किशोर दहाल
अधुरो प्रेमपत्र
शैली नमिलको कबिता
रक्सीको ह्याङओभर
नागरिकताको फोटोकपी
यस्तै–यस्तै केहि हो–
जिउँदो मान्छे
भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो
बरु रातो–रातो, पँहेलो–पँहेलो होस्
कम्तीमा बिहान बेलुका बल्छ त्यो
युद्धबाट फर्किएको सिपाहीको
‘प्रुफ’ गर्न बाँकी
डायरीको अक्षरजस्तो
किरिङमिरिङ सपनाले
रङ्गीएको हुन्छ त्यो
निमुखाको हातमा पुगेको
बैद्य बाको औषधीजस्तो
आशाले भरीएको हुन्छ त्यो
कुनै तामझाममा उडाईएको
रङ्गीन बेलुनहरुजस्तै
आकाशे गन्तब्यहरुमा
उडिरहेको हुन्छ त्यो
(२०७०)
No comments:
Post a Comment