्णबहादुर राई (काठमाडौं ३)
नवराज सिलवाल (ललितपुर १)
महेश बस्नेत (भक्तपुर २)
गोकुलप्रसाद बास्कोट (काभ्रेपलाञ्चोक २)
भूमिप्रसाद त्रिपाठी (धादिङ १)
खेमप्रसाद लोहनी (धादिङ २)
नारायणप्रसाद खतिवडा (नुवाकोट २)
पोल्देन छेपाङ गुरुङ (मनाङ)
प्रेमप्रसाद तुलाचन (मुस्ताङ)
नारायणप्रसाद मरासिनी (स्याङ्जा १)
केदार सिग्देल (तनहुँ २)
कृष्णकुमार श्रेष्ठ (तनहुँ १)
जगतबहादुर सुनार विश्वकर्मा (कास्की ३)
सूर्यप्रसाद पाठक (बाग्लुङ १)
भूपेन्द्रबहादुर थापा (म्याग्दी १)
पदम गिरी (पर्वत १)
तिलकबहादुर महत क्षेत्री (नवलपरासी पूर्व २)
मेटमणि चौधरी (दाङ १)
हिराचन्द्र केसी (दाङ ३)
नन्दलाल रोका क्षेत्री (बाँके ३)
गोपालबहादुर बम (मुगु)
रविन्द्रराज शर्मा (दैलेख १)
ध्रुवबहादुर शाही (सुर्खेत १)
नवराज रावत (सुर्खेत २)
यज्ञबहादुर बोगटी (अछाम २)
लालबहादुर थापा (बाजुरा १)
भैरवबहादुर सिंह (बझाङ १)
झपटबहादुर रावल (कैलाली २)
नरबहादुर धामी (कञ्चनपुर२)
दीपकप्रसाद भट्ट (कञ्चनपुर ३)

माओवादी केन्द्र (११ जना)
हेमकुमार राई (सोलुखुम्बु)
सुरेशकुमार राई (उदयपुर २)
गंगाबहादुर तामाङ (काभ्रे १)
हितबहादुर तामाङ (नुवाकोट १)
हरिराज अधिकारी (गोरखा १)
देवेन्द्र पौडेल (बागलुङ २)
चक्रपाणी खनाल (कपिलवस्तु १)
महेश्वरजंग गहतराज (बाँके १)
गजेन्द्रबहादुर महत (जुम्ला)
दुर्गबहादुर रावत (कालीकोट)
बीना मगर (कञ्चनपुर १)

कांग्रेस (३ जना)
देवप्रसाद तिमल्सेना (रौतहट ४)
मोहन आचार्य (रसुवा १)
प्रमोदकुमार यादव (रुपन्देही ४)

संघीय समाजवादी फोरम (७ जना)
डा सूर्यनारायण यादव (सप्तरी १)
उमाशंकर अरगरिया (धनुषा २)
सुरेन्द्रकुमार यादव (महोत्तरी ४)
रामबाबुकुमार यादव (सर्लाही ३)
हरिनारायणप्रसाद रौनियार (पर्सा ३)
विमल श्रीवास्तव (पर्सा २)
प्रदीप यादव (पर्सा १)

राजपा (४ जना)
चन्द्रकान्त चौधरी (सप्तरी ३)
एकवाल मिया (बारा ४)
प्रमोद साह (सर्लाही १)
रेशमलाल चौधरी (कैलाली १)

राप्रपा (१ जना)
राजेन्द्रकुमार लिङदेन (झापा ३)

http://nepallive.com/news-details/8759/2017-12-13

No comments:

Post a Comment