Pages

Tuesday, January 30, 2018

पैदल यात्रुका जुत्तामा पालिस लगाएर पार्टी सफा गर्दै कांग्रेस नेताहरू

आज (२o७४ माघ १६ मंगलबार) बानेश्वरमा चन्द्र भण्डारी, धनराज गुरूङ लगायतका नेताहरूले पैदल यात्रुका जुत्तामा पालिस लगाए। यसलाई पार्टी सफा गर्ने प्रतीकात्मक अभियान भनेका छन्।

उनीहरूले सडकमा झण्डै एक घण्टा बिताए। यसरी ३१ हजार रूपैयाँ जम्मा गरेको कान्तिपुरमा समाचार प्रकाशित छ।


कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए।

                     हेर्नुहोस्ः नेपाल लाइभमा प्रकाशित फोटो फिचर

यसै विषयमा मैले जुत्ता पालिस कार्यक्रममा चन्द्र भण्डरीसँग कुराकानी गरेको थिएँ। उनले भनेका थिए– यसरी जुत्ता सफा गर्दैमा पार्टी पनि सफा हुन्छ नै भन्ने त होइन। तर, प्रतीकात्मक रुपमै भए पनि हामीले केही त गर्नैपर्छ। हामीले नगरे कसले गर्ने त? कसैले न कसैले त गर्नैपर्छ।हामीले केही गरे पो नयाँ पुस्ताले राम्रो कांग्रेस देख्न पाउलान्, राम्रो देश देख्न पाउलान्। (भण्डारीसँग गरिएको कुराकानी पढ्न क्लिक गर्नुहोस्– जुत्ता पालिस कार्यक्रममा सहभागी चन्द्र भण्डारी भन्छन्– दलहरु दिनमा फरक, रातमा एकै हुन् )

No comments:

Post a Comment