काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
यसबीचमा छानबिनका लागि झन्डै आधा दर्जन समिति बनिसक्दा पनि अनुसन्धानमा खासै उपलब्धि हुन सकेको छैन। निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्।
यो सय दिनका बीचमा हाई प्रोफाइलबाट आएका ५ अभिव्यक्तिहरु नेपाल लाइभले स्मरण गरेको छ। जुन विवादित बनेका थिए।
प्रेस सल्लाहकार भन्छन्– जति भनिएको हो, त्यतिमात्रै बुझियो भने राम्रो हुन्छ
किशोर दहाल
कात्तिक १३, २०७५| प्रकाशित १८:१३
काठमाडौं– सोमबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यबारे आम चासो बढिरहेका बेला मंगलबार बेलुका अस्पतालबाटै एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले भने– 'धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैनन्।'
लो-मान्थाङ (मुस्ताङ)- लो-मान्थाङको मुख्य बस्तीबाट करिब डेढ सय मिटर पश्चिममा एउटा सेतो र चम्किलो भवन देखिन्छ। दरबारजस्तो। गत बिहीबार बिहान यो भवनको अघिल्तिर तीन घोडा र सम्भवतः तिनका मालिक त्यही भवनको गेटको अघिल्तिर उभिइरहेका थिए। घोडाको डोरी समाएर।
स्वयंसेवकलाई 'आदेश'– प्रतिगामी हो, बाहिर निकाल्देऊ
किशोर दहाल
कात्तिक १०, २०७५| प्रकाशित १५:५३
कुटाइ खाने व्यक्ति (रातो घेरामा)
काठमाडौं- शनिबार भृकुटीमण्डप पार्क सधैं व्यस्त हुने गर्छ। बिदा मनाउन बच्चाबच्ची लिएर आएका बाबुआमा हुन् या प्रेमालाप गर्न आउने युवायुवती। तर आज शनिबार भृकुटीमण्डप राजनीतिमय बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुन नेता कार्यकर्ता र चासो राख्ने सर्वसाधारण भृकुटीमण्डमा ओइरिएका छन्।
१२ बजेपछि एकाएक भिड बढ्दै थियो। प्रदर्शनीमार्गसम्म तन्किएको लाइन पछि पद्मोदय मोडसम्म पुग्यो।
मुख्य नेताहरु आगन्तुकलाई स्वागत गर्नमै व्यस्त थिए।
कागबेनी (मुस्ताङ)- दसैं सकियो। मुस्ताङ घुम्न आएका पर्यटक भने फर्किइसकेका छैनन्।
पर्यटकीय बस्ती हो, मुस्ताङको कागबेनी। यतिबेला यहाँ चिसो निकै बढेको छ। बाक्लो कपडा लगाएका मानिसहरूको चहलपहल बिहानैदेखि सुरु हुन्छ। उनीहरु चिसो सिरेटोमा आफूलाई हल्का बनाइरहेका छन्।
काठमाडौं– केही दिनअघिसम्म 'निर्मलाको अपराधीलाई कारबाही गर' तथा 'निर्मलालाई न्याय देऊ' भन्दै गरिने आन्दोलन अहिले 'गृहमन्त्री राजीनामा दे' र 'आइजिपीलाई बर्खास्त गर्' भन्नेतिर केन्द्रित हुन थालेको छ। निर्मलाको निम्ति न्यायको नारा सँगसँगै गृहमन्त्रीको राजीनामा पनि उत्रै आवाजका साथमा उठ्न थालेको छ।