Pages

Tuesday, August 25, 2015

तिमी को ?

गोपालप्रसाद रिमाल

यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहंकार नै प्रिय छ !
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ,
तर, हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को ?
यहाँ श्रृङ्खला ल्याउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो हार नै प्रिय छ,
त्यसैलाई हामी जयमाला बनाउन चाहन्छौं,
“तिमी जितेका छैनौ, जित्ने त अर्कै छ” भन्ने तिमी को ?

Wednesday, August 19, 2015

बेसीशहरमा बरालिँदा


किशोर दहाल ।

मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेस तथा जनजाति केन्द्रित दलहरूले गरेको दुई दिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो ।

बन्द नभएको भए आइतबार काठमाडौं फर्किने योजनामा थियौं । बन्द नै भएपछि त्यसको सदुपयोग गर्न पैदलै पुग्न सकिने कुनै ठाउँमा घुम्न जाने योजना बन्यो ।

गाउँशहर दरबार जाने भइयो ।

दिउँसो करिब दुई बजेको आसपास घाम लागेको थिएन । मौसम धुम्म थियो । हिँड्नलाई उपयुक्त मौसम थियो ।

बेसीशहरबाट पारिपट्टी डाँडामा पर्थ्यो- गाउँशहर दरबार । यसको ऐतिहासिकता मलाई थाहा थिएन । यसअघि नाम पनि सुनेको थिइनँ ।

बेसीमा गाउँ रहेछ । त्यसपछि जङ्गल । अनि फेरि गाउँ । उकालो बाटो । बेसीको गाउँ कटिनसक्दै थकाइ लागिसकेको थियो ।

गाउँ कट्नेबित्तिकै एक बृद्धा र केही युवती घाँसको भारी बोकेर ओरालो झरिरहेका थिए । उनीहरूलाई सोध्यौं, “दरबार पुग्न अब कति समय लाग्छ ?”

“लाग्छ अझै निकैबेर । आधा पनि भएको छैन”, बृद्धाले उत्तर दिइन् । युवतीहरू बोलेनन् ।

उनीहरू ओरालो झरे ।  हामी उकालो चढ्यौं ।

गर्मी निकै थियो । पसिनाले नुहाएजस्तो भइसकिएको थियो । तर, बाटोचाहीँ आधा पनि भएको रहेनछ ।

जङ्गल सुरू भयो । यहाँको वन उपभोक्ता समिति बलियो रहेछ, सायद । जङ्गल बाक्लो थियो । मनोजले भन्यो, “बाघ पाइन्छ कि क्या हो ?”

“के पाइन्थ्यो र ? यसरी जताततै बाघ पाइने भए बाघ संरक्षणमा विश्वब्यापी पहल किन गर्नुपर्थ्यो र ?” , मैले भनें ।

विद्रोह

-किरण दाहाल  
 

बरालिँदा साँझपख
यो सहरमा
नदेखियोस् तिमीलाई
ढल्न आँटेको
कुनै राणाकालीन पुरानो घरजस्तो
 
सम्झिराख्नु हरहमेसा
सहर आधुनिकता मन पराउँछ 

कुनै ब्रान्डेड स्प्रे छरेर
बास्नादार फूलजस्तै
मगमगाएको तिम्रो शरीर
फक्रिरहोस् प्रत्येक गल्लीमा
नसकियोस् तिम्रो यौवन
मैनबत्तीजस्तो
बरु पागल नजरहरू
तेर्सिरहुन तिमीतिरै
यो सहरमा मान्छेहरू
सुन्दरताको खोजीमा छन् 

चुँडिएको चङ्गा

-किरण दहाल


धेरै पहिले सोधेकी थिई उसले

पाईलटको अर्थ

नर्सको जिन्दगी

कसरी लेखिन्छ कबिता ?

जतिबेला कोपिला नै थिई



बेलाबेला सोधिरहन्थी

पजल गेमजस्ता प्रश्नहरु



अन्तिम पटक सोधेकी थिई उसले

चुडिएको चङ्गाको गन्तब्य !

कमरेडलाई प्रश्न

किरण दहाल

सपनामा आउँछन् माक्र्स
, सुनाउँछन् मलाई
द्वन्द्ववादका सिद्धान्त
सुनाउँछन् स्वप्न कथा
कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ?
केके हुन्छ त्यहाँभित्र ?
जुन कथा तपाईले सुनाउनुहुन्थ्यो
पहिलेपहिले

कमरेड !
देख्न त तपाई पनि देख्नुहुँदो हो सपनामा
टेण्डर हाल्दै गरेका माक्र्स
कालो बजारी गर्दै गरेका लेनिन
पजेरो चड्दै गरेका माओ
मनोबिश्लेषकहरु भन्छन्
सपना बिपनाको उपज हो

Monday, August 10, 2015

‘सानो काम’ गरौं !


 किशोर दहाल
         नेपालमा सडक दुर्घटनामा दैनिक जनाको ज्यान जान्छ ३३ जना घाइते हुन्छन् त्यसमध्ये ९० प्रतिशत दुर्घटना उपत्यकाभित्रै हुने गरेको
* * * *
      
शहर भन्ने बित्तिकै व्यस्तता हतारो सँगसँगै जोडिएर आउँछ मानिसहरु बरु पुग्नुपर्ने ठाउँमा चाँडै पुग्छन्, हिड्नुपर्ने ठाउँबाट अबेला हिड्छन् तर, सडकमा, सडकपेटीमा खुब हतारो गर्छन् बाइकमा होस् वा पैदलै होस् पाइतालामा मात्रै होइन, मुहारमा पनि हतारो देखिन्छ
* * * *
       
आइतबार चावहिल पुग्नुपर्ने थियो युवा दिवसको दिन रिलिज हुन थालेको एउटा वेबसाइटको छलफलमा सहभागी हुनुपर्ने थियो एनएसीबाट गाडी चढेर अलि अगाडि पुगेका थियौं खुलामञ्च अगाडिको आकाशे पुलको छेउबाटै एकहुल मानिसले बाटो काट्न खोजे ड्राइभर छेउकै झ्यालतिरको सिटमा थिएँ त्यसकारण तिनीहरुलाई स्पष्टसँग देखिरहेको थिएँ उनीहरु आउँदै गरेको गाडीको प्रवाह नगरी अगाडि बढेपछि हाम्रो गाडी कष्टसँग रोकियो उनीहरुको एकदमै नजिक पुगेपछि मात्रै गाडी रोकिएको थियो गाडीले झण्डैझण्डै छोएकी एउटी महिला आक्राशित भएर ड्राइभरलाई गाली गर्न थालिन्, “आँखा देख्दैनस् ?”
झ्याल छेउकै सिटमा भएकोले जवाफ फर्काएँ, “तपाईंले चाहीँ त्यहीँको आकाशे पुल देख्नुभएन ?” नजिकैको आकाशे पुल प्रयोग नगरी बाटो काटेर बडप्पन देखाउने प्रति मेरो आबेग पनि फुत्कियो
प्रतिप्रश्नले महिला चुप लागिन् तर सँगैको एउटा युवक भने अश्लिल बोल्न थाल्यो बोल्दै गर्दा हाम्रो गाडी आगाडि बढिसकेको थियो
* * * *
       
हाम्रो बौद्धिकता, चेतना केबल गफ लगाउने बिषय मात्रै बन्दै गएको सडक दुर्घटनामा पनि कैयौं गल्ती चालकको होला तर सडक पेटीका यात्रु पनि जिम्बेवारमुक्त छैनन् धेरैलाई थाहा बाटो काट्दा होशियारी अपनाउनु पर्छ जेब्रा क्रसिङ, आकाशे पुलको प्रयोग गर्नुपर्छ तर, थाहा भएकै कुरा पनि हामी लागु गर्दैनौं ट्राफिक नियम आफ्नै लागि हो, आफ्नै सुरक्षाको लागि हो भन्ने थाहा हुँदाहुँदै पनि हामी मतलब राख्दैनौं एकपटकलाई हो नि भन्दै हेलचक्र्याईं गर्छौ आखिर दुर्घटना हुने नै एक पटक हो
ट्राफिक प्रहरीले दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक नियमको पालनाको लागि अनेकथरि कार्यक्रम गर्दै आएको तर, हाम्रो हेलचक्र्याईं जारी
* * * *
      
चावहिलमा साथीहरुले नजिकिदोंयुथ डेलाई मध्यनजर गर्दै ३ष्अबmउबष्नल सुरु गर्ने योजना बनाउनुभएको रहेछ त्यसको लागि बिभिन्न प्रतिक्रियाहरु लेखिदैं रहेछ प्रतिबद्धताका साथ फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्यक्रम रहेछ आफूले गर्न सक्ने कामबारे लेखेर त्यसलाई दैनिक जीवनमा लागु गराउने प्रयत्न गर्ने यो एउटा आत्मानुशासन पनि थियो प्रतिबद्धताहरु यस्ता थिएः
 
        - कसैलाई भेदभाव गर्दिन
        -I never vandalize the public construction.
        -I follow traffic rules.
        -I pay income tax on time.
        -I always ask for vat bill.
        -I use paper bag.

      मेरो दिमागमा एकैछिन अगाडिको ट्राफिक हेलचक्र्याईं घुमिरहेको थियो मैलेट्राफिक नियमलाई फलो गर्छुलेखेको कार्ड समाएर फोटो खिचेर पोष्ट गरें यसलाई हरतरहले लागु गर्ने प्रतिबद्धताका साथ त्यसो अन्य पक्षबारे पनि सचेत बन्ने छु
    
हामी सबैले सानोसानो सकारात्मक काम गर्ने हो भने  सभ्य समाज कसो नबन्ला !?
 
twitter: @kishu_gb123