किशोर दहाल
सञ्चार जगतमा प्रतिस्पर्धा निकै बढ्दो छ । आम मानिस पनि पलपलको खबरबाट बेखबर हुन चाहदैनन् । त्यसैले अधिकांश मानिसको फुर्सदको समय रेडियो सुनेर, टिभी हेरेर वा पत्रपत्रिका पढेर वितिरहेको हुन्छ । मानिस सकेसम्म हरेक निमेषका घटनालाई आफ्नो जानकारीमा राख्न चाहन्छ । चियाको चुस्कीसँगै पत्रिका हेर्दै बिहान बिताउनु र पावरवाला चस्मा लगाएर इन्टरनेटमा संसार डुल्लु भनेको मानिसमा बढ्दै गएको सुचना र समाचारप्रतिको मोहले गर्दा नै हो । मिडियाले पनि हरेक पलका समाचार आफ्नो स्रोता वा पाठकमाझ पु¥याउने प्रयास गरिरहेको देखिन्छ । जब ग्राहकहरु बढ्छन् तब उत्पादकहरु बीच कडा प्रतिस्पर्धा हुन थाल्छ र यस्तो अवस्थामा “ब्ल्याकमेलिङ” फस्टाउनु स्वभाविकै हो । पाठक वा स्रोताको समाचारप्रतिको यस्तै पागलपनको फाइदा उठाउँदै अधिकांश मिडियाले उनिहरुमाथि भ्रम छरिरहेका छन् । त्यसैले आफूले पढेका र सुनेका खबर कत्तिको विश्वासनिय छ, स्रोता अनि पाठकले केलाउन जरुरी छ ।
‘स्रोत’ले बनाइदिएको भरमा समाचार प्रकाशित र प्रशारित गर्ने प्रवृति पछिल्लो समय ह्वात्तै बढेको छ । वास्तविक यथार्थ के हो भनेर खोजी गर्न र विश्लेषण गर्न छाडेर समाचारदाता नै कुनै अमूक स्रोतको पछि लाग्ला धेरै पाठक वा स्रोताहरु भ्रममा परिरहेको अनुमान लगाउन सकिन्छ । जुन समाचारमा पाठक वा स्रोताले बलियो र भरपर्दो स्रोत खोजीरहेको हुन्छ, त्यसै समाचारको पछि भनिएको हुन्छ, “स्रोतले बताएको छ”, आम पाठक भने कतिपय समाचार पढिसक्दा वा सुनिसक्दा पनि समाचारप्रति विश्वस्त हुन सक्दैन । जसरी समाचार पढ्न र सुन्न पाउनु सबैको अधिकार हो, त्यसैगरी प्रकाशित र प्रशारित समाचारप्रति विश्वस्त हुन पाउनु पनि उनीहरुको हक हो । तर नेपाली सञ्चार जगतले जनतालाई एउटा हक प्रदान गरेजस्तो गरेर अर्को हक खोसिएको छ ।
पत्रकारसँग प्रमाण खोज्ने दुस्साहस कमैले गर्छन् त्यसैले आजसम्म ‘स्रोत’को सुत्र सफल भइरहेको छ । जब समाचारदातालाई आफैंले तयार गर्दै गरेको समाचारका कहिंकतै केहि थप्न मन लाग्यो भने उसले निर्धक्कसँग “स्रोतले बताएको छ” भनेर कुनै महत्वपूर्ण भनाई वा खबर थपिदिन सक्छ । सबै पत्रकार र समाचारलाई यसमा मुछ्न नसकिएपनि अधिकांशले प्रयोग गर्ने ‘स्रोत’ शब्दको वास्तविकता यहि हो । आजकाल एफ.एमं रेडियोले फुक्ने खबरदेखि पत्रपत्रिकामा छापिने समाचार सम्ममा अधिकांश रुपमा ‘स्रोत’ शब्द प्रयोग गरिएको हुन्छ । यस्तो प्रवृतिले समाचारको निष्पक्षता भन्दा पनि पूर्वाग्रही भाव र पत्रकारको योग्यता भन्दा पनि अहम्लाई बढि उजागर गर्ने गरेको छ । त्यसैले सम्पूर्ण पाठक, श्रोता वा दर्शकले पनि सोच्ने बेला आइसकेको छ,“के त्यो स्रोत भनेको पत्रकार वा सम्पादकको दिमाग नै त होइन ? जसले आफ्नै कोठाको टेबलमा नोटबुक राखेर कुनै अमुक श्रोतको हवाला दिदै मनगढन्ते समाचार प्रकाशित गरिरहेको त छैन ?”
स्रोतको हवाला दिदै समाचार प्रकाशित–प्रशारित गर्ने अचम्मको जालो नेपाली सञ्चार जगतमा जेलिएको छ । राजधानीका कुनै एफ.एम.ले “स्रोत”लाई माध्यम बनाएर कुनै समाचार ब्रेक ग¥यो भने मोफसलका अधिकांश रेडियोले त्यहि समाचारलाई आफ्नो आवाजमा प्रशारण गर्छन, त्यो पनि स्रोतले बताएको भन्दै । त्यस्तै छापादेखि अनलाइनसम्मकाले दैनिक रुपमा प्रकाशित गर्ने खबरहरुलाई मोफसलका अधिकांश साप्ताहिक पत्रिकाले पनि प्रकाशित गर्छन, त्यो पनि स्रोतले बताएको भन्दै । समाचार धुन बजाएर माइक्रोफोनबाट बोलिदिएपछि र पत्रिकामा आकर्षक कलेवरमा छापिदिएपछि सबै कुरा समाचार बन्छन् भन्ने एउटा अह्म् आजसम्म सञ्चार जगतलाई छ । त्यसैले उनीहरु समाचारको प्रमाण खोजने झन्झट नगरी हरेक समाचारलाई सकेसम्म सनसनी बनाउन लागि परेका हुन्छन् ।
साना ठूला सवै मिडिया हाउसको प्रवृत्ती उस्तै छ । घटनास्थलमा नै उपस्थित भएर विस्तृत विवरण लिने चलन लगभग हराइसक्यो । अर्को शब्दमा भन्दा, पत्रकार आफैं घटनास्थलमा पुगेर वास्तविकता पत्ता लगाउने प्रयास गर्दैन । पत्रकारकै कुनै शुभचिन्तक वा सहयोगीले फोन मार्फत पत्रकारलाई टिपाइदिएका घटना विवरण पत्रकारले निसङ्कोच आफ्नो सञ्चार माध्यममा जानकारी दिन्छ । यसले गर्दा पत्रकारको सिर्जनात्मक क्षमता कमजोर बन्दै गएको छ भने प्रकाशित–प्रशारित समाचार पनि सत्प्रतिसत सहि भन्न सकिने अवस्था छैन । अधिकांश समाचारहरु स्रोतको हवाला दिएर प्रकाशित प्रसारित हुनु मिडियामा फैलिन थालेको ‘मन्द विष’ हो । यसले अन्ततः मिडियालाई नै निल्छ । मिडियाको आधार भनेको ‘स्रोत’ भन्दापनि स्रोता, दर्शक र पाठक हुन्, जब यिनिहरुको दिमागमा मिडियाप्रति वितृष्णा फैलिन्छ तब धेरै क्षेत्र डामाडोल बन्न पुग्छ ।
आम जनता अहिले मिडियाप्रति पूर्ण विस्वस्त बन्न नसके पनि पूर्ण रुपमा अविस्वस्त बनिसकृेको छैन । त्यसैले सम्पूर्ण मिडिया हाउसले आजैबाट आफूलाई ‘प्रमाणित समाचारको प्रस्तुतकर्ता’ बनाउन जरुरी छ ।
बारा सन्देश साप्ताहिक पत्रिकामा प्रकशित

No comments:
Post a Comment