Pages

Sunday, May 3, 2015

सम्झनामा वैशाख १२

किशोर दहाल

 २०७० बैशाखदेखि २०७२ सालकाे सुरूवाती महिनासम्म मैले नुवाकाेटकाे एउटा सामुदायिक विद्यालयमा अध्यापन गरेँ । त्यहाँ रहँदा, म एउटा घरकाे बुइगल (तेस्राे तला) मा बस्थेँ । सुरूमा डेढ वर्ष ३ जना, पछिल्लाे तीन महिना २ जना र २०७२ साल बैशाखदेखि म एक्लै बस्न थालेकाे थिएँ । हामी सबै शिक्षकहरू नै बस्थ्याैं । तर, भुकम्प आउँदा म एक्लै थिएँ ।)

२०७२ वैशाख १२ गते शनिबार !

खाना खाइसकेर कपडा धुँदा बिहानको ११ जति बजिसकेको थियो । म बेडमाथि बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साेही पाठकाे परीक्षा (युनिट टेस्ट) लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र काठमाडाैंका केही बाेर्डिङका पुराना प्रश्नहरु हेर्दै थिएँ । प्रश्न हेर्दै आराम पनि गरिरहेको थिएँ भन्दा पनि हुन्छ । केहीबेर पछि नुहाउने योजनामा थिएँ ।

म ढुङ्गा र माटोले बनेको घरको तेश्रो तला (बुईंगल)मा बस्ने गर्थें । चैत्र महिनाको मध्यसम्म त्यस कोठामा हामी दुईजना बस्थ्यौं । अर्को सरले स्कूल छाडेर गएपछि म एक्लै बस्न थालेको थिएँ । तल्लो तलामा एनजिओका एकजना स्टाफ बस्नुहुन्थ्यो । त्यस दिनचाहिँ घरमा म एक्लै थिएँ । घरबेटीहरु नजिकैको अर्को घरमा बस्नुहुन्थ्यो ।

पहाडको घरहरु भुकम्पको दृष्टिकोणले निकै जोखिमपूर्ण हुनेगर्छ । म पहिलो पटक पहाड आउँदा नै घरको संरचना देखेर डराएको थिएँ । घरको संरचना र भुकम्प एकसाथ सम्झिंदा मेरो आङ सिरिङ्ग हुन्थ्यो । बिशेष जग र खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँरहेछ । न त जग बलियो हुन्छ, न त पर्खाल नै । ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल उभ्याइएको मात्रै हुँदो रहेछ । कच्ची नै भए पनि हाम्रो तराइमा खाँबाे गाडेर घर बनाइन्छ । तुलनामत्मक रुपमा भूकम्पीय जोखिम पनि कम हुन्छ ।

प्रश्नपत्र हेर्दै गर्दा जस्ता बज्न थाल्यो । जस्ता लगाइएको घरमा सामान्य कम्पनमा पनि जस्ता बज्ने गर्छ । घाम तातिदैं र सेलाउँदै जाँदा नियमित बज्ने भएकाले अस्वभाविक लाग्दैनथ्यो ।  तर, यसपटक जस्ता अलि चर्कै गरि बज्न थाल्यो । सँगसँगै घर पनि हल्लिन थाल्याे । भुकम्प गइरहेको छ भनेर बुझ्न समय नै लागेन । नजिकै रहेको मोबाइल गोजीमा हालेँ ।

धरहरा चढ्ने रहर !

किशोर दहाल

          म २०६५ सालमा पहिलो पटक काठमाण्डौं आएको थिएँ । बिएड प्रथम बर्षको परिक्षा सकिएको केही दिनमा म काठमाण्डौं आएको थिएँ । त्यतीबेला मामाहरु काठमाण्डौं, ताहाचलमा बस्नुहुन्थ्यो ।
           काठमाण्डौं गएको दोश्रो दिन बिहान नै म भाइबहिनीसँग स्वयम्भु र बेलुका मामासँग रत्नपार्क वरिपरि घुमेँ । त्यसपछिका दिनमा भने म प्रायः एक्लै नै डुल्न थालेँ ।
          तेश्रो दिन म सुन्धारातिरै घुमिरहेको थिएँ । एक जना दाईलाई भेट्टाएँ । पहिले खासै बोलचाल भएको नभए पनि उनी एउटै कलेजका अघिल्लो ब्याचका बिद्यार्थी थिए । उनी पनि मजस्तै बिना गन्तब्य डुलिहिँडेका रहेछन् । गफ गर्ने साथी भेटियो । एक्लै हिड्नु परेन । त्यतैतिरको एउटा गल्लीमा दुबैजनाले मःम खायौँ । 
          तिनै दाजु र मैले धरहरा चढ्ने सल्लाह ग¥यौं । पहिलो पटक काठमाण्डौं आएकोले यहाँको बढि भन्दा बढि दृश्य हेर्ने हाम्रो रहरलाई धरहराको उचाईले सघाउ पु¥याउँथ्यो । धरहराको टुप्पोबाट म काडमाण्डौलाई राम्रोसँग नियाल्न चाहन्थें ।
          त्यो दाजु र म धरहराको फेदमा पुग्यौं । त्यहीं पुगेपछि थाहा भयो– धरहरा चढ्नको लागि ५० रुपैयाँको टिकट काट्नु पर्ने रहेछ । त्यतीबेला ५० रुपैयाँ निकै महँगो लाग्यो । मैले मात्रै होइन, त्यो दाजुले पनि पचास रुपैयाँ टिकटदरलाई महँगो नै भएको प्रतिक्रिया दिए । हामी धरहरा नचढी फर्कियौं ।
            म केही दिन पछि काठमाण्डौबाट फर्किएँ । बिएड सकिएपछि म फेरी काठमाण्डौ गएँ । धरहराको बाटो धेरै पटक हिडेँ । त्यही छेउको मःम पसलमा मःम पनि निकै पटक खाएँ । मःम खाँदाखाँदै महँगो दरको टिकटले पहिलो पटक धरहराको फेदमा पुगेर पनि नचढेको कुरा धेरै साथीभाईलाई सुनाएँ । तर, धरहरा भने चढिनँ ।
          ९० सालको भुकम्पमा धरहरा भाँचिएको खबर पढे पनि अब फेरी त्यसै गरि लडिहाल्ला भन्ने मैले कहिल्यै सोचिनँ । जतिपटक ओहोरदोहोर गर्दा पनि धरहरा उसै गरि शानका साथ ठडिरहेको हुन्थ्यो । मलाई पनि धरहरा सधैंभरि आफ्नै पहुँचमा छ जस्तै लाग्थ्यो । जहिले चढे पनि हुन्छ भन्ने लाग्थ्यो । चढिहाल्ले जाँघर कहिल्यै चलेन ।
           सुरुमा म काठमाण्डौ जाँदा मःम सस्तो थियो, धरहरा महँगो थियो । पछिल्लो समय धरहराभन्दा मःम महँगो भइसकेको थियो । अहिले टिकटको निम्ति समस्या छैन । समस्या एउटा मात्रै छ, अब धरहरा छैन ।
         अहिले लाग्छ, बरु त्यसदिन खाजा नखाएर भए पनि, धरहरा चढेको भए पनि हुने रहेछ ।
                                          twitter: kishu_gb123

घरै भत्केपछि !


किशोर दहाल

           २०७२ साल बैशाख १२ गते शनिबार दिउँसो ११ बजेर ५६ मिनेट
           नेपालको इतिहासमा यो मिति अब यसरी दर्ज भएको कि कसैले चाहेर पनि भुल्न सक्ने छैन महाभुकम्पको कुख्याती यसै मितिको नाममा जोडियो त्यस महाभुकम्पले धेरैलाई घरबारबिहिन बनाईदिएको
           देशभरिको रिपोर्ट सञ्चार माध्यममा आइरहेको बिशेषगरि राजधानी सदरमुकामहरुको खबर प्रमुख बनिरहेको हेलिकप्टरमा घुम्न पाएका केहि पत्रकारका क्यामेराले खिच्न भ्याएका दृश्यहरु टिभी च्यानलले प्रशारण गरिरहेकै छन् फोटोहरु पत्रिका अनलाइनहरुले प्रकाशित गरिरहेकै छन्
            भुकम्प आउँदाको क्षण त्यसपछिको पाँच दिन नुवाकोटको दुर्गम गाबिस महाकालीको सिलामे गाउँमा थिएँ यहाँको लगभग सम्पूर्ण घर भत्किएका छन् प्रायः घर लडेका छन् लड्न नसकेका घरहरु नराम्रोसँग चर्किएका छन् तीमध्ये कुनै पनि घर बस्नलायक छैनन् भुकम्पबाट केही मानिसको मृत्यु भएको केही घाइते भएका छन् यद्यपि उद्धारको खाँचो भने छैन केबल राहतको खाँचो बिहिबार बिहान मैले सिलामे छोड्ने बेलासम्म त्यहाँ राहतकोपनि पुगेको थिएन त्यहाँ कार्यरत स्वास्थ्यकर्मी मुकेश भट्टराईसँग सम्पर्क गर्दा एउटा परिवारलाई १० केजीका दरले चामल पु¥याईएको करिब ९०० घरधुरी रहेका ठाउँमा ४० वटा पाल पु¥याईएको पाल बाड्न नसकेपछि स्कुलमा थुपारिएको बाँकी पाल आएपछि बाड्ने कार्यक्रम तय भएको रहेछ हप्तादिन पछिहात्तीको मुखमा जिरा पुगेकोथियो, अब कहिले पुग्ला ?
             स्थानिय जानकी मा.बि.को शिक्षक हुँ घर धनुषामा पर्छ , अहिले आफ्नै घर आइपुगेको छु तर, मेरो दिमागमा घुमिरहेको त्यही सिलामेका दृश्यले मलाई यी शब्दहरु लेख्न बाध्य तुल्याईरहेको यत्रो दिन सञ्चार सम्पर्क इन्टरनेटको पहुँचबाट टाढा रहेँ सरकारी तहको प्रयासबारे सामान्य अपुष्ट खबर बाहेक धेरै कुरा थाहा छैन त्यो गाउँमा राहत नपुगेर जनजीबन कष्टकर भएको देखेपछि मात्रै यो शब्द लेखिरहेको छु
             पहाडका घरहरु सामान्य माटो ढुङ्गाको सहायताले बनाईने गरिन्छ तराईमा जन्मेहुर्केको मलाई पहाडको त्यो गाउँमा पुग्दा त्यहाँको घर बनाउने शैलीले अचम्मित तुल्याउने गथ्र्यो बिशेष जग खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँ रहेछ जग बलियो हुन्छ, पर्खाल नै ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल घर बनाईको हुँदो रहेछ सामान्य अबस्थामा पनि त्यस्ता घरहरु निकै असुरक्षित हुन्छन्, झन् ठूलै भुकम्प गएपछि त्यस्ता घरहरुले आफ्नो अस्तित्व जोगाउन सकेनन् अधिकांश घरका छानाले भूईं टेक्न पुगे जसले गर्दा मानिसहरु केही क्षणमै घरबारबिहिन हुन पुगे
            भुकम्पबाट आफैं पनि संयोगले बाँचेको थिएँ भुकम्पको धक्का कम हुन थाले पछि गाउँतिर निस्किएँ नजिकै पाँचवटा घर भएको एउटा गाउँका सबै घरहरु सुतेका थिए एकजना च्यापिएका रहेछन् स्थानियको सहयोगमा उनलाई उद्धार गरिएको थियो पहाडको गाउँ भएकोले वरिपरिका गाउँको घरहरु लडेका देख्न सकिन्थ्यो धेरै गाउँहरु सुतेका थिए भुकम्पले क्षति पु¥याउँछ भन्ने थाहा थियो, तर यसरी गाउँ नै सुत्न सक्छ सबैलाई शोकमा डुबाउँछ भन्ने थाहा थिएन केही घरहरु डुलेँ सबै उस्तै थिए बस्नलायक घर कुनै थिएनन् भत्केका घर भत्किनै हाले, चर्केका फुटेका घरहरु झन् बढि जोखिमपूर्ण लाग्दथे तिनीहरुले खतरा बढाईरहेका प्रतीत हुन्थे हावा बेस्सरी चलेको थियो पानी पनि पर्ने छाँटकाँट पनि देखिन्थ्यो त्यो गाउँमा त्रिपाल सबैसँग हुने कुरै थिएन बाक्लो गरिब तमाङ बस्ती भएकाले त्यस किसिमको जोहो सबैले गर्न सक्ने हैसियत पनि थिएन अधिकांशसँग बोरा टाङ्न बारीको पाटो पनि छैन भोकै होस्, अनिदो नै होस्, धेरैले त्यो रात कटाए रात कटाए भनौं, सुत्न के सक्नु ?
          अहिले प्रायः सबैले सानोठूलो पालमा रात कटाईरहेछन् कसैले भत्केको घरको जस्ता उप्काएर सामान्य टहरा बनाएका छन् प्रायः परिवार सामूहिक रुपमा बसिरहेका छन् अबको बासस्थान कहाँ, कस्तो हुने धेरैले सोच्नै सकेका छैनन्
          अरु जुन सुकै आपत पर्दा, क्षति हुँदा मानिस बेलुका घर पुगेर चिन्ता गर्छ दुई छाक मीठो मसिनो खाएर समस्याको समाधानको लागि उपायहरु सोच्ने गर्छ तर, घरै भत्केपछि मानिसमा आत्मबल नै हराएर जाँदो रहेछ केही सोच्ने उत्साह नै मर्दो रहेछ खान मीठो नभए पनि सुत्न घर नि भन्ने मानिसको एउटा आत्मबल घर भत्केसँगै भत्किदोँ रहेछ प्रायः मानिसको झुपै्र सहि, साघुँरो नै सही सुस्ताउने घर थियो त्यसले अन्य समस्याबारे निधार खुम्च्याउन भर दिन्थ्यो तर, अब त्यही घरको पनि भर भएन घर नै खतरनाक भइदियो घरले नै किचिदेला भन्ने त्रास भयो
         पूनर्निमाणमा झन् बढि सकस सबैका घर भत्किएका छन् कसैलाई कसैले सहयोग गर्न सक्ने स्थिति पनि छैन त्यो पहाडलाई राज्य निकै टाढा भइरहेको स्थानियको होसहवास उडेको के गर्ने, कसो गर्ने अन्योलता छाएको बर्षा सुरु हुनै लागेको , प्रत्येक दिन पानी परिहेकै भुकम्पले चर्किएको जमिनमा पहिरो जाने सम्भावना कहाँको जमिनमा पहिरो जाने हो, ठेगान छैन खाने अन्न पुरिएको बर्षा सुरु हुनु अगाबै घर बनाउन नसके झन् दुर्दिन भोग्नुपर्नेछ बौलाह रुपमा पर्ने पानीको आबेगलाई सामान्य त्रिपालको छाप्रोले कसरी थेग्ला ?
         बिद्यार्थीहरु बिद्यालयसम्म आउन गाह्रो बिद्यार्थीसँग किताब छैन, खाने अन्न छैन, पोषाक छैन मूख्यतः घर नै छैन कसरी पढ्लान् ? भुकम्पले धेरै बिद्यार्थीको होस उडेको प्रायसँग यो नाफाको जिन्दगीको आफ्नै कथा दिमागफ्रेसनभएका बिद्यार्थीहरु के पढ्न सक्लान् ?
        घरबारबिहिन निमुखाहरु प्रत्येक दिन गाउँको चोकमा आउँछन् राहत आइपुग्छ कि भनेर अर्को अनभिज्ञलाई सोध्छन् हेलिकोप्टरको आवाज आउने बित्तिकै ती त्यसैगरी जम्मा हुन्छन् हेलिकोप्टर माथिमाथि उडेर खै कता जान्छ कुन्नि ! धेरैका अनुहारमा निराशाका बादल मडारिएर आँखाभरि आँसु छाउँछ ती केही बोल्न सक्दैनन् लुरुलुरु आफ्नै पालतिर फर्किन्छन् ती भगवानलाई गाली गर्छन्   सरकार उसको समन्वयकारी भूमिकाबारे उत्ती जानकार छैनन्
         गाउँमा जे जति सहयोगहरु आदानप्रदान भएको , सबै छिमेकीको सदासहायतामा भएका छन् चुनाब जितेर गएका नेताको सामान्य आश्वासन पनि सुनिएको छैन चुनाबताका निकै आश्वासन दिने नेता अर्जुननरसिंह केसी अहिले अमेरिकामा घुमिरहेका छन् रे भन्ने खबर गाउँमा पुगेको आफ्ना प्रतिनिधि नेता सुरक्षित छन्, चित्त बुझाउने बाटो यही होला सायद
          खबरमा बिशेषगरी काठमाण्डौँ छाएको कैयौँ तलाका भवनहरु भासिएका, ढल्किएका खबरहरु प्राथमिकतामा परिरहेको तर, त्यो दुर्गम गाउँको खबर गुमनाम देशभरिको कुल मृतकहरुको सङ्ख्यामा पनि त्यहाँको लास जोडिएकै छैन
twitter: kishu_gb123