Pages

Sunday, May 18, 2014

राजमायाः होलोग्रामजस्ता कथा



किरण दाहाल
कथाकारले कुनै जटिल बिषयमा कलम चलाएका छैनन् तर, कथाको प्रस्तुती जटिल एउटा सडकमा धेरै गाडीहरु एकैपटक कुदेजस्तो कथाभित्रका कथाहरु सँगसँगै कुद्छन् पाठकलाई यस्तो अप्ठ्यारो आईपर्ला कि होलोग्राम भित्रका अनेक दृश्यहरु हेरिरहेछ
..............................................................
    पछिल्लो समय नेपाली साहित्य संसारमा फरकफरक शैलीका पुस्तकहरुले अबतरण गर्न थालेका छन् त्यसै पङ्क्तिमा नयाँ पुस्तक थपिएको राजमाया दुर्गाबिनयको यस कथा सङ्ग्रहमा पाठकले परम्परागत भन्दा केहि भिन्न शैलीका कथाहरु पाउनेछन् सङ्ग्रहका एकपछि अर्को कथा पढ्दै जाँदा पात्रहरु उहि भेटिनु, घटनाका रहस्यहरु पछिल्ला कथामा खुल्दै जानु यस सङ्ग्रहका मुलभुत बिशेषता हुन् कथाका संरचना पनि नितान्त बेग्लै किसिमको यसकारण केहि कथाहरु पढ्ने बित्तिकै पाठकलाई कथा सङ्ग्रह होईन की उपन्यास पढ्दै छु भन्ने भान पर्न सक्छ
    कथा सङ्ग्रहको पहिलो कथा हो, ‘दोभानेको कछुवा मुख्य पात्र छिन् राजमाया उनैको मृत्युपछिको घटना कथामा अत्याधिक मातृप्रेम प्रस्तुत गरिएको यस कथामा राजमायाको छोरो बिगत बर्तमानमा ओहोरदोहोर गरिरहन्छ मरेकी आमाको सामुन्ने बसेर कहिले सम्झनामा आमासँगै लुटपुटिन्छ भने कहिले यथार्थमा आँशु तप्काउँछ मेरी आमा बुटनमा राजमाया कमजोर पात्रको रुपमा छे उसको पढाई प्रतिको मोह अचाक्ली आफ्नी आमालाईपढ्न जान्छु भन्ने हैसियत समेत राख्दिन बिरामीबाट भर्खरै तङ्ग्रीदाआराम चाहिन्छ भन्न सक्दिन तर, शसक्त पक्ष कहाँ भने त्यहि राजमाया अन्तिममा बिद्रोही बनेर प्रस्तुत हुन्छे राजमायाको बिद्रोह देखिने अर्को कथाराजमाया मरेकी छैनन् हो सङ्ग्रहकै सबैभन्दा लामो शसक्त कथा हो, यो पितृसत्ताले एक छत्र राज गरिरहेको समाजमा महिलाहरुले आफ्नो अस्तित्व देखाउन पुरुषहरुमा निर्भर रहनुपर्ने बाध्यता यद्यपी चलिरहेको नारीको समग्रता नै पुरुषको परिचयमा झुण्डिने गर्छ तर, यस कथामा चिन्तामणिलाई चिनाउनराजमायाको श्रीमान् शब्द प्रयोग गरिएको , बारम्बार यस किसिमकोविद्रोही शब्दले राजमायालाई केन्द्रमा राखेको मात्र नभई नायक समेत बनाएको तर, कथाभरी राजमायाको जीवन नायकको जस्तो छैन चिन्तामणिबाट राजमायाले कहिल्यै सुखद अनुभुती गर्न पाईन त्यसो पश्चतापमा रुमल्लिंदा चिन्तामणिले एकपटक भन्छ, ‘मेरै कारणले यसले(राजमायाले) कहिल्यै आनन्दले निदाउन पाइन, एक झप्को सपना देख्न पाइन यहि पश्चतापबाट थाहा हुन्छ, राजमायाले जीबनमा केके पाउन सकिनन् त्यसको अन्तर्य कारणमा कुन पात्रको प्रबल भूमिका थियो तीनै राजमाया, जो बर्षौदेखि श्रीमान्को यातना खपेर दिनहरु काटिरहेकी हुन्छे, उसैले श्रीमानलाई आँगनमा पुग्नेगरी घचेटिदिन्छे दुईचार झापट बजाइदिन्छे सहनेहरुको दुःख माटोमा मिल्छ, नसहनेहरुको जुर्मुराउँछ भन्ने भनाई यहाँ सार्थक हुन्छ राजमायाले चुर चोरिन्् कथामा वैवाहिक छनौटको बिषयले स्थान पाएको केहि अघिसम्म(यदाकदा अहिले पनि) स्थिति यस्तो थियो की महिलाले वैवाहिक निर्णयमा कुनै अधिकार राख्दैनथे आमाबाबुले जुन घरको        बाटो देखाईदिए, त्यहि बाटो हिड्नुपर्ने बाध्यता थियो यस प्रकृयामा आफुलेमन पराएको वामन नपर्ने शब्दको कुनै व्यबहारिक राजमाया पनि यिनै मान्यताहरुको शिकार भएकी छिन् वास्तवमा यहींबाट उनको जीबनले जीबनजस्तै फुल्ने अधिकार गुमाउँछ किनकी चिन्तामणिले बाध्यतामा परेर उनीसँग विवाह गरेको हुन्छ जुन अनेकौ दुःखको कारण बन्छ
    सङ्ग्रहका अन्य कथाहरु कुनै भूतप्रेतसँग सम्बन्धित छन्, कुनै जातिय विभेदसँग सम्बन्धित छन् तर, केन्द्रमा छिन्, राजमाया हरिकृष्णको सपना उनै राजमायाले आफ्नो परिचय अस्तित्व खोज्न गरेको प्रयास हो केहि कथामा नारीमा रहेको यौन उकुसमुकुसलाई छताछुल्ल पारिएको महिला पात्रले बोलेका वाक्यले उनीहरुमा रहेको यौन प्रतिको त्यहि उकुसमुकुसलाई ब्यक्त गर्छन् राजमायाको मृत्युको वरिपरि घुम्दाघुम्दै फरकफरक समयमा बिगत वर्तमानको वास्तविकतालाई अनुभुति गर्दागर्दै कथाहरु सकिन्छ
    कथाकारले कुनै जटिल बिषयमा कलम चलाएका छैनन् त्यो नयाँ बिषय पनि होईन तर, कथाको प्रस्तुती जटिल एउटा सडकमा धेरै गाडीहरु एकैपटक कुदेजस्तो कथाभित्रका कथाहरु सँगसँगै कुद्छन् पाठकलाई यस्तो अप्ठ्यारो आईपर्ला कि होलोग्राम भित्रका अनेक दृश्यहरु हेरिरहेछ सम्पूर्ण कथामा राजमायालाई फरकफरक अक्षहरु(डाइमेन्सन)बाट हेरिएको
    महिलाको परिचय पुरुषसँग गएर जोडिने उपक्रम लामो समयदेखिको नेपाली समाजको चरित्र हो महिलामाथि हुने सामाजिक बिभेद शिक्षाबाट बञ्चित गराईने प्रवृति केहि समय अघिसम्म ब्याप्त थियो अहिले कम भएको कथासङ्ग्रहका हाँगा जराले यिनै बिषयलाई सम्बोधन गर्छ तर मुल काण्ड भने राजमायाको मृत्युको वरिपरि घुमिरहन्छ कथासङ्ग्रह भएको हुनाले प्रत्येक कथाको छुट्टाछुट्टै अस्तित्व हुने त्यसलाई सोही रुपमा ग्रहण गरिनुपर्ने हो तर, यस सङ्ग्रहभित्रका कथाहरुलाई छुट्याएर हेर्नै सकिन्न प्रायः कथामा राजमाया छिन् उनी कतै कारण, कतै घटना कतै प्रभाव बनेर उपस्थिति भईरहन्छिन् प्रत्येक पछिल्ला कथाहरु राजमायालाई थप बुझ्न मद्दम पु¥याउनेक्लु प्वाईन्ट्स जस्ता छन्, जसले राजमायालाई फरकफरक कोण रङबाट प्रस्तुत गर्छन् १२ वटा कथाहरु रहेको यस कथासङ्ग्रहका प्रायः सबै पात्रहरु दुःखी छन्, राजमायाको मृत्युले कथा सङ्ग्रह उत्कृष्ट बनेको
     सामान्य किसिमको असाबधानी जताततै भेट्न सकिन्छ राजमायाले चुर चोरिन् कथामा एउटा वाक्य लेखिएको , ‘आफ्नो इच्छा विपरित हुन लागेको विवाहमा अबस्य पनि उनी खुशी थिइन् (पेज नं.८३) त्यहाँथिइनन् हुनुपर्ने यस्ता असाबधानी धेरै छन् कथामा कतै समान्य असर पार्ने, कतै फरक अर्थ दिने तापौं एकछिन घाम सियाँलमै बसेर कथामा एक ठाउँमाउनको पसलमा उधारो कारोबार हुँदैन(पेज नं. ३८) लेखिएको फेरी एकै छिनमा उदारो दिईएको प्रसङ्ग कमजोरी अरु पनि छन् तर, कथाको फरक किसिमको प्रभावले गर्दा ती छोपिन्छन् यद्यपी मेटिदैनन् यस्ता सामान्य कमजोरी आगामी संस्करणमा सच्याउन जरुरी

(नागरिक दैनिक (अक्षर), शनिबार, २२ चैत्र २०७० मा प्रकाशित तर, यो समिक्षा नागरिक दैनिकले सम्पादन गरेर प्रकाशित गर्नु अघिको हो ।)