Pages

Friday, April 26, 2019

मनमोहन स्मृति दिवस : सम्झनामा ९ महिने सरकार


 किशोर दहाल |  २०७६ बैशाख १३ शुक्रबार | Friday, April 26, 2019  १६:३०:०० मा प्रकाशित

काठमाडौं- २०४८ बैसाख २९ मा चुनाव भएपछि गठन भएको सरकार आन्तरिक विवादमा फसेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्ने र मध्यावधि निर्वाचन गर्ने बाटो समाए। जसअनुसार ०५१ कात्तिक २९ गते पहिलो पटक मध्यावधि निर्वाचन भयो। सो चुनावमा सत्ताधारी नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत २४ वटा दल सहभागी भए। जसमध्ये ५ वटा दलले मात्रै आफ्नो प्रतिनिधित्व सुनिश्चित गरे।

चुनावमा एमाले पहिलो दल बन्यो। ०४८ सालको चुनावमा ६९ सिट मात्रै जितेको एमालेले ८८ सिट हासिल गर्‍यो। सत्ताधारी कांग्रेस भने ११० बाट ८३ सिटमा खुम्चियो। राप्रपा ४ (गाई १, हलो ३) सिटबाट २० (हलो) सिटमा उकालो लाग्यो।

पहिलो दल बनेपछि मंसिर ६ गते नेकपा एमालेको संसदीय दलको बैठक बस्यो। बैठकले पार्टी अध्यक्ष मनमोहन अधिकारीलाई संसदीय दलको नेतामा चयन गर्‍यो। त्यसका लागि हालका प्रधानमन्त्री केपी ओलीले प्रस्ताव राखेका थिए। त्यसमाथि मोदनाथ प्रश्रित र लीला श्रेष्ठ सुब्बाले समर्थन गरेका थिए।

२०७५ मा नेकपा : अन्योल, भद्रगोल र असन्तुष्टि


 किशोर दहाल |  २०७६ बैशाख १ आइतबार | Sunday, April 14, 2019  १५:०५:०० मा प्रकाशित

काठमाडौं– ०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र तथा नयाँ शक्तिले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै भने– एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं।

सहमति भएको १०औं दिनमा नयाँ शक्ति प्रक्रियाबाट बाहिरियो। एमाले र माओवादीले भने प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभामा चुनावी गठबन्धन बनाए। र, ०७५ जेठ ३ गते पार्टी एकता गरे। असोज १७ गते गरेको बाचा पूरा गरे।

तर एकताको ११ महिना बित्नै लाग्दा पनि दुई पार्टीको एकताले पूर्णता पाइसकेको छैन। माथिल्ला कमिटीको टुंगो एकताअघि नै लगाइएको थियो। तर, तल्ला कमिटीको एकता प्रक्रिया निकै सुस्त रहँदै आएको छ। भातृ संगठन र जनवर्गीय संगठनको पनि एकता भइसकेको छैन। नेताहरुबीच नै असन्तुष्टि बढ्दै गएको छ।

२०७५ मा राजनीति : यी हुन् चर्चित १२ घटना


किशोर दहाल |  २०७६ बैशाख १ आइतबार | Sunday, April 14, 2019  १४:५६:०० मा प्रकाशित

काठमाडौं– वर्षको सुरुवाततिर एमाले र माओवादीबीच एकता प्रक्रिया चुलिँदै गर्दा तातेको राजनीति वर्षको अन्त्यतिर आइपुग्दा सिके राउतसँगको सहमति, विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्धसम्म तातिरह्यो।

राजनीतिसँग जोडिएर धेरै घटनाहरु भए। त्यस्ता घटनाले बहस निम्त्याए। तरंगित गराए। नेपाल लाइभले प्रतिनिधि १२ घटनालाई पुनस्मरण गरेको छ। 

Monday, April 22, 2019

नेकपाले टुंग्यायो जिल्ला कमिटीको नेतृत्व

९ वैशाख २०७६

प्रेस विज्ञप्ती

यही २०७६ वैशाख ८ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहमा पार्टी एकीकरणको कामलाई अघि बढाउने सन्दर्भमा जिल्ला तहको एकीकरण सम्पन्न गर्ने महत्वपूर्ण निर्णय गरेको छ । निश्चित मापदण्डका आधारमा गरिएको उक्त निर्णय यसप्रकार छ ः
(क) जिल्ला तहमा पार्टी एकीकरणका मापदण्डहरु ः
जनप्रतिनिधिको जिम्मेवारीमा रहनुभएका कमरेडहरु पनि पार्टी जिल्ला कमिटीको अध्यक्ष तथा सचिवको जिम्मेवारीमा रहन सक्ने ।

साविक नेकपा (एमाले)का जिल्ला कमिटी अध्यक्ष र नेकपा (माओवादी–केन्द्र)का जिल्ला कमिटीका प्रमुखहरु सम्बन्धित जिल्ला कमिटीमा अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहने ।

जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिमको सदस्य संख्या रहने ।
जिल्ला कमिटीमा साविक जिल्ला कमिटीका सदस्यहरु रहने । कमिटीमा सदस्य संख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले बरिष्ठ र सक्षम कमरेडहरु मध्येबाट थप्ने । साविक जिल्ला कमिटीको सदस्य संख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका बरिष्ठ र सक्षम कमरेडहरुलाई जिल्ला कमिटीमा संगठित गर्ने ।
जिल्ला कमिटीको सदस्य संख्याको अनुपातअनुरुप हुनेगरी सम्बन्धित जिल्ला कमिटीले बरिष्ठता र क्षमताका आधारमा आफ्नो तहको सचिवालय र कार्यालय गठन गर्ने । 

(ख) भूगोलका ७७ जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी निम्नानुसार निर्धारण गरिएको छ ः

Tuesday, April 16, 2019

के–के भयो ०७५ मा?

नेपाल लाइभ सम्पादकीय : आधार वर्ष सकियो, अब परिणामको वर्ष
[https://www.nepallive.com/story/57941 ]

साहित्यमा वर्ष २०७५ : राेजाइमा महाेत्सवलाई मोफसल, विमाेचनलाई काठमाडौं

यी २५ घटना, जसले २०७५ लाई तरङ्गित बनायो

२०७५ मा राजनीति : यी हुन् चर्चित १२ घटना

२०७५ मा नेकपा : अन्योल, भद्रगोल र असन्तुष्टि

वर्ष २०७५ : ‘गतिहीन’ कांग्रेस

वैदेशिक रोजगारमा २०७५ : आसलाग्दो संकेत, कार्यान्वयनमा चुनौती

फर्केर हेर्दा २०७५ : अवसर पाएर पनि उपलब्धि नगण्य

आइजिपी खनालको एक वर्ष : देखियो विवादको यस्तो चक्र

वर्षका खेलकुद विवाद : सन्दीप लामिछानेदेखि विमल घर्तिमगरसम्म

वर्ष २०७५ : न्यायालय वरिपरि एनसेल, सुमार्गी र सुनकाण्ड

Saturday, April 6, 2019

बालुवाटार 'पार्टी प्यालेस'!


बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास छ। यहाँ प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रीका गतिविधि हुन्छन्। तर, यसअघिका प्रधानमन्त्रीझैं ओली पनि यसको 'दुरुपयोग' गरेका कारण विवादित छन्। सरकारी काम गर्नुपर्ने स्थानमा पार्टीका काम हुनु विगतदेखि नै सामान्य भइसकेको छ। तर ओली भने अझ अगाडि बढेका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकता घोषणा (०७५ जेठ ३) पछिको भोज पनि बालुवाटारमै भएको थियो। त्यो भोजका लागि कुर्सी मिलाउन नेपाली सेनाका जवानलाई खटाइएको थियो।