Pages

Tuesday, March 13, 2018

विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिका लागि भण्डारीलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपा लगायतका दलले समर्थन गरेका थिए। राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय ३६ ले मतदान गरेका थिए। राष्ट्रपतिको मतदानमा संघीय सांसदका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित रहे। संघका ३ जना र प्रदेशका ५ जनाको मत बदर भएको छ।
निर्वाचनमा ५१ हजार ४ सय ८२ मत खसेकोमा राष्ट्रपतिमा निर्वाचित भण्डारीको ३९ हजार २ सय ७५ मत छ।
प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाइन्।

राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय संसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा थिए। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने
संविधानमा व्यवस्था गरिएको छ।

मतदानमा अनुपस्थित संघीय संसदका सदस्यहरु
रेशम चौधरी
बाबुराम भट्टराई
प्रेम सुवाल
जितेन्द्रनारायण देव
रमेशप्रसाद यादव

मतदानमा अनुपस्थित प्रदेशसभाका
सांसदहरु
कृष्णबहादुर चौधरी
धनमाया लामा
प्रल्लाद गिरी
प्रेमबहादुर तामाङ
विराजभक्त श्रेष्ठ
मनिश सुमन
रमेश पौडेल
राजेश्वर साह
दिन पन्त
शोभा शाक्य
सुरेन्द्र गोसाइ
हरिशरण आचार्य
हिमबहादुर शाही

No comments:

Post a Comment