Pages

Saturday, December 31, 2016

योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतको शब्दमा एमालेका अपराधहरु

कहिलेकाहीँ आफैले हानेको तिर आफै तिर फर्कँदो रहेछ । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघात यस्ता थिएः

१. २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।

२. तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमासमेत एमालेलाई राजावादी कम्युनिस्ट पार्टीमा परिणत गरायो ।

३. प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानासाथ मोदनाथ प्रश्रतिको शिक्षा मन्त्रित्व कालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।

Friday, December 30, 2016

बजारमा नपाइने पुस्तक !

 अर्जुन पन्थी 

कार्तिक ६, २०७३- लेखक, कलाकार, प्राध्यापक र पत्रकारले आफूलाई मन परेको किताबमध्ये ‘त्यस बखतको नेपाल’को नाम लिएर पत्रपत्रिकामा वार्ता दिएको देखिन्छ । अनौपचारिक भेटघाटमा पनि यसबारे कुरो सुनिन्छ । ट्वीटर फेसबुकमा पनि यसबारे सोधीखोजी हुन्छ । ‘सेकेन हेन्ड’ पुस्तक पसलमा त यो किताब सोध्न आउने र रिजर्भ गर्नेको ताँतीमा म पनि छु । तर यो किताब बजारमा पाइँदैन । पारिवारिक कारणले यो किताबको नयाँ संस्करण बजारमा नपाइएको भन्ने पनि छ । यदि त्यसो हो भने यो लेखकको मर्म विपरीत छ । मैले प्रयास गर्दा परिवारसँग सम्पर्क गर्न सकिनँ ।

पुस्तकमा लेखकले आफ्नो मन्तव्यमा लेखेका छन्, ‘आफ्नो मुलुकका पुराना कुरा, विदेशीहरूले सुनेका भरमा बंग्याएर लेखेका पुस्तक पढी कुहिराका काग बन्न नपरोस् ।’ उनको तात्पर्य पुराना कुरा सबैले पढ्न पाउन भन्ने हो । ‘आफूभन्दा अघिकाले गरेका र भोगेका कुरा उनीहरूकै मुख वा लेखनीबाट सुन्न पाउँ’ भन्ने नयाँ पुस्ताका मानिसको अभिप्रायलाई ध्यानमा राखेर ६८ वर्षको उमेरमा उनले किताब लेखेका थिए । तर यस्तो विचार राख्ने लेखकको किताब सर्वसाधारणले पाउने गरी किन प्रकाशन तथा बिक्री वितरण भएको छैन ? यो लेख यस पुस्तकको विषयवस्तु र प्रकाशन हुन नसक्नुका कारणबारेमा केन्द्रित छ । पहिलो चरणमा यो किताब किन महत्त्वपूर्ण छ भन्ने जानकारी छ । लेखको अन्ततिर यो किन प्रकाशन हुन सकेन भन्नेबारे चर्चा गरिएको छ ।
के हो त्यस बखतको नेपाल ?

Thursday, December 29, 2016

यसकारण प्रजातान्त्रिक थिएनन् राजा वीरेन्द्र

३० वर्ष शासन गरेका राजा वीरेन्द्रको व्यक्तित्व जति शालीन र साधारण थियो, उनको राजकाज त्यति नै अप्रजातान्त्रिक

‘बाआमाका हामी तीन !’ यो स्ट्याटसका साथ २३ मंसिरमा नयाँ शक्ति नेपालकी नेतृ बन्दना सुवेदीले फेसबुकमा दुई दाजुभाइका बीचमा आफू बसेको तस्बिर पोस्ट गरिन् । दाजुभाइसँगको तस्बिरसँगै थप दुई तस्बिर पनि पोस्ट गरेकी छन् उनले आफ्नो फेसबुक वालमा । तीमध्ये एउटा, आमा कल्पना सुवेदीको हो भने अर्काे उनका बाबु दुर्गा सुवेदीको । बाबु दुर्गाको श्यामश्वेत रंगको पुरानो तस्बिरमुनि लेखिएको छ : सहिद दुर्गा सुवेदी, जन्म : जेठ २००२, शहादत : कात्तिक २०३६ । 

विसं ०३६ को शरद याममा जनकपुर अञ्चल प्रशासनले सिन्धुलीमा कम्युनिस्ट विरोधी अपरेसन सुरु गर्‍यो । त्यसक्रममा वामपन्थी नेताहरू ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी र दलबहादुर रञ्जन मगर गिरफ्तार गरिए । पक्राउ परेका सुवेदीको जिउँदै चार हातखुट्टा काटियो । दाउराको खलियोमा उनको बाँकी शरीर राखियो र मट्टीतेल छर्केर आगो लगाई हत्या गरियो । हाल नयाँ शक्ति नेपालको सचिवालय सदस्य तथा सिन्धुलीका पूर्वमाओवादी नेता गंगानारायण श्रेष्ठकी जीवनसंगिनी समेत रहेकी सुवेदी भन्छिन्, “माओवादी जनयुद्धप्रति राजा वीरेन्द्रले उदारता देखाएकै हुन् । तर, उनकै शासनकालमा बुबाको हत्या जसरी भयो, त्यो सम्झँदा वीरेन्द्रलाई कसरी प्रजातन्त्रवादी मान्ने भन्ने प्रश्न मनमा आइहाल्छ ।”

बन्दनाका बुबा दुर्गा सुवेदी मात्र होइन, राजा वीरेन्द्रको शासनकाल १७ माघ ०२८ देखि १९ जेठ ०५८ सम्ममा प्रजातन्त्रका लागि लडेका यज्ञबहादुर थापा, योगेन्द्रमान शेरचनजस्ता थुप्रै योद्धाहरू छानीछानी मारिए । सत्ता प्रायोजित राजनीतिक व्यक्ति हत्याको शृंखला नै चलाइयो उनको शासनकालमा तर पनि जनता पञ्चायत र दरबारविरुद्धको आन्दोलनबाट पछि हटेनन् (हेर्नूस्, हत्यै हत्या) । जनआन्दोलनका कारण जब गद्दीमाथि नै खतरा महसुस गरे, जनदबाब अनुभूत गरे, तब राजा वीरेन्द्रले कहिले जनमतसंग्रहको घोषणा गरे, कहिले पञ्चायतभित्रै वालिग मताधिकारका आधारमा प्रतिनिधि चुन्ने व्यवस्था ल्याए । ०४६ मा आन्दोलनकारीहरू एकत्रित भएर दरबारतिरै सोझिएपछि आत्तिएका राजा वीरेन्द्र बहुदलीय व्यवस्थाको घोषणा गर्न बाध्य भए । खासमा आफ्नो झन्डै ३० वर्षको शासनकालमा ‘प्रजातन्त्र’का नाममा राजा वीरेन्द्रले गरेको यत्ति नै हो । तर, यो बेग्लै कुरा हो कि, राजनीतिक सन्दर्भमा अनुदारवादी भए पनि वीरेन्द्र शालीन, भलाद्मी र साधारण जीवनशैली रुचाउने राजा थिए । 

तर, संसारलाई अहिंसाको पाठ सिकाएका मूर्तिपूजाका विरोधी गौतम बुद्ध साकार भगवान्का रूपमा पुजिएजस्तै, कतिपयका आँखामा राजा वीरेन्द्र पनि ‘प्रजातान्त्रिक राजा’ हुन् । आगामी १४ पुसमा उनको ७१औँ जन्मजयन्ती मनाइँदै छ । र, सम्भवत: त्यहाँ पनि उनलाई ‘प्रजातन्त्रवादी राजा’का रूपमा व्याख्या गरिनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, “नेपाली जनताको संघर्षका कारण मात्र बहुदलीय व्यवस्था पुन:वहाली गर्न बाध्य भएका थिए उनी । साँच्चिकै प्रजातन्त्रवादी भइदिएका भए बाबु राजा महेन्द्रका पालामा अपहृत प्रजातन्त्र ०२८ मा आफू राजा हुनासाथ जनतालाई फिर्ता गरिहाल्थे नि !”

Friday, December 23, 2016

सम्पादकको अवसान


प्रतीक प्रधान
 
भारतका एकजना प्रतिष्ठित पत्रकार तथा विभिन्न ठूला पत्रिकाका सम्पादक रहिसकेका भारत भुषण हालै नेपाल भ्रमणमा रहेका बेला एउटा सार्वजनिक संवादमा घोषणा गरिदिएसंसारको सबैभन्दा ठूलो लोकतन्त्रमा सम्पादकको अवसान भएको छ। तर यो चिन्ता उनको मात्र होइन। 

भारतीय पत्रकारिताको इतिहास बुझेको सबैले भन्छन् अब भारतमा पत्रकारिता छैन केबल विज्ञापनकारिता बाँचेको छ। अर्थात् अब समाचार र विज्ञापनबीचको विभेद हटेको छ। पाठकहरू विज्ञापनका लागि पत्रिका किन्छन् वा टेलिभिजन हेर्छन् र प्रकाशकहरू विज्ञापन बेच्न पत्रिका छाप्छन् वा कार्यक्रम प्रसारण गर्छन्।

कामकुरो एकातिर, कुम्लो बोकी 'कुसुम'तिर

मोहन मैनाली

गोरखाकी कुसुम श्रेष्ठ तरकारी बोकेर बजार आइन् । यसो गर्नु उनका लागि नौलो थिएन । तैपनि, उनको फोटो सामाजिक सञ्जालमा छापियो । यहाँसम्म ठीकै थियो । त्यसपछि उटपट्याङमा रमाउने भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनी छाइन् । यसपछि हाम्रा सञ्चारमाध्यममा आइन् ।

विदेशमा धेरै प्रचार पाएकी कुसुमबारे अलिअलि जानकारी हाम्रा सञ्चारमाध्यममा आयो । यसले केही नेपालीमा रहेको कुसुमबारेको खसखस मेटाइदियो । यतिसम्म त ठीकै थियो तर विस्तारै हाम्रा सञ्चारमाध्यम उनका पछि ज्यान दिएर लागे । नेपाली सामाजिक सञ्जालमा सञ्चारमाध्यमको यस्तो प्रवृत्तिको आलोचना भयो । काम न काजका विषयमा ध्यान दिएको भनी सञ्चारमाध्यममाथि निकै रिस पोखियो ।

हामी बेलाबेलामा कम महत्त्वपूर्ण विषयका पछाडि लाग्छौं । कहिलेकाहीँ त पछि लाग्नै नहुने विषयका पछि लाग्छौं । यसका केही बेफाइदा छन्- पहिलो, पत्रकारितामा आउने नयाँ मानिसलाई पत्रकारिता भनेको यही रहेछ भन्ने भान पर्छ । दोस्रो, यस्ता काम बारम्बार दोहोर्‌याउँदै जाँदा हामी पहिलेदेखि पत्रकारिता गरिराखेका मानिसलाई पनि नपत्रकारिता पनि पत्रकारिताजस्तो लाग्न थाल्छ । तैपनि हामी यसो गरिरहन्छौं । नपत्याए हामीले गरेका केही नकामका उदाहरण हेरौं ।

रहेन पत्रकारिता राज्यको चौथो अंग

मोहन मैनाली
सिद्धान्ततः पत्रकारितालाई राष्ट्रको चौथो अंग मानिएको छ । भनिआएका कुरा नकार्न दह्रो प्रमाण चाहिन्छ । तर, पत्रकारितालाई चौथो अंग भन्न सक्ने अवस्था भने छैन । हामी चौथो अंगबाट अरू नै अंगमा रूपान्तरित भयौँ कि ? चौथो अंग हुनाका लागि त आवाजविहीनका आवाज उठाउने, नसुनिएका कुरा सुनाउने गर्नुपर्छ । अनि मात्रै पत्रकारितालाई चौथो अंग भनेर दाबी गर्न सकिएला । शक्ति र सत्तामा हुनेले जसरी, जुनवेला प्रयोग गर्छन्, त्यसरी नै हामी प्रयोग भइरहेका छौँ । लाग्छ- हामी आपै"m शक्तिमा बसेकालाई दुरुपयोग गर्न सहमति दिँदै आएका छौँ 


भनिन्छ- पत्रकारितामा आउन चाहने मानिस शिक्षित हुनुपर्छ । सायद हाम्रोमा त्यो अवस्था छैन कि ? हरेक दृष्टिले पत्रकारितालाई गौरवमय व्यवसाय बनाई शिक्षित वर्गलाई यतातिर आकषिर्त गर्दै हामी अर्काको लठ्ठी बन्नबाट जोगिनुपर्छ । नत्र हामीले विवेक गुमाउँदै जान्छौँ । विवेक त अरूले पनि गुमाइरहेका छन्, तर उनीहरू आफ्नो स्वार्थका लागि विवेकी छन् । हामीचाहिँ आफ्नो स्वार्थसम्म पनि नहेर्ने भयौँ 
हामी अरूले गरेको गल्तीचाहिँ खुट्टयाउँछौँ, आफूले गरेको गल्ती खुट्टयाउन अरूलाई मौका दिँदैनौ । त्यसो भएपछि नेपाली सञ्चारमाध्यमलाई कसरी सबैको भरोसायोग्य मान्ने ? हामीले अस्तिको दिन लेखेको समाचार आजसम्म सही भयो कि भएन भनेर आत्मसमीक्षा गर्नपट्ट िकहिल्यै लागेनौ । ६ महिनाअघि लेखेकै कुरा ६ महिनापछि पनि लेखिरहेका हुन्छौँ । लेख्नै पर्छ भने 'योचाहिँ अस्तिकै सदर है' भनेर लेखिदिए भइगयो नि 

संकटमा सम्पादक

नारायण वाग्ले

सन् १९९९ को भारत र पाकिस्तान वार्ता असफल भएपछि द्विदेशीय सम्बन्ध सिंहावलोकन छलफल कार्यक्रमको प्रमुख वक्ता बनेर पाकिस्तानी अंग्रेजी पत्रिका ‘फ्राइडे टाइम्स'का सम्पादक नजम सेठी भारत आएका थिए। कार्यक्रम समापनपछि आफ्नो देश फर्केकै राति सेनाले उनको घरमा छापा मारेको थियो र बन्दुक देखाउँदै उनलाई पिटेको थियो। उनकी श्रीमती तथा टाइम्सकी प्रकाशक जुगनु मोहसिनले पक्राउ पुर्जी माग्दा एउटा सिपाहीले ठाडो जवाफ दिएको थियो, 'केको पुर्जी? म यिनलाई यहीँ गोलीले भुटिदिन्छु र पुर्जीका रूपमा उनको शव छाडिदिन्छु।' त्यसपछि आफ्नो देशविरुद्ध बोलेको भन्दै सेनाले उनलाई राष्ट्रघातको अभियोग लगाएर अज्ञात ठाउँमा थुनेको थियो। त्यतिखेर नवाज सरिफ प्रधानमन्त्री थिए र उनको सरकारको उच्चतहमा भइरहेका भ्रष्टाचारको खोजबिन सेठीले छापिरहेका मात्र थिएनन् बाहिरी सञ्चार माध्यमसँग त्यसबारे अन्तर्वार्ता दिइरहेका पनि थिए।

साँघुरो राष्ट्रवाद भारत र पाकिस्तानका विशेषता बनेको औंल्याउने सेठी मूलधारका भारतीय र पाकिस्तानी सञ्चार माध्यमका आलोचक हुन्। भारत र पाकिस्तानबीच समस्या बढाउन मिडिया आफै लागेको उनी ठान्छन् किनकि दुई देशका प्रधानमन्त्रीहरू शान्तिका लागि छिमेकी राजधानीमा हात बढाउन पुग्दा सबभन्दा विरोध पत्रकारहरूले गरेको पाइएको छ। भारतीय प्रधानमन्त्रीले पाकिस्तानसँग सम्बन्ध सुधार्न लागे भने बढी विरोध भारतीय पत्रकार गर्छन्। त्यस्तै पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग सम्बन्ध विकास गर्न लागे भने त्यसको बढी विरोध गर्ने पाकिस्तानी पत्रकार हुन्छन्।

मिडिया अर्थात् संगठित झुट

उमेश चौहान

मिडिया पब्लिक रिलेसन भनेको संगठित झुट होभारतीय वरिष्ठ पत्रकार विनोद मेहताले आफ्नै पत्रिका आउटलुकमा गत डिसेम्बरमा यस्तो लेखेपछि पत्रकारिताका धेरै विद्यार्थी स्तब्ध भए उनको भनाइ जति विष्मयकारी , उनले दिएको उदाहरण त्यत्तिकै जोडदार प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा गत डिसेम्बरको तेस्रो साता भारत भ्रमणमा आएका थिए बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन दिल्लीमा राष्ट्रपति मुखर्जी प्रधानमन्त्री डा. सिंहलाई भेटेपछि क्यामरुन सीधै कोलकातातिर लागे इस्टइन्डिया कम्पनीले कोलकातामा पहिलो पाइला राखेर तथा पछि चालेर सिंगो भारतमाथि शासन गरेको थियो भन्ने बिर्सिएजस्तो गरी कोलकातामा क्यामरुनको भव्य स्वागत भयो रातापहेँला बत्तीले जगमगाउँदा दर्जनौँ गाडीका बीचमा कोलकाताको सहरमा हुइँकिएका क्यामरुनले आफ्नो गाडी बीचबाटोमै रोक्न चालकलाई आदेश दिए शक्तिशाली देशको पाहुना प्रधानमन्त्रीको गाडी अचानक बीचमै रोकिएपछि अगाडि बढिसकेका सुरक्षाकर्मीका गाडीका लस्कर सेकेन्डमै ब्याकगेयर फर्किए अपशकुनको सन्त्रासमा सुरक्षाकर्मीले हतियार सोझ्याए, ब्रेकिङ न्युजको आशमा पत्रकारले क्यामरा तेस्र्याए कोलकाताको पार्क स्ट्रिट क्षणभरमै संसारभरिको सबैभन्दाह्यापेनिङ स्पटबनिसकेको थियो त्यहीबीचमा क्यामरुन महोदय गाडीबाट टक्क झरेर फुटपाथतिर लम्किए, फुटपाथमा अनुराग चौहान सधैँजस्तै स्ट्रिट फुड बेचिरहेका थिए प्रधानमन्त्री महोदयले चौहानको भेण्डरमा सबै परिकार हेरेपछि दालबडा अर्डर गरे माहोल स्तब्ध थियो, जब क्यामरुनले पुदिनाको चट्नीमा चोबेको दालबडा खाएर चट्ट जिब्रो पड्काए, एकैपटक पचासौँ क्यामराका फ्ल्यास झलल्ल बले क्यामरुनले १० पाउन्डको नोट दिएर चौहानको यो जुनी सार्थक बनाउँदै गाडीमा फर्किए, उनको लावालस्कर अगाडि बढ्यो उनले गाडीबाटै ट्विट गरे, ‘कोलकातामा दालको मसलादार केक निक्कै मनपर्यो

सम्पादकको ध्यान कता छ?


आकार पटेल-

'दक्षिण केरोलिनाका पुलिस अधिकारीमाथि हत्या आरोप तय' आठ अप्रिलमा अमेरिकाको न्यूयोर्क टाइम्समा यो मुख्य खबर थियो। उक्त पुलिस अधिकारीले एक निहत्था काला जातीका व्यक्तिको हत्या गरेका थिए।

पछिल्लो केही महिनाबाट विभिन्न अपराधको रेकर्ड भएका काला जातिका व्यक्तिहरुमाथि गोरा जातिका पुलिसकर्मीहरुले गोली हान्ने घटनाले अमेरिका त्यहाँको मिडियामा आक्रोश पैदा भएको छ।

अब भारतमा हेरौँ। आठ अप्रिलमै भारतको टाइम्स अफ इण्डियको मुख्य खबर थियो- 'मल्टिप्लेक्स सिनेमाहलमा साँझ बजे मराठी फिल्म देखाउन अनिवार्य' दिल्लीमा हिन्दुस्तान टाइम्सको मुख्य खबर थियो- डिजेल गाडीको लागि १० बर्षको समयसीमा।

यी पत्रिकाहरुको समाचारको मुख्य खबर अन्य विषयमा त्यतिबेला छापियो जसको ठिक एक दिन पहिला आन्ध्र प्रदेश पुलिसले काठ चोरीको घटनामा २० जनाको हत्या गरेको थियो। जसमा अधिकांश तमिल थिए।

पत्रकारितालाई सबभन्दा खतरा मिडियाबाटै


पी साइनाथ

एक पत्रकारका निम्ति कुनै पनि घटनामा ‘यसरी काम गर्नुपर्छ’ भनेर कतै उल्लेख छैन। पत्रकारको पहिलो कर्तव्य नै जे देखेको छ त्यसलाई जस्ताको त्यस्तै वर्णन गरिदिने हो। 
 

तर, जतिबेला प्रतिभावान तन्नेरीहरू सीप र प्रतिबद्धताका साथ यस पेसामा आकर्षित भइरहेका छन्, ठीक त्यही बेला मिडिया आफैं प्रतिगामी दिशातर्फको संक्रमणमा गइरहेको छ। जे–जस्ता समाचारले असमानताका कथा बोकेका हुन्छन्, त्यस्ता समाचार निम्ति आवश्यक पर्ने ‘बिट’हरू नै पत्रकारिताबाट हराउँदै गइरहेका छन्। यो पत्रकारिताका निम्ति गजबकै ‘ट्रेजेडी’ हो।


मैले यस पेसामा ३६ वर्ष बिताइसकेको छु। सन् १९८० को सेप्टेम्बर पहिलो तारिखका दिन युनाइटेड न्युज अफ इन्डिया (युएनआई) मा मैले काम सुरु गरेको थिएँ। त्यतिबेला मेरो जोश र जाँगर नै बेग्लै थियो। मैले अत्यन्त उच्च मनोबलका साथ पत्रकारिता गरिरहेका सिनियरहरूसँग काम गर्ने मौका पाएको थिएँ।


एकदिन युएनआईको क्यान्टिनमा एउटा गतिलै झडप भयो। बिजनेस रिपोर्टरले लेबर रिपोर्टरलाई खुलेआम पिटिदिए। त्यही बेलादेखि लेबर रिपोर्टर हटाउन सुरु भयो। अहिले आएर यो लोप भइसकेको एउटा प्रजाति बन्न पुगिसकेको छ। आज भारतभर कुनै एउटा पत्रिकासँग पनि पूर्णकालीन लेबर रिपोर्टर छैन। आज लेबर अर्थात् मजदुरका सरोकारबारे कसले रिपोर्ट गर्छन् त भन्दा, उद्योगहरूसँग सम्बन्ध सुमधुर राख्ने दायित्व बोकेका तिनै बिजनेस रिपोर्टरहरूले।

समाचारको व्यापार


पी साइनाथ 

हामी पत्रकारहरू आफूलाई राज्यको चौथो अंग भएकोमा गर्व गर्छौं। तर, पछिल्ला तीनचार वर्षयता सञ्चार माध्यमहरू यति व्यापारमुखी हुँदै गएका छन्, यो 'फोर्थ स्टेट' (चौथो अंग) हो कि 'रियल स्टेट' (घरजग्गा कारोबार) भन्नै गाह्रो छ। अतिव्यापारमुखी सञ्चार माध्यमले संस्थागत रूपमै झुठो बोल्छ। सञ्चार माध्यमहरूबीचको चर्को प्रतिस्पर्धाले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको छ। सन् २००९ नोभेम्बर महिनामा 'दी हिन्दु'को पहिलो पृष्ठमा हामीले एउटा समाचार छाप्यौं, जसले पत्रकारितामा नयाँ शब्द जन्मायो- 'पेड न्युज' अर्थात्, पैसा लिएर छापिएको समाचार। यो शब्द महाराष्ट्रको विधानसभा निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार र विभिन्न सञ्चार माध्यमबीच भएको लेनदेनलाई आधार मानेर जुराइएको हो।

महाराष्ट्रको विधान सभामा जम्मा २ सय ८८ सिट हुन्छन्। त्यतिबेला निर्वाचनको प्रचारप्रसार जोडतोडका साथ चलिरहेको थियो। महाराष्ट्रमा हिन्दी, अंग्रेजी, मराठी लगायत विभिन्न भाषाका अखबार प्रकाशन गर्ने एउटा ठूलो सञ्चार गृहले आफ्ना नौजना सम्पादकहरूको गोप्य बैठक डाक्यो, पुनामा। बैठकमा कम्पनीका प्रमुख व्यवस्थापक, कार्यकारी अधिकृत लगायत कर्पोरेट इकाईका सबै कर्मचारी थिए।

सम्पादकको अवशान


भारत भुषण


केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये केही सार्वजनिक कम्पनी छन्। कर्पोरेट लगानी भित्रिने क्रम बढ्दो छ।  

निजी टेलिभिजन च्यानलहरू एनडिटिभी, टिभी टुडे, इन्डिया टुडे गु्रप सार्वजनिक कम्पनीमा परिणत भएका छन्। यी कम्पनी सेयर बजारमा सूचीकृत छन्। सरकारले सञ्चार माध्यममा २६ प्रतिशत वैदेशिक लगानी स्वीकृत गरेकाले विदेशी लगानीकर्ता धमाधम पत्रपत्रिकालगायत सञ्चार माध्यममा प्रवेश गरिरहेका छन्।