Pages

Friday, December 12, 2014

भाषा नमिल्दा

किशोर दहाल   /    

     एउटा बटुवा कतै जाँदै थियो गन्तव्यमा पुग्न निकै समय बाँकी छँदै साँझ पर्न थाल्यो उसले अघिल्लो गन्तव्य तय गर्ने वा त्यतै कतै बास बस्ने भन्ने बारेमा सोच्न थाल्यो कुनै महिलाको घरमा पुगेर त्यस्तै जिज्ञासा राख्यो साँझमा आएको पाहुनालाई महिलाले सम्मानपूर्वक भनिछन्, “जाने भएदुधमाडी जाउँ, बस्ने भएसाँप्रा च्यातिदिउँला महिलाको कुराले बटुवा रोमाञ्चित नहुने कुरै थिएन उसले दुध माडेर मात्रै जानुभन्दा साँप्रा च्यात्नै उपयुक्त सम्झियो उत्तेजित कल्पनाले गर्दा बटुवाले साँझको यात्रा त्यहीं टुङ्ग्याउने निर्णय ¥यो जतिजति रात पर्दै गयो, बटुवा उतिउति उत्तेजित हुँदै थियो तर, उसको उत्तेजना त्यतिबेला सेलायो, जतिबेलासाँप्रा च्यात्ने भन्दै महिलाले कर्कलाको डाँठको बोक्रा उप्काउन थालिन् बटुवालाई आफ्नै पूर्वकल्पनामाथि पछुतो लाग्यो उनीहरु राती त्यही कर्कलोको तरकारी भात खाएर सुते
     बिहान उठेपछि महिलाले खाना खाएर मात्रै जान आग्रह गरिन् , खानाको मेन्यु बताईन्साँप्रा च्यातिदिउँ कि बर्षेउला खाने ? रातीकै साँप्राले दिक्क भईसकेको बटुवालेबर्षेउला खाने बिचार ¥यो तर, महिलाले के खुवाउने हुन् भन्ने बारेमा बटुवालाई थाहा थिएन तर, कर्कलोभन्दा बर्षेउला उपयुक्त हुन सक्ने उसको अनुमान थियो खाना पकाउने बेलामा महिलाले प्लास्टिकको पोको खोलेर गुन्द्रुकजस्तै केहि बस्तु निकालिन् त्यसलाई पानीमा ढड्याउन राखिन् यता बटुवालाई महिलाले के पो पकाउने हुन् भन्ने उत्सुकता उच्च थियो जब उसले पानीमा ढड्याईएको बर्षेउला हे¥यो, अचम्ममा ¥यो त्यो बर्षायामको गड्यौलालाई सुकाएर पो राखिएको रहेछ बर्षायामको गड्यौला सुकाईएकोले त्यसको नाम बर्षेउला राखिएको हुन सक्छ जसोतसो खाना खाएर उसले दुधमाडी जाने बिषयमा जिज्ञासा राख्यो महिलाले मुसुक्क हाँस्दै भनिन्, “त्यो पल्लो गाउँको नाम दुधमाडी हो हिजो तपाई ढिलो आईपुग्नु भयो यहाँबाट हिँडेको भए त्यो गाउँसम्म पुग्न सक्नुहुन्थ्यो भन्न खोजेकी थिएँ
     एउटा अर्को उदाहरण यो चाहीँ गाउँका एकजना हजुरबुवाले सुनाउनुभएको थियो
     उहाँहरु निकै पहिले पश्चिम नेपालतिर घुम्न जानुभएको रहेछ उहाँहरु जवान हुँदैको कुरा होला कुनै ठाउँमा केही महिला पुरुषले अम्बा (Guava)  बेच्न राखेका रहेछन् उहाँहरुले महिलासँगै अम्बा किन्ने बिचार गर्नुभएछ सायद बिपरित लिङ्गीप्रतिको आकर्षणले हुनसक्छ महिलालाई रकम देखाएर आग्रह गर्दै उहाँहरुमध्ये कसैले भन्यो, “यो पैसा लिनुस् हामीलाई अम्बा दिनुस् तपाईहरुको अम्बा निकै राम्रो रहेछ खान मन लाग्यो
     महिलाहरुले मुख रातो बनाउँदै लजाएछन् तर कसैले अम्बा दिएनन्, जवाफ नै दिए
कुनै पनि महिलाले अम्बा नदिए पछि उहाँहरु पुरुष भएको ठाउँमा पुगेर अम्बा किन्न खोज्नुभयो तर, पुरुषले पनि अम्बा दिनु भन्दा पहिले उहाँहरुको ठेगाना सोधेछ
उहाँहरुले घर पूर्वतिर भएको यतातिर घुम्न आएको बताउनुभएछ अम्बा राम्रो देखेर खान मन लागेकोले किन्न खोजेको तर कसैले नदिएकोमा अचम्ममा परेको पनि बताउनु भएछ
पुरुषले जवाफ दिएछ, “घर पूर्व भएकोले तपाईहरुलाई थाहा नभएको हुन सक्छ यतातिर अम्बा भन्नाले महिलाको स्तन भन्ने बुझिन्छ तपाईहरुले अम्बा माग्नुभयो धन्न ! महिलाहरु चुप लागे उस्तै भए तपाईहरुलाई कुट्न पनि सक्थे यतातिर अम्बालाईबेलौती भन्छन्
त्यसपछि उहाँहरुको मुहार लाजले रातो भएछ
********
     विदेश जाँदा भाषा नबुझेर परेका अप्ठ्यारो बेलाबेलामा साथीभाईले सुनाउँछन् त्यो स्वभाविक नै हो अर्काको देश, नयाँ भूगोल, नयाँ मानिस, नयाँ भाषा संस्कृतिले पनि अप्ठ्यारो थप्ने गर्छ
तर, हामी एउटै देश, लगभग संस्कृति पनि उस्तैउस्तै भएको ठाउँमा पनि भाषाकै कारण बेलाबेलामा अप्ठ्यारोमा पछ्र्यौँ पश्चिमतिरको भाषा  पुर्वेलीलाई बुझ्न निकै गाह्रो हुन्छ मैले फरक जातजातीले बोल्ने भाषाको कुरा गरिरहेको छैन नेपाली भाषा बोलिरहँदा पनि कतिपय शब्द हामीलाई बुझ्न गाह्रो हुन्छ कतिपय शब्दले एकातिर स्वभाविक अर्थ दिइरहेको हुन्छ भने अर्कोतिर अश्लिल अर्थ दिइरहेको हुनसक्छ आफैं पुर्वतिरको भएकोले पुर्वका खास शब्दहरुमाथि पश्चिमतिर लाग्ने अर्थबारे त्यति जानकारी मलाई छैन तर, पश्चिमतिरका केही साथीभाईले बोल्ने केही शब्द सुनेर मलाई असहज लाग्छ जस्तै गुल्मीतिरका मानिसले भैंसीको थुनपग्रिनुलाईठन्किनु भन्दा रहेछन् त्यस्तै पश्चिम पहाडतिर पुरैढाडलाईकन्नो भन्दा रहेछन् पुर्वतिर यस्ता शब्दले अश्लिलता बोक्छन् पुर्वतिरका केही शब्द पश्चिमकालाई त्यस्तै लाग्न सक्छ केही शब्द भने रमाइलो पनि सुनिन्छ जस्तै पुर्वतिर भनिनेबिगौतीलाई दाङतिरछ्यौकुती भनिदो रहेछ त्यस्तै पूर्वका केही शब्दले पश्चिमका मानिसलाई हसाउँन सक्छ
      हामीसँग धेरै भाषाहरु छन्, संस्कृतिहरु छन् कैयौं हराइसके । कति हराउने क्रममा छन् जातपिच्छेका भाषामाथि नेपालीभाषाको बर्चश्व नेपाली भाषामा पनि पूर्वेली भाषा मानक भाषाको रुपमा रहेको अङ्ग्रेजी भाषाको बर्चश्व सबैतिर अब केहीबर्ष पछि चोकबजारमा कोरियाली जापानी भाषामा कुरा गर्दै गरेकाहरु पनि प्रशस्तै देखिन थाल्नेछन् यसै क्रममा हाम्रा आफ्नो मौलिक भाषा संस्कृति हराउन सक्छ
      अब हामीले स्थानीय भाषा संस्कृतिलाई जगेर्ना गर्ने बेला आएको हरेक ठाउँमा हाम्रै भाषा संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बेला आएको हामीले बेवास्ता गरेको आफ्नै संस्कृतिलाई , भाषालाई अरु कसैले माया गर्दैन आफ्नो भाषाको जति प्रचारप्रसार ¥यो, उती विस्तार हुन्छ नै अनि, एक क्षेत्रको भाषा सुनेर अर्को क्षेत्रका मानिस हाँस्नु पर्ने स्थिति आउने छैन , देशभित्रैका भाषा नबुझ्दा हुने अप्ठ्यारोको सामना गर्नुपर्ने छैन जय भाषासंस्कृति