नेपाल लाइभ
पुस ४, २०७४| प्रकाशित १२:१४
हरिनारायणप्रसाद सा रौनियार पर्सा ३ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार रहेका उनले १५ हजार १ सय ६८ मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले १३ हजार १ सय ८ मत मात्रै पाए।
रौनियार पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि रौनियारसँग किशोर दहालले गरेको कुराकानीः
जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?
बहुदलपछिका ३० वर्षमा यहाँ नेपाली कांग्रेस र एमालेका नेताहरुले पटकपटक चुनाव जिते तर कुनै पनि विकास निर्माणको काम हुन सकेन। जनताको जीवनस्तर उठाउने तिर उनीहरुको ध्यान गएन। त्यतिमात्रै होइन, उनीहरु चुनाव जितेर गएपछि फर्कंदैन थिए। त्यस्तै गणतान्त्रिक संविधानमार्फत जनताको हकअधिकारलाई कुण्ठित पार्ने काम पनि गरे। त्यसकारणले जनतामा परिवर्तनको चाहना देखिएको थियो। त्यही चाहनाअनुसार नै मलाई रोजे। उनीहरुले मलाई रोज्दा विकास गर्छ भन्ने पनि विश्वास राखेको बुझेको छु।
पहिलो पटक सांसद बन्नुभएको छ। संसद् बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाही कस्तो होला भन्ने सोच्नुभएको छ?
मलाई धेरै रुचि छ। म सांसद भएर संसद् भवनमा कुनै किसिमको रमाइलो गर्न जाने होइन। संविधानमा जसरी हाम्रो अधिकार कुण्ठित भएको छ, त्यसलाई कसरी पूरा गराउने मुख्य दायित्व हो। संविधानकै माध्यमबाट मधेसीप्रति राज्यले भेदभावको नीति लिएको छ। त्यसलाई अन्त्य गर्नको लागि मेरो पुरानो अनुभव प्रयोग हुन्छ। मेरो खास रुचि पनि त्यतातिर छ। त्यो काम म गर्छु। त्यस्तै संसदमा संसदीय कुरा गर्ने हो , कानुनका कुरा र नीति निर्माणको कुरा गर्ने हो। म पढेलेखेको नागरिक पनि भएकाले त्यो पूरै नयाँ ठाउँ भने होइन।
मधेसप्रति संविधानमा विभेद छ भन्नुभयो। त्यसको अन्त्यका लागि केके गर्नुहुन्छ?
त्यसका लागि अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्छौं। अहिले एमालेको बहुमत आएको अवस्था छ, ऊसँग पनि वार्ता गर्छौं। पार्टीले वार्ता गर्छ। म एउटा जनप्रतिनिधि भएकाले त्यसका निम्ति पहल गर्छु। मुख्यगरी संविधानमा संशोधन गरेर विभेदलाई हटाउने प्रयास गर्छौं।
तत्कालै गरिहाल्छु भन्ने केही योजना छ?
सबैभन्दा तत्कालीन र ठूलो काम भनेको जनतालाई अधिकार दिलाउने हो। त्यसपछि मात्रै विकासको कुरा आउँछ। संविधानमा विभेद भएको छ नै। यहाँ त विकासमा पनि विभेद भएको छ। शिक्षा र स्वास्थ्यका कुरामा पनि विभेद भएको छ। मेरो प्रयास यिनै विभेद हटाउनेमा केन्द्रित रहने छ। पहिले नागरिकको मर्यादित अधिकार हुनुपर्छ। त्यसपछि अन्य अधिकार र विकास हुँदै आउँछ। त्यसमा हामी सफल हुन्छौं भन्ने लाग्छ। अन्य कुराचाहिँ विकासका योजनामा परेर पनि काम नभएकालाई पूरा गराउन पहल गर्ने र नयाँ योजनाका निम्ति पहल गर्ने मेरो पहल हुनेछ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/9178

No comments:
Post a Comment