Pages

Sunday, November 13, 2016

सम्झनामा ओली सरकार

किशोर दहाल

केपी ओली प्रधानमन्त्री बन्दै गर्दा देशमा प्रष्टै देखिने तीनवटा समस्या थिए– पहिलो, भूकम्प पीडितलाई राहत वितरण र पुननिर्माणमा भइरहेको ढिलाई । दोश्रो, मधेश आन्दोलन । तेश्रो, भारतीय नाकाबन्दी । यिनै समस्याहरुको सुझबुझपूर्ण ढंगले समाधान गर्नु ओलीको पहिलो  दायित्व थियो ।

तर, ओलीले मधेस आन्दोलन र भारतीय नाकाबन्दीको सुझबुझपूर्ण ढंगले अन्त्य गर्न भन्दा पनि वेवास्ता गर्ने र सकेसम्म चिढ्याउने सूत्र अपनाए । उनी कडा अभिव्यक्ति दिएर एउटा पक्षलाई मनोरञ्जन प्रदान गर्न उद्यत भइरहे  । भारतलाई गाली गरेर राष्ट्रवादको प्रतीक भएको भ्रम पालीरहे । जबकि, सुझबुझपूर्ण व्यवहार देखाएर आपूर्ति सहज बनाउनु उनको दायित्व थियो । भुकम्प पीडितलाई तत्काल राहत पु¥याउने प्रयत्न गर्नुको साटो, उडन्ते सपनाको भरमा लोकप्रियता हासिल गर्न सकिन्छ भन्नेतिर लागे । बालुवाटारमा अनियन्त्रित खर्च, कार्यकर्तालाई मनलाग्दी आर्थिक सहयोग र नियुक्तिमा भुलिरहे ।

यिनै कुराको प्रमाण, पुष्टि वा विस्तार यहाँ प्रस्तुत गरिनेछ ।