नेपाल लाइभ
मंसिर १२, २०७४| प्रकाशित २०:२७
प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४३ जिल्लामा हुँदै छ। संघीय संरचना अनुसार हुन लागेको यो निर्वाचनमा प्रदेश २ अन्तर्गत तराईका आठ जिल्लाका मतदाताले पनि मताधिकारको प्रयोग गर्दै छन्।
तराईको जिल्लामा स्थलगत रिपोर्टिङमा जाँदा नेपाल लाइभका किशोर दहालले निर्वाचनको सन्दर्भमा सिरहा क्याम्पसका सहायक प्राध्यापक चन्द्रेश्वरप्रसाद यादवसँग गरेको कुराकानीः
आगामी चुनावलाई कसरी हेरिरहनुभएको छ?
लोकतन्त्रमा चुनाव अनिवार्य हुन्छ। चुनाव लोकतन्त्रको मुटु हो। चुनाव भएन भने लोकतन्त्रको अर्थै भएन नि!
तर यो चुनाव विशिष्ट समयमा हुन लागेको छ। जुन संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा लामो समयसम्म संघर्ष भयो, त्यही संविधान कार्यान्वयनका लागि चुनाव भइरहेको छ। त्यो संघर्ष र यो चुनावलाई जोडेर केही भनिदिनुस् न!
मधेसले आफ्नो माग बिर्सेको छैन। उसले आफ्ना मागलाई थाती राखेको हो। प्रमुख तीन दल मिलेर संविधान संशोधनलाई असफल बनाएका हुन्। मधेसी दलसँग मिलेको जस्तो पनि देखिने र संविधान संशोधन पनि नहुने वातावरण बताएका हुन्। मधेसी दललाई अलमलमा पारेर चुनावसम्म पुर्याउने उनीहरुको दाउपेच थियो। त्यो कुरा त मधेसी दलहरुले पनि बुझेका थिए। तर, उनीहरु बाध्यतामा परेका थिए। उनीहरु जुन किसिमको प्रक्रियामा थिए, त्यसैमा रहिरहने हो भने त मुलुक अनन्त कालसम्म अवरुद्ध भइरहने थियो। उनीहरुले नै बाटो खोलेर जनतासमक्ष गएका हुन्। उनीहरुले चाहेर मात्रै दुई तिहाइ नपुग्ने भएपछि जनतामा गएका हुन्। उनीहरु लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा आएका हुन्।
यो चुनावमा मधेसकेन्द्रित दलले केही सिट जित्दैमा संविधान नै संशोधन हुनसक्छ र?
यो लामो प्रक्रिया हो। तुरुन्तै हुँदैन। मधेसका जनताहरु, पहाडका जनजातिहरु, दलितहरु, महिलाहरु सबै जागेपछि संशोधन हुन्छ। निर्वाचित भएर गए पनि मधेसी दलहरुले संसदमा संशोधनबारे कुरा उठाउँछन् नि! संघर्ष गर्छन्। बिस्तारै जनता पनि सचेत हुनेछन्। मधेसका जनता पनि सचेत भएका छन्, तर जुन रुपमा हुनुपर्थ्यो, त्यति भएका छैनन्।
सामान्य मतदाताले मत दिँदै गर्दा उम्मेदवारको के कुरा प्राथमिकतामा राख्छन्?
धेरै कुरा प्राथमिकतामा पर्छ। मुख्य रुपमा उम्मेदवारको व्यक्तितव नै प्राथमिकतामा पर्छ। समाज र राष्ट्रको लागि ऊ उपयुक्त छ कि छैन भन्ने ख्याल गरिन्छ। उसको विगतको काम, इमानदारी आदि कुरा पनि हेरिन्छ। जनतासँग कत्तिको घुलमिल भएको छ, त्यो पनि हेरिन्छ। जतिसुकै विद्वान् भए पनि जनतासँग नजिक छैन भने ऊ प्राथमिकतामा पर्दैन। आम नागरिकलाई विद्वान् हो कि होइन भन्नेसँग मतलब हुँदैन। उनीहरुलाई त पासपोर्ट, नागरिकता कसले बनाइदिन्छ भन्ने कुरासँग मतलब हुन्छ। खानेपानी, बाटोघाटो पुर्यािइदिने, मालपोत, अदालत, अस्पतालमा काम गराइदिने नेता खोज्छन् साधारण मतदाताले।
चुनावी परिणाम कस्तो आउला भन्ने तपाईंको अनुमान छ?
वाम गठबन्धनले हिमाल, पहाड र तराई सबैतिर तहल्का मच्चाइरहेको छ। राजनीतिमा दुई र दुई जोड्यो भने पाँच हुन्छ। पाँचबाट दुई घटायो भने दुई हुन्छ। वाम गठबन्धन अहिले दुई र दुई जोडिएको अवस्था हो। मधेसमै पनि यिनीहरुको अवस्था राम्रो देखिन्छ। मधेसी जनतामा अन्तिममा मधेसको सेन्टिमेन्ट जाग्यो भने मधेसी दलको राम्रो स्थिति आउन पनि सक्छ।
त्यस्तो भावुकता आउने सम्भावना पनि छ?
त्यो सम्भावना छ। त्यसो भयो भने मधेसकेन्द्रित दलको पक्षमा मत जान सक्छ। नेतृत्वले जनतालाई आश्वस्त तुल्याउन सक्यो भने मधेसी दलप्रति लहर आउन सक्छ। त्यो क्षमता देखाउन र कार्यकर्तालाई परिचालन गर्न सक्छन् कि सक्दैनन् भन्नेचाहिँ हेर्नै बाँकी छ।
मधेसकेन्द्रित दलले नभई मूलधारका राष्ट्रिय दलले नै जिते भने त्यसको परिणाम के हुन्छ?
मधेसको मुद्दा अझ बढी दबिन्छ। किनकि, यिनीहरु संविधान संशोधन गर्न तयार छैनन्। हुन त कांग्रेस र माओवादीले संविधान संशोधन गर्न तयार भएका थिए। उनीहरुले नै संशोधन प्रस्ताव नै लगेका थिए। त्यसकारण अब पनि त्यो उनीहरुको दायित्वभित्र पर्छ। उनीहरुले बोली नफेरिकन संशोधनको लागि पहल गर्नुपर्छ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/6970

No comments:
Post a Comment