अनुवाद तथा प्रस्तुतीः श्रवण उप्रेती/ किशोर दहाल
MikeHosking Breakfast फेसबुक पेजमा अगस्ट १२, २०१५ मा यो सामाग्री पोष्ट भएको थियो । जटिल मानिने अर्थतन्त्र र त्यसका आयामहरुलाई सरल जीब गाइको माध्यमबाट बुझाउने प्रयास गरिएको छ । प्रत्येक अर्थतन्त्रलाई बुझाउन छुट्टाछुट्टै १७ वटा फोटोको प्रयोग गरिएको छ । केहीलाई यहाँ प्रस्तुत गरिएको छ ः
साम्यवादः
- तपाईंसँग दुइटा गाई छन् ।
- राज्यले दुवै गाई खोस्छ र त्यसवापत तपाईंलाई थोरै दुध दिन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- एउटा गाई तपाईं आफ्नो छिमेकीलाई दिनुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- राज्यले दुबै खोस्छ र तपाईंलाई थोरै दुध बेच्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- तपाईं एउटालाई बेचिदिनुहुन्छ र साँढे किन्नुहुन्छ ।
- तपाईंको बगाल फैलन्छ र अर्थतन्त्र बढ्छ । तपाईं तिनलाई बेचिदिनुहुन्छ र त्यसको आम्दानी लिएर ‘रिटायर्ड’ हुनुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- राज्यले दुबै खोस्छ । एउटालाई गोली हान्छ र अर्कोलाई दुहुन्छ । र, सो दुध फालिदिन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- तपाईं त्यसलाई पूजा गर्नुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- तीनलाई दुहन ३०० मानिस राख्नुभएको छ । तपाईं पूर्ण रोजगारी र उच्च उत्पादकत्वको दाबी गर्नुहुन्छ ।
- यथार्थ अवस्थाबारे रिपोर्टिङ गर्ने पत्रकारलाई तपाईं गिरफ्तार गर्नुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- त्यसमध्ये एउटा बेच्नुहुन्छ । र, बाँकी अर्कोबाट चारवटा गाई बराबरको दुध दुहन बल गर्नुहुन्छ ।
- पछि, एउटा कन्सल्ट्यान्ट मगाएर सो गाई मर्नुको कारण बिश्लेषण गराउनुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- दुवै पागल छन् ।
- सबैले सोच्छन्– तपाईंसँग धेरै गाई छन् । तपाईं आफूसँग गाई नै नभएको दाबी गर्नुहुन्छ ।
- कसैले तपाईंलाई बिश्वास नै गर्दैन । त्यसैले तपाईं ‘धोती न टोपी’ हुने गरि बम बर्षाउँछन् । र, आफ्नो कब्जामा लिन्छन् ।
- तपाईंसँग अहिले पनि कुनै गाई छैनन् तर तपाईंकोमा प्रजातन्त्र आएको छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- व्यापार निकै राम्रो चलेको देखिन्छ ।
- तपाईं अफिस बन्द गर्नुहुन्छ र बियर खाएर यो खुसीको उत्सब मनाउनुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- त्यसमध्ये एउटा घोडा हो ।
- तपाईंसँग दुइटा गाई छन्, तर तिनीहरु कहाँ छन् तपाईंलाई थाहा छैन ।
- तपाईं लन्च लिने निर्णय गर्नुहुन्छ ।
- तपाईंसँग दुइटा गाई छन् ।
- तपाईं हडतालमा जानुहुन्छ, दंगा मच्चाउनुहुन्छ र बाटो बन्द गर्नुहुन्छ । किनकि, तपाईं तीनवटा गाई चाहनुहुन्छ ।
- तपाईंसँग फ्रेन्च र जर्मन बैङ्कबाट ऋण लिइएका दुइटा गाई छन् ।
- तपाईंले दुबैलाई खानुभयो । अब, बैङ्कहरुले तपाईंसँग दुध मागिरहेका छन् । जुन माग तपाईं पूरा गर्न सक्नुहुन्न । त्यसैले तपाईंले IMF को सहयोग माग्नुभयो ।
- IMF ले तपाईंलाई दुइवटा गाई ऋणमा दिए । ती दुइको पनि तपाईंले भोज खानुभयो । बैङकहरु र IMF कि गाई कि दुध मागिरहेका छन् । तपाईं भने कपाल काट्न निस्कनुभयो ।
- तपाईंसँग ५००० गाई छन् ।
- ती कुनै पनि तपाईंका होइनन् ।
- ती राखेवापत तीनका मालिकसँग तपाईं शुल्क उठाउनुहुन्छ ।
फोटो पोष्ट भएपश्चात केही रमाइला कमेन्टहरु गरिएका छन् । कमेन्टकर्ताहरुले आफ्नै शैलीमा केही फरक अर्थतन्त्रलाई प्रस्तुत गरिएका छन् । केही कमेन्टहरु यस्ता छन्ः
- Alessandra Veronese डोनाल्ड ट्रम्प अर्थतन्त्रः तपाईसँग दुइवटा गाई छन् । तपाई सर्कस खोल्नुहुन्छ र करोडपति बन्नुहुन्छ ।
- Greg Shawउत्तर कोरियाली अर्थतन्त्रः तपाई आफूसँग दुइवटा गाई भएको बताउनुहुन्छ । सबैलाई थाहा छ कि तपाईं एउटै गाई छैन । तपाईं आफूसँग भएको दुइटा गाईले बिश्व हमला गर्ने धम्की दिनुहुन्छ ।
- Akm Wahiduzzaman बंगलादेशी कर्पोरेसनः तपाईंसँग दुइटा गाई छन् । एउटालाई मुस्लिम शैन्य र अर्कोलाई नास्तिक ब्लगरको आरोपमा गोली हानिन्छ ।
- Kemi Adekoya अफ्रिकन कर्पोरेसनः तपाईंसँग असङ्ख्य गाईहरु छन् । तर, तपाईंको उदारता र दुध दुहने साधनको कमीले अरु कसैलाई दुध दुहन दिनुहुन्छ । यसो गरिरहँदा तपाईं उनीहरुले दुध दुहने र तपाईंलाई दिने आश गर्नुहुन्छ । तर, उनीहरुले तपाईंलाई दुधबाट बञ्चित गर्छन् र कति अवस्थामा बढि गाई लिएर आफ्नो अर्थतन्त्र पोस्न तपाईंलाई नै मार्छन् ।
- Abra Kayne इजरेलः तपाईंसँग दुइटा गाई छन् । तीनीहरु नजिकका आफन्त हुन्; एउटा मुस्लिम हो, अर्को यहुदी हो । उनीहरुलाई यसमा कुनै समस्या छैन । तर, तपाईं उनीहरुबीच पर्खाल लगाउनुहुन्छ र दुनियाँलाई हँसाउनुहुन्छ ।
- Anne Soares ब्राजेलियन कर्पोरेसनः तपाईंसँग दुइटा गाई छन् । तर, तपाईं तिनका लागि वास्तविक मूल्यभन्दा बढि कर तिर्नुहुन्छ ।
- Jorge Ribs मेक्सीकन अर्थतन्त्रः तपाईंसँग दुइवटा गाई छन् । एउटा छिमेकीद्वारा चोरियो । जब तपाईंले सरकारमा यो उजुरी गर्नुभयो, तिनले अर्को गाई पनि खोसीदिए ।
No comments:
Post a Comment