Pages

Tuesday, February 27, 2018

राष्ट्रियसभा निर्वाचन : ३२ पद, ५२ उम्मेदवार (सूचीसहित)

किशोर दहाल
Nepal Live

काठमाडौं- बुधबार हुन लागेको राष्ट्रियसभाको निर्वाचनका लागि ५२ जना उम्मेदवार छन्। उनीहरुले ३२ पदका लागि प्रतिस्पर्धा गर्दै छन्। निर्वाचित हुने ५६ मध्ये २४ जना निर्विरोध भइसकेका छन्।
राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन्।

निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार गरिसकेको छ। उसले प्रत्येक समूहका लागि दुईथरी मतपत्र तयार गरेको छ। उही नाम र चिह्नका मतपत्र प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि फरक-फरक रङमा तयार गरिएको छ।
राष्ट्रियसभाको निर्वाचनका लागि मतदाताको रुपमा प्रदेशसभाका सदस्य र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख छन्। स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुनेछ। प्रदेशसभाको सदस्यको मतभार भने ४८ हुनेछ।
निर्वाचन बुधबार १० बजेदेखि ३ बजेसम्म हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निर्वाचन कार्यक्रम उच्च अदालत रहेका ठाउँमा सम्पन्न हुनेछ।
कुन प्रदेशमा निर्वाचनको अवस्था के छः
प्रदेश १
प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध भइसकेका छन्। अब दलित १ र अपांगता/अल्पसंख्यक १ गरी २ पदका लागि निर्वाचन हुनेछ।
प्रदेश १ मा निर्विरोध निर्वाचित भएकाहरु-
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
पर्शुराम मेघी गुरुङ (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)
हरिचरण शिवाकोटी (एमाले)
निर्वाचन हुने-
दलित उम्मेदवार (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
विनकुमार विश्वकर्मा (कांग्रेस)
खेमराज नेपाली (एमाले)
अपांग/अल्पसंख्यक (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
महेशकुमार जाजु (कांग्रेस)
अगमप्रसाद बान्तवा राई (एमाले)
प्रदेश २
प्रदेश २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। सो प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुनेछैन।
प्रदेश २ मा निर्विरोध निर्वाचित भएकाहरु-
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिलाकुमारी यादव (संघीय समाजवादी फोरम)
जितेन्द्र देव (कांग्रेस)
रमेश यादव (राजपा)
सुमन प्याकुरेल (एमाले)
रामप्रित पासवान (संघीय समाजवादी फोरम)
वृशेषचन्द्र लाल (राजपा)
प्रदेश ३
प्रदेश ३ मा ८ वटै पदमा निर्वाचन हुनेछ। यो प्रदेशमा ८ पदका लागि १४ जना प्रतिस्पर्धी छन्।
महिला सदस्य (३ जना निर्वाचित हुने/प्राथमिकता अनुसार १, २, ३ लेखी मत संकेत गर्नुपर्ने)
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
गीता काफ्ले (नेमकिपा)
अन्य सदस्य (३ जना निर्वाचित हुने/प्राथमिकता अनुसार १, २, ३ लेखी मत संकेत गर्नुपर्ने)
राधेश्याम अधिकारी (कांग्रेस)
बलरामप्रसाद बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माओवादी)
कृष्णबहादुर तामाङ (नेमकिपा)
दलित सदस्य (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
हरिशरण नेपाली (कांग्रेस)
सिंगबहादुर विश्वकर्मा (एमाले)
श्यामु बिशंखे (नेमकिपा)
अपांग/अल्पसंख्यक (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
मदनकृष्ण श्रेष्ठ (कांग्रेस)
रामचन्द्र राई (एमाले)
हिमालयश्वर लाल मूल (नेमकिपा)
प्रदेश ४
प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समूहका १ जना निर्विरोध निर्वाचित भएका छन्। अपांगता समूहतर्फ उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी आयोगले खारेज गरेको थियो। जम्मा २ जनाले सो समूहतर्फ उम्मेदवारी दिएका कारण अर्का उम्मेदवार निर्विरोध भएका हुन्। अन्य ७ पदका लागि निर्वाचन हुनेछ।
प्रदेश ४ मा निर्वाचित भएका-
प्रकाश पन्थ (कांग्रेस)
निर्वाचन हुने-
महिला सदस्य (३ जना निर्वाचित हुने /प्राथमिकता अनुसार १, २, ३ लेखी मत संकेत गर्नुपर्ने)
विन्दादेवी आले (कांग्रेस)
दिपा गुरुङ (एमाले)
शान्तिकुमारी अधिकारी जिसी (एमाले)
मीना पुन (राष्ट्रिय जनमोर्चा)
अन्य सदस्य (३ जना निर्वाचित हुने/प्राथमिकता अनुसार १, २, ३ लेखी मत संकेत गर्नुपर्ने)
सुरेन्द्रराज पाण्डे (कांग्रेस)
गणेशप्रसाद तिमिल्सिना (एमाले)
दिनानाथ शर्मा (माओवादी)
कृष्णप्रसाद शर्मा अधिकारी (राष्ट्रिय जनमोर्चा)
दलित सदस्य (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
जितबहादुर नेपाली (कांग्रेस)
खिमकुमार विक (माओवादी)
प्रदेश ५
प्रदेश ५ मा महिला ३ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अब अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समूहका १ जना गरी ५ पदका लागि निर्वाचन हुनेछ। 
प्रदेश ५ मा निर्विरोध निर्वाचित भएकाहरु-
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
निर्वाचन हुने-
अन्य सदस्य (३ जना निर्वाचित हुने /प्राथमिकता अनुसार १, २, ३ लेखी मत सङ्केत गर्नुपर्ने)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस)
खिमलाल भट्टराई (एमाले)
चन्द्रबहादुर खड्का (माओवादी)
रश्मीराज नेपाली (राष्ट्रिय जनमोर्चा)
दलित सदस्य (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
मैकुलाल वाल्मीकी (कांग्रेस)
रामलखन चमार (एमाले) 
अपांग/अल्पसंख्यक (१ जना /१ जनालाई मत दिनुपर्ने)
लुटबहादुर खत्री (कांग्रेस)
राजकुमार कुँवर (माओवादी)
प्रदेश ६
प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ। ८ पदका लागि १२ जना उम्मेदवार छन्।
महिला सदस्य (३ जना निर्वाचित हुने/प्राथमिकता अनुसार १, २, ३ लेखी मत संकेत गर्नुपर्ने)
सूर्यदेवी मल्ल (कांग्रेस)
कविता बोगटी (एमाले)
नन्दा चपाई (एमाले)
यूटोल तामाङ (माओवादी)
अन्य सदस्य (३ जना निर्वाचित हुने/प्राथमिकता अनुसार १, २, ३ लेखी मत संकेत गर्नुपर्ने)
विष्णुबहादुर शाही (कांग्रेस)
ठगेन्द्रप्रकाश पुरी (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
कालीबहादुर मल्ल (माओवादी)
दलित सदस्य (१ जना /१ जनालाई मत दिनुपर्ने)
मित्रलाल सार्की (कांग्रेस)
नरपति लुवार (एमाले)
अपांग/अल्पसंख्यक (१ जना/१ जनालाई मत दिनुपर्ने)
गोपालप्रसाद शर्मा (कांग्रेस)
जीवन बुढा (माओवादी)
प्रदेश ७
प्रदेश ७ मा महिला ३ र अन्य समूहका ३ गरी ६ पदमा निर्विरोध भइसकेका छन्। यो प्रदेशमा अब दलित १ र अपांगता भएका वा अल्पसंख्यक १ गरी २ पदका लागि निर्वाचित भएका छन्।
प्रदेश ७ मा निर्विरोध निर्वाचित भएकाहरु-
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
निर्वाचन हुने-
दलित सदस्य (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
शेरी राम पार्की (कांग्रेस)
चक्रप्रसाद स्नेही (एमाले)
अपांग/अल्पसंख्यक (१ जना निर्वाचित हुने/१ जनालाई मत दिनुपर्ने)
छत्रराज जोशी (कांग्रेस)
महेशकुमार महरा (माओवादी)
http://nepallive.com/news-details/14215/2018-02-06 

No comments:

Post a Comment