नेपाल लाइभ
मंसिर ७, २०७४| प्रकाशित २३:३९
१ सय ६५ क्षेत्रमा हुन लागेको प्रतिनिधिसभाको चुनाव अन्तर्गत चर्चित क्षेत्रमध्ये पर्छ, गोरखा २ । यहाँबाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुई पटक माओवादीका उम्मेदवारका रुपमा सो जिल्लाबाट जितेका भट्टराई यस पटक नयाँ शक्ति पार्टीका तर्फबाट चुनावमा होमिएका हुन्। नयाँ शक्तिका अन्य क्षेत्रका उम्मेदवारहरुबारे खासै चर्चा नसुनिए पनि भट्टराई भने निकै चर्चामा छन्।
चुनावी प्रचारका क्रममा गोरखामै रहेका भट्टराईसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानी:
यसअघिका दुई निर्वाचनमा गोरखाबाट तपाईंले व्यक्तित्वका कारणले जित्नुभएको थियो कि माओवादीको संगठनका कारण?
मूल रुपमा मैले लोकतन्त्र र गणतन्त्रका लागि त्याग र बलिदानको बाटो लिएँ। त्यसै क्रममा माओवादी आन्दोलनको निर्माण भएर आयो। त्यसमा माओवादी र बाबुराम भट्टराई अन्योन्याश्रित ढंगले जोडिएका थिए। त्यसैले ती दुइटालाई अलग गरेर हेर्न मिल्दैन। दुवैको योगदानका कारण मैले पहिले जितेको हुँ। अब पनि जित्छु।
यस पटक चाहिँ तपाईंको जितको आधार के हुन्छ त?
संविधान निर्माणका लागि मैले भूमिका खेलेको छु। संविधानसभाका निम्ति गोर्खाली जनताले मलाई जुन जिम्मेवारी दिएका थिए, त्यो मैले पूरा गरेको छु। त्यो पहिलो आधार हो। त्यस्तै, म निरन्तर रुपमा गोर्खाली जनतासँग जोडिएको छु। म प्रत्येक महिना गोरखा आएको छु र गोरखाको विकास निर्माणका लागि बाटाघाटा, पहाडी लोकमार्ग, विभिन्न परियोजना लगायतका रणनीतिक पूर्वाधारहरु तयार गर्नमा भूमिका खेलेको छु। विकास र समृद्धिका लागि मेरो योगदान, इमानदारी र लगनशीलतालाई कदर गर्दै जनताले पुन: जिम्मेवारी दिन्छन् भन्ने कुरामा म विश्वस्त छु।
यो चुनावमा तपाईंको प्रतिस्पर्धी तपाईंले विगतमा वैचारिक प्रतिस्पर्धा/संघर्ष गरेकै व्यक्ति हुनुहुन्छ। यो चुनाव त्यसैको विस्तारित रुप हो कि फरक खाले प्रतिस्पर्धा/संघर्ष हो?
होइन। उहाँसँग कुनै प्रतिस्पर्धा नै होइन। उहाँ गोरखामा जन्मिनुभएको मात्रै हो। यो उहाँको कार्यक्षेत्र कहिल्यै पनि रहेन। उहाँलाई गोर्खाली जनताले कहिल्यै पनि चिनेनन्। कहिलेकाहीँ आक्कलझुक्कल देखिनुभएको मात्रै हो। त्यसैले मलाई उहाँसँग प्रतिस्पर्धाको कुनै सूचनै छैन।
चुनौती छैन?
छैन। गोर्खाली जनताले मलाई जिताउँछन्, त्यसमा म ढुक्क छु। गोर्खाली जनताले स्वयं त्यो बताइरहेका छन्।
तपाईंहरु दुवै जना राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। तर, चुनाव प्रचारका क्रममा व्यक्तिगत आक्षेपहरु लगाइरहनुभएको सुनिन्छ। राष्ट्रिय नीतिकै विषयमा, विकासको मोडलमा बहस गरे हुँदैन?
मैले कसैलाई आपेक्ष लगाउने काम गरेको छैन। मैले त आफूले गरेको कामको आधारमा जनतासँग मत मागिरहेको छु। त्यो कुरा जनताले पनि बुझेका छन्। अरुले के बोले, मैले सुन्ने गरेको पनि छैन। त्यसमा जवाफ फर्काउने पनि गरेको छैन।
नयाँ शक्तिको तर्फबाट तपाईं एक जनाले जिते पनि संसदको गणित र निर्णयमा खासै निर्णायक भूमिका खेल्न सक्ने होइन। त्यसैले तपाईंलाई जिताउनु बेकार हो भन्ने विश्लेषण पनि गरिन्छ नि!
गलत कुरा हो। जित्न त सबैले एक्लै-एक्लै जितेर जाने त हो नि। १६५ मध्ये सबैले एक्लै-एक्लै जितेर जाने हो। दोस्रो कुरा, नयाँ शक्ति पार्टी यसपटक राष्ट्रिय पार्टीका रुपमा आउँछ। अर्को पटक प्रमुख पार्टी बन्ने हाम्रो लक्ष्य छ। देशमा एजेन्डा सेट गराउन हिजो हामीले हिजो पनि भूमिका खेलेका थियौं, भोलि पनि खेल्न सक्छौं। संसदमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं। यो देशमा जुन खालको शासकीय स्वरुप छ, त्यहाँ स्थिर र बहुमतको सरकार बन्न गाह्रो छ। त्यो अवस्थामा हामीले भूमिका खेल्न सक्छौं। यी सबै कुरा हिसाब गर्दा, आगामी दिनमा नयाँ शक्ति पार्टीको महत्त्वपूर्ण भूमिका रहन्छ।
नयाँ शक्तिको सम्पूर्ण ऊर्जा गोरखा २ मा मात्रै केन्द्रित भइरहेको देखिन्छ। अन्यत्रको उम्मेदवारप्रति किन उदासीन? पार्टीकै तर्फबाट उनीहरुलाई जिताउन किन पहल नभएको?
त्यो सत्य होइन। एउटा प्रचार मात्रै त्यसरी भएको हो। तर, हाम्रा साथीहरु विभिन्न ठाउँमा खटिइरहनुभएको छ। राम्रै भइरहेको छ। त्यसैले नयाँ शक्तिको एउटा सम्मानजनक मत आउँछ र राष्ट्रिय पार्टीको रुपमा उदय हुन्छ।
स्थानीय तहको चुनावको मत हेर्दा तपाईंको क्षेत्रमा लोकतान्त्रिक र वाम गठबन्धनको मत झन्डै बराबर छ। यस्तो अवस्थामा लोकतान्त्रिक मतलाई जोगाउँदै वामपन्थी गठबन्धनको मतलाई तान्न कतिको सकस छ?
स्थानीय तहको चुनावमा हामीले तयारी नै गर्न पाएका थिएनौं। निर्वाचन आयोगले दिएको आँखा चिह्न पनि प्रयोग गर्न पाएनौं। त्यसैले अरुको चिह्न सापट लिएर जानुपरेको थियो। यस्ता विभिन्न कारणले राम्रो मतको अपेक्षा गर्न सक्ने अवस्था त्यतिबेला थिएन। अहिले हामीसँग आफ्नै चुनाव चिह्न छ र खुला ढंगले आफ्नो नीति र विचार लिएर जनतामाझ जान सकेका छौं। त्यसैले यसपटक हाम्रो चुनावी प्रदर्शन राम्रो हुनेछ।
केही दिनअघि केही व्यक्तिले ‘अवसरवादको प्रतिनिधि पात्र बन्न पुगेका’ बाबुराम भट्टराईलाई ‘गोरखाका पारखी जनताले पहिचान गरी सही निर्णय हामीले अपेक्षा गरेका छौं’ भनी एउटा विज्ञप्ति जारी गरे। यसबारे केही प्रतिक्रिया छ?
मेरो बारेमा अरुले के भन्छन् भनेर सुनिरहने फुर्सद छैन। बाबुराम भट्टराई गाउँमा जन्मेको सामान्य व्यक्ति हो, जो देशका लागि ज्यान छोडेर लाग्यो। जसलाई गोर्खाली जनताले मलाई राम्रोसँग बुझेका छन्। को अवसरवादी हुन् भनेर जनताले राम्रोसँग छुट्याउँछन्। देश र जनताका लागि मर्न तयार हुने र जुनसुकै जोखिम बेहोर्न तयार हुने व्यक्ति अवसरवादी हो कि पद प्रतिष्ठाको लागि चहार्दै हिँड्ने मान्छेहरु अवसरवादी हुन्, जनताले छुट्याउँछन्। गोर्खाली जनता धेरै पारखी पनि छन्। त्यस्ता खालका दुष्प्रचारले गोर्खालीमा कुनै प्रभाव पर्छ जस्तो मलाई लाग्दैन।

No comments:
Post a Comment