के छ केसीले जारी गरेको विज्ञप्तिमा?
किशोर दहाल
भदौ २७, २०७५| प्रकाशित १३:३०
काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना छानबिनका लागि बनेको सरकारी उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन्।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहेका केसीले सोमबार राजीनामा दिएका थिए।
आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले राजीनामा फिर्ता लिएको बताएका छन्।
'राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुन: संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु,' उनले भने, ' सरकारले सुम्पिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहनेछु।'

यस्तो छ उनको विज्ञप्ति-
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/31931
No comments:
Post a Comment