Pages

Friday, April 3, 2015

अन्तिम दिन

 –किरण दहाल

यती बेला नै हो
चियाएर हेरिरहेको घाम
खै के पो खोज्दै थियो
त्यहिँ उपस्थित भएर
अदालतमा उभिएको कुनै दोषीजस्तो
तिमीसँगै जिउने सपना देखेर
मैले भनिदिएको थिएँ–
‘म तिमीलाई प्रेम गर्छु’
स्पष्ट सम्झेकी हौली

यसरी लजाएकी थियौ तिमी
रातो भएको थियो मुहार
मन परेछ त्यो क्षितिजलाई पनि
तिम्रै नक्कल गरिरहन्छ आजभोली
बेलुकीपख

त्यो माथि आकाशमा
खेल्दै गरेका चराहरुले
देखेका थिए कि
हामी सानो छँदा खेल्ने
‘भेट्टाइ–भेट्टाइ’ खेल
आज सम्झाईरहेछन् बिगत

लाग्थ्यो–
कुनै हाँगामा फुल्दै गरेकी फूल हौ तिमी
जसलाई टिपेर राख्नु छ
यो छातीभित्र
लुकाएर !

अब कसरी सक्छु होला र ?
अरु कसैमा आफ्नो जिन्दगी खोज्नलाई
न मैले भुल्न सक्छु सायद
छोडेर जानै आँटेकी
तिमीलाई

No comments:

Post a Comment