किशोर दहाल
राजपा शीर्ष नेताले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रको अनौपचारिक टुंगो लागेको छ। अध्यक्ष मण्डलका नेताहरु चुनाव लड्ने निर्वाचन क्षेत्र लगभग टुंगो लागेको र आज बेलुकीसम्म सम्पूर्ण उम्मेदवारको टुंगो लगाउने राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले बताए।
कांग्रेससँग भने तालमेल हुने सम्भावना कम भएको झाले जानकारी दिए। यसअघि मधेसका दुई दल राजपा र संघीय समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन नै गरेर चुनावमा जाने बारे छलफल भएको थियो। ‘हाम्रा शीर्ष नेतालाई कांग्रेसले सघायो भने हामी उसलाई पनि सघाउन सक्छौं, झाले भने, ‘नभए सक्दैनौं।’
कांग्रेससँगको तालमेल निश्चित नभए पनि राजपा र संघीय समाजवादी फोरमले आ–आफ्नो उम्मेदवारले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्र भने टुंगो लगाएका छन्। दुई पार्टीबीच आज दिउँसो भएको सहमति अनुसार प्रतिनिधिसभामा राजपाले १५ र संघीय समाजवादी फोरमले १७ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने छ। त्यस्तै, प्रदेशसभाका लागि राजपाले ३१ ठाउँमा प्रतिस्पर्धा गर्ने छ भने फोरमले ३३ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने छ।
स्थानीय तहको निर्वाचनको मत नै दोहोरिने हो भने राजपाका अध्यक्ष मण्डलका तीन नेताहरु राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा हार्न पनि सक्नेछन्। उनीहरुले उम्मेदवारी दिने स्थानमा आएको कुल मत वाम गठबन्धन वा कांग्रेसको मतभन्दा कम छ। कांग्रेस र नेपाल लोकतान्त्रिक दलको एकीकरण पछि यी दुवै दललाई एकै ठाउँमा जोडिएको छ।
झाले दिएको जानकारी अनुसार शीर्ष नेताको सम्भावित उम्मेदवारी क्षेत्र र त्यहाँको मत विश्लेषण यस्तो छः
महन्थ ठाकुरः
ठाकुर राजपाका अध्यक्ष मण्डलका संयोजक हुन्। यसपटक उनी महोत्तरी ३ बाट चुनाव लड्ने भएका छन्। समानुपातिकको सूचीमा रहेका उनी अन्तिम समयमा प्रत्येक्षबाटै चुनाव लड्ने निर्णयमा पुगेका हुन्।
०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा उनी तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट सर्लाही ६ मा चुनाव लडेका थिए। त्यतिबेला उनी तेस्रा भएका थिए। उनले ७ हजार ३२ मत पाएका थिए। पहिलो भएका कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहले १७ हजार ४ सय मत पाएका थिए।
यसपटक उनी उम्मेदवार हुने महोत्तरी ३ मा निम्न क्षेत्रहरु पर्दछन्ः
(क) एकडारा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५
(ख) मटिहानी नगरपालिका
(ग) जलेश्वर नगरपालिका
(घ) पिपरा गाउँपालिकाका वडा न १, २, ३, ४, ५, ७
(ङ) मनरा शिसवा नगरपालिकाका वडा नं. ८, ९, १०
एकडारा गाउँपालिकाको ५ वटा वडामध्ये २ वटामा राजपा, २ वटामा संघीय समाजवादी फोरम र एउटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो।
यहाँबाट राजपा र संघीय समाजवादी फोरमले वडाध्यक्षमा पाएको मत ३ हजार ८ सय ७१ हुन आउँछ। जबकि, कांग्रेस र उसँग पार्टी एकता गरेको नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत २ हजार ७९ हुन्छ। त्यस्तै, वामपन्थी गठबन्धनमा जोडिएका एमाले र माओवादीको मत १ हजार ६४ मत छ।
मटिहानी र जलेश्वर नगरपालिका दुवैमा राजपाले नेतृत्व गरिरहेको छ। यी दुवै नगरपालिकामा गरी राजपा र संघीय समाजवादी फोरमले पाएको कुल मत ११ हजार १ सय २० छ। त्यस्तै, कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत ७ हजार ४ सय ७७ हुन्छ। एमाले र माओवादीको संयुक्त मत ६ हजार ८ सय ८ छ।
पिपरा गाउँपालिकाका ६ वटा वडामध्ये एमाले र राजपा दुईदुई वडामा, माओवादी र संघीय समाजवादी फोरम एकएक वडामा विजयी भएका थिए। ६ वटा वडामा गरी राजपा र संघीय समाजवादी फोरमले पाएको कुल मत २ हजार ७ सय ११ छ। कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम २ हजार २ सय ५७ मत छ। त्यस्तै, एमाले र माओवादीको संयुक्त मत २ हजार ७ सय १६ छ।
त्यस्तै, मनरा शिसवा नगरपालिकाकाका तीन वटा वडामा मधेस केन्द्रित दुई दलको संयुक्त मत १ हजार २ सय ५८ छ। कांग्रेस र नेपाल लोकतान्त्रिक पार्टी ७ सय १४ मत छ। त्यस्तै, वाम गठबन्धनका दुई दलको मत ४ सय ७७ छ।
यसरी, महन्थ ठाकुर उम्मेदवार हुने महोत्तरी क्षेत्र नम्बर ३ मा राजपा र संघीय समाजवादी फोरमले स्थानीय तहको निर्वाचनमा पाएको कुल मत १८ हजार ९ सयभन्दा बढी मत पाएको छ।
त्यस्तै, नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत १२ हजार ५ सयभन्दा बढी हुन आउँछ।
अर्कोतर्फ वाम गठबन्धनका दुई दल एमाले र माओवादीको कुल मत ११ हजार ६५ मत छ।
स्थानीय चुनावकै मत दोहोरिने हो भने यी तीन वटा दल वा गठबन्धन बेग्लाबेग्लै चुनाव लडे महन्थ ठाकुरको जित हुनसक्ने देखिन्छ। कांग्रेसले पनि उसलाई सघाउने हो भने उनको जित ठूलो मतान्तरसहित हुनसक्छ।
राजेन्द्र महतोः
राजेन्द्र महतो सर्लाही ४ बाट चुनाव लड्दैछन्। ०७० को संविधानसभाको चुनावमा उनी सर्लाही–४ बाटै महेन्द्रराय यादवसँग पराजित भएका थिए। त्यतिबेला महतोले ८ हजार ७ सय ९० मत पाएका थिए। यादवले ११ हजार ५ सय ३९ मत पाएका थिए।
त्यतिबेला महतो सद्भावना पार्टीबाट चुनाव लडेका थिए। अहिले उनी पनि राजपाका अध्यक्ष मण्डलमै छन्।
महतोले चुनाव लड्ने सर्लाहीको क्षेत्र नम्बर ४ मा निम्न क्षेत्रहरु पर्दछन्ः
(क) बरहथवा नगरपालिकाका वडा नं.१, २, ३, ४, १३, १४, १५
(ख) वसबरिया गाउँपालिकाका वडा नं. १, २, ३
(ग) धनकौल गाउँपालिका
(घ) रामनगर गाउँपालिका
(ङ) बलरा नगरपालिका
(च) गोडैटा नगरपालिका
(छ) विष्णु गाउँपालिकाका वडा नं. १, २, ३, ४
स्थानीय तहको निर्वाचनमा यी क्षेत्रमा पर्ने पूर्ण नगरपालिका र गाउँपलिकाका प्रमुख र अध्यक्ष तथा वडाध्यक्षहरुले पाएको मतलाई हेर्दा कांग्रेस अघि देखिन्छ। त्यहाँ नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको कुल मत २१ हजार ७ सय भन्दा बढी हुन आउँछ।
त्यस्तै, राजपा र संघीय समाजवादी फोरमको मत १७ हजार ४ सयभन्दा बढी हुन आउँछ।
वामपन्थी गठबन्धनका २ दलले पाएको मत पनि २१ हजार ३ सयभन्दा बढी हुन आउँछ।
महतोलाई सघाएका दलहरु यहाँ केही कमजोर देखिन्छन्। महतोको चुनावी रणनीति कस्तो बन्छ, त्यसले उनको नतिजालाई पनि प्रभाव पार्ने छ।
महेन्द्र राय यादवः
यादव ०७० सालको चुनावमा सर्लाही ४ बाट विजयी नेता हुन्। तर उनी यसपटक सर्लाही २ बाट चुनाव लड्दैछन्। त्यतिबेला उनी तराई मधेस सद्भावना पार्टीबाट चुनाव लडेका थिए। अहिले उनी राजपाका अध्यक्ष मण्डलका सदस्य हुन्। ०७० सालमा निर्वाचित भएका मण्डलका एकमात्र सदस्य हुन् यादव।
उनले प्रतिस्पर्धा गर्ने क्षेत्र यसअनुसार छन्ः
(क) विष्णु गाउँपालिकाका वडा नं. ५, ६, ७, ८
(ख) ब्रम्हपुरी गाउँपालिका
(ग) मलंगवा नगरपालिका
(घ) हरिपुर्वा नगरपालिका
(ङ) पर्सा गाउँपालिका
(च) कविलासी नगरपालिकाका वडा नं. ८, ९, १०
(छ) कौडेना गाउँपालिका
(ज) इश्वरपुरको वडा नं. १५
क्षेत्र नम्बर २ मा पर्ने यी क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष, प्रमुख र अध्यक्षहरुले ल्याएको मत हेर्ने हो भने राजपा र संघीय समाजवादी फोरमको उम्मेदवार बलियो देखिन्छन्। यहाँ मधेस केन्द्रित दुई दलको संयुक्त मत २३ हजार ७ सयभन्दा बढी छ। जबकि, कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमले पाएको मत १६ हजार ३ सय भन्दा बढी छ। र, एमाले माओवादी गठबन्धनले पाएको मत ११ हजार ५ सयभन्दा बढी छ।
शरतसिंह भण्डारीः
शरतसिंह भण्डारी यसपटक महोत्तरी २ बाट चुनावी प्रतिस्पर्धामा उत्रनेछन्। ०७० सालको चुनावमा भण्डारी महोत्तरीको दुईवटा निर्वाचन क्षेत्रबाट पराजित भएका थिए। महोत्तरी १ र ६ बाट चुनाव उठेका उनी दुवै क्षेत्रमा तेस्रो भएका थिए। साविकको ६ वटा निर्वाचन क्षेत्र भएकोमा यसपटक ४ वटामात्र निर्वाचन क्षेत्र छन्। ०७० सालको चुनावमा उनी राष्ट्रिय मधेस समाजवाद पार्टीका अध्यक्ष थिए। अहिले उनी राजपाको अध्यक्ष मण्डलमा छन्।
०७० सालको चुनावमा क्षेत्र नम्बर १ बाट उनले ४ हजार ८ सय ४० मत ल्याएका थिए। जबकि, विजेता उम्मेदवार गिरिराजमणि पोखरेलले १० हजार ८ सय ९५ मत ल्याएका थिए।
क्षेत्र नम्बर ६ मा भने ६ हजार ६ सय ५९ मत ल्याएका थिए। विजयी नेपाली कांग्रेसका उम्मेदवार सीताराम भण्डारीले ९ हजार ४ सय ८० मत ल्याएका थिए।
यसपटक उनी उम्मेदवार हुने क्षेत्र नम्बर २ मा निम्न क्षेत्रहरु पर्दछन्ः
(क) भँगाहा नगरपालिकाका वडा नं. १, २, ६, ७, ८
(ख) औरही नगरपालिकाका वडा नं. ७, ८, ९
(ग) बलवा नगरपालिका
(घ) एकडारा गाउँपालिकाको वडा नं. ६
(ङ) लोहरपट्टी नगरपालिका
(च) महोत्तरी गाउँपालिका
(छ) पिपरा गाउँपालिकाको वडा नं. ६
क्षेत्र नम्बर २ मा पर्ने यी क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष, प्रमुख र अध्यक्षहरुले ल्याएको मत हेर्ने हो भने राजपा र संघीय समाजवादी फोरमको उम्मेदवार बलियो देखिन्छन्। यहाँ मधेस केन्द्रित दुई दलको संयुक्त मत १४ हजार ९ सयभन्दा बढी हुन आउँछ। त्यस्तै, कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत ११ हजार ५ सयभन्दा बढी हुन आउँछ। अर्कोतर्फ वाम गठबन्धनको संयुक्त मत १० हजार ९ सयभन्दा बढी हुन आउँछ।
राजकिशोर यादवः
यादव सिरहा ४ बाट प्रतिस्पर्धा गर्दैछन्। ०६४ सालको चुनावमा प्रत्यक्ष निर्वाचित सभासद बनेता पनि ०७० सालको संविधानसभाको चुनावमा सिरहा ६ बाट उठेका यादव पराजित भएका थिए। यस पटक उनी सोही जिल्लाको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दैछन्।
यसपटक उनी उम्मेदवार हुने सिरहा ४ मा निम्न क्षेत्रहरु पर्छन्ः
(क) मिर्चैया नगरपालिका
(ख) कर्जन्हा नगरपालिका
(ग) कल्याणपुर नगरपालिका
(घ) विष्णुपुर गाउँपालिकाका वडा नं. २, ३, ४
(ङ) नरहा गाउँपालिकाका वडा नं. ३, ४, ५
यस क्षेत्रमा पर्ने स्थानीय तहमा गत असोज २ गते सम्पन्न चुनावमा वडाध्यक्ष, प्रमुख र अध्यक्षहरुले ल्याएको मत हेर्ने हो भने वाम गठबन्धन बलियो देखिन्छ। उनीहरुले संयुक्त रुपमा २३ हजार ५ सय भन्दा बढी मत पाएका छन्। त्यसपछि मधेस केन्द्रित दुई दलको मत बढी छ। उनीहरुले १६ हजार ५ सयभन्दा बढी मत ल्याएका छन्। त्यस्तै, कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत झण्डै ११ हजार पुग्छ।
अनिल झाः
झा रौतहट १ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी पहिलो संविधानसभाको चुनावमा संघीय सद्भावना पार्टीको उम्मेदवारको रुपमा रौतहट क्षेत्र नम्बर १ बाटै प्रतिस्पर्धा गरेका थिए। सो क्षेत्रमा एमालेका उम्मेदवार माधवकुमार नेपाल विजयी भएका थिए भने झा तेस्रो भएका थिए। नेपालले ८ हजार ३ सय ६१ मत ल्याउँदा उनले ३ हजार ४ सय ६९ मत पाएका थिए।
उनी पनि अहिले राजपाको अध्यक्ष मण्डलमा छन्। झाले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रमा निम्न क्षेत्रहरु पर्छन्ः
(क) माधवनारायण नगरपालिका
(ख) गढीमाई नगरपालिकाका वडा नं. ६, ७, ८
(ग) गरुडा नगरपालिकाको वडा नं. १
(घ) यमुनामाई गाउँपालिका
(ङ) दुर्गाभगवती गाउँपालिका
(च) राजदेवी नगरपालिका
(छ) गौर नगरपालिका
यी क्षेत्रमा स्थानीय तहमा त्यहाँका प्रमुख, अध्यक्ष तथा वडाध्यक्षहरुले पाएको मतलाई केलाउँदा वाम गठबन्धन नै बलियो देखिन्छ। उनीहरुले झण्डै १९ हजार मत पाएका थिए। त्यस्तै, मधेस केन्द्रित दुई दलले पाएको मत १७ हजार २ सयभन्दा बढी छ। कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमले पाएको संयुक्त मत १२ हजार ३ सयभन्दा बढी छ।
२o७४ कार्तिक १४ मंगलबार| प्रकाशित १८:१५:oo
http://nepallive.com/news-details/4678/2017-10-31

No comments:
Post a Comment