Pages

Sunday, March 4, 2018

संघीय संसदका ५ जनाले लिएनन् सपथ

नेपाल लाइभ
फागुन २०, २०७४| प्रकाशित १८:३३
काठमाडौं– आइतबार संघीय सांसदहरुले सपथ लिएका छन्। निर्वाचित प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५६ सदस्यमध्ये ५ जना भने सपथ कार्यक्रममा उपस्थित भएनन्।

प्रतिनिधिसभाका ४ र राष्ट्रियसभाका १ जना सपथ कार्यक्रममा अनुपस्थित भएका हुन्। ५९ सदस्य हुने राष्ट्रियसभाका ३ जना भने टुंगो लाग्नै बाँकी छ।

आइतबार बेलुका साढे ४ बजे संघीय संसदको भवनमा भएको सपथ ग्रहणमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ पार्टीका ४ जना अनुपस्थित भएका हुन्।

प्रतिनिधिसभाका सदस्य माओवादीका टोपबहादुर रायमाझी र धर्मशिला चापागाईंले सपथ लिएनन्। त्यस्तै, राजपाका रेशम चौधरी र महेन्द्र राय यादवले पनि सपथ लिएनन्।

त्यस्तै राष्ट्रियसभाका रमेशप्रसाद यादव पनि सपथ कार्यक्रममा उपस्थित भएनन्।

प्रतिनिधिसभाका सदस्यहरुलाई जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका सदस्यहरुलाई जेष्ठ सदस्य तारा देवी भट्टले सपथ खुवाएका हुन्।

nepallive.com/story/17830 

No comments:

Post a Comment