Pages

Saturday, August 1, 2015

एउटी आक्रोशित महिलासँग

किशोर दहाल /



कलेजबाट फर्किदै गर्दा एकजना महिलाले रोकिन् सोधिन्- “गाडीले बिद्यार्थीलाई भाडा कति लिन्छ ?”  मैले आफू नियमित गाडी चढ्नु नपर्ने भएकोले गाडी भाडाको बारेमा जानकारी नभएको बताएँ साथै, पुरानो अनुभवको आधारमा बिद्यार्थी कार्ड देखाएपछि १०/११ रूपैयाँ लिन्छ कि भनेर अनुमान तेस्याएँ

ती महिलाको अनुहार आवाजमा आक्रोश थियो, भाडा उठाउने कण्डक्टरप्रति वा भनौँ समग्र सवारी साधनप्रति उनी कताबाट गाडीमा फर्केकी थिइन्, मलाई जानकारी भएन मैले सोध्ने मौका पनि पाइनँ किनकि, उनी एकोहोरो बोलिरहिन् आक्रोश उकेलिरहिन् गाडीभाडा हजारौं गुणा बढेको (?) उनले बताईन् मलाई लाग्छ, उनले गाडीमा कण्डक्टरसित पनि निकै बहस गरेकी हुनुपर्छ किनकि उनको आक्रोश यस्तो पनि थियो- “तिनीहरूको गाडीमा हाल्ने तेलको भाउ बढ्यो रे हाम्रो पनि भान्सामा चाहिने रासनको भाउ बढेको नि ! त्यसले आफ्नोमात्र कुरा गर्न सुहाउँछ ?”

कण्डक्टरले आफ्नो मात्रै कुरा गर्न सुहाउँछ कि सुहाउँदैन मलाई के थाहा ? तर, ती महिलाबाट छुट्टिन चाहन्थेँ कलेजबाट फर्किने थेरैको मूल बाटो भएकोले पनि मलाई अप्ठ्यारो महसुस भइरहेको थियो तर, ती महिला धाराप्रवाह बोलिरहेकी थिइन् भने बीच-बीचमा हो-हो थपिरहेको थिएँ

ती महिलालाई मैले यस अघि कहिल्यै देखेजस्तो लाग्दैन अब पनि कहिल्यै भेट्दिन होला वा, भेटेर पनि नचिन्न सक्छु तर, मैले भन्न वा लेख्न चाहेको कुरा के मात्रै हो भने मान्छे किन त्यसरी उत्तेजित वा आक्रोशित हुन्छ ? सामान्यतया आक्रोशित जो पनि हुन्छ पनि हुन्छु कति पटक आफैं भित्र रूदैं पनि हिडिन्छ तर, त्यो आक्रोश वा आँसु त्यसरी अपरिचित परको कुरा परिचितसँग पनि पोखिदैन ती महिलाले पनि आफुभित्रका तमाम असन्तुष्टि आफ्नै घर पुगेर परिचित वा आफ्ना आत्मियसँग साट्न सक्थिन् तर उनी किन त्यति अधैर्य ?

मूल्यबृद्धिका कुरा हाम्रो दैनिक व्यवहारसँग मात्रै होइन सरकार, सत्ता, राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यापार वादसँग पनि जोडिएका छन् त्यसको दायरा अझै ठूलो भन्दा फरक नपर्ला त्यसैले मूल्यबृद्धिचुनाबी घोषणापत्रको प्राथमिक नारा हो हाम्रो जस्ता विकासोन्मुख देशमा झन् अनिवार्य नारा हो तर, भईदिन्छ कस्तो भने चुनाबको गर्मी सेलाए पछि सरकारको भन्दा बढि मूल्यबृद्धिकै चर्चा हुन्छ आफैले भोट दिएको पार्टीले मूल्यबृद्धि गराएको आरोप सघन हुन्छ बिचरा नागरिक पार्टीले चुनाब जित्न आफ्नो भोट पर्याप्त भएको भ्रममा हुन्छ तर, त्यही भोट पाउन पार्टीले कुन-कुन सर्तमा व्यापारीबाट नोट लिएको भन्ने पत्तो पाउँदैन अचम्म यो , पार्टीहरूले भोट दिने जनताका गुण तिर्दैनन् तर नोट दिने व्यापारीलाई भने कैयौं गुणा बढि गुण तिर्छन्

तर, ती महिलालाई यतातिर पत्तो छैन वा, नभएजस्तो गर्छिन् हुन यो देशको राजनीति सामान्य मानिसको बुझाई विश्लेषण क्षमताबाट फुत्किएको उहिल्यै हो  नागरिक पनि अचम्मका छन्  बिरोध समर्थन मुद्दा हेरेर नभई पार्टी हेरेर गरिन्छ सरकार कुन पार्टीको भनेर सडकमा मुद्दा नारा तय हुन्छन् महिलालाई नेपाली नागरिकको योदहिचिउरेप्रवृत्तिसँग पनि निकै रिस उठेको रहेछ उनले भनिन्- “नेपालीहरू कुकुर हुन्

खासमा नेपालीहरू के हुन् ?

(२०६९ बैशाख २५ गतेको डायरीमा यस्तो लेखिएको रहेछ ।)

No comments:

Post a Comment