Pages

Wednesday, March 7, 2018

तेस्रो राष्ट्रपतिका लागि दुई भोजपुरे नारी भिड्ने

तेस्रो राष्ट्रपतिका लागि दुई भोजपुरे नारी भिड्ने भएका छन्। आज वाम गठबन्धनकाको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई भिड्ने भएका छन्।


...
राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी दर्ता
भण्डारीलाई माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, ओनसरी घर्ती र सुवास नेम्वाङले प्रस्ताव गरेका थिए। त्यस्तै, रामबहादुर थापा बादल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीले समर्थन गरेका थिए।
भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। त्यतिबेला उनले नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई हराउँदै नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन्।
यस्तै रार्इलाई राष्ट्रपतिको उम्मेदवारमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेका थिए। त्यस्तै, सुजता परियाार, शिवचन्द्र चौधरी, सरिता प्रसार्इं, राधा घले, मेखलाल श्रेष्ठले समर्थन गरेका थिए
उम्मदवारी दिनुअघि राईले नेपाल लाइभसँग प्रतिक्रिया दिई 'आफ्नो लागि खुसीको क्षण' भएको बताएकी थिइन्।
nepallive.com/story/18142
......
मैले बिहान कांग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय सार्वजनिक भए उनीसँग कुरा गरेको थिएँ। नेपाल लाइभमा प्रकाशित समाचार:
राष्ट्रपतिकी उम्मेदवार लक्ष्मी भन्छिन्– राईको छोरीलाई योभन्दा ठूलो खुसीको कुरा के हुन्छ?
काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईले पार्टीले आफ्नो मूल्यांकन गरेको प्रतिक्रिया दिएकी छन्।
'म राईको छोरी हुँ', नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले भनिन्, 'राष्ट्रपतिको उम्मेदवार बन्न पाएँ, योभन्दा ठूलो खुसीको कुरा के हुन्छ?' कांग्रेसले सहिदकी छोरीलाई सम्मान गरेको पनि उनले बताइन्।
राई २०७० सालमा कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी पञ्चायतकालमा हत्या गरिएका नेता दिवानसिंह राईकी छोरी हुन्। दिवानसिंह २०१५ सालमा बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा सहायक मन्त्री बनेका थिए।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराउँदैछिन्।
nepallive.com/story/18137

No comments:

Post a Comment