Pages

Monday, June 18, 2018

Memory : Football and Poverty

–Binod Bikram KC

Veteran footballer Raju Shakya said in a recent interview with an authenticity that football is a poor men's game. This is why it's so popular around the globe. In a world where 85 richest people own more wealth than poorest 3 billion, football and poverty will certainly have a deep and passionate relationship.  Who can be more authentic than Mr. Shakya to say football is popular among the poors? He is a veteran footballer of one of the poorest countries in the world and has seen many a top class player ending up with being a bottom class pauper in his country.

(Cricket is called a gentlemen's game. And golf rich men's game.   A gulf player enjoys the service of a personal secretary in the field (that is called the golf course). I find it amusing to think what would go in the mind of the man with a heavy bag of golf clubs. Maybe he would be saying to his boss, 'Master, master, which club thou preferest ?'  Or, 'Master, master, thy ball, alas, hath gone to the ditch.' Rich people are always funny, especially, when they are seen through the eyes of the poors.)
 
Probably the greatest tragedy of football history appeared in Brazil just before the world cup 2014 was begun. A large group of poor people for the first time in the history rose against football.  In a country where Pele, Garrincha, Didi, Romario,  Ronaldo and many poor people rose (and rising) from football, the angry fists risen against football(FIFA and world cup) was really a gruesome paradox.  President Dilma Rousseff had a deadly answer to the protesters with a deadly question Copa Pra Quem? (world cup for who?) And that was- 'Crush 'em.'

Saturday, June 2, 2018

४० वर्षदेखि कुनै विकास भएन, सकेसम्म पहल गर्नेछु : प्रमोदकुमार यादव

नेपाल लाइभ

पुस ११, २०७४| प्रकाशित १२:१४

प्रमोदकुमार यादव रुपन्देही ४ बाट विजयी सांसद हुन्। नेपाली कांग्रेसका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका यादवले ३१ हजार ७ सय १८ मत पाए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी (राजपा)का सर्वेन्द्रनाथ शुक्लले २० हजार ४ सय १६ मत मात्रै पाए।

पहिलो पटक सांसद भएका यादवसँग 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

तपाईंको पार्टी नेपाली कांग्रेसले यो चुनावमा खासै सुखद नतिजा निकाल्न नसकेको यो चुनावमा तपाईं भने विजयी हुनुभयो। जनताले तपाईंलाई के कारणले मत दिए भन्ने लाग्छ?

मेरो क्षेत्रमा पहिलेदेखि अन्य पार्टीले जित्दै आएका थिए। तर, जनतालाई भने ध्यान दिएनन्। विकास गरेनन्। त्यसैले अब कांग्रेसले नै विकास गर्छ भन्ने उनीहरुलाई लाग्यो। त्यही कुरा सोचेर नै मलाई विजयी बनाए भन्ने लाग्छ।

तपाईंको व्यक्तित्व र विगतका कामको पनि प्रभाव पर्‍यो होला नि!

म लामो समयदेखि राजनीति गरिरहेको व्यक्ति होइन। खासमा होटल व्यवसायी हुँ। पेट्रोल पम्प पनि छ। तर, सबै पार्टीलाई सहयोग गर्दै आएको थिएँ। जातीय समीकरण मिलेपछि कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेँ। पार्टीको सहयोग पनि रह्यो। मुख्य कुरा त जनतालाई केही हुन्छ भन्ने विश्वासले नै जित सम्भव भयो भन्ने लाग्छ।

'समय तोकेर राज्यको नेतृत्व गर्ने भन्ने कुरा हुँदैन : प्रदीप ज्ञवाली

नेपाल लाइभ

पुस ८, २०७४| प्रकाशित २०:५७

एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा गर्दै चुनावमा होमिएका दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रलाई आम मतदाताले भारी मतसहित केन्द्रीय संसदमा पठाएका छन्। पार्टी एकता गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने अनौपचारिक सहमति गरेका एमाले र माओवादीको बोली चुनावी परिणामसँगै फेरिएको छ। 

एमाले र माओवादीबीच भएको आन्तरिक सहमति के हो, दुवै दलका लागि नयाँ सरकार गठन र पार्टी एकतामा कुन महत्वपूर्ण हो? यस्तै प्रश्न अहिले प्रमुख बनिरहेका छन्। यसै सन्दर्भमा हामीले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसँग चुनावी परिणाम, नयाँ सरकार गठन र पार्टी एकता लगायतका विषयमा नेपाल लाइभका हिम विक्रम र किशोर दाहालले गरेको कुराकानीः 

चुनावी नतिजाबाटै कुराकानी थालौं, प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ झन्डै बहुमत ल्याएको स्थिति देखियो। एमालेले अपेक्षा गरेभन्दा बढी सफलता प्राप्त गरेको नेताहरुले नै बताउने गरेका छन्। यसका कारण के–के हुन्? 

नतिजा अपेक्षित नै हो। सोचेभन्दा राम्रो भन्नुभन्दा पनि हामीले यही अपेक्षा गरेका थियौं। केही निश्चित भएका ठाउँहरु गुमेका छन्। समग्रमा भन्दा यो अपेक्षित नतिजा हो। यसका केही निश्चित कारण छन्। 

एउटा, हामीले राजनीतिक स्थिरता र समृद्विको अपिल गर्‍यौं। हाम्रो चुनावको मुख्य मुद्दा राजनीतिक स्थायित्व, विकास र समृद्विलाई बनायौं, त्यो आम नेपाली जनताको चाहना थियो। चुनावी मुद्दा र आम जनताको चाहनाको बीचमा तारतम्य मिल्यो। आम जनताले हाम्रो अपिललाई विश्वास गर्नुभयो, सबैभन्दा त्यो ठूलो कुरा थियो।

दोस्रो, विगतमा हरेक क्षेत्रमा चाहे आन्दोलन, सरकार, संविधान निर्माण, राष्ट्रियताको पक्षमा, लोककल्याणकारी राज्यको विषयमा या सरकार सञ्चालनको मामिलामा हामीले जे काम गर्दै आयौं, राष्ट्रिय राजनीतिमा जे भूमिका खेल्यौं, विगतको भूमिकाको सकारात्मक प्रभाव पनि थियो।

तेस्रो, वाम गठबन्धनको मनोवैज्ञानिक प्रभाव, भोलि एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुन्छ भन्ने विश्वासले पनि परिणाम ल्याउन भूमिका खेल्यो। चौथो, हाम्रो प्रतिस्पर्धी धेरै अल्मलिए। उनीहरुले अहिलेको चुनावको बहाव, आम जनताको मनोविज्ञान, अहिलेको जनताको चासो र सरोकारलाई कहीँ मिलाउन सकेनन्। प्रतिपक्षको कमीकमजोरी समेत कहिलेकाहीँ नकारात्मक लाभ दिन्छ। समग्रमा हामीले विगतमा खेलेको भूमिका र नयाँ नेपाल निर्माणका लागि खाका अगाडि सार्‍यौं र जनतामा विश्वास जगाउन सक्यौं। चुनावी सफलताका कारण त्यही हो जस्तो लाग्छ।

मुखले भनेर होइन, काम गरेर देखाउँछु : प्रदीप यादव

नेपाल लाइभ

पुस ८, २०७४| प्रकाशित १४:४०

प्रदीप यादव पर्सा १ बाट विजयी सांसद हुन्। संघीय समाजवादी फोरमका तर्फबाट चुनावमा प्रतिस्पर्धा गरेका उनले २१ हजार १ सय ३२ मत पाए। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४ सय ८१ मत पाए।

यादव पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले सुरु गरेको 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि यादवसँग किशोर दहालले गरेको कुराकानी :

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?
मधेसको अधिकारको सवाल छ। संविधान संशोधन गरेर त्यो अधिकारको सुनिश्चितता गर्नुपर्नेछ। त्यसलाई निश्चित गर्न नै मलाई जनताले सांसद बनाएका हुन्। त्यस्तै कांग्रेस एमालेले २८ वर्षसम्म शासन गर्दा पनि यहाँ विकास गर्नेतर्फ ध्यान दिएनन्। त्यसैले पनि अब विकास गर्न र विकासको गति बढाउनको लागि जनताले मलाई मत दिएर सांसद बनाएका हुन्।

कांग्रेस एमालेले २८ वर्षसम्म गर्न नसकेको र गर्न ध्यान नदिएको विकास तपाईंले पाँच वर्षमा गर्नुहुन्छ भन्ने आधार के छ?
म मुखले भनेर होइन, काम गरेर देखाउँछु। कथनी र करनीमा फरक पर्छ। मसँग विकासको भिजन छ। त्यही भिजन अनुसारकै काम गरेर देखाउँछु।

मसँग निजी योजना छैन, सबै जनताका योजना हुन् : नारायणप्रसाद खतिवडा

नेपाल लाइभ

पुस ६, २०७४| प्रकाशित १८:१३

नारायणप्रसाद खतिवडा नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। संविधानसभाको दोस्रो निर्वाचनमा उनी नुवाकोट ३ मा कांग्रेस उम्मेदवार बहादुरसिंह तामाङसँग पराजित भएका थिए। तर यसपटक कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीलाई पराजित गर्दै सांसद बन्न पुगे। खतिवडाले ३६ हजार ८ सय ९२ मत पाएका थिए भने केसीले २६ हजार ३ सय ३५ मत मात्रै पाउन सके।

खतिवडा पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले सुरु गरेको 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि खतिवडासँग किशोर दहालले गरेको कुराकानी :

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?
म जनताको बीचमा हिजोदेखि काम गर्दै आएको मान्छे हुँ। जनताको समस्या समाधानको लागि म सधैं लागिपरिरहेको छु। त्यसैले, जनतामाझ राम्रो सम्बन्ध स्थापित गरेको छु। त्यसैले पनि जनताले मलाई निर्वाचित गरेर सांसद बनाए भन्ने लाग्छ।

पहिलो पटक सांसद बन्दै हुनुहुन्छ। संसद बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाहीप्रति तपाईंको कल्पना वा रोमाञ्चकता कस्तो छ?
म पहिलोपटक सांसद भए तापनि त्यसको सञ्चालन प्रक्रिया वा समग्रमै संसदीय व्यवस्थाप्रति अध्ययन गरेको छु। पदको जिम्मेवारी वा दायित्वबारे मलाई जानकारी छ। त्यसैले मैले अनौठो अनुभव गरिरहेको छैन। मलाई स्वाभाविकै नै लागिरहेको छ।

रचनात्मक सहयोग पाए जनतामा पूर्ण रुपमा समर्पित हुनेछु : हरिराज अधिकारी

नेपाल लाइभ

पुस ५, २०७४| प्रकाशित १२:१४

हरिराज अधिकारी गोरखा १ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका उनले २९ हजार ८ सय ६० मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत मात्रै पाए।

अधिकारी पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि अधिकारीसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई नै रोज्नुको कारण के हो?

जनताले मलाई गोरखा १ का सांसद बनाए। उनीहरुले गोरखा १ का समस्या हल हुन्छ भन्ने विश्वासमा मलाई रोजेका हुन्।

तपाईंलाई नै जिताएर हल गराउनुपर्ने त्यहाँ के समस्या छ?

एउटा बेनीघाटदेखि चीनको बोर्डरसम्मको बाटो छ। त्यसलाई नेपाली सेनाले अहिले खनिरहेको छ। प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनालाई जिम्मा दिनुभएको थियो, त्यो एउटा गतिमा गएको छ। त्यसलाई पूरा गर्नुपर्ने छ। बुढी गण्डकी अलि अलपत्र परेको छ। के हो, के हो जस्तो भएको छ। वर्तमान सरकारका निर्णयले अलि अन्यौलको सिर्जना गरेको छ। त्यसलाई अगाडि बढाउनुपर्नेछ। त्यस्तै यहाँ गोरखकाली, मनकामना जस्ता धार्मिक ऐतिहासिक थलो पनि छन्, तिनीहरुको सम्बर्द्धन र विकास गर्ने र पर्यटक ल्याउने कुरा पनि छन्। धार्मिक र सांस्कृतिक सम्पदा र हिमाली ट्रेकिङमा पर्यटकको आगमनको सम्भावना छ। यसले पर्यटन उद्योग फस्टाउने सम्भावना छ। कृषिलाई व्यवस्थित बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारका कुरा पनि छन्। म त्यही क्षेत्रमा जन्मेर हुर्केर पार्टी राजनीतिमा लागेको हुनाले यो जनताकै छोरो हो र यसले जनताको हित गर्छ भनेर मलाई विश्वास गरेका हुन्।

साम-दाम-दण्ड-भेद प्रयोग गर्न नसक्दा चुनावमा महिला पछि पर्छन् : पद्मा अर्याल

नेपाल लाइभ

पुस ४, २०७४| प्रकाशित १९:१५

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले कांग्रेस नेता तथा वर्तमान उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन्। प्रतिनिधिसभाका लागि स्याङ्जा २ मा भएको प्रतिस्पर्धामा अर्यालले ३५ हजार १ सय ४२ मत पाइन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मत पाए।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी अर्याल ०७० सालमा समानुपातिक सभासद बनेकी थिइन्। एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अर्यालसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

प्रतिनिधिसभा निर्वाचनमा निकै थोरै महिला उम्मेदवारले जित्दा तपाईंको जित कसरी सम्भव भयो?

जनताले विश्वास गरेका कारण नै जित सम्भव भयो।

जनताले तपाईंलाई नै बढी विश्वास गर्नुपर्ने कारण के थियो त?

म जनताको बीचमा रहेर लामो समयदेखि काम गरिरहेकी छु। मेरो जीवनलाई जनताले ऐना जस्तो छर्लंग देख्नुभएको छ। मेरा दुःख, त्याग, तपस्या र समर्पण देख्नुभएको छ। मैले निस्वार्थ ढंगले काम गरेको देखेरै जनताले मलाई विश्वास गर्नुभएको हो।

जनताको बीचमा रहेर तपाईंले गरेका कामहरु के-के हुन्?

राज्य व्यवस्था परिवर्तनको आन्दोलनमा म अग्रपंक्तिमा थिएँ। जनताको हक-अधिकार स्थापित गर्ने लडाइँमा पनि म अग्रपंक्तिमै छु। जनताका दैनिक समस्या र विकासको चाहनामा पनि मैले सकेको पहल गरेकी छु।

संविधानमा कुण्ठित मधेसीको अधिकार हासिल गर्न डट्नेछु : हरिनारायणप्रसाद सा रौनियार

नेपाल लाइभ

पुस ४, २०७४| प्रकाशित १२:१४

हरिनारायणप्रसाद सा रौनियार पर्सा ३ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार रहेका उनले १५ हजार १ सय ६८ मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले १३ हजार १ सय ८ मत मात्रै पाए।

रौनियार पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि रौनियारसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?

बहुदलपछिका ३० वर्षमा यहाँ नेपाली कांग्रेस र एमालेका नेताहरुले पटकपटक चुनाव जिते तर कुनै पनि विकास निर्माणको काम हुन सकेन। जनताको जीवनस्तर उठाउने तिर उनीहरुको ध्यान गएन। त्यतिमात्रै होइन, उनीहरु चुनाव जितेर गएपछि फर्कंदैन थिए। त्यस्तै गणतान्त्रिक संविधानमार्फत जनताको हकअधिकारलाई कुण्ठित पार्ने काम पनि गरे। त्यसकारणले जनतामा परिवर्तनको चाहना देखिएको थियो। त्यही चाहनाअनुसार नै मलाई रोजे। उनीहरुले मलाई रोज्दा विकास गर्छ भन्ने पनि विश्वास राखेको बुझेको छु।

'जनताका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न व्यग्र छौं : जगतबहादुर सुनार (विश्वकर्मा)

नेपाल लाइभ

पुस ३, २०७४| प्रकाशित २३:०३

जगतबहादुर सुनार (विश्वकर्मा) कास्की ३ बाट निर्वाचित सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा उनले ३२ हजार ६ सय ९० मत पाएर विजय हासिल गरे। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत पाए। 

नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य र प्रदेश ४ का सचिव समेत रहेका सुनार पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि सुनारसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?

सुखी नेपाली र समृद्ध नेपाल तथा राजनीतिक स्थिरता कायम गरेर समृद्धि हासिल गर्ने हामी नेपालीको राष्ट्रिय लक्ष्य छ। त्यसलाई हासिल गर्ने लक्ष्य, उद्देश्य र संकल्पका साथ वाम गठबन्धन आएको थियो। गठबन्धनको साझा उम्मेदवार भएका हुनाले जनताले मलाई मतदान गरेका हुन्। यो खासमा वाम गठबन्धनको संकल्पको अनुमोदन पनि हो। म सानै उमेरदेखि स्थानीय जनप्रतिनिधि भएर जनताको विकास निर्माणको काममा घुलमिल भएको व्यक्ति हुँ। त्यसैले पनि मप्रति जनतामा आफ्नै खालको मूल्यांकन रहेको छ। त्यस हिसाबले जनताले मेरा विगतका कामलाई हेरेर पुरस्कृत गर्नुभयो भन्ने लाग्छ। सँगसँगै हाम्रो क्षेत्रका विकास निर्माणका लागि सार्वजनिक कार्यक्रममा जे प्रतिबद्धता व्यक्त गरेका छौं, त्यसलाई पनि जनताले नजिकबाट नियाले र विश्लेषण गरे। हामीलाई विश्वास गरे।

कास्की ३ भनेको विकासको दृष्टिले पछि परेको क्षेत्र हो। हिजोका दिनहरुमा सत्ताकेन्द्रित विकास भयो। त्यसले पनि यो क्षेत्र विकासको दृष्टिले पछाडि पर्न गयो। तर, अहिले हामीले केही ठोस योजना अगाडि सारेका छौं। मूलतः त्यहाँको पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा यो भूगोलले निकै सम्भावना बोकेको छ। त्यसैमा केन्द्रित भएर हामीले योजना अघि सारेका हौं। यही कुरालाई हेरेर कास्की ३ का जनताले हामीलाई विश्वास गर्नुभयो भन्ने ठानेको छु।

पहिलो पटक सांसद बन्नुभएको छ। संसद् बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाही कस्तो होला भन्ने सोच्नुभएको छ?

म प्रत्यक्ष रुपमा संसदभित्रै रहेर संसदीय गतिविधिमा भाग लिन नपाए पनि एमाले जस्तो दलको पोलिटब्यूरो सदस्यको हिसाबले सबै राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको छु। अप्रत्यक्ष रुपमा संसदीय गतिविधिमा सहभागी भइरहेको राजनीतिक कार्यकर्ता हुँ। त्यसैले पनि त्यसलाई मैले नयाँ ढंगबाट हेरिरहेको छैन। यो नयाँ संविधान जारी भइसकेपछिको पहिलो आम निर्वाचनमार्फत गठन भएको संसद् भएकाले अबको राजनीतिक प्रक्रियाहरु नयाँ संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको संसद् कसरी अगाडि बढ्छ भन्ने कुरा हामी सबैको जिज्ञासाको विषय छ। त्यो कोणबाट हेर्दा भने मेरो मनमा पनि धेरै जिज्ञासा र कौतुहल छन्।

संविधानलाई कार्यान्वयन गर्न कानुन बनाउने र व्यवस्थित गर्ने कुरा छन्। त्यसका लागि भूमिका निर्वाह गर्नुपर्नेछ। जनतामा देश द्रुत गतिमा विकासमा अगाडि बढोस् भन्ने जुन अपेक्षा छ, संविधानमा लेखिएका जति पनि जनताका अधिकारका कुरा छन्, तिनलाई व्यवहारमा जनताले अनुभूति गर्न पाउने हिसाबले संसदले कसरी भूमिका खेल्ला र नीतिहरु तर्जुमा गर्ला भन्ने जनतामा अपेक्षा र कौतुहल छ, त्यो हाम्रा मनमा पनि छ। निर्वाचित भएपछि हाम्रा काँधमा पनि जिम्मेवारीबोधका भावनाहरु बढेका छन्, त्यो आँखाले हेर्दा स्वाभाविक रुपले हाम्रा मनमा पनि कौतुहल छ। सिर्जनात्मक रुपले कसरी भूमिका निर्वाह गर्ने भन्ने कौतुहल स्वाभाविक छन्।

पार्टीले अवसर नदिँदा महिलाको जित कम भयो : पवित्रा निरौला खरेल

 नेपाल लाइभ

पुस १, २०७४| प्रकाशित २१:४९

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी पवित्रा निरौला खरेल हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी उनी ०७० सालको संविधानसभा निर्वाचनमा पनि झापा २ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन्। यस पटक भने उनले नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरेकी छिन्।

पछिल्लो जित र आगामी योजनाबारे खरेलसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी: 

के कारणले चुनाव जितेँ जस्तो लाग्छ?

झापाको क्षेत्र नम्बर २ वामपन्थीहरुको गढ हो। पहिलादेखि नै धेरै सहिदले सहादत प्राप्त गरेका छन्। यो नेकपा एमालेको बलियो पंक्ति भएको ठाउँ पनि हो। ०२८ सालदेखिको संघर्षमा सक्रिय सहभागी हुने जनताको बसोबास भएको ठाउँ पनि हो, झापा। राज्यको पुनर्संरचनापछि पनि यो ठाउँ हाम्रो लागि अनुकूल भएको छ। त्यस्तै, लामो समयसम्म कांग्रेसले सरकारको नेतृत्व गरे पनि जनताको अवस्थामा परिवर्तन ल्याउन नसकेको र विकास तथा समृद्धिको पक्षमा खास काम गर्न नसकेको कारण पनि जनताले परिवर्तन खोजिरहेका थिए। जनताले नयाँपन खोजिरहेको अवस्था र विकासको चाहनाले पनि मलाई विजयी गरायो। अर्कोतर्फ, आधा धर्ती ढाक्ने महिलाको संख्या पनि यहाँ उच्च छ। पुरुषहरु वैदेशिक रोजगारीमा गएका कारण यहाँ महिलाको संख्या बढी भएको हो। उनीहरुले महिलालाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। पुरुषहरुले पनि अत्यन्तै इज्जत र सम्मानका साथ मत दिए। जनतामा परिवर्तन र समृद्धि हुनुपर्ने माग भएको र मैले त्यसमा भूमिका खेल्न सक्छु भन्ने विश्वास गरेका कारण पनि विजयी भएँ।

'चुनाव जित्नभन्दा टिकट पाउन संघर्ष गर्नुपर्‍यो : कमला रोका

नेपाल लाइभ

मंसिर २८, २०७४| प्रकाशित ००:४४

माओवादी सशस्त्र युद्धको सुरुवातदेखि नै संलग्न भएकी कमला रोका पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यस पटकको चुनावमा रोकाले रुकुम पूर्वमा कांग्रेस उम्मेदवार हरिशंकर घर्तीमगरलाई पराजित गरिन्। रोकाले १० हजार ४ सय ३४ मत पाउँदा मगरले ४ हजार ४ सय ६ मत पाएका थिए। रोकासँग चुनावी विजय र आगामी योजनाबारे नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्।

तपाईंलाई के कारणले चुनाव जितें जस्तो लाग्छ?

यो संविधान कार्यान्वयनको मुख्य कदमका रुपमा भएको चुनाव हो। नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेपछि अब आर्थिक क्रान्तिको पालो छ। यसका लागि रुकुमका जनताले मलाई प्रतिनिधिका रुपमा छान्न चाहे। त्यस्तै, रुकुम धेरै सम्भावना बोकेको जिल्ला छ। साधन-स्रोतले भरिपूर्ण जिल्ला हो। त्यसलाई ध्यान दिँदै वाम गठबन्धनका तर्फबाट हामीले साझा घोषणापत्र तयार पारेका छौं। विकासको नयाँ खाका हामीले कोरेका छौं। यहाँका पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकासमा हामीले खाका कोरेका छौं। त्यसैलाई जनताले विश्वास गरेर मलाई जिताएका हुन्। निष्कर्षमा भन्दा, पूर्वी रुकुमको विकासका निम्ति वाम गठबन्धनको उम्मेदवारका रुपमा मलाई जिताएका हुन्।

राजनीतिमा रहेका महिलालाई त पितृसत्तात्मक प्रवृत्तिले सताउँछ, आममहिलाको अवस्था के होला? : दुर्गा पौडेल

नेपाल लाइभ

मंसिर २७, २०७४| प्रकाशित ००:४४

राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले प्युठान १ मा नेपाली कांग्रेस उम्मेदवार तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेललाई पराजित गरिन्। पौडेलले ४७ हजार ५ सय १३ मत पाइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मतमा चित्त बुझाए।

०४१ सालदेखि राजनीति सुरु गरेकी पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुन्। उनी २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट पराजित भएकी थिइन्। तर, २०७० सालको चुनावमा भने उनी समानुपातिक तर्फबाट सभासद बनिन्।

पछिल्लो निर्वाचन परिणामका विविध सन्दर्भलाई लिएर नेपाल लाइभका लागि किशोर दहालले पौडेलसँग कुराकानी गरेका छन्।

तपाईंले चुनाव जित्नुका कारणहरु के-के मान्नुहुन्छ?

जित्नुका कारण धेरै छन्। जनतामा पहिल्यैदेखि वाम शक्तिहरु एक भएर आउन् भन्ने अपेक्षा थियो। चुनावमा त्यो वातावरण निर्माण भएपछि उनीहरुमा उत्साह थपियो। त्यस्तै, महिला उम्मेदवार भएका कारण आममहिलामा बढी सहानुभूति देखियो। अर्कातिर जनताले हरेक उम्मेदवारको पृष्ठभूमि खोज्दारहेछन्। जनताले उम्मेदवारको पृष्ठभूमि केलाएपछि लगातार राजनीतिमै बिताएको उम्मेदवारलाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। मैले महिला मुक्तिको आन्दोलनको एक दशकसम्म नेतृत्व गरें। विकास र समृद्धिका लागि पनि लगातार आवाज उठाइरहेको व्यक्ति हुँ। जनताले उम्मेदवारको त्यागलाई पनि ख्याल गर्दारहेछन्। यी कुराहरु ममा पाएपछि उनीहरुले मलाई मत दिए। र मैले जितेँ।

महिला उम्मेदवार भएर चुनावमा प्रतिस्पर्धा गरिरहँदा आइपर्ने अतिरिक्त कठिनाइ के-के हुँदा रहेछन्?

चुनाव निकै भड्किलो देखिन्छ। मत किन्ने प्रवृत्ति पनि देखिन्छ। यसबीचमा महिलालाई जित निकाल्न धेरै अप्ठ्यारो छ। चुनावमा मैले प्रत्यक्ष अनुभव गर्न पाएँ। 'पैसा फ्याँको, तमासा देखो' भन्ने शैली प्रत्यक्ष चुनावमा देखिन्छ। यो शैली विरुद्ध उभिएर मत पाउन महिला उम्मेदवारलाई झन् बढी गाह्रो देखिन्छ।

प्रतिद्वन्द्वीले भनिदिँदारहेछन्– उहाँ महिला हो, महिलाले के नै गर्न सक्छे र? म पुरुष हुँ, मलाईं दिनुहोस्। म विकासदेखि निकाससम्म दिन सक्छु।

महिलाको लडाइँ त्यहीँबाट सुरु हुने रहेछ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारलाई चिर्न महिलाको पनि त्यही स्तरको प्रचार संयन्त्र चाहिनेरहेछ। जुन महिलाको हकमा असम्भवप्रायः छ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारवाजीबारे मलाई मतदाताले पनि सोध्नुहुन्थ्यो– तपाईं महिला सांसदले विकास गर्न सक्नुहुन्न भन्छन्? मैले धेरै महिलालाई व्यक्तिगत रुपमै महिलाले पनि नेतृत्व गर्न सक्छन् भनेर बुझाएँ उदाहरण दिएँ। त्यसपछि उहाँहरुले पुरुष उम्मेदवारको प्रचारवाजी विरुद्ध नै प्रतिवाद गर्न थाल्नुभयो।

त्यसैले महिलालाई राजनीतिक क्षेत्रमा काम गर्नु भनेको फलामको चिउरा चपाउनुसरह कठिन छ।

राजनीतिक रुपमा यतिका संघर्ष गरेका हामीलाई त महिला भएकै कारण पितृसत्तात्मक प्रवृत्तिले सताउँछ भने आममहिलाको अवस्था कस्तो होला, अनुमान गर्न सकिन्छ। क्षमता र योग्यता हुँदा पनि महिला भएकै कारण पछाडि पार्न खोजिन्छ। अनेक जालो फिजाइन्छ। राजनीतिक क्षेत्रमा भूमिका निर्वाह गरिरहेका धेरै क्षमतावान महिलालाई पनि बिर्सेर फलानाको श्रीमती र फलानाकी बुहारी भनेर परिचय दिइन्छ। यो महिलाको योगदानको बहुत ठूलो अपमान हो। मिडियामै पनि यस्तो भइरहेको छ। जुन हामीले अपेक्षा गरेका थिएनौं।

कम्तीमा २ वटा मुख्यमन्त्री महिलालाई बनाउनैपर्छ : पम्फा भुसाल

नेपाल लाइभ

मंसिर २६, २०७४| प्रकाशित ०५:१६

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ मध्ये १६४ स्थानको नतिजा आइसक्दा महिला प्रतिनिधित्व न्यून देखिएको छ। हालसम्म ६ महिलाले मात्रै प्रतिनिधिसभाका लागि स्थान सुरक्षित गरेका छन् भने बाँकी एक स्थानको गणनामा महिला उम्मेदवारकै अग्रता छ।

महिला प्रतिनिधित्वको यो अवस्था र अन्य विषयमा ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसँग किशोर दहालले गरेको कुराकानी:

तपाईंको जितका कारण के-के हुन्?

जनताको भोट।

तर प्रतिस्पर्धीभन्दा बढी भोटचा हिँ कसरी पाउनुभयो?

मैले ०६४ पनि जितेको क्षेत्र हो। अनि ललितपुर भनेको वामपन्थीको आधार पनि हो। ०७० सालमा कम्युनिष्टहरु विभाजित हुँदा कांग्रेसले जितेको थियो। अहिले सबै वामपन्थी पार्टीहरु मिलेर एउटै शक्ति बनेर जाँदाखेर हामीलाई सफलता मिल्यो। तर मलाई भने भोट दिँदा वामपन्थी मात्रै होइन, गैरवामपन्थीहरुले पनि दिनुभएको छ। किनकि, राजनीतिक स्थिरता र समृद्धिको चाहना त गैरवामपन्थीलाई पनि थियो। त्यसैले मलाई मत दिन जरुरी ठानेर भोट दिनुभयो।

चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका धेरै महिलाले चुनाव हार्नुभयो। न्यून संख्याका महिलाले मात्रै चुनाव जित्न सके। यसको कारण के हो?

उहाँहरुलाई मत दिने मतदाता नै कम भएर होला। मुख्य त महिला प्रतिस्पर्धी नै निकै कम हुनुहुन्थ्यो। त्यसैले पनि विजयी उम्मेदवार कम देखिनुभएको हो। तर, हार्नुको कारण उम्मेदवारहरुको तयारी कम भएर पनि हुनसक्छ। अर्कोतर्फ जुनसुकै पार्टीका महिला उम्मेदवारहरुलाई पनि स्रोत परिचालन गर्न पनि मुस्किल छ। त्यो पनि कारण हुनसक्छ। अर्कोतर्फ चुनावी लहरको कुरा पनि आउँछ। त्यहाँ महिला वा पुरुष उम्मेदवार हेरिँदैन। कतै वामपन्थी लहर छ , त्यहाँ अन्य पार्टीका उम्मेदवारले जित्न गाह्रो भयो। त्यस्तै २ नम्बर प्रदेशमा मधेस केन्द्रित दलका उम्मेदवारभन्दा बाहेक अन्यलाई जित्न गाह्रो भयो।

कुनै न कुनै प्रदेशमा महिला मुख्यमन्त्री बन्नुपर्छ : बीना मगर

 नेपाल लाइभ

मंसिर २६, २०७४| प्रकाशित १९:१९

माओवादी केन्द्रकी उम्मेदवार बीना मगरले कञ्चनपुर १ मा कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरिन्। मगरले ३८ हजार ४ सय ६७ मत पाउँदा विष्टले १९ हजार २ सय १९ मत पाएका थिए।
बाल कलाकारबाट विद्यार्थी नेतृ हुँदै पार्टी राजनीतिमा आएकी मगर ०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। तर, उनी यसपटककै प्रतिस्पर्धी विष्टसँग पराजित भइन्। त्यतिबेला उनी तेस्रो भएकी थिइन्। विष्टले १० हजार २ सय ९४ मत पाउँदा मगरले ९ हजार १ सय ५१ मत पाएकी थिइन्।

महिला उम्मेदवारहरुले निकै कम ठाउँमा मात्रै जित हासिल गरेका बेला नेपाल लाइभका लागि किशोर दहालले मगरसँग कुराकानी गरेका छन्।

तपाईंको जितको कारण के हो?

कञ्चनपुरको दक्षिणी भेग भनेको कम्युनिस्टहरुको उर्बर थलो हो। अर्कोतिर हामी कम्युनिस्ट पार्टीहरु एक भएर पनि आयौं। त्यो अर्को आधार हो। यहाँका आमाबुबा, दिदीभाई तथा सबैले मलाई कञ्चनपुरबाट पहिलो महिला प्रतिनिधिका रुपमा देख्न चाहनुभयो। त्यस्तै, म यहाँ निरन्तर रुपमै फिल्डमै काम गरिरहेको छु। निरन्तर जनताको माझमा छु। यिनै कारणले यहाँका जनताले मलाई जिताउनुभयो।

प्रधानमन्त्री बन्ने अवसर पाए म गर्न सक्छु : पम्फा भुसाल

नेपाल लाइभ

मंसिर १८, २०७४| प्रकाशित ००:४४

पहिलो संविधानसभामा ललितपुर ३ बाट विजयी पम्फा भुसालले संविधानसभाको दोस्रो चुनावमा भाग लिइनन्। त्यतिबेला उनी तत्कालीन एनेकपा माओवादी फुटाएका मोहन वैद्य नेतृत्वको दलमा थिइन्। माओवादीमा पुनरागमनसँगै नेतृ भुसाल १० वर्षअघि आफैंले जितेको ललितपुर क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी छिन्।

भुसालसँग नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्ः

मतदाता रिझाउने अन्तिम दिन कस्तो हुँदै छ?

घरदैलो, अन्तर्क्रिया, टोले मिटिङ, कोठे मिटिङ, साना सभा, ठूला सभा चलिरहेको छ। आज अन्तिममा खोकनामा जनसभा गरेर मेरो प्रचारप्रसार अभियान समाप्त हुँदै छ।

०७० सालमा ललिलपुरका ३ वटै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। यस पटक कांग्रेसबाट त्यो क्षेत्र खोस्न कत्तिको चुनौतीपूर्ण छ?

हामी यस पटक ललितपुरका प्रतिनिधि र प्रदेशसभाका गरी ९ वटै निर्वाचन क्षेत्र जित्नेछौं।

न्याय, समानता र समाज परिवर्तनका लागि आन्दोलनरत छु : मदनकुमारी शाह (गरिमा)

नेपाल लाइभ

मंसिर १८, २०७४| प्रकाशित २३:४३

मदनकुमारी शाह (गरिमा) कैलाली-१ बाट चुनावी प्रतिस्पर्धामा छिन्। उनी ०६४ सालको निर्वाचनमा यही क्षेत्रबाट पराजित र ०७० सालमा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यसपटक उनी पुनः वाम गठबन्धनबाट प्रत्यक्षतर्फकै उम्मेदवार बनेकी हुन्। उनका चुनावी एजेन्डा र भावी योजनालाई लिएर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

२०६४ सालको चुनावमा पराजित हुनुभयो। तर ०७० मा समानुपातिक तर्फबाट सभासद हुनुभयो। यसपटक पुनः प्रत्यक्षतर्फ नै प्रतिस्पर्धामा उत्रिनुभएको छ। किन?
०७० सालको संविधानसभामा समानुपातिकबाटै भए पनि मैले प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ। संविधान निर्माण प्रक्रियामा मैले पनि सक्रिय भूमिका निर्वाह गरेँ। त्यो संविधानमा उल्लेख भएका राजनीतिक अधिकारहरुलाई व्यावहारिक रुपमा लागू गर्नका लागि धेरै कानुन निर्माण गर्नुपर्नेछ। म त्यो अभियानमा सामेल हुन चाहन्छु। त्यस्तै, यसअघि सांसदको भूमिकामा रहँदा मैले केही कामहरुको सुरुवात गरेको थिएँ, तीमध्ये केही अधुरा र केही प्रक्रियामा छन्। त्यसलाई पूरा गर्न चाहन्छु। स्थिर सरकार बनाएर मुलुकलाई विकासको गतिमा लैजाने वाम गठबन्धनको लक्ष्य छ। त्यसमा पनि सहभागी बन्नुछ। न्याय, समानता र समाज परिवर्तनको लागि मैले हिजोदेखि नै आन्दोलन गरेको हुँ र आज पनि आन्दोलनरत नै छु। अहिले आन्दोलनका स्वरुप परिवर्तन भएका छन्। त्यसलाई जारी राख्ने मेरो इच्छा छ।

प्रक्रियामा रहेका कामहरु पूरा गर्नुपर्नेछ भन्नुभयो। ती कामहरु केके हुन्?
म नेपालको संस्कृति झल्कने खालको नेपाल जातीय संग्रहालय बनाउन लागेको छु। त्यो निर्माणाधीन छ। मलाई लाग्छ, सबैभन्दा छिटो आर्थिक गतिविधि ल्याउन सक्ने क्षेत्र भनेको पर्यटन हो। ७ नम्बर प्रदेशमा पर्यटनको गुरुयोजना बनाउन चाहन्छु। यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार र प्रवर्द्धन गर्न चाहन्छु। त्यसका लागि मैले काम  पनि प्रारम्भ गरिसकेको छु। आर्थिक गतिविधि बढाउनका लागि ठूल्ठूला सडक आवश्यक पर्छ। त्यसका लागि पनि बहस र छलफललाई अगाडि बढाइरहेको छु।

निकै कम महिलाहरुले मात्रै प्रत्यक्षतर्फको टिकट पाएको बेलामा तपाईंले टिकट पाउन कसरी सम्भव भयो?
०७० सालमा म सांसद भएपछि संविधान र विकास निर्माण अनि पार्टीको संगठन विस्तारमा मैले खेलेको नेतृत्वदायी भूमिकालाई ख्याल गरेर पार्टीले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सक्षम र योग्य छ भनेर चयन गरेको हो। यसका लागि म मानसिक रुपले पनि तयार थिएँ। मैले यो अवसर दिनुपर्छ भनेर पनि माग गरेको थिएँ। र, अन्ततः पार्टीले मलाई यो अवसर पनि प्रदान गर्‍यो।

'संख्याकै बलमा संविधान संशोधन नभए सडक संघर्षको विकल्प छैन' : केशवकुमार झा

नेपाल लाइभ

मंसिर १८, २०७४| प्रकाशित १६:२९

संविधान संशोधनको माग गर्दै मधेसी मोर्चा आन्दोलनमा उत्रिइरहँदा सरकारसँगको वार्ता प्रक्रियामा एक जना क्रियाशील नेता थिए, केशवकुमार झा। मधेस मुद्दाको सैद्धान्तिक र व्यावहारिक पक्षलाई विभिन्न माध्यमबाट अन्य समुदायसम्म पुर्‍याउन पनि उनको सक्रियता थियो। राजपाका महासचिव समेत रहेका झा प्रदेश २ को प्रदेशसभाका समानुपातिक उम्मेदवार हुन्। चुनावी अभियान र अनुभवका विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानीः

एउटा उखान छ- ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’, यो चुनाव तपाईंहरुको निम्ति त्यस्तै भएको हो कि होइन?
त्यस्तो भएको छैन। अहिलेसम्म हाम्रो अवस्था राम्रो छ। सुरुमा हामीले जति अपेक्षा गरेका थियौं, अहिले झन् बढी राम्रो स्थिति हुँदै गएको छ। यसले हामीलाई झन् बढी आशावादी बनाउँदै लगेको छ। त्यसैले तपाईंले भनेको जस्तो उखान हामीमा आकर्षित हुँदैन।

संविधान संशोधनको माग राखेर लामो समय मधेसमा आन्दोलन भयो। यो चुनावले संविधान संशोधनलाई कसरी सुनिश्चित गर्छ?
अब त्यसका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ। संविधान संशोधनमार्फत हाम्रा मागहरु पूरा गराउनका लागि संसदमा दुई तिहाइ चाहिन्छ। त्यसका लागि विभिन्न दलहरुसँग गठबन्धन बनाएर जानुको विकल्प छैन। हामी त्यसका पहल पनि गर्छौं। हामीले यो कुरा ख्याल गरेर चुनाव अघि नै लोकतान्त्रिक गठबन्धन बनाउन खोजेका थियौं। तर त्यो सफल भएन। त्यसो त, चुनावपछि अहिलेका गठबन्धनमा पनि फेरबदल आउन सक्छ। त्यतिबेला नयाँनयाँ गठबन्धन बन्न सक्छ। हामीले पनि के विश्वास गरेका छौं भने, २०७० सालको भन्दा यसपटक हाम्रो पनि राम्रो स्थिति बन्नेछ। अर्कोतर्फ परिवर्तनकारी शक्ति पनि बलियो बनेर आउँछ र संविधान संशोधनको हाम्रो माग पूरा हुनेछ।

त्यसो भए, अब तपाईंहरु संसदबाहिरको संघर्षभन्दा पनि संसदभित्रकै लोकतान्त्रिक संघर्षमा केन्द्रित हुनुहुन्छ?
हो। हाम्रो मुख्य पहल त त्यही नै हुनेछ। अर्को कुरा, संख्याकै बलमा संविधान संशोधन नहुने भयो भने हामीसँग सडक संघर्षको विकल्प हुँदैन। तर, अहिलेको चुनावमा सबै दलहरुको गणितीय अवस्था कस्तो बन्छ, त्यसपछि संघर्षका विभिन्न पक्षमाथि हामी छलफल गर्छौं।

'जनकपुरको ऐतिहासिकतालाई ख्याल गरेर काम गर्नेछु' : लालकिशोर साह

नेपाल लाइभ

मंसिर १४, २०७४| प्रकाशित २०:२०

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार लालकिशोर साह २१ हजार ९ सय ३ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साह सुडीले ११ हजार १ सय ६४ मत मात्रै पाए। ठूलो अन्तरमा विजयी भएका लालकिशोरले कार्यकाल सम्हालेको करिब २ महिना बित्यो। यसबीच उनले के गरे, कस्ता योजना बनाइरहेका छन् र जनताको गुनासा के छन्? यिनै विषयमा नेपाल लाइभका किशोर दहालले जनकपुरमा उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

जनकपुरको खास विशेषता के हो?

जनकपुरको विशेषता भनेकै जनकपुरधाम हो। यही कुरालाई ध्यान दिँदै हामीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले यस उपमहानगरपालिकाको नाम संशोधन गरेर ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरण गर्‍यौं। पौराणिक कालमा मिथिलाको राजधानी र राजा जनकको सचिवालय वा केन्द्रीय दरबार यहीँ थियो। माता सीताले बाल्यकाल यहीँ बिताउनुभएको थियो।

जनकपुरलाई धार्मिक पर्यटकीय नगर पनि भनिन्छ। तर पर्यटकको आगमन चाहिँ विवाह पञ्चमी बाहेक अरु समयमा खास हुन सकेको छैन। किन?

पर्यटक त आउँछन्। झन् विवाह पञ्चमीमा त यहाँ मेला नै लाग्छ। तर, अरु बेलामा पनि थोरैतिनो संख्यामा यहाँ पर्यटक आइ नै रहन्छन्। तर, आशा गरेजस्तो पर्यटक आउन नसक्नुमा चाहिँ यहाँ विकास नभएर नै हो। बाटोघाटो छैन। पर्यटक प्रवेश गर्ने मुख्य बाटोहरु नै बन्द छ। त्यस्तै, धार्मिक नगरी भनिएको जनकपुरमा प्रवेश गर्दा जुनखालको माहोलको कल्पना हुन्छ, यथार्थमा त्यस्तो छैन। ढलको राम्रो प्रबन्ध छैन, सडक राम्रो छैन। सौन्दर्यीकरण छैन, सरसफाइ छैन। विश्वविद्यालय छैन। मेडिकल कलेज छैन। यी लगायत अन्य धेरै कुरा छैनन्। त्यसैले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न धेरै काम गर्नुपर्ने छ। हामी ती काम गर्ने छौं।

'सामाजिक न्यायको पक्षमा अझ उचाइसाथ लड्नेछु' : दीपकप्रकाश भट्ट

नेपाल लाइभ

मंसिर १४, २०७४| प्रकाशित १७:३५

माओवादी सेनाका लडाकुको रेखदेख, पुनर्स्थापना र समायोजन विशेष समितिको सचिवालय सदस्य थिए, दीपकप्रकाश भट्ट। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्ट यतिखेर कन्चनपुर-३ मा एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार छन्। सुरक्षाविद्का रुपमा ख्याति कमाएका भट्टको यो पहिलो चुनावी प्रतिस्पर्धा हो। उनी नेपाली कांग्रेसका परिचित नेता रमेश लेखकसँग प्रतिस्पर्धा गर्दैछन्। 

चुनावी सेरोफेरोमै रहेर उनीसँग किशोर दहालले गरेको सम्वाद:  

पहिलो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ?
मैले ०५१ यताका सबै चुनावमा पार्टीका लागि भोट मागेको थिएँ। यस पटक आफ्नै लागि मागिरहेको छु। त्यसैले अरुलाई मागेको भोट र आफूलाई मागेको भोटमा खासै फरक छैन। मुख्य कुरा जनताको बीचमा जाने र उनीहरुलाई सचेत गराउने हो। खासगरी मुलुक कता जाँदैछ, यो वाम गठबन्धन किन बन्यो, देशमा बनेको संविधान कार्यान्वयनका लागि कुन दल वा गठबन्धन आवश्यक छ, राष्ट्रियता, जनजीविका, आर्थिक समृद्धिसँग जोडिएका एजेन्डाहरुमा जनतालाई विश्वस्त पार्न अरु बेलाको भन्दा थप जिम्मेवारी छ। म त्यो जिम्मेवारी बहन गरिरहेको छु।

अरुलाई भोट माग्ने अवस्थाबाट आफैंलाई भोट माग्ने अवस्थासम्म कसरी पुग्नुभयो?
राजनीतिक क्रियाशीलता, पार्टी जीवनको निरन्तरता र विभिन्न क्षेत्रसँग पार्टी जीवनमा जोडिएर मैले गरेको कामको मूल्यांकनले नै यहाँका कार्यकर्ताले उम्मेदवार हुन सबैभन्दा उपयुक्त व्यक्ति मलाई ठाने र सिफारिस गरे। पार्टी केन्द्रले पनि मेरो योग्यता, क्षमता र पार्टीले दिएको जिम्मेवारीमा मैले विगतमा देखाएको सिप, कौशल र विज्ञता सबैलाई जोडेर मूल्यांकन गरेकाले म अगाडि आएको हुँ।

यसमा तपाईंको रहर बढी छ कि पार्टीले तपाईंलाई आवश्यक ठान्यो?
पार्टी जीवनमा रहर भन्ने कुरै हुँदैन। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै यहाँसम्म आउँदा आफ्नो रहरभन्दा पनि पार्टीले दिएको जिम्मेवारी र कामलाई नै प्राथमिकता मान्दै आएको छु। समाज र देशको लागि अगाडि बढ्ने कुरा नै सबैभन्दा प्रमुख कुरा हो। मुल कुरा मुलुकको समृद्धि, विकास र सामाजिक रुपान्तरण हो। म सामाजिक न्यायको पक्षमा सदैव लडिरहेको छु, त्यो लडाइँलाई थप उचाइ दिन मूलधारको राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने ठानेर आएको हुँ।

'मधेसले आफ्नो माग बिर्सेको छैन, थाती राखेको मात्र हो' : चन्द्रेश्वरप्रसाद यादव

नेपाल लाइभ

मंसिर १२, २०७४| प्रकाशित २०:२७

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४३ जिल्लामा हुँदै छ। संघीय संरचना अनुसार हुन लागेको यो निर्वाचनमा प्रदेश २ अन्तर्गत तराईका आठ जिल्लाका मतदाताले पनि मताधिकारको प्रयोग गर्दै छन्। 

तराईको जिल्लामा स्थलगत रिपोर्टिङमा जाँदा नेपाल लाइभका किशोर दहालले निर्वाचनको सन्दर्भमा सिरहा क्याम्पसका सहायक प्राध्यापक चन्द्रेश्वरप्रसाद यादवसँग गरेको कुराकानीः

आगामी चुनावलाई कसरी हेरिरहनुभएको छ?

लोकतन्त्रमा चुनाव अनिवार्य हुन्छ। चुनाव लोकतन्त्रको मुटु हो। चुनाव भएन भने लोकतन्त्रको अर्थै भएन नि!

तर यो चुनाव विशिष्ट समयमा हुन लागेको छ। जुन संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा लामो समयसम्म संघर्ष भयो, त्यही संविधान कार्यान्वयनका लागि चुनाव भइरहेको छ। त्यो संघर्ष र यो चुनावलाई जोडेर केही भनिदिनुस् न!

मधेसले आफ्नो माग बिर्सेको छैन। उसले आफ्ना मागलाई थाती राखेको हो। प्रमुख तीन दल मिलेर संविधान संशोधनलाई असफल बनाएका हुन्। मधेसी दलसँग मिलेको जस्तो पनि देखिने र संविधान संशोधन पनि नहुने वातावरण बताएका हुन्। मधेसी दललाई अलमलमा पारेर चुनावसम्म पुर्‍याउने उनीहरुको दाउपेच थियो। त्यो कुरा त मधेसी दलहरुले पनि बुझेका थिए। तर, उनीहरु बाध्यतामा परेका थिए। उनीहरु जुन किसिमको प्रक्रियामा थिए, त्यसैमा रहिरहने हो भने त मुलुक अनन्त कालसम्म अवरुद्ध भइरहने थियो। उनीहरुले नै बाटो खोलेर जनतासमक्ष गएका हुन्। उनीहरुले चाहेर मात्रै दुई तिहाइ नपुग्ने भएपछि जनतामा गएका हुन्। उनीहरु लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा आएका हुन्।

जमिनदारी सोचका कारण कांग्रेस स्थानीयलाई नेतृत्व दिन चाहँदैन : ऋषिकेश पोखरेल

नेपाल लाइभ

मंसिर ११, २०७४| प्रकाशित २३:३९

नेकपा एमालेका ऋषिकेश पोखरेलले ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै संविधानसभासम्मको यात्रा तय गरेका थिए। अहिले पोखरेल नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालसँग मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। चुनाव प्रचारप्रसारमा व्यस्त रहेका पोखरेलसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

कांग्रेसका चर्चित नेतासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कतिको दबाब महसुस भइरहेको छ?

मलाई कुनै दबाब महसुस भएको छैन। म यो समाजको नागरिक हो। यो समाजकै दाजुभाइ हुँ। यहाँ मेरो सामाजिक सम्बन्ध छ। हिजोका तीन वर्ष यो समाजले मसँग परीक्षा लिएको छ। म त्यो परीक्षामा पास भएको छु। आज पनि समाजका दाजुभाइ, बुबाआमासँग पुगिरहेको छु। सबैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। सबैको सद्भाव, आशीर्वाद र साथ लिँदै र हिँड्दैछु।

वाम र लोकतान्त्रिक गठबन्धनलाई जनताले हेर्न पनि चाहेका छैनन् : मनिष सुमन

नेपाल लाइभ

मंसिर ११, २०७४| प्रकाशित २०:४०

राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिष सुमन मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। सप्तरीमा राजपा–संघीय समाजवादी फोरम गठबन्धनका संयुक्त उम्मेदवार रहेका सुमनसँग निर्वाचनको सन्दर्भमा नेपाल लाइभका किशोर दहालले राजविराजमा गरेको कुराकानीः

प्रतिनिधिसभाभन्दा प्रदेशसभामा के त्यस्तो बढी आकर्षण छ, जसले गर्दा प्रदेशसभाको उम्मेदवार बन्नुभयो?

म योभन्दा अघि चुनाव लडेको थिइनँ, त्यसकारण यो मेरो पहिलो चुनावी प्रतिस्पर्धा हो। पहिलो कारण त यही नै हो। त्यस्तै, मधेसकै एक जना शीर्ष नेता उपेन्द्र यादवले यही क्षेत्रबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभयो। उहाँ यहीँ जन्मे–हुर्केको, पढेको व्यक्ति हो। हिजोसम्म उहाँको कर्मक्षेत्र अन्यत्र रह्यो। तर, यसपटक जन्मभूमिबाटै चुनाव लड्ने भनेर इच्छा गरेपछि मैले उहाँलाई सहयोग गर्नु आवश्यक देखेँ। मेरो पहिलो निर्वाचन प्रदेशसभाकै लागि लडूँ, जनतालाई सेवा गर्ने जुन अभिप्राय छ, त्यो प्रदेशसभाबाटै सुरु गरुँ भनेर त्यसकै उम्मेदवार बनेको हुँ।

यहाँबाट नभए पनि अन्य क्षेत्रबाट चुनाव लडेर पनि जित्न सक्नुहुन्थ्यो होला नि?

जो जहाँको स्थानीय हो, उसले त्यहाँ बढी महत्त्व पाउँछ। मैले मेरो जन्मभूमि र कर्मभूमि, जहाँबाट मैले राजनीति सिकेँ र जहाँका जनतासँग, मतदातासँग मेरो प्रत्यक्ष नै सम्बन्ध छ, मैले त्यही ठाउँ रोजेँ। त्यसैले मैले अन्यत्र पनि मेरो लोकप्रियता छ भन्ने दम्भ राखिनँ। जनताले पनि यहीँबाट चुनाव लड्न आग्रह गरेकाले मैले यही ठाउँ रोजेँ।

तपाईंजस्तो मधेसको मुद्दालाई सैद्धान्तिक रुपमै बहस गर्न सक्ने मानिस प्रतिनिधिसभामा हुँदा मधेसको माग पूरा गराउन झन् बढी सघाउ पुग्थ्यो भन्ने लागेन?

जनताको सेवा गर्नु छ भने जुनै पदमा भएर पनि जनताको सेवा गर्न सक्छ। हिजोसम्म म कुनै सभाको सांसद थिइनँ। तर, म जनताकै बीचमा बसेर काम गरिरहेको थिएँ। मैले मधेसका लागि गर्न सक्ने कामहरु गरिरहेको थिएँ। त्यसको उचित मूल्यांकनको अवसर आएको छ। त्यसैले मैले आफ्नै क्षेत्र रोजेँ। अर्कोपटक हेरौं के हुन्छ!

'केही मानिसको मनमा मधेस आन्दोलनका मुद्दा जीवितै छन्' : सुरेन्द्रप्रसाद यादव

नेपाल लाइभ

मंसिर १०, २०७४| प्रकाशित ००:११

सिरहा क्याम्पसका अंग्रेजी विभागका सहप्राध्यापक सुरेन्द्रप्रसाद यादव मधेसको राजनीतिक उतारचढावलाई नजिकबाट नियालिरहेका बुद्धिजीवी हुन्। उनै यादवसँग सिरहाको सदरमुकाम पुगेर किशोर दहालले गरेको कुराकानीः

यो चुनावप्रति मधेसी जनताको अपेक्षा के छ?

लामो समयदेखि विकास नभएकाले विकास हुन्छ कि भन्ने अपेक्षाले चुनावमा मधेसी जनताले भाग लिइरहेका छन्। तर, खासमा रहरले चुनावमा भाग लिएका होइनन्। धेरैजसो जनता अहिले चुनावको पक्षमा चाहिँ थिएनन्। किनकि, मधेसी जनताले विगतमा उठाइरहेको मागहरु पूरा भएका छैनन्। उनीहरुले कुनै असम्भव माग राखेका थिएनन्। मधेस आन्दोलनमा मधेसले उठाएका मागहरु अझै पनि मधेसी जनताले पाएका थिएनन्। त्यसैले बाध्यतावश मानिसले चुनावमा भाग लिनुपरिरहेको छ। कारण, कुनै गाउँमा ५० भोट खस्यो भने २६ ल्याउने त जित्छ। त्यो जुनसुकै पार्टीको पनि हुनसक्छ। स्थानीय चुनावमा अलि बढी उत्साह थियो, तर यो चुनावमा मानिसमा धेरै अपेक्षा छैन। तर, चुनाव हो, चुनावमा जानुपर्छ।

चुनाव हो, चुनावमा जानुपर्छ भनिसकेपछि मानिसले केही अपेक्षा त पक्कै राख्लान् नि!

अपेक्षा दुई-तीन थरीका हुन्छन्। जनता पनि दुई तीन थरीकै हुन्छन्। एकथरी यथास्थितिवादमा बाँच्ने जनता हुन्छन्। उनीहरु आफ्नो पार्टी हुन्छन्। उनीहरुलाई मधेसको मुद्दा र परिवर्तनका मुद्दासँग खासै मतलब हुँदैन। जुन पार्टीमा लागेको हो, त्यसैमा मत दिन्छन्। अर्काथरी मानिस छन्, जसको मनमा मधेस आन्दोलनका मुद्दाहरु मरेका छैनन्। राज्यले षड्यन्त्रमूलक ढंगले आन्दोलन दबाए पनि उनीहरुको मनमा त्यो मुद्दा जीवितै छ। उनीहरु नेतृत्वले चुनावमा जाने निर्णय गरिसकेपछि संसदमा आफ्नो मुद्दा राख्ने केही मानिस पनि पुगून् भन्ने चाहन्छन्। अरुले आफूलाई चुनाव नचाहने शक्ति भनेर नभनोस् भन्ने सचेचता उनीहरुमा देखिन्छ। बरु, पछि आन्दोलन गर्ने, संघर्ष गर्ने छँदैछ भनेर चुनावमा जानेहरु छन्।

'पुरुषवादी चिन्तनले महिलालाई दबाएर राखेको छ' : उर्मिला यादव

नेपाल लाइभ

मंसिर ९, २०७४| प्रकाशित २३:३८

उर्मिला यादव महिला अधिकारको क्षेत्रमा विगत १५ वर्षदेखि काम गर्दै आएकी छन्। जनकपुरलाई कार्यक्षेत्र बनाएर उनले महिलाका विभिन्न समस्याबारे बहस गर्ने र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन भूमिका खेलिरहेकी छन्। मधेसका महिलाको लामो समयदेखिको समस्यालाई नजिकिएको चुनावसँग जोड्दै किशोर दहालले उनीसँग जनकपुरमा गरेको कुराकानीः

मधेसको महिलाको मुख्य समस्या के हो?

मुख्य रुपमा पुरुषवादी चिन्तन र हाम्रा कतिपय रीतिरिवाजले महिलालाई दबाएर राखेको छ। उनीहरु खुलेर अगाडि आउन पाएका छैनन्। उनीहरुले अवसर पनि पाएका छैनन्। यद्यपि यहाँ पढेलेखेका, नेतृत्व गर्न सक्ने महिला पनि छन्। आन्दोलनमा पनि महिलाको उपस्थिति उल्लेखनीय छ। उनीहरु सक्रिय पनि छन्। तर, अवसरमा पुरुष हावी भएको देखिन्छ। जस्तो, स्थानीय तहको चुनावमा पनि महिलालाई कुनै दलले मेयरमा विश्वास गरेनन्। महिलाले चलाउन सक्दैनन् भन्ने मानसिकता छ।

त्यसो भए यहाँका महिलाको लडाइँ चाहिँ के हो त?

हामी ५१ प्रतिशत छौं भने हामीले बराबरी अवसर पाउनुपर्छ। बोल्न, आन्दोलन र संघर्ष गर्न महिला सक्षम छन् भने राजनीतिक अवसरमा सक्षम किन नहुने भन्ने हाम्रो मुख्य प्रश्न हो। हामीले पद पायौं भने हाम्रो क्षमता देखाउन सक्छौं। स्थानीय तहदेखि माथिल्लो निकायसम्म पुरुष नै निर्णायक बनेर बसेका छन्। पदमा पुग्ने अवसर दिइयो भने बाँकी ठीक हुँदै आउँछ।

'आम जनताको समस्या एकातिर, नेताहरुको बोली अर्कैतिर' : सुरेन्द्र लाभ

नेपाल लाइभ

मंसिर ८, २०७४| प्रकाशित १९:४८

धनुषाको जनकपुर बस्दै आएका प्राध्यापक सुरेन्द्र लाभ मिहिन ढंगले राजनीतिको विश्लेषण गर्छन्, खासगरी मधेसको। यसबाहेक सामाजिक, सांस्कृतिक र आर्थिक पक्षबारे पनि उनी जानकार छन्। उनीसँग किशोर दहालले जनकपुरमा गरेको कुराकानी :

जनताले कुनै पनि उम्मेदवारलाई मत दिएर जिताउने आधार के हुन्छ?
कार्यकर्ताभन्दा बाहेकका व्यक्तिलाई हामीले आम मतदाता भन्ने गरेका छौं। उम्मेदवार बदमास नै भए पनि कार्यकर्ता उसको पछिपछि लाग्छ। तर साधारण मतदाता भने प्रभावित हुन्छन्। उनीहरुको अन्तिम निर्णय चुनावको दुई-चार दिनअघि मात्रै हुन्छ। र, त्यो निर्णयमा हल्लाको ठूलो भूमिका हुन्छ। को जितिरहेको छ भन्ने हल्ला चल्छ। अर्थशास्त्रको भाषामा त्यसलाई पूर्वानुमान भनिन्छ। जसको जितको हल्ला चल्छ, जनता त्यसकै पछाडि लाग्छन्।

तर हल्ला चल्छ कसरी, त्यो कुरा पनि छ। जसले बढी पैसा खर्च गर्छ, बाहुबललाई आफ्नो पक्षमा पार्छ, नचाहिने नाराहरु दिने गर्छ; त्यसैको पक्षमा हल्लाहरु चल्ने गरेको छ। जो एकदम भद्र भलादमी छ, त्यसको पक्षमा न सञ्चार छ, न दुनियाँ छ, न हल्ला चल्छ। बिचरा हार्छ। त्यसैले जसको पक्षमा हल्ला चल्छ, जनता उसकै पक्षमा आउँछन्। उसैले जित्छ। उम्मेदवार जिताउने प्रक्रिया यही हो हाम्रो देशको।

'नारायणकाजीसँग मेरो कुनै प्रतिस्पर्धा नै होइन' : बाबुराम भट्टराई

नेपाल लाइभ

मंसिर ७, २०७४| प्रकाशित २३:३९

१ सय ६५ क्षेत्रमा हुन लागेको प्रतिनिधिसभाको चुनाव अन्तर्गत चर्चित क्षेत्रमध्ये पर्छ, गोरखा २ । यहाँबाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुई पटक माओवादीका उम्मेदवारका रुपमा सो जिल्लाबाट जितेका भट्टराई यस पटक नयाँ शक्ति पार्टीका तर्फबाट चुनावमा होमिएका हुन्। नयाँ शक्तिका अन्य क्षेत्रका उम्मेदवारहरुबारे खासै चर्चा नसुनिए पनि भट्टराई भने निकै चर्चामा छन्। 

चुनावी प्रचारका क्रममा गोरखामै रहेका भट्टराईसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानी: 

यसअघिका दुई निर्वाचनमा गोरखाबाट तपाईंले व्यक्तित्वका कारणले जित्नुभएको थियो कि माओवादीको संगठनका कारण?

मूल रुपमा मैले लोकतन्त्र र गणतन्त्रका लागि त्याग र बलिदानको बाटो लिएँ। त्यसै क्रममा माओवादी आन्दोलनको निर्माण भएर आयो। त्यसमा माओवादी र बाबुराम भट्टराई अन्योन्याश्रित ढंगले जोडिएका थिए। त्यसैले ती दुइटालाई अलग गरेर हेर्न मिल्दैन। दुवैको योगदानका कारण मैले पहिले जितेको हुँ। अब पनि जित्छु।

यस पटक चाहिँ तपाईंको जितको आधार के हुन्छ त?

संविधान निर्माणका लागि मैले भूमिका खेलेको छु। संविधानसभाका निम्ति गोर्खाली जनताले मलाई जुन जिम्मेवारी दिएका थिए, त्यो मैले पूरा गरेको छु। त्यो पहिलो आधार हो। त्यस्तै, म निरन्तर रुपमा गोर्खाली जनतासँग जोडिएको छु। म प्रत्येक महिना गोरखा आएको छु र गोरखाको विकास निर्माणका लागि बाटाघाटा, पहाडी लोकमार्ग, विभिन्न परियोजना लगायतका रणनीतिक पूर्वाधारहरु तयार गर्नमा भूमिका खेलेको छु। विकास र समृद्धिका लागि मेरो योगदान, इमानदारी र लगनशीलतालाई कदर गर्दै जनताले पुन: जिम्मेवारी दिन्छन् भन्ने कुरामा म विश्वस्त छु।

'विमलेन्द्र निधिजी मधेसको निम्ति क्यान्सर हो' : राजेन्द्र महतो

नेपाल लाइभ

मंसिर २, २०७४| प्रकाशित २२:२५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्दै छन्। उनले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेकै क्षेत्र रोजेका छन्। चुनावी अभियान र मधेस मुद्दामा केन्द्रित रहेर महतोसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:

तपाईंहरुले लामो समय अहिलेको संविधानको विरोध गर्नुभयो। तर, अहिले त्यसैको कार्यान्वयनका लागि निर्वाचनमा जुटिरहनुभएको छ नि!

कार्यान्वयन होइन, संविधानमा आवश्यक सुधार र संशोधनका लागि जुटेको हो। यो संविधानमा केही कुरा ठीक र केही कुरा बेठीक छ। मधेसको सवालमा बेठीक छ। जनजातिको सवालमा बेठीक छ। दलितको सवालमा बेठीक छ। जहाँजहाँ बेठीक छ, त्यसलाई ठीक पार्नुपर्छ। यो निर्वाचन भनेको संसदीय लडाइँ हो। जुन कुराका लागि सडक संघर्ष गरिएको हो, हाम्रो त्यो आन्दोलन सकिएको छैन। आन्दोलनको रुप फेरिएको छ, अहिले सडक आन्दोलन स्थगित गरिएको छ। सडक आन्दोलन पनि संविधान संशोधनकै लागि हो। हामीले यो चुनावलाई पनि संघर्षकै रुपमा लिएका छौं र यसले संसदभित्रको आन्दोलनलाई बल पुर्‍याउँछ। त्यसैले हामीले संसदको आन्दोलनको तयारी गरिरहेका छौं।

यो बाटोबाट संविधान संशोधन हुन्छ होला?

नगरी सुखै छैन। संविधान संशोधन भएन भने यो मुलुक चल्दैन। मुलुक धेरै संकटमा पर्छ। द्वन्द्व धेरै बढ्छ। आफ्नै गोरुको बाह्रै टक्का भनेर हुँदैन। ‘सारा नेपाली पञ्च, सारा पञ्च नेपाली’ भन्ने जातिवादी व्यवस्था कहाँ गयो? त्यस्तै,९० प्रतिशतले बनाएको संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा झन्डै ६० प्रतिशत त आइसके नि! अब दुई तिहाईका लागि ६ प्रतिशत भए पुग्छ। त्यो पुग्छ। देश थोडी यसरी चल्छ! जनतालाई अधिकार दिएन भने सडकबाटै संविधान परिवर्तन हुन्छ, व्यवस्था परिवर्तन हुन्छ। त्यसैले अंकगणित देखाएर धेरै लामो समयसम्म टिक्न सक्दैन।

'मधेसीको पक्षमा संविधान संशोधन गर्छौं' : लीलानाथ श्रेष्ठ

नेपाल लाइभ

कात्तिक ३०, २०७४| प्रकाशित ०१:२२

सिरहा– ०७० को दोस्रो संविधानसभा चुनावमा सिरहा–५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झिनो मतले पराजित भएपछि एमालेका लीलानाथ श्रेष्ठ निकै चर्चित भए। त्यहाँको मतगणनालाई लिएर त्यसबेला आशंका पनि गरिए। तर, नतिजा यथावत् नै रह्यो। यसैबीच मुलुक अर्को निर्वाचनमा होमिइरहेको छ। र, उनै श्रेष्ठ अहिले सिरहा–३ को चुनावी प्रतिस्पर्धामा छन्, माओवादीकै पनि साझा उम्मेदवार बनेर। 

घरदैलो अभियानका क्रममा सिरहाको एउटा गाउँमा भाषण गरिरहेका बेला भेटिएका श्रेष्ठसँग नेपाल लाइभका लागि किशोर दहालले कुरा गरेका छन्ः

०७० सालको चुनावमा प्रचण्डसँग तपाईंको हारपछि केही आशंका उब्जिएको थियो। त्यो निर्वाचनलाई कसरी सम्झिनु हुन्छ?

अहिले हामी दुवै पार्टी चुनावी तालमेलमा र चुनावपछि एकता गर्ने प्रक्रियामा छौं। अर्कोतिर आचारसंहितामा एक पार्टीले अर्को पार्टीलाई विरोध नगर्न भनेको हुनाले अहिले म त्यो कुरालाई खोतल्न चाहन्न। ०७० सालको चुनावमा के भएको हो सबै तपाईंहरुलाई थाहै छ। जनताले मलाई भोट दिएकै हो। तर, के भएको र के नभएको तपाईंहरुलाई थाहा छ। पार्टी एकता हुन गइरहेको अवस्थामा र हाम्रो नेताका रुपमा उहाँलाई पनि मानिरहेको अवस्थामा यो कुरा गर्नु उपयुक्त छैन। ०७० सालको चुनावमा सिरहा–५ का जनताले मलाई मत दिएर माया गर्नुभएको थियो, त्यसमा दुई मत छैन। बाँकी कुरा अहिले नगरौं।

केही गडबडी भएको थियो भन्न चाहनुहुन्छ?

अहिले आचारसंहिता लागू भएको छ। म नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुँ। तपाईंले मेरो कुरा बुझिदिनुप¥यो। के भएको थियो भनेर विगतमै मिडियामार्फत सबै कुरा राखिसकेकै हो। अहिले पुराना कुरालाई बिर्सेर अगाडि बढ्नुपर्छ कि भन्ने मलाई लाग्छ।

पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बन्नेछौं : उपेन्द्र यादव

नेपाल लाइभ

कात्तिक २९, २०७४| प्रकाशित २३:३९

पहिले सुनसरी र मोरङबाट चुनाव लडेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका छन्। सप्तरी क्षेत्र नम्बर २ मा उनको उम्मेवारीले सप्तरीको चुनावी माहौल तात्तिएको छ।

यसपाली यादव किन पनि चर्चामा छन् भने, उनी राष्ट्रिय जनता पार्टी (राजपा) सँग ‘मधेस गठबन्धन’ गरेर चुनावी मैदानमा उत्रेका छन्। संविधानसभाको पहिलो निर्वाचनमा बलियो बनेर दोस्रो निर्वाचनमा खस्किएको यादवको दलले स्थानीय तहको चुनावको परिणामले केही राहतको महसुस गर्‍यो।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो दल बलियो बन्ने यादवको दाबी छ। यादवसँग हाल स्थलगत रिपोर्टिङका क्रममा पूर्वी तराईमा रहेका नेपाल लाइभका किशोर दहालले सप्तरीको राजविराजमा गरेको कुराकानीः

चुनावका लागि कस्ता रणनीति बनाइरहनुभएको छ?

पहिलो कुरा जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने, सभाहरु गर्ने, आफ्ना विचार र मुद्दाहरु जनताकै बीचमा राख्ने गरिरहेका छौं।

जनताको माझमा के–के प्रतिबद्धता जनाइरहनुभएको छ?

हाम्रो राजनीति भनेको एउटा उद्देश्यको राजनीति हो। एउटा मिसनको राजनीति हो। त्यो मिसनमा दुई वटा पक्ष छन्। एउटा पक्ष भनेको अधिकारको लडाइँ हो। राज्यको गलत नीति र दृष्टिकोणका कारण यहाँका जनता विभेदमा छन्। असमानता र उत्पीडन छ। समान अवसर, अधिकार र पहुँचमा वञ्चित परिरहेको अवस्था छ। त्यस्तै, राष्ट्रिय पहिचान नै संकटमा परेको अवस्था छ। अधिकार र पहिचानका कुरा छन्, जसलाई प्राप्त गर्न संविधान संशोधन, पुनर्लेखन वा परिमार्जन गरेर अगाडि बढ्ने हो। यो अधिकारको पाटो हो।

अर्को, विकासको पाटो हो। तराई, त्यसमा पनि सप्तरी कहिले पनि राज्यको प्राथमिकतामा नपरेको ठाउँ हो। सप्तरी राम्रो खेती हुने सुगम र मिहिनेती ठाउँ हो। तर, मानव विकासको सूचकांकमा हेर्दा नेपालको निर्धन जिल्लामा पर्छ। राज्यले प्राथमिकता नदिएकै कारण यस्तो भएको हो। त्यसैले विकास र निर्माणका आधारहरु तयार गर्नु जरुरी छ।
त्यसैले अधिकार र विकासको कुरा नै मुख्यगरी हामीले अगाडि बढाइरहेका छौं।

'दुवै गठबन्धन भारतीय एकाधिकारका दलालहरुको हो' : प्रेम सुवाल

नेपाल लाइभ

कात्तिक २२, २०७४| प्रकाशित २३:२९

काठमाडौं- नेमकिपाका नेता प्रेम सुवाल भक्तपुर–१ का प्रतिनिधिसभाका उम्मेदवार हुन्। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सधैं चुनाव जित्ने उक्त क्षेत्रमा अहिले त्रिपक्षीय भिडन्त छ। वाम गठबन्धनबाट माओवादीका मिलन सुवाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका बाबुराजा जोशी पनि चुनावी प्रतिस्पर्धामा छन्। प्रेम सुवालसँग निर्वाचनको सेरोफेरोमा रहेर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

‘नारायणमान बिजुक्छेको क्षेत्र’ बाट चुनाव लड्दै हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ?

पार्टीको जिल्ला कमिटीले प्रतिनिधिसभाको चुनावका लागि उहाँकै नाम सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्षले नै अब युवा पुस्ता अगाडि बढ्नुपर्छ, म पार्टीको संगठन बिस्तारमा लाग्छु भन्नुभयो। मैले ५ पटक संसदमा रहेर देश र जनताका लागि निकै काम गरेको छु। अब त्यसका लागि नयाँ पुस्ता पनि तयार भएको छ भन्ने उहाँको मनशाय रह्यो। पार्टीले नै निर्णय गरेर मलाई उठाएको हो।

उहाँको निरन्तर जितको विगतलाई साकार पार्न कत्तिको चुनौती छ?

हामीले विगतमा संसदमा रहेर देश र जनताकै पक्षमा काम गरेका छौं। त्यहाँ हामीले पछुताउनुपर्ने कुनै काम गरेनौं। बरु, सरकारमा बसेकै पार्टीहरुले देश र जनताविरुद्ध काम गरेका छन्। उनीहरुले हामीले जित्यौं भने यति काम गर्छौं भनेर बाचा गर्छन्। अनेक आश्वासन राखेर घोषणापत्र सार्वजनिक गरेका छन्। तर, सरकारमा गएपछि बाचा अनुसार काम गर्दैनन्। बरु भारतीय विस्तारवाद र एकाधिकारवादको दलाली गर्छन्। भ्रष्टाचार गर्छन्। त्यस्ता पार्टीलाई मात्र जितका लागि चुनौती हुन्छ। देश र जनताको पक्षमा इमानदारिताका साथ काम गरिरहेका हामीलाई केही चुनौती छैन।

अहिले त गुण्डा पनि कम्युनिस्ट भएका छन् : नारायणमान बिजुक्छे

नेपाल लाइभ

कात्तिक १७, २०७४| प्रकाशित १४:३२

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनका लागि उम्मेदवारी नदिएपछि राजनीतिक वृत्तमा एकखालको तरंग छाएको छ। सधैं भक्तपुरमा उम्मेदवार बन्दै र जित्दै आएका बिजुक्छे यसपटक चुनाव लड्दै छैनन्। किन त? उनीसँग किशोर दहालले गरेको कुराकानी:  

यस पटक किन उम्मेदवारी दिनुभएन?
यसपटक पार्टीले नयाँ पुस्तालाई अगाडि बढाउने र स्थान दिने रणनीति बनाएको छ। मैले पार्टीमा लामो समय काम गरेँ। जनताले पनि माया र विश्वास गर्नुभयो। संसदमै २५ वर्षभन्दा बढी काम गरेँ।

अहिले हाम्रो पार्टीका युवा पुस्ताको प्रस्तुति पनि निकै राम्रो छ। त्यसैले पनि नयाँ पुस्तालाई अगाडि ल्याउन चाहेका हौं। मलाई लाग्छ, यसले देश र जनताको सेवाको लागि राम्रै हुनेछ।

संसदमा जाने बाटो नै नरोजेपछि तपाईंको आगामी सक्रियता के हुन्छ?
म पार्टीमा छु नि! अध्यक्ष छु, अहिले पनि। त्यसैमार्फत सक्रिय रहिरहन्छु।

वाम गठबन्धनबाट डराउनुभएको त होइन नि?
होइन। उनीहरुले हामीलाई हराउन सक्दैनन्।

भक्तपुर १ का लागि नयाँ उम्मेदवार बनेका तपाईंका पार्टीका सदस्यले कस्तो मत ल्याउने अपेक्षा गर्नुभएको छ?
राम्रो मत ल्याउनुहुन्छ। चार वर्षदेखि प्रेम सुवालले सदनमै सक्रिय भूमिका खेल्नुभएको छ। उहाँले राम्रो छवि बनाउनुभएको छ। त्यसैले पनि कार्यकर्ता र जनताले राम्रो सहयोग गर्नेछन्। मत दिनेछन्।

मेरो जति सांगठनिक मत आएको थियो, त्यति उहाँले पनि पाउनुहुन्छ। म उठे पनि, साथीहरु उठे पनि मत उस्तै हुन्छ।

'एमालेरुपी श्रीकृष्णका साथमा अर्जुनरुपी प्रचण्ड आइपुग्नुभएको छ' : देवी ज्ञवाली

नेपाल लाइभ

कात्तिक १०, २०७४| प्रकाशित ००:१०

स्थानीय तह अन्तर्गत बैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको मतगणनामा जेठ १४ गते राति अकस्मात् नयाँ परिस्थिति आयो, जब माओवादीका कार्यकर्ताले केही मतपत्र च्याते । त्यतिबेलासम्म भएको मतगणनाले एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने प्रक्षेपण भइरहेका बेला मतपत्र नै च्यातिएपछि धेरैको ध्यान तानियो । पुन: निर्वाचन भएको सो महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहालले जितिन् । हारपछि पनि ज्ञवालीको चर्चा कम भएन । उनी एकाएक राष्ट्रिय चर्चाको नेता बने।

त्यतिबेला निकै तिक्ततापूर्ण बनेको एमाले-माओवादी सम्बन्ध पछिल्लो समय फेरिएको छ । उनीहरु चुनावी गठबन्धन र पार्टी एकताको दिशामा अघि बढिरहेका छन् । उनै ज्ञवाली आसन्न निर्वाचनमा एमाले र माओवादीका चितवनका उम्मेदवारलाई जिताउने अभियानमा खटिएका छन् । यसै क्रममा काठमाडौं आएका ज्ञवालीसँग नेपाल लाइभका लागि दुर्गा दुलाल र किशोर दहालले गरेको कुराकानी:

देवी ज्ञवालीलाई बलिको बोको बनाइयो भनिन्छ नि!
राजनीति भन्ने कुरा जटिल र पीडादायी मात्रै हुँदैन, स्वप्नदर्शी पनि हुन्छ। यो सरल रेखामा पनि बग्दैन । एक खालको अनुमान गरिन्छ, प्रक्षेपण गरिन्छ । तर, परिस्थिति भन्ने चिज एकाएक परिवर्तन हुन सक्छ । एकैछिन अघि गर्मी थियो, एकाएक बादल लागेर पानी पर्ने, असिना आउने हुन सक्छ । त्यतिबेला अघि तैंले यस्तो लुगा लगाएको थिइस्, किन फेरिस् भन्न मिल्दैन । हिउँ परेपछि गर्मीमा लगाएको लुगा लगाएर हुँदैन, बाक्लो लुगा लगाउनुपर्छ।

कुरा के भने, परिस्थिति फेरिएपछि अरु चिजहरु पनि फेरिन्छन् । वस्तु, घटना वा अवस्थामा आएको रुपान्तरणमा सम्बन्धित वस्तुप्रति लिएको नीति, दृष्टिकोण, सोच वा धारणालाई परिवर्तन गर्न मद्दत गर्छ । मान्छेले राजनीतिमा एकपटक लिएको धारणालाई सदासदाका लागि ठान्छन् तर त्यस्तो हुँदैन । जब परिस्थितिमा रुपान्तरण आउँछ त्यसपछि नयाँ स्थितिहरु आउँछन्।

अघिल्लो पटक म माओवादीसँग अन्तर्विरोधपूर्ण सम्बन्धका साथ चुनाव लडेको थिएँ । जतिखेर नेपाली कांग्रेसले माओवादीलाई खेलौना बनाएको थियो, एमालेविरुद्ध उपयोग गरेको थियो । मेरो असन्तुष्टि वा घृणा माओवादीसँग थिएन । उसलाई कांग्रेसले बुख्याचा बनायो भन्नेमा मेरो असन्तुष्टि थियो । हिजो कांग्रेसकै उक्साहटमा लागेर मतपत्र च्यातिएको थियो । म जितेको मान्छेलाई हराइएको थियो । यो बुद्धि कांग्रेसले सिकाएको थियो।

'वाम गठबन्धनमा जालझेल र षडयन्त्र मात्रै छ'

नेपाल लाइभ

कात्तिक २, २०७४| प्रकाशित १८:०४

नयाँ शक्तिसँग आबद्ध केशव दाहाल लेखक तथा विश्लेषक पनि हुन्। खरो र स्पष्ट लेखनका लागि परिचित दाहालले आफ्ना लेखनहरु मार्फत वैकल्पिक राजनीतिको वकालत गरिरहेका हुन्छन्। उनी भावनामा नभई सैद्धान्तिक शक्तिका साथ त्यसमाथि बहस गर्ने सामर्थ्य राख्छन्। यसै विषयमा आधारित भएर उनले 'नेपाली राजनीतिको पुनर्गठन' पुस्तक नै लेखेका पनि छन्। 

दाहालसमेत आबद्ध नयाँ शक्ति वामगठबन्धनमा दश दिन बिताएर केही दिनअघि फर्किएको छ। स्थानीय चुनावमा पनि उत्साहजनक नतिजा हासिल गर्न नसकेपछि उसका आगामी दिनहरुमाथि प्रशस्तै शंका व्यक्त गर्न थालिएका छन्। यस्तै विषयमा रहेर नेपाल लाइभका लागि किशोर दहालले उनीमाथि कुरा गरेका छन्।

नयाँ शक्ति नउदाउँदै अस्ताउने भयो, होइन?

अस्ताउन आँटेको छैन। एउटा गतिमा हामी अघि बढ्यौं। त्यो गति कहिले सुस्त, कहिले तिब्र हुनु स्वभाविक हो। पछिल्ला राजनीतिक घटनाक्रमले गति केही सुस्त र केही बटारिएको जस्तो देखिएको हो। तर, यो अगाडि बढ्छ। बढ्नुपर्छ।

'मेरी श्रीमती भए पनि जमुनाको छुट्टै व्यक्तित्व छ' : शेष घले

नेपाल लाइभ

असोज २७, २०७४| प्रकाशित १६:१९

गैरआवासीय नेपाली संघ (एनआरएन) को दोस्रो कार्यकाल पूरा गर्न लागेका अध्यक्ष शेष घले यतिबेला निकै चर्चामा छन् । एनआरएनको आठौं सम्मलेन शनिबारदेखि काठमाडौंमा हुँदैछ । यो सम्मेलनमा भाग लिन विश्वभर छरिएर रहेका ७७ देशका प्रतिनिधि नेपाल आएका छन्।

लमजुङको घनपोखरामा जन्मिएका घले अस्ट्रेलियाका ९९ औं धनी व्यक्तिभित्र पर्छन् । पेसाले सिभिल इञ्जिनियर उनको अस्ट्रेलियामा रियल स्टेट, शिक्षा लगायत क्षेत्रमा लगानी रहेको छ । यसपल्ट एनआरएन अध्यक्षमा उनकै श्रीमती जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन् । जमुना अस्ट्रेलियाकी ८ औं धनी महिलाको सूचीमा पर्छिन्। यही सन्दर्भमा शेष घलेसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुभएको छ?
फर्केर हेर्ने फुर्सदै पाएको छैन। हामी अधिवेशनको तयारीमा छौं। यसैमा व्यस्त छु। महाधिवेशन सकिएपछि मात्रै यो प्रश्नको जवाफ दिन सकिएला।

त्यही पनि आफ्नो कार्याकालमा यति गरेँ भन्ने होला नि…
काम दुई खालका भए। एउटा देखिने र अर्को नदेखिने। संस्थाको सदस्यता वृद्धि, आर्थिक कोषमा वृद्धि देखिने काम भए। तर, नदेखिने काम नै हामीले धेरै गर्‍यौं। त्यसमा संस्थाको आन्तरिक प्रशासन, भित्री समस्या समाधान, विवादहरुको व्यवस्थापन आदि पर्छन्। यसका लागि भौतिक रुपमै विभिन्न ठाउँमा पुग्नुपर्ने भएकाले समय धेरै बित्यो। यसरी हिँडिरहँदा एनआरएनएको अफिस नै झोलामा छ कि जस्तो महसुस पनि भयो। यहीबीचमा नेपालले नाकाबन्दी, भूकम्प र बाढीपहिरो झेल्यो। हामीले पनि त्यसमा आफूले सकेको सहयोग पुर्‍यायौं। भूकम्प प्रभावित गोरखाको बारपाकमा घर बनाउने प्रोजेक्टका लागि विगत ८ महिनामा ५० वटा औपचारिक बैठक गरिएको रहेछ । प्रशासकीय काममा धेरै समय बित्यो।

'बिजनेस वुमन\' भनेको सुन्दा अप्ठ्यारो लाग्छ : जमुना गुरुङ

नेपाल लाइभ

असोज २६, २०७४| प्रकाशित २३:३४

एनआरएनको आठौं सम्मेलन यही शनिबारदेखि सुरु हुँदैछ। सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। र, त्यसका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। आजै मात्र जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन्। उनको उम्मेदवारीले दुई तर्फबाट चर्चा पाएको छ। पहिलो, करिब डेढ दशकको एनआरएन इतिहासमा महिलाद्वारा नेतृत्व गर्ने पहिलो प्रयास गरिएको छ। दोस्रो, उनी निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमति पनि हुन्। घोषणा सभामै नेपाल लाइभका लागि किशोर दहालले गुरुङसँग कुराकानी गरेका छन्ः

तपाईंको जितको आधार के हो?

'इन्टेलेक्चुअल' र सही गलत छुट्याउन सक्ने एनआरएनका साथीहरुको क्षमताले मलाई जित दिलाउने छ। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चार वर्ष म यसमा सहभागी भएको छु। त्यसमा पनि पछिल्लो दुई वर्ष चाहिँ आइसिसि सदस्यको रुपमा म प्रत्यक्ष सक्रिय भएँ। जसले मलाई एनअारएनए भित्रका धेरै कुराहरु जान्ने मौका मिल्यो। हुन त अरु साथीहरुलाई पनि यस्ता कुरा थाहा छ। उहाँहरुले मैलेभन्दा बढी थाहा पाउनुभएको हुनसक्छ। तर, यो संस्थाप्रतिको मेरो विश्वास, भावना र यसका प्रतिबद्धतालाई पूरा गराउने मसँग दृढ विश्वास छ। साथीहरुले त्यस कुरालाई मूल्यांकन गरेर मलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु। यही नै मेरो जितको आधार हो।

‘एनआरएनले नेपालको कायापलट गर्ने होइन, सहयोग मात्रै गर्ने हो’ :

नेपाल लाइभ

असोज २५, २०७४| प्रकाशित २३:३४

गैरनेपाली आवासीय संघ (एनआरएन) को गठन भएदेखि नै यसबारे निकै बहस हुने गरेको छ। विशेषगरी यसप्रति रहेको अपेक्षा, यसले गरिरहेका  काम र संरचनालाई लिएर तिखो आचोचना पनि हुने गर्छ। तर पनि एनआरएनप्रतिको चासो र चर्चामा कमी आएको छैन। यसै विषयमा केन्द्रित भएर नेपाल लाइभका लागि किशोर दहालले एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलसँग कुराकानी गरेका छन्।

सन् २०१५–१७ मा पनि एनआरएन अमेरिकाको अध्यक्ष पद सम्हालिसकेका पौडेल पछिल्लो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।

एनआरएन हुनु र नहुनुले नेपाललाई के फरक पर्छ?

त्यसमा आ–आफ्ना व्याख्या हुन सक्लान्। तर, केचाहिँ हो भने, एनआरएनलाई नेपालले राख्न चाहेर वा नचाहेर रहने वा नरहने भन्ने हुँदैन। यस्तो किन त भन्ने कुराको उत्तर एनआरएन के हो भन्ने प्रश्नसँग जोडिन्छ। जो नेपाली नेपालमा जन्मे हुर्के अनि विदेशमा गए, उनीहरु एनआरएन हुन्। जुनबेला एनआरएनको स्थापना भयो त्यसबेला ५–७ लाख नेपाली विदेशमा काम गर्थे। त्यहाँ सेटल हुन थालेका थिए।

अहिले त्यो संख्या ६० लाखको हाराहारीमा पुगिसकेको छ। त्यही बेलादेखि नेपाल सरकारले विदेश गएका नेपालीहरुले नेपालका लागि केही गर्न सक्छन्, उनीहरुको सहयोग पनि लिने र उनीहरुलाई केही सहुलियत पनि दिने भन्ने धारणाका आधारमा यो संस्थाको गठन भएको हो। त्यसैले यो संस्था हुनु र नहुनुले नेपाललाई के फरक पर्छ र? भन्दा पनि कसैले चाहेर वा नचाहेर पनि यो संस्था छ। बरु परिभाषा अनुसार यसलाई एनआरएन भन्ने कि नभन्ने कुरा चाहिँ उठाउन सकिएला। तर, विदेशमा गएर बसेका नेपाली, जसले नेपाललाई माया गर्छन्, सहयोग गर्छन् उनीहरु एनआरएन हुन्। जो एकपटक नेपाली भएर जन्मेपछि सधैं नेपाली भएर बाँच्न चाहन्छन्।

मैले जोड्न चाहेको प्रसंग थियो, तपाईंहरुको संस्था स्थापना हुँदै गर्दाको हल्लाखल्लासित। त्यतिबेला यहाँ एनआरएनहरुले व्यापक लगानी ल्याउने, देशको कायापलट नै गर्ने भन्ने जसरी चर्चा भएको थियो, तर त्यस्तो देखिएन। किन त?

यो नेपाली जनसंख्याको एउटा हिस्सा हो। तीन करोड जनसंख्यामध्ये ६० लाख त विदेशमा छन्। हल्ला गरे पनि नगरे पनि उनीहरुले गर्ने काम त गरिराख्छन् नि! तर, यसको स्थापना भइसकेपछि जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्‍यो। त्यो के भने, विदेशमा बस्नेले नेपालका लागि गर्ने लगानी र लगानी गर्दा हुने फाइदा र सहुलियतका कुरा प्रकाशमा ल्यायो। यसले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा थोरै भए पनि इँटा थप्ने काम गरेको छ। तर, एनआरएनले नेपालको कायापलट गर्ने होइन। नेपालमै बस्ने नेपालीले र नेपाल सरकारले गरेको काम कारबाहीबाट परिवर्तन हुने हो। विदेशमा बस्ने नेपालीले सहयोग मात्रै गर्ने हो।

'सरकारमा बस्दा थाहा पाएँ, मन्त्री बन्न केके गर्दा रहेछन्' : चित्रबहादुर केसी

नेपाल लाइभ

असोज २४, २०७४| प्रकाशित १८:३९

निष्ठाको राजनीति गरेको भनेर जनतालाई विश्वास दिलाउन सक्ने थोरै नेतामध्ये पर्छन् चित्रबहादुर केसी । लामो समयदेखि राष्ट्रिय जनमोर्चाको अध्यक्षसमेत रहेका उनी करिब नौ महिना केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भए । मन्त्री हुँदासमेत उनी आफ्नो निष्ठावान् छविलाई जोगाउन सफल रहे।

मन्त्रीकै तहबाट हुने भ्रष्टाचारलाई आफूले नजिकबाट नियालेको बताउने केसीसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:

पछिल्लो समय भ्रष्टाचारका खबरहरु मिडियामा निकै आइरहेका छन् । तर, दलका नेताहरु बोल्दैनन् । किन?

त्यो भ्रष्टाचारमा दलहरु नै सामेल भएकाले नबोलेका हुन् । जो बोलिरहेका छन्, तिनीहरुको मिडियामा प्रचार नभएको स्थिति पनि छ । हाम्रै पार्टीले पनि निरन्तर बोलिरहेको छ, वक्तव्य दिइरहेको छ, सम्बन्धित ठाउँमा ध्यानाकर्षण गराइरहेका छौं । तर, सुनुवाइ हुन्न । हुन त मिडियालाई नै बानी परिसकेको जस्तो छ, यस्तै रहेछ भन्ने । लेखेर र बोलेर के हुने रहेछ भन्ने लागिरहेको छ।

'दुवै गठबन्धन भारतका निम्ति भारतले बनाएको हो' : नारायणमान बिजुक्छे

नेपाल लाइभ

असोज २२, २०७४| प्रकाशित ०२:४४

नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन् । नेपालको राजनीतिक घटनाक्रममा भारतको भूमिकाको उनी निरन्तर विरोध गरिरहेका हुन्छन् । पछिल्लो समय चर्चामा रहेको वाम गठबन्धनमा चीनको हात रहेको विश्लेषण भइरहँदा बिजुक्छे भने भारतको भूमिका र स्वार्थ भएको बताउँछन्।

बिजुक्छेसँग किशोर दहालले गरेको कुराकानीः

वामपन्थी पार्टीहरुबीचको गठबन्धनलाई कसरी हेरिरहनुभएको छ?

यिनीहरु वामपन्थीहरु नै होइनन् । उदाहरणको लागि माओवादीलाई हेर्न सक्नुहुन्छ । ऊ सरकारमा पनि बसेको छ। सरकारमा बस्नेलाई वाम भन्न मिल्दैन । सरकारमा रहने शक्ति संसदमा सभामुखको दाहिनेतिर बस्छ । जो सरकारमा छैन, ऊ देब्रे (वाम) तिर बस्छ। माओवादीले अहिले पनि सरकार छोडेको छैन । त्यसैले ऊ वामपन्थी होइन । त्यसैले माओवादीले आफूलाई वामपन्थी भन्न मिल्दैन।

एमालेले पनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिका खेल्नुपर्ने हो, तर पटक्कै खेलेको छैन । सरकारका हरेक कुरालाई समर्थन गर्दै गएको हुनाले एमाले पनि वामपन्थी होइन।

अर्कोतिर, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको कुरा छ, उहाँले पनि माक्र्सवाद छाडिसकेको भन्नुभएको छ। त्यसैले उहाँलाई पनि वामपन्थी भन्न मिल्दैन । यसरी गठबन्धन गरेका तीन वटै दलहरु वामपन्थी नभएकाले उनीहरुको गठबन्धनलाई वामपन्थी गठबन्धन भन्न मिल्दैन।

'कात्तिक ४ गते संसद् विघटन भयो, तर चुनाव हुन सकेन भने के हुन्छ' : भीमार्जुन आचार्य

नेपाल लाइभ

असोज २१, २०७४| प्रकाशित ०१:२०

संविधानको धारा २९६ मा ‘उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहने’ व्यवस्था छ । यसअनुसार हालको संसदको आयु कात्तिक ४ गतेसम्म मात्रै हो । साधारण र संक्रमणकालीन दुवै अवस्थामा प्रधानमन्त्री पदमुक्त हुने एउटा संवैधानिक व्यवस्थामा छ– निज प्रतिनिधि सभाको सदस्य नरहेमा ।

यसअनुसार कात्तिक ४ गतेपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार कामचलाउ बन्नेछ । कामचलाउ सरकारले दैनिक प्रशासनिक काम कारबाही मात्रै गर्ने प्रचलन छ । तर, सरकारले मंसिर १० र २१ म दुई चरणमा दुई तहको चुनाव गर्न लागिरहेको छ । कामचलाउ सरकारले निर्वाचन गराउन मिल्छ कि मिल्दैन ? यसै विषयमा संविधानका ज्ञाता भीमार्जुन आचार्यसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको संक्षिप्त कुराकानी :

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको चुनावका लागि मनोनयन दाखिला गर्ने अघिल्लो दिन कात्तिक ४ गते संसदको अवधि सकिन्छ र प्रधानमन्त्री संसदको सदस्य नरहेमा पदमुक्त हुन्छन् । यो स्थितिलाई कसरी हेर्नुभएको छ?

प्रधानमन्त्री कामचलाउ अवस्थामा हुनेछन् । त्यो संविधानमै लेखेको छ।

कामचलाउ प्रधानमन्त्रीले चुनाव गराउन मिल्छ?

निर्वाचन गराउनलाई नै त के आपत्ति होला र ! तर, प्रश्न त उठ्छ नै । विशेषगरी नैतिक र राजनीतिक प्रश्न उठ्न सक्छ । संविधान अनुसार संसद् नरहने र संसद नै नरहेपछि प्रधानमन्त्री पनि पदमुक्त हुने भन्ने छ । त्यसपछि उनीहरु कामचलाउ हुन्छन् । त्यसैले चुनावको विषय विवादास्पद हुनसक्छ । यस विषयमा संविधान नबोलेकाले अप्ठ्यारो छ।

राजीनामा स्वीकृत भएपछि आगामी बाटो तय हुन्छः उपाध्याय

नेपाल लाइभ

असोज २०, २०७४| प्रकाशित २३:०१

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका बेला भारतका लागि नेपाली राजदूत नियुक्त भएका दीपकुमार उपाध्यायलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो वर्ष वैशाखमा फिर्ता बोलाएको थियो। तर, ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएपछि उपाध्याय सोही वर्ष भदौमा पुनः भारतकै लागि राजदूत नियुक्त भएका थिए। तर, उपाध्यायले शुक्रबार ‘राजनीति र सामाजिक जीवनमा फर्कन’ भन्दै पदबाट राजीनामा दिएका छन्। उनका आगामी योजना के छन्, के चुनाव लड्लान्? यिनै विषयमा रहेर नेपाल लाइभका लागि किशोर दहालले उनीसँग छोटो कुराकानी गरेका छन्।

राजदूतको पदबाट किन राजीनामा दिनुभएको?

नाकाबन्दीका बेला देश अप्ठ्यारोमा थियो। त्यसलाई सहज अवस्थामा फर्काउने मेरो मिसन थियो। त्यो भूमिका पूरा गरें। अब देश र जनताका लागि यहीँ बसेरै समय दिनुपर्छ र भूमिका खेल्नुपर्छ भन्ने ठानें, त्यसैले राजीनामा दिएँ।

आगामी चुनाव लड्नका लागि राजीनामा दिनुभएको भनिन्छ नि!

त्यो त राजीनामा स्वीकृत भएपछिको कुरा हो। स्वीकृत भएपछि म जिल्ला जान्छु। त्यहाँका जनता र कार्यकर्ताले के भन्छन्, त्यो बुझ्छु। पार्टीले के भन्छ, त्यो पनि महत्त्वपूर्ण कुरा हो। चुनाव लड्ने नलड्ने त्यसपछिको कुरा हो।

राजदूत हुनुभयो, फिर्ता पनि बोलाइनु भयो, फेरि नियुक्त हुनुभयो तर अन्ततः राजीनामा दिनुभएको छ। राजनीतिक रिँगटा लाग्दैन?

मन नै त हो। महसुस गर्‍यो भने रिँगटा लाग्छ, नभए लाग्दैन। त्यसैले मलाई रिँगटा लागेको छैन। त्यसो त म सकारात्मक सोचको मान्छे हुँ। त्यसै हुनाले यस्तो कुराले असर गर्दैन।

नेताहरु पढ्दै पढ्दैनन् : प्रदीप नेपाल

असोज २०, २०७४| प्रकाशित ११:४४

एमालेका पोटिलब्युरो सदस्य समेत रहेका प्रदीप नेपाल अध्ययनशील नेताहरुमा पर्छन्। पछिल्लो समय सक्रिय राजनीतिमा कमै मात्रै देखिएका उनी बर्सेनि जसो पुस्तक प्रकाशित गरिरहेका छन्। उनी समसामयिक राजनीतिक विषयमा पत्रिकाहरुमा स्तम्भ पनि लेखिरहन्छन्। उनै नेता तथा साहित्यकार प्रदीप नेपालसँग नेताहरुको अध्ययन संस्कृतिको विषयमा किशोर दहालले गरेको कुराकानीः

पुस्तकहरुको सम्पर्कमा कहिलेदेखि पुग्नुभयो?

म भोजपुरको विद्योदय हाइस्कुलमा कक्षा ९ मा भर्ना भएपछि बाहिरी पुस्तकको सम्पर्कमा पुगें। त्यहाँ एउटा पुस्तकालय थियो। धेरैजसो नेपालीमा अनुवाद भएका बंगाली लेखकका पुस्तक उपलब्ध थिए। तिनलाई खुब पढें। हिन्दी लेखकका पुस्तकहरु पनि थिए। प्रेमचन्द्रका कथाहरु मैले त्यहीँ पढ्न सुरु गरेको हुँ।

पुस्तकमा सामान्य मानिसको चरित्र झल्कने कथाहरु हुन्थे। त्यस्तै पढिन्थ्यो। प्रेमचन्दले समाजका तल्लो वर्गका मानिसबारे लेख्ने हुनाले उनका पुस्तकले बढी छुन्थे।

नेपालीमा चाहिँ म रमेश विकललाई कथागुरु नै भन्छु। उनको ‘फुटपाथ मिनिस्टर’ कथा पढेपछि नै मैले कथा भनेको हामीजस्तै मान्छेको जीवनलाई लेख्नु रहेछ भन्ने बुझ्न थालें।

पार्टीको नेतृत्वमा आउन पनि भारतीय सहयोग लिने प्रवृत्ति छ : सुरेन्द्र पाण्डे

नेपाल लाइभ

भदौ २५, २०७४| प्रकाशित १७:३७

केपी ओली प्रधानमन्त्री छँदा चीनसँग केही सम्झौता गरे। नाकाबन्दीपछि देशमा भारतविरोधी माहोल बढेको बेला त्यस्ता केही कदमले उनलाई एकसाथ चीननिकट, भारतविरोधी र राष्ट्रवादी नेताको रूपमा उभ्यायो। र, भारतनिकट शक्ति मानिने एमालेलाई नै भारतविरोधी छवितिर ढल्कायो। प्रत्यक्ष-परोक्ष रूपमा नेपाली राजनीति भारतीय हस्तक्षेपको सिकार भइरहेकै कारण एमालेको भारतविरोधी तर्कमा बल पनि पुगिरहेकै छ। यसै सन्दर्भमा भारत-चीनसँगको सम्बन्धका विषयमा एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग किशोर दहालले गरेको कुराकानी:

भारतसँग एमालेको सम्बन्ध किन बिग्रिएको?
भारतसँग सम्बन्ध बिग्रिएको भन्ने होइन। खासगरी संविधान निर्माणको सम्बन्धमा मधेसी समुदायहरुलाई सम्बोधन गरेर संविधान केहीपछि निर्माण होस् भन्ने आशय भारतले राखेको थियो। त्यसबेला प्रमुख तीन वटै दलहरु एकैठाउँमा उभिए। र, संविधान जारी गर्न ढिलाइ गर्न हुँदैन भन्ने सहमति भएपछि त्यो जारी भयो। त्यतिबेला एस जयशंकर आएर संविधान घोषणालाई पछि सार्न भन्दा दलहरुले मानेनन्। त्यसैले सम्बन्ध बिग्रिँदा सबैसँग बिग्रिएको हो।

त्यसैले एमालेसँग मात्रै सम्बन्ध बिग्रिनुपर्ने र अरुसँग सप्रिनुपर्ने कुनै आधार छैन। त्यसपछि सरकार परिवर्तन भयो। एमालेको नेतृत्वमा सरकार बनेपछि अघिल्लो सरकारसँगको सम्बन्धको ‘लिगेसी’ नयाँ सरकारमा सर्यि। त्यसैले अघिल्लो सरकार छँदै बिग्रिएको सम्बन्ध पछिल्लो सरकारमा पनि सरेको हो।

नाकाबन्दी भयो। अहिलेको युगमा अर्को देशको आन्तरिक मामलालाई लिएर नाकाबन्दी गर्नु गलत थियो। नाकाबन्दी नै भइसकेपछि सरकारमा रहेको दलले बोल्नै पर्थ्यो। नाकाबन्दी हट्नुपर्छ भन्नैपर्थ्यो। त्यसो गरेपछि सम्बन्ध चिसियो।

संविधान जारी गर्ने बेला तिर बिग्रिएको सम्बन्ध पछि नाकाबन्दी लगायतका घटनाहरुमा निरन्तरता पाउँदै गए। तर, त्यो सम्बन्ध एमालेसँग मात्रै बिग्रिएको होइन। अन्य पार्टीसँग पनि उस्तैउस्तै सम्बन्ध हो जस्तो लाग्छ।

'निर्भयी भएकैले लंकेश हिन्दुत्ववादको सिकार भइन्' : उज्ज्वल प्रसाईं

नेपाल लाइभ

भदौ २१, २०७४| प्रकाशित १९:५४

भारतको बेङ्लुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानेर हत्या गरिएको छ। केही अपरिचितले घरमा प्रवेश गरी उनको गोली हानी हत्या गरेका हुन्। उनको छवि निर्भीक र स्पष्ट लेख्ने पत्रकारको थियो। उनी वामपन्थी विचारधाराबाट प्रभावित र हिन्दु अतिवादी विचारको कट्टर आलोचक पनि थिइन्।

उनको हत्याको विरोधका काठमाडौंमा पनि आज दिउँसो लेखक, साहित्यकार, पत्रकारहरुले विरोध प्रदर्शन गर्दैछन्। यही सन्दर्भमा विश्लेषक उज्ज्वल प्रसाईंसँग नेपाल लाइभका किशोर दहालले छोटो कुरा गरेका छन्:

सम्पादक गौरी लंकेश को हुन्? उनी किन निसानामा परिन् होला?
गौरी लंकेश हिन्दुत्ववादी र दक्षिणपन्थी भारतीय सत्ताको असहिष्णु राजनीतिको पछिल्लो सिकार हुन्। फरक मतप्रति असहिष्णु शक्ति र तिनलाई सघाउने उन्मादी समूहद्वारा दबाउन खोजिएको आवाज हुन् उनी। नरेन्द्र दभोल्कर, गोविन्द पन्सारे, एमएम कल्बुर्गी जस्तै भारतीय हिन्दुत्ववादको आँखामा कसिंगर बनेकी निहत्था लेखक हुन्। अबको उनको परिचय नै त्यही हो।

यसअघि मैले उनको खास केही पढेको थिइनँ। उनको हत्यापश्चात् उनीबारे गरिएका रिपोर्टिङबाट थाहा लाग्यो- उनी पछिल्लो समय कन्नड भाषामा पत्रकारिता गर्थिन्। आफैले सम्पादन गर्ने ‘गौरी लंकेश पत्रिके’ नामको ट्याब्लोइड मार्फत भुइँतहका जनताको आवाज बनेकी थिइन्। उनी मारिनुको एउटै कारण छ, उनी हिन्दुवादी राजनीति र राष्ट्रवादी संकीर्णताको विरोधी थिइन्। उनी निडर थिइन्, उनलाई चुप लगाउने सबभन्दा सजिलो उपाय उनको ज्यान लिनु थियो। उनी मारिइन्।

सिके राउत अन्धी–गल्लीको बाटो हिँडिरहेका छन् : सिके लाल

नेपाल लाइभ

भदौ १८, २०७४| प्रकाशित १८:५७

राजनीति सहित थुप्रै विषयमा गहन टिप्पणी गर्ने सामर्थ्य राख्छन्, विश्लेषक सिके लाल। पछिल्लो समय मधेस मुद्दामा निरन्तर आफ्नो स्पष्ट विचार राख्दै आएका लालका उग्र प्रशंसक र आलोचक दुवै छन्। संविधान संशोधनबिना सहभागी नहुने अडानसहित २ चरणको स्थानीय निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीलाई मनाउन सरकारले अघिबढाएको संविधान संशोधन विधेयक फेल भएको छ। यसै सेरोफेरो र मधेसको राजनीतिको भावी दिशाबारे लालसँग नेपाल लाइभका किशोर दाहालले गरेको कुराकानीको सम्पादित अंशः

मधेसको अहिलेको नेतृत्व निश्प्रभावी देखियो। खासगरी ‘मधेसवादी’ भन्ने दलहरुको नेतृत्व। किन यस्तो भएको?

मधेसमा अहिले दासतासँग अभ्यस्त नेतृत्व छ। उनीहरु पञ्चायतको प्रवृत्तिमा हुर्केका हुन्। उनीहरु लेनदेन गरेर आफ्नो ठाउँ बनाउनुपर्छ र त्यसैमा मिलेर बसौं भन्ने मानसिकताका छन्। तर, मिलेर बसौं भन्दैमा बाघ र मृग मिलेर बस्न सम्भव छ? बाघले आज नखाए भोलि त खान्छ नै। त्यसो हुँदा, कि भाग्नुपऱ्यो। कि, कुनै बुद्धि लगाएर बाघलाई फसाउनुपऱ्यो। अब मुक्तिको चाहना राख्ने, स्वाभिमानको भावना बढी भएको नयाँ नेतृत्व चाहिन्छ।

एकथरीले संशोधनमार्फत राष्ट्रघात गर्न खोजिएकाले संविधानको दोस्रो संशोधन फेल गराइदिएको बताउँदै आएका छन्। के संशोधन विधेयक राष्ट्रघाती थियो?

म त्यसमा टिप्पणी गर्न चाहन्नँ। किनभने, यो खसआर्यको संविधान हो। जसले संशोधन गर्न खोजेका हुन्, आखिर तिनैले गरेनन्। राष्ट्रघाती थियो थिएन छुट्याउने जिम्मा कांगेस, एमाले र माओवादीलाई नै दिऔं। किनकि, यो हाम्रो संविधान नै होइन। हाम्रो संविधान नै नभएपछि संशोधन हुनु र नहुनुमा के फरक पर्छ र?

‘अहिलेको निर्वाचन हाम्रो लागि क्वाटरफाइनल हो : बाबुराम भट्टराई

भदौ १७, २०७४| प्रकाशित १८:३५

स्थानीय तहको दुई चरणको निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरुलाई जनताले खासै रुचाएको देखिएन। संघीय समाजवादी फोरमसँग सहकार्य गर्दा समेत नयाँशक्ति नेपाल ओझेलमै रह्यो। स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्वसन्ध्यामा नयाँशक्ति र फोरमको सहकार्य पनि टुटिसकेको छ र माओवादीबाट आएका धेरै नेता माउ पार्टीमै फर्किएका छन्। यही सेरोफेरोमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईसँग सरोजराज अधिकारी र किशोर दहालले गरेको कुराकानीः 

तपाईंको स्वास्थ्य कस्तो छ ?
ठीक छ। प्रोस्टेटको अपरेसन भएको ३ हप्ता भयो। केही समय आराम गरें, अहिले ठीक छु।

पार्टीको स्वास्थ्य त ठीक देखिएन। नयाँ निर्माण गर्दै जाँदा भत्किने उपक्रम पनि सुरु भएको छ। यसलाई कसरी लिनुभएको छ?

यो विकास प्रक्रियाको नियम नै हो भन्ने लाग्छ। विरुवा हुर्कंदै गर्दा पुरानो बोक्रा झर्ने, नयाँ पलाउने गर्छ। बच्चा पनि हुर्कंदै गर्दा पुरानो दाँत झर्ने र नयाँ पलाउने हुन्छ। मैले यसलाई स्वभाविक रुपमा लिएको छु। किनकि यो वैकल्पिक राजनीतिक धारा हो। त्यसलाई नबुझेर पुरानै सोच राखेका मानिसहरु पनि प्रवेश गरे। जब उनीहरुले बुझे कि यो त नयाँ चिज हो, त्यसपछि एडजस्ट गर्न नसकेर फर्किए।

Friday, June 1, 2018

उपेन्द्र यादव तेस्रो पटक उपप्रधानमन्त्री

























संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री भएका छन्। आज (०७५ जेठ १८) उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीका रुपमा सपथ लिएका छन्। उनी तेस्रोपटक उपप्रधानमन्त्री भएका हुन्। यसअघि उनी ०६५ को प्रचण्ड नेतृत्वको सरकार र ०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए।


आज यादवसँगै सोही पार्टीका इस्तियाक राईनले पनि सहरी विकास मन्त्रीको रुपमा सपथ लिएका छन्।

यसपटक सरकारमा सामेल हुन फोरमसँग सरकारले जेठ १४ मा दुई बुँदे सहमति गरेको थियो। यद्यपि, सहमतिपत्रमा नेकपाका एकजना अध्यक्ष प्रचण्डको समेत हस्ताक्षर छ। ओलीले भने नेकपा अध्यक्ष र प्रधानमन्त्री दुवैको हैसियतमा हस्ताक्षर गरेका थिए।