Pages

Tuesday, July 16, 2019

कस्तो रह्यो नेकपाको एकवर्षे यात्रा?

सफल सांगठनिक कार्यदल, बैठक बस्नै मुस्किल
किशोर दहाल |  २०७६ जेठ ४ शनिबार | Saturday, May 18, 2019  ११:१८:०० मा प्रकाशित


काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको शुक्रबार एक वर्ष पूरा भएको छ। अघिल्लो वर्ष जेठ ३ गते काठमाडौंको राष्ट्रियसभा गृहमा एक संयुक्त कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको थियो।

एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै एकताको ऐतिहासिकताको चर्चा गरेका थिए।

कार्यक्रममा एकताको ६ बुँदे घोषणापत्र सार्वजनिक गरिएको थियो। 'एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकताबद्ध नेपाल कम्युनिस्ट पार्टी दर्ता गरेका छौं। युगीन महत्त्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समयदेखि राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ', घोषणापत्रमा भनिएको छ।

Tuesday, July 2, 2019

त्रिविका तीन स्नातकोत्तर उपाधिमा सुरेन्द्रको चलखेल, कर्मचारीको मिलेमतोमा दर्जन विषयमा नम्बर थप


 किशोर दहाल |  २०७६ असार १७ मंगलबार | Tuesday, July 02, 2019  १६:२०:०० मा प्रकाशित

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको अर्थशास्त्रको एउटा विषयमा ९ नम्बर ल्याए तापनि कर्मचारीको सहायतामा नम्बर थप्न सफल सुरेन्द्र कोइरालाले अन्य विषयमा पनि नम्बर थप्न सफल भएको खुलेको छ।

सोही विषयमा छलफलका लागि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिवि पदाधिकारीको तर्फबाट धारणा राखेका रजिस्टार डिल्लीराम उप्रेतीले उनले त्यसअघि स्नातकोत्तर गरेका समाजशास्त्र र ग्रामीण विकास अन्तर्गत विषयमा पनि चलखेल गरेको बताएका हुन्।

सांसदको आरोप– पारमाणविक विधेयक 'भेस्टेड इन्ट्रेस्ट'बाट आयो

'आणविक भट्टी खोलेर निजी क्षेत्रलाई सञ्चालन गर्न दिनु नेपाल सिध्याउने कुरा हो'

नेपाल लाइभ |  २०७६ असार १६ सोमबार | Monday, July 01, 2019  ११:४९:०० मा प्रकाशित

काठमाडौं– सांसद दिव्यमणि राजभण्डारीले 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' कसैको 'भेस्टेड इन्ट्रेस्ट' आएको आरोप लगाएका छन्।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल चलिरहेको सो विधेयकमाथि आफ्नो धारणा राख्दै राजभण्डारीले पारमाणविक पदार्थको प्रयोगतिर जाने हो भने आफूले जनमत संग्रह गर्न आग्रह गरेको स्मरण गराए।

'मलाई के लाग्छ भने जुन तरिकाले यो विधेयक आएको छ। कसैको भेस्टेड इन्ट्रेस्टबाट आएको छ', उनले भने, 'यसबाट हामी तर्सिनुपर्छ।'