Pages

Friday, December 13, 2013

मयुर टायम्स पढेपछि...

किशोर दहाल

मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल विषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखेका छन्–मयुर टाइम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको विषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादव मयुर टाइम्स दैनिककी सम्पादक हुन्छिन् भने लिसरा पुन सोही पत्रिकाको पत्रकार ।

मुलुक जातीय र साम्रदायिक गोलचक्करमा उभिरहेको बेला मधेसमा पत्रकारिता कतिको चुनौतीपूर्ण छ भनेर वाग्लेले मयुर टाइम्स मार्फत देखाउन खोजेका छन् । पत्रकारिताको सिलसिलामा मानिसको निजी जीवन कुन कुनामा फालिन्छ, उसका रहर र आकांक्षाहरु कसरी निष्प्रभावी बन्छन् भनेर देखाउन उपन्यास सफल छ । 

उपन्यासकारले मधेसको असहज पत्रकारिता मात्रै नभई विगतको नेपालसँग त्यसको सम्बन्ध पनि देखाएका छन् । त्यसैले असहज बन्दै गरेको पराग र लिसराको पत्रकारिता र अपहरणमा परेकी परागको वृतान्तसँगै सुरु भएको कथा परागकै फ्ल्यासब्याक पछ्याउँदै अन्नत ‘तत्कालको लागि’ उनको मुक्तिसँगै टुङ्गिएको छ । एक हप्ताभित्रै पत्रिका बन्द गर्ने थम्की खाएर पराग त अपहरणमुक्त भएकी छ तर आम नेपाली पत्रकारहरु भने यस्ता धम्कीबाट मुक्त हुन सकेका छैनन् । समाचार लेखेकै निहुँमा धम्की, अपहरण र आक्रमणको शिकार बनिरहेका आम नेपाली पत्रकारहरुको एउटा साझा अनुभुतिको दस्तावेज हो– मयुर टाइम्स । समाचार लेखेकै निहुँमा आक्रमणमा परेका टिका बिष्ट र उमा सिंहजस्ता पत्रकारहरुको अघोषित अनुभव र सत्य पनि हो ।

Tuesday, December 3, 2013

स्रोतले बताएको समाचार

किशोर दहाल

सञ्चार जगतमा प्रतिस्पर्धा निकै बढ्दो छ । आम मानिस पनि पलपलको खबरबाट बेखबर हुन चाहदैनन् । त्यसैले अधिकांश मानिसको फुर्सदको  समय रेडियो सुनेर, टिभी हेरेर वा पत्रपत्रिका पढेर वितिरहेको हुन्छ । मानिस सकेसम्म हरेक निमेषका घटनालाई आफ्नो जानकारीमा राख्न चाहन्छ । चियाको चुस्कीसँगै पत्रिका हेर्दै बिहान बिताउनु र पावरवाला चस्मा लगाएर इन्टरनेटमा संसार डुल्लु भनेको मानिसमा बढ्दै गएको सुचना र समाचारप्रतिको मोहले गर्दा नै हो । मिडियाले पनि हरेक पलका समाचार आफ्नो स्रोता वा पाठकमाझ पु¥याउने प्रयास गरिरहेको देखिन्छ । जब ग्राहकहरु बढ्छन् तब उत्पादकहरु बीच कडा प्रतिस्पर्धा हुन थाल्छ र यस्तो अवस्थामा “ब्ल्याकमेलिङ” फस्टाउनु स्वभाविकै हो । पाठक वा स्रोताको समाचारप्रतिको यस्तै पागलपनको फाइदा उठाउँदै अधिकांश मिडियाले उनिहरुमाथि भ्रम छरिरहेका छन् । त्यसैले आफूले पढेका र सुनेका खबर कत्तिको विश्वासनिय छ, स्रोता अनि पाठकले केलाउन जरुरी छ ।

‘स्रोत’ले बनाइदिएको भरमा समाचार प्रकाशित र प्रशारित गर्ने प्रवृति पछिल्लो समय ह्वात्तै बढेको छ । वास्तविक यथार्थ के हो भनेर खोजी गर्न र विश्लेषण गर्न छाडेर समाचारदाता नै कुनै अमूक स्रोतको पछि लाग्ला धेरै पाठक वा स्रोताहरु भ्रममा परिरहेको अनुमान लगाउन सकिन्छ । जुन समाचारमा पाठक वा स्रोताले बलियो र भरपर्दो स्रोत खोजीरहेको हुन्छ, त्यसै समाचारको पछि भनिएको हुन्छ, “स्रोतले बताएको छ”, आम पाठक भने कतिपय समाचार पढिसक्दा वा सुनिसक्दा पनि समाचारप्रति विश्वस्त हुन सक्दैन । जसरी समाचार पढ्न र सुन्न पाउनु सबैको अधिकार हो,   त्यसैगरी प्रकाशित र प्रशारित समाचारप्रति विश्वस्त हुन पाउनु पनि उनीहरुको हक हो । तर नेपाली सञ्चार जगतले जनतालाई एउटा हक प्रदान गरेजस्तो गरेर अर्को हक खोसिएको छ ।