Pages

Thursday, August 29, 2019

प्रधानमन्त्रीको सम्बोधनका ३ संकेत

किशोर दहाल |  २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019  १५:१७:०० मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा सम्बोधन गरे।

४० मिनेटभन्दा लामो आफ्नो सम्बोधनमा उनले सरकारको 'ऐतिहासिक' सफलताको सूची प्रस्तुत गरे। त्यसका साथै, लोकतन्त्रप्रतिको प्रतिवद्धता र आफूहरुले नै मिलाएको शक्तिलाई पुनर्उदय गराउने प्रयत्नको विषयमा चर्चा गरे। ओलीले अर्को चुनावसम्म आफू नै प्रधानमन्त्री रहने स्पष्ट संकेत पनि गरे।

तर, आइतबार सम्बोधन गर्नैपर्ने खास विषय उनले प्रस्तुत गरेनन्। उनले प्रतिनिधिसभामा जे भने, त्यो अन्य कार्यक्रममा पनि भनिरहने कुरा थिए। कानुन निर्माण गरेको जस्तो कुरा उनले पछिल्लो सबैजसो सम्बोधनमा गर्ने गरेका छन्।

यसअघिको युरोप भ्रमण लगत्तै उनले प्रतिनिधिसभामा सम्बोधन गर्न चाहेका थिए। तर, कांग्रेस सभापति देउवाले पहिले बोल्न चाहेका कारण संसद्‌ अवरुद्ध हुँदा प्रधानमन्त्रीले पनि सम्बोधन गर्न पाएनन्। बरु, उनले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राखे। त्यतिबेला राखेको धारणा र आइतबारको धारणामा खासै अन्तर छैन।

आजको सम्बोधनका तीन पक्ष खास चर्चायोग्य भने हुनसक्छन्।

'शून्य समय'लाई सुन्ने कहिले?

किशोर दहाल |  २०७६ श्रावण ३२ शनिबार | Saturday, August 17, 2019  १७:०५:०० मा प्रकाशित
काठमाडौं– २०७५ फागुन ६ गते प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपाका सांसद गोपालबहादुर बमले भनेका थिए, 'शून्य समयमा जिल्लाका समस्याका कुरा उठेका हुन्छन्। 'शून्य'को पूर्णांक पनि शून्य छ। सुनुवाइ पनि शून्य छ। उपलब्धि पनि शून्य अवस्थामा छ।'

उनी शून्य समयको महत्वबारे मात्रै प्रकाश पारिरहेका थिएनन्, शून्य समयमा उठेका विषयलाई प्रभावकारी ढंगले अगाडि बढाउनसमेत आग्रह गर्दै थिए।

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाएका विषयलाई सरकारले सम्बोधन नगरेको गुनासो बमजस्तै धेरै सांसदको छ। उनीहरुले शून्य समयमा उठेको विषयप्रति गम्भीर हुन सरकारलाई आग्रह गरिरहन्छन्। तर, आग्रह पालना भएको देखिन्न।

ओलीका 'प्रचण्ड' दुःख [नेकपा बहस-२]

किशोर दहाल |  २०७६ श्रावण २१ मंगलबार | Tuesday, August 06, 2019  १२:१०:०० मा प्रकाशित


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्येका एक हुन्, पुष्पकमल दाहाल (प्रचण्ड)। अर्का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीसमेत छन्। पार्टी सञ्चालनमा दुवै अध्यक्षको हैसियत बराबरी नै भए पनि प्रधानमन्त्री हुनुका कारण स्वभाविक रुपमा ओली बढी शक्तिशाली प्रतीत भइरहेका छन्।

दुवै नेताको विगत फरक छ। विगतमा दुवैबीच सम्बन्ध पनि राम्रो थिएन। एक-अर्कालाई गरेको कटु आलोचना बेलाबखत सार्वजनिक हुने गरेको थियो। पार्टी एकीकरणपछि सोही स्तरमा आलोचना नभए पनि एक-अर्कालाई चिढ्याउने व्यवहार भने प्रशस्तै भएका छन्।

नेपाल लाइभको 'नेकपा बहस' को यो शृंखलामा हामीले प्रचण्डको हैसियत र व्यवहारका कारण प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बेहोरेका केही सकस र त्यसको दायरामाथि चर्चा गरेका छौं।

माधव नेपाल : 'तेस्रा अध्यक्ष' [नेकपा बहस-१]

किशोर दहाल |  २०७६ श्रावण २ बिहीबार | Thursday, July 18, 2019  १७:४०:०० मा प्रकाशित


पार्टी एकताको बेलामा खासै असमझदारी व्यक्त नगरेका नेता माधवकुमार नेपाल त्यसको केही महिनापछि नै छायाँमा पर्दै गए। दुई अध्यक्षले जे भन्यो त्यही मान्न विवश भए। तर पछिल्लो समय उनी तेस्रो अध्यक्षको हैसियतमा पुगेका छन्। अर्थात्, उनको सहमति र असहमतिले अर्थ राख्न थालेको छ। अर्का दुई अध्यक्ष उनलाई बेवास्ता गरेर अघि बढ्न सक्ने अवस्थामा छैनन्। बदलिँदो परिस्थितिले माधव नेपाल तेस्रो अध्यक्ष प्रतीत हुन थालेका छन्।