किशोर दहाल
साउन ७, २०७५| प्रकाशित १८:५७
काठमाडौं– २४ दिनदेखि अनसन बसिरहेका डा गोविन्द केसीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन्।
काठमाडौंको सभागृहमा आयोजित पुष्पलालको ४० औं स्मृतिसभामा नेकपाका अध्यक्षसमेत रहेका दुई नेताले आफ्नो भाषणको ठूलो अंश कांग्रेसलाई गाली गर्न र डा केसीलाई आरोपित गर्नमा खर्च गरे। उनीहरुले डा केसीलाई कांग्रेस लगायतले आफ्नो राजनीतिक स्वार्थका निम्ति प्रयोग गरिरहेको पनि बताए।
कार्यक्रममा बोल्दै प्रचण्डले डा केसीको कामै अनसन बस्नु भएको बताए। 'डा केसी अनसन बस्नुहुन्छ। यो नेपाली समाजले पचाइसकेको छ। उहाँको कामै अनसन बस्ने हो। उहाँ बसिराख्नुहुन्छ', प्रचण्डले भने, 'उहाँसँग वार्ता पनि हुन्छ, सहमति पनि हुन्छ। त्यो पनि सामान्य प्रक्रिया हो। यसमा हामीले अनौठो मान्नुपर्ने केही पनि छैन।'
प्रचण्डले अहिलेको अनसनलाई कांग्रेसले समर्थन गरेकोमा पनि आक्रोश व्यक्त गरे। 'डा गोविन्द केसीले नेपालमा पहिलोपटक अनसन बसेका होइनन्। यसभन्दा अघि १५ चोटी (खासमा १४ चोटी) पहिल्यै बसिसक्नुभएको छ। लोकतान्त्रिक भन्ने सरकारको पालामा सबैभन्दा बढी बस्नुभएको छ। उहाँहरुले के हेरेर बस्नुभएको थियो, त्यतिबेला सम्बोधन गर्न', उनले प्रश्न गरे।
'उहाँको जीवन रक्षा गर्ने दायित्व सरकारको हो। तर अर्को पक्ष उहाँको जीवन रक्षाप्रति गम्भीर छैन। तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र त्यो लासको राजनीति गर्न चाहन्छ कि भन्ने प्रश्न गम्भीर रुपले खडा भएको छ', प्रचण्डले अनसनरत डा केसीको मागमा ऐक्यवद्धता जनाइरहेको कांग्रेसलाई लक्षित गर्दै भने।
प्रचण्डपछि बोलेका प्रधानमन्त्री ओलीले डा केसीको निरन्तरको अनसनप्रति नै असन्तुष्टि जनाए। प्रधानमन्त्री ओलीले डा केसी कतिपटक अनसन बसेको नै गन्नुपर्ने अवस्था रहेको बताए। कांग्रेसले डा केसीको अनसनलाई आफ्नो मुद्दा बनाएको भन्दै उनले भने– 'अचम्म लाग्छ, एउटा अनसनको मुद्दा बनायो। त्यो अनसन पनि रेकर्ड राखेर गन्नुपर्छ, कति औं पटक हो भनेर।'
डा केसीको पक्षमा सडकमा उत्रिनेहरुलाई पनि उनले आक्रोश पोखे। 'वास्तवमा भन्ने हो भने चित्र आफैं बोल्छ भनेजस्तो सहभागिताले आफैं बोल्छ। तपाईंले सडक हेर्नुभयो भने अनसनको मुद्दा र विषय के रहेछ भन्ने आफैं थाहा पाउनुहुन्छ', उनले अनसनलाई कांग्रेस लगायतले आफ्नो राजनीतिक दाउपेच बनाएकोप्रति संकेत गर्दै भने।
किसिम किसिमका मान्छेहरु देखिन्छन्। कोही गेरुवस्त्रमा देखिन्छन्, कोही सन्यास रुपमा देखिन्छन्। कोही ठाडो चन्दन लगाएको छ, कोही तेर्सो चन्दन लगाएको छ। कोही माला लगाएको छ, कोही रुद्राक्ष, कोही तुलसी', प्रधानमन्त्री ओलीले भने, 'अनौठो अनौठो खालका दृश्य देखिन्छन्।'
सडकमै उत्रिएर डा केसीका माग पूरा गर्न दबाब दिएकी पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीमाथि समेत प्रधानमन्त्री ओलीले आक्रोश पोखे। 'सर्वोच्च न्यायिक निकायका टुप्पामा बसेकाहरु निषेधाज्ञा तोड्न पुगेका छन्', उनले आक्रोशित हुँदै भने।
प्रधानमन्त्रीले अनसन मानवअधिकार विरोधी कुरा भएको बताए। 'वास्तवमा मानवअधिकारका नाममा जो मैदानमा उत्रिएका छन्। अनसन मानवअधिकार विरोधी कुरा हो', उनले थपे, 'मानव अधिकारको परिभाषाभित्र अनसन पर्दैन। अनसन आफैंलाई समेत प्रताडना दिने, आफैंलाई समेत मानवअधिकारमा प्रताडना दिने मानवअधिकार विरोधी कुरा हो। आफैंलाई पनि दुःख दिन पाइँदैन।'
उनले अनसन बस्नको लागि जुम्ला पुगेकामा पनि डा केसीलाई विपक्षीसँग मुछिदिए। 'आफैं जानुभएको हो कि कसैले लगेको हो कि', उनले भने, 'जुम्ला गएर अनसन बस्नुभयो।'
प्रधानमन्त्रीले अनसनका गतिविधिलाई अन्यले एजेन्डा बनाइरहेको बताए। 'अनसन बस्ने डा केसी, अनसन कायम राख्ने अरु। बिरामी हुने डा केसी, उपचार गर्न नदिने अरु', उनले प्रश्न गरे, 'अरुको जीवनमाथि खेलबाड गर्न पाइन्छ? राजनीतिक स्वार्थका लागि उपचार गर्न दिन्न भन्न पाइन्छ?'
मेडिकल एशोसियसनले व्यवधान खडा गरेको भन्दै प्रधानमन्त्री आक्रोशित भए। उपचार नगर्ने कार्य अमर्यादित, गैरकानुनी र अमानवीय कार्य भएको उनले बताए। 'राजस्वबाट जागिर खाएका डाक्टरहरु एशोशियसन बनाएर संगठित ढंगले जनतालाई उपचारबाट वञ्चित गर्ने, हुलहुज्जत गर्ने', उनले भने, 'यस्तो पाइन्छ? यही हो लोकतन्त्र?'
उनले डा केसीको समर्थनमा सडकमा गरिएको प्रदर्शनलाई फुर्सदको उपज भएको र देशको सम्पूर्णता नभएको बताए। 'हामी कुनै आवेश, उत्तेजना, आग्रह केहीमा पनि छैनौं। हामी आफ्नो अभियानमा छौं', उनले भने, 'सम्पूर्ण कुरा एकजनाको अनसन, एकजनाको के, फुर्सदको बेला निकालेको जुलुस नै सम्पूर्णता होइन देशको।'
प्रधानमन्त्रीले डा केसीलाई सत्याग्रही भनिएको प्रधानमन्त्रीले प्रश्न उठाए। 'कतिपय मान्छेले सत्याग्रह भनेको सुन्छु', प्रधानमन्त्रीले आक्रोशित हुँदै प्रश्न गरे, 'सत्याग्रह यस्तो पाखुरा बटारेर, मुड्की हारेर हुन्छ? कस्तो सत्याग्रह हो यो।'
प्रधानमन्त्रीले 'नन–इश्यु'लाई 'इश्यु' बनाएर कहीँ पनि नपुगिने बताए। 'यस्ता इश्युमा नअल्झऔं', उनले भने, 'यस्ता इश्युमा नअल्झऔं। म डा केसीलाई भन्न चाहन्छु– आउनस्, स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, तर्कपूर्ण बहस गरौं। र, तपाईं नै जिम्मा लिनुहोस्। म भनिरहेको छु, तपाईं नै जिम्मा लिनुस्। नेतृत्व गर्नुहोस्। आयोग चाहियो भन्नुहुन्छ, तपाईं नै अध्यक्ष भएर काम गर्नुहोस्।'
प्रधानमन्त्री ओलीले डा केसीलाई केही गर्नु नै नभएको बताए। 'केही गर्नु भए पो', प्रधानमन्त्रीले उत्तेजित हुँदै भने, 'केके गर्नुपर्छ? त्यो गर्नलाई होइन, समस्या खडा गर्न मात्रै हो। समाधान होइन। यसरी नजाऔं।'
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/28818

No comments:
Post a Comment