किशोर दहाल
केही दिनअघि एउटा समाचार प्रकाशित भयो- नेपाली सेनाभित्र एउटा गुल्मको नेतृत्व महिला अधिकृतले गर्ने। सेनाभित्र छुट्टै महिला गुल्मको तयारी भइरहेको र त्यसको नेतृत्व मेजर सृष्टि खड्काले गर्ने समाचारमा उल्लेख छ।
राज्यको नेतृत्वमा महिलाको उपस्थिति बढ्दै गएको छ। विद्यादेवी भण्डारी राष्ट्रपति छिन्, ओनसरी घर्ती सभामुख छिन्। केहीअघिसम्म प्रधानन्यायाधीशको पदमा सुशीला कार्की थिइन्। तर, केही पदहरूमा महिलाको उपस्थिति देखिए पनि समाजमा महिलासँग जोडिएका विभेद कम भएका छैनन्। मुख्यतः महिलाको हकमा स्वभाविक अवसर विकास हुन सकेका छैनन्। महिला भएकै कारण प्राप्त हुने अवसरले होइन, स्वभाविक रूपमा महिलाको दाबी हुनसक्ने स्थितिले मात्रै परिवर्तनको आभाष दिलाउन सक्छ। जे होस्, खड्काको खबरले खुसी थपेकै हो। केही समयअघिसम्म सेनामा महिलाको उपस्थिति नै असम्भव प्राय: थियो, अहिले गुल्म कै सही; नेतृत्व गर्ने क्षमता विकास भएको छ। कालान्तरमा समग्र सैनिक सेवाको नेतृत्व गर्ने दिन पनि आउला।
तर, खड्काको समाचारमा जुन फोटो प्रयोग गरिएको छ; चर्चा गर्न खोजिएको विषयचाहिँ त्यससँग सम्बन्धित छ। समाचारमा प्रयोग गरिएको फोटोमा खड्कालाई कुनै सैनिक व्यक्तित्व भएको छनक पाइदैन। बरू, बिकाउ खालको (अनलाइनको भाषामा क्लिक गराउने) फोटो प्रयोग गरिएको छ।
खड्का त पछिल्लो उदाहरण हुन्। महिला पात्रको सन्दर्भमा असान्दर्भिक र असम्बन्धित फोटो प्रयोग हुनु सामान्य जस्तै भएको छ। 'हट' फोटोको प्रयोग प्रचलन बढ्न थालेको छ। यसले महिलालाई अझै पनि 'माल' सम्झिने मनस्थितिको निरन्तरता बाहेक अरू के संकेत गर्ला र?
समाजको सुक्ष्म वा बृहत् विषयमा आफ्नो धारणा राख्न सक्ने, अन्तर्वार्ता दिन सक्ने महिला प्रशस्तै छन्। आफ्नो धारणा राखिरहेका पनि छन्। तर, उनीहरूका अन्तर्वार्तामा असान्दर्भिक फोटो प्रयोग गरिएको मज्जाले देखिन्छ। पुरूष लेखक वा पात्रसँगको अन्तर्वार्तामा उनीहरूको फोटो भद्र खालको वा हाउभाउसहित बोलिरहेको फोटो राखिन्छ। तर, महिलाको हकमा, फेसबुकबाट पुराना र असान्दर्भिक फोटो तानेर राखिन्छ। यसो किन गरिन्छ? बिचारभन्दा अनुहारलाई प्राथमिकता दिने मानसिकता हाबी भएरै त होला।
अँ, महिला लेखकको लेखमा दुई अर्थी शीर्षक राख्ने प्रचलन पनि बढिरहेको छ। दुखद् संस्कार विकास हुँदैछ।
सृष्टि खड्काको ठाउँमा कोही सुरज खड्का समाचारको पात्र भइदिएको भए फोटो त्यस्तै राखिन्थ्यो होला? पक्कै राखिन्न थियो। बरू, युनिफर्म लगाएर अफिसमा काम गरिरहेको वा अन्य सैन्य गतिविधिमा संलग्न रहेको फोटो राखिन्थ्यो। तर, सृष्टिको सवालमा समाचारभन्दा मुहार बेच्ने बाध्यता किन पर्छ मिडिया हाउसलाई?
twitter: @kishu_gb123

No comments:
Post a Comment