Pages

Wednesday, January 29, 2020

नेकपा केन्द्रीय कमिटी बैठक - यस्ता छन् तीन प्रतिवेदन


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक २०७६ माघ १५ देखि सुरु भएको छ।

काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु बैठकको सञ्चालन महासचिव विष्णु पौडेलले गरेका थिए।

बैठकको उद्घाटन सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

बैठकमा अध्यक्षद्वयको तर्फबाट  पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै, महासचिव पौडेलले संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गरेका थिए।

१५ गते नै सम्पूर्ण केन्द्रीय कमिटीलाई १५ समूहमा विभाजन गरिएको छ।

नेकपामा फेरि उठ्यो बैठक 'लाइभ' गर्ने कुरा


 नेपाल लाइभ |  २०७६ माघ १५ बुधबार | Wednesday, January 29, 2020  १९:०५:०० मा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुनः बैठकको प्रत्यक्ष प्रशारण गर्ने विषयले प्रवेश पाएको छ।

बैठकमा भएका छलफललाई नेताहरुले आफूअनुसार मिडिया प्रकाशन र प्रशारण गर्ने प्रवृत्ति बढेको भन्दै पार्टी महासचिव विष्णु पौडेलले प्रत्यक्ष प्रशारणबारे सोच्नुपर्ने प्रतिवेदन जारी केन्द्रीय कमिटीमा पेश गरेका छन्।

महासचिव पौडेलले पेश गरेको १९ पेज लामो संगठनात्मक प्रतिवेदनमा पार्टीमा देखा परेको समस्यालाई ८ बुँदामा प्रस्तुत गरेका छन्।

नेकपा ब्यानरमा अटाएनन् मार्क्स र लेनिन : ब्यानरमा पुष्पलाल–मदन, 'स्ट्याण्ड'मा ओली–प्रचण्ड


 किशोर दहाल |  २०७६ माघ १५ बुधबार | Wednesday, January 29, 2020  १५:५०:०० मा प्रकाशित

काठमाडौं- काठमाडौंको राष्ट्रियसभामा बुधबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको ब्यानर रातै थियो। जसमा कार्यक्रमबारे जानकारी पनि थियो। ब्यानरमा पुष्पलाल र मदन भण्डारीको फोटो थियो। मुख्य ब्यानरको छेउमै दुईतर्फ नेकपा अध्यक्षद्वयको फोटो थियो। विशेष 'स्ट्याण्ड'मा सजाएर देब्रेतिर केपी ओलीलाई राखियो, दाहिनेतिर पुष्पकमल दाहाल प्रचण्डलाई। तर, मार्क्स र लेनिन दुवैको तस्बिर थिएनन् मञ्चमा।

कम्युनिस्ट पार्टीहरुको कार्यक्रममा प्राय कम्युनिस्ट गुरुहरुको तस्बिर छुट्दैनन्। सामान्यतया मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको फोटोहरु ब्यानरमा प्रमुखताका साथ राखिन्छन्। उनीहरुको संयुक्त तस्बिर कम्युनिष्ट पार्टीका लागि लोगोजस्तै नै हो।

कम्युनिस्ट पार्टीहरुले अपनाएका मार्गदर्शक सिद्धान्त र विचारधारा अनुसार तस्बिरको प्रयोग हुने गरेको छ। कतिपयले सबैलाई आदर्श नमान्ने भएकाले मार्क्स र लेनिनको तस्बिरमात्रै राख्ने गरेको पनि देखिन्छ।

प्रचण्डको अग्नि परीक्षण


 किशोर दहाल |  २०७६ माघ १४ मंगलबार | Tuesday, January 28, 2020  २१:१३:०० मा प्रकाशित

काठमाडौं- प्रहरीमा जाहेरी पनि परेको थिएन। सञ्चार माध्यममा बलात्कार प्रयासको आरोपसहितको समाचार मात्र आएको थियो  तत्कालीन सभामुख कृष्णबहादुर महराबारे।

आरोप लागेकै आधारमा उनको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखसँगै सांसद पदबाट समेत राजीनामा दिन निर्देशन दियो।

राजीनामा दिन निर्देशन दिँदा आचरणलाई मूल आधार बनाइएको थियो।

बाजीगर प्रचण्ड : जसले हारेको खेल जितमा बदले


 किशोर दहाल |  २०७६ माघ १२ आइतबार | Sunday, January 26, 2020  २१:२२:०० मा प्रकाशित

काठमाडौं– कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि झन्डै चार महिना खाली रहेको प्रतिनिधिसभामा सभामुखको कुर्सी आइतबारबाट अग्निप्रसाद सापकोटाको भयो।

सापकोटाको उम्मेदवारीसँगै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पनि आजै थियो। उनको सभामुख बन्ने बाटोमा अदालतले ब्रेक लगाउँछ कि भन्ने आशंका पनि इजलास तोकिएसँगै सक्कियो। प्रधानन्यायाधीशले जसको इजलासमा रिट पठाए उनले पहिल्यै अग्निको विपक्षमा बहस गरेकाले मुद्दा हेर्न मिलेन र सुनुवाइ सर्‍यो।

सर्वोच्चमा सुनुवाइ स्थगित भएसँगै नयाँ बानेश्वरमा रहेको प्रतिनिधिसभामा सभामुख चयनको प्रकृया अगाडि बढ्यो। एक्ला उम्मेदवार सापकोटाका निम्ति कुनै अवरोध बाँकी थिएन। उनी सभामुख भएको घोषणा भयो। खादा र बधाईको ओइरो लाग्यो।

अग्निपरीक्षामा अग्नि


 किशोर दहाल |  २०७६ माघ १२ आइतबार | Sunday, January 26, 2020  १७:५४:०० मा प्रकाशित

काठमाडौं- अन्ततः अग्नि सापकोटा नयाँ सभामुख बनेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकले सापकोटालाई एकल प्रस्तावका आधारमा निर्विरोध सभामुख चयन गरेको हो।

सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच चलेको तानातान अन्ततः सापकोटालाई उम्मेदवार बनाउने निष्कर्षमा टुंगिएको थियो। उनी सभामुखका रुपमा चर्चामा आएका अन्य दुई नेताहरु सुवास नेम्वाङ र शिवमाया तुम्बाहाङ्फेलाई उछिन्दै सभामुखको कुर्सीमा पुगेका छन्।

सपथ ग्रहणपछि उनले आफ्नो जिम्मेवारी सुरु गर्नेछन्। संसदको अर्को बैठक माघ १४ गतेका लागि बोलाइएको छ। सो बैठक उनैले सञ्चालन गर्ने छन्। कार्यकाल सुरु गरेसँगै अग्निको अग्निपरीक्षा सुरु हुने छ। जुन काँडाको यात्रा हुनसक्ने सम्भावना देखिन्छ।

Friday, January 24, 2020

सभामुखमा सापकोटा : काँडाको यात्रा


 किशाेर दहाल |  २०७६ माघ ५ आइतबार | Sunday, January 19, 2020  १८:४०:०० मा प्रकाशित

काठमाडौं- लामो रस्साकस्सीपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख उम्मेदवार टुंगो लगाएको छ। सचिवालयको आइतबार साँझ बसेको बैठकले सर्वसम्मत रूपमै अग्नि सापकोटाको नाम टुंगो लगाएको हो।

प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेका कारण नेकपा उम्मेदवार सापकोटाको सभामुखको कुर्सीसम्मको यात्रा सहज छ। तर त्यसपछिका दिन भने सहज छैनन्। पदमा रहेकै कारण आइपर्ने परिस्थितिजन्य अप्ठ्याराका अतिरिक्त उनलाई विगतका कतिपय सन्दर्भले कठिनाइ थप्नेछ।

विचाराधीन मुद्दा 
सापकोटाविरुद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

नेकपामा निरीह 'अर्का अध्यक्ष'


 किशोर दहाल |  २०७६ माघ १ बुधबार | Wednesday, January 15, 2020  १४:३१:०० मा प्रकाशित

काठमाडौं- एकताको डेढ वर्षसम्म प्रचण्डले आफू पनि नेकपाको अध्यक्ष भएको देखाउन अनेक चाल रचे। आफ्नो पदीय हैसियत पार्टी विधानबाट बैठकको कुर्सीसम्म ल्याइपुर्‍याउन गरेको संघर्ष सफल भए पनि अध्यक्ष हुनुको स्वभाविकता प्रवाह भइसकेको छैन। तसर्थ, उनी कार्यकारी अधिकारको आधिकारिकताको लागि अर्को संघर्षको चरणमा छन्।

-000-

केपी ओली उपचारका लागि सिंगापुर गएका बेलामा २०७६ भदौ ९ मा प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक बस्यो। सो बैठकमार्फत केन्द्रीय कमिटीमा ४ जना सदस्य थपेर कमिटीको आकार ४ सय ४५ सदस्यीय पुर्‍यायो।

Tuesday, January 14, 2020

काठमाडौंमा रबर्ट मुगावे


कृष्णज्वाला देवकोटा /

डेढ शताब्दीअघि २७ मार्च, १८५५ मा समाचारको परिभाषा दिँदै प्रतिष्ठित बेलायती राजनीतिज्ञ एवं प्रखर वक्ता बेन्जामिन डिजरायलीले हाउस अफ कमन्समा भनेका थिए, 'यो  (समाचार) पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै दिशाबाट आउँछ । यदि कम्पासको कुनै एउटा विन्दुमात्र स्रोत वा आधार बन्छ भने त्यतिखेर त्यो समाचार होइन, कोठेपद हुन्छ ।' सञ्चारमाध्यमहरूलाई तानाशाहीको यस्तै कोठेपद उद्योग बनाउने कुनियतको सञ्चार अध्यादेश कार्यान्वयनमा ल्याएपछि नेपालको शाही सरकारलाई सभ्य संसारले रबर्ट मुगावेको नयाँ  अवतारका रूपमा भव्य अन्तर्राष्ट्रिय अभिनन्दन गर्यो, अझै गर्दै छ । मुलुककै इतिहासमा पहिले कहिल्यै अनुभव नगरिएको यति व्यापक अन्तर्राष्ट्रिय निन्दा र भत्र्सनापछि पनि भारदारहरू  यसको औचित्य प्रमाणित गर्ने हास्यापद तर कुटिल प्रयासमा जुटिरहेका छन् । यसो किन भइरहेको छ भने कालो अध्यादेश केवल नेपाली प्रेसमाथिको क्षणिक प्रतिशोध वा सरकारको  क्षणिक पागलपन होइन । बरु यो शाही सरकारले अब नागरिक नकाब मिल्काएर पूर्णतः सैनिक चरित्रको भीषण दमनकारी शासन सुरु गर्न चालेको पहिलो कदम अर्थात् भावी  राजनीतिक परिवर्तनको पूर्व तयारी र त्यसको पूर्व संकेत हो । पछिल्ला तीन वर्षमा भारदारहरूले राम्ररी थाहा पाएका छन्, स्वतन्त्र प्रेस लोकतान्त्रिक स्वाभिमानको शस्त्रागार हो । त्यसैले  असोज १८ को तेस्रो अध्याय मध्यरातमा त्यसमाथि धावा बोलेर सुरु भएको छ । नेपाली प्रेससँग निरंकुशताको कोठेपद हुनु वा अभिव्यक्तिको स्वतन्त्रतालाई पूर्ण लोकतन्त्रको लडाइँसँग  जोड्नुको विकल्प अब रहेन ।

सूचना प्रविधि विधेयकको दफा-दफामा समस्या


 किशोर दहाल |  २०७६ पौष २६ शनिबार | Saturday, January 11, 2020  १५:०५:०० मा प्रकाशित

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले लामो छलफल पश्चात बहुमतले पारित गरिसकेको छ। तर, विधेयकमाथिको बहस भने जोडतोडका साथ चलिरहेको छ। विधेयकको पक्षमा सरकार र सत्ता पक्षीय केही सांसदहरु छन्।

तर सरोकारवाला तथा विषय विज्ञहरुले विधेयकका कैयौं प्रावधानमाथि आपत्ति जनाएका छन्। विशेषगरी, विधेयकमा रहेका कतिपय प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई आत्म नियन्त्रणतर्फ धकेल्ने र अन्ततः लोकतान्त्रिक मर्मलाई कुण्ठित पार्ने उनीहरुको तर्क छ।

मुख्यगरी सामाजिक सञ्जालप्रति विधेयकको दृष्टि, त्यसका माध्यमबाट सहजै प्रवाह हुँदै आएको आम धारणालाई पर्ने असर तथा विधेयकले निर्धारण गरेको मर्यादा नाघेमा पर्नसक्ने अप्ठ्यारोलाई केन्द्रमा राख्दै विधेयकमा विभिन्न दफामा रहेका करिब दर्जन समस्यालाई यहाँ उजागर गर्ने प्रयास गरिएको छः

Friday, January 10, 2020

सूचना प्रविधि विधेयक : विरोधी फसाउन धरापै-धराप

किशोर दहाल |  २०७६ पौष २० आइतबार | Sunday, January 05, 2020  १७:१६:०० मा प्रकाशित

काठमाडौं- सरकारले सूचना प्रविधि विधेयकको सन्दर्भमा अनावश्यक हल्ला फिँजाइएको दाबी गरे पनि विधेयकमा त्यस्ता कैयौं प्रावधान राखिएका छन्, जसका आधारमा सरकारले विरोधीलाई सहजै जेल कोच्नेदेखि लाखौं जरिवाना गराउन सक्छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतबाट पास गरेको सो विधेयक ऐन बनेमा सामाजिक सञ्जालमा धारणा अभिव्यक्त गर्नसमेत डराउनु पर्नेछ। सरोकारवालाहरुले यो विधेयकलाई सामान्य नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने प्रयासको रुपमा अर्थ्याएका छन्।

सरकारका वा प्रभावशाली व्यक्तिका विषयमा कसैले आलोचना गरेमा उसलाई सहजै तह लगाउने अस्त्रको रुपमा सूचना प्रविधि ऐन दुरुपयोग हुनसक्छ।