असोज २०, २०७४| प्रकाशित ११:४४
एमालेका पोटिलब्युरो सदस्य समेत रहेका प्रदीप नेपाल अध्ययनशील नेताहरुमा पर्छन्। पछिल्लो समय सक्रिय राजनीतिमा कमै मात्रै देखिएका उनी बर्सेनि जसो पुस्तक प्रकाशित गरिरहेका छन्। उनी समसामयिक राजनीतिक विषयमा पत्रिकाहरुमा स्तम्भ पनि लेखिरहन्छन्। उनै नेता तथा साहित्यकार प्रदीप नेपालसँग नेताहरुको अध्ययन संस्कृतिको विषयमा किशोर दहालले गरेको कुराकानीः
पुस्तकहरुको सम्पर्कमा कहिलेदेखि पुग्नुभयो?
म भोजपुरको विद्योदय हाइस्कुलमा कक्षा ९ मा भर्ना भएपछि बाहिरी पुस्तकको सम्पर्कमा पुगें। त्यहाँ एउटा पुस्तकालय थियो। धेरैजसो नेपालीमा अनुवाद भएका बंगाली लेखकका पुस्तक उपलब्ध थिए। तिनलाई खुब पढें। हिन्दी लेखकका पुस्तकहरु पनि थिए। प्रेमचन्द्रका कथाहरु मैले त्यहीँ पढ्न सुरु गरेको हुँ।
पुस्तकमा सामान्य मानिसको चरित्र झल्कने कथाहरु हुन्थे। त्यस्तै पढिन्थ्यो। प्रेमचन्दले समाजका तल्लो वर्गका मानिसबारे लेख्ने हुनाले उनका पुस्तकले बढी छुन्थे।
नेपालीमा चाहिँ म रमेश विकललाई कथागुरु नै भन्छु। उनको ‘फुटपाथ मिनिस्टर’ कथा पढेपछि नै मैले कथा भनेको हामीजस्तै मान्छेको जीवनलाई लेख्नु रहेछ भन्ने बुझ्न थालें।
पुस्तक पढ्ने नसा लागिसकेको कहिलेदेखि महसुस हुनथाल्यो?
०२६ सालमा काठमाडौं आएपछि आफूलाई पुस्तकको नसा लागेको महसुस गरें। त्यतिबेला म लाइब्रेरी खोजीखोजी हिँड्थें। त्यही समयमा हिन्दीमा अनुवाद भएका किताबहरु निकै पढें। चेखब, म्याक्सिम गोर्कीहरुलाई त्यही बेला पढेको हो।
कम्युनिस्ट दर्शनतिर कसरी आकर्षित हुनुभयो?
मेरो साहित्यको फाँट नै सीमान्तकृतहरुतिर गयो। अनुवादहरु पनि त्यस्तैत्यस्तै पढ्न पाएँ। जस्तो गोर्कीको ‘आमा’।
मैले पढेका पुस्तकहरुमा तल्लो वर्गका मानिसका चित्र पाइन्थ्यो। स्वभाविक हो, जुन क्षेत्रका पुस्तकहरु पढ्दै गइन्छ, त्यतैतिर रुची बढ्दै जान्छ।
काठमाडौं आएपछि त्यस्तै साथीहरुको संगत भयो। म त्रिचन्द्र कलेज पढ्थें। त्यतिबेला राजनीति भनेकै विद्यार्थी राजनीति थियो। साथीहरुसँगै लागेर म पनि अनेरास्ववियुतिर लागें।
म धेरै नबुझ्दै विद्यार्थी राजनीतिमा लागें। ०२६ साल वैशाखमा आएर त्रिचन्द्रमा भर्ना भएँ, साउनमा एउटा विद्यार्थी आन्दोलन भयो। पुलिसले समातेर दुःख दियो। कुट्यो पनि।
म सानैदेखि प्रतिक्रियात्मक थिएँ। कसैले अन्याय गर्यो भने सहन्न थिएँ। कुट्ने शिक्षकसँग पनि पढ्दिन थिएँ। पुलिसले कुटेपछि ममा त्यसको कारणबारे प्रश्न उब्जियो। त्यसको खोजी गर्न थालें। खासमा वामपन्थी भएकाले कुटेको रहेछ। तर, त्यतिबेला मलाई वामपन्थी, दक्षिणपन्थी केही थाहा थिएन। म त भोजपुरबाट आएको सोझो युवक थिएँ।
मेरो गाउँमा सबैजसो कांग्रेस थिए। मेरो सपना पनि राजनीति गर्ने थिएन। म त पढ्छु र कुनै हाइस्कुलको हेडमास्टर बन्छु भन्ने थियो।
पुलिसको कुटाइका कारण पनि राजनीति गर्नुपर्छ भन्ने भयो। त्यही प्रतिज्ञा गरेर दशैं मान्न घर गएँ। घर गएपछि पुलिस इन्स्पेक्टरले बोलाएर तुरुन्त काठमाडौं फर्कन भने। खासमा गाउँमा बुवाको इज्जत राम्रो थियो, त्यसैले उसले थुन्नुभन्दा काठमाडौं फर्कन सुझाव दिएको थियो।
अनि म टीका लगाएर काठमाडौं फर्किएँ।
म आक्रोशित भएको थिएँ। काठमाडौं आएर साथीहरुलाई घटना सुनाएँ। अनि साथीहरुले कम्युनिस्ट बन्न सल्लाह दिन थाले। उनीहरुले नै कम्युनिस्ट पार्टीको परिचय गराउन थाले। त्यतैतिर आकर्षित हुन थालें। पढ्न थालें।
काठमाडौंमा पुस्तकहरु कसरी उपलब्ध हुन्थ्यो?
त्यतिबेला यहाँ प्रशस्तै लाइब्रेरी थिए। नेपाल–भारत मैत्री संघको पुस्तकालय, नेपाल–चीन मैत्री संघको पुस्तकालय, नेपाल–सोभियत मैत्री संघको पुस्तकालय थियो। अमेरिकन लाइब्रेरी, ब्रिटिस लाइब्रेरी पनि थियो। अरु पनि धेरै पुस्तकालय थिए। पठन संस्कृति र पठन सुविधा त्यतिबेला धेरै थियो। अहिले छैन।
अहिलेका नयाँ कम्युनिस्ट नेताहरुमा अध्ययन संस्कृति कस्तो पाउनुहुन्छ?
अहिले निकै कमले मात्रै पढ्छन्। पढ्दै पढ्दैनन् भने पनि हुन्छ। हाम्रै नेताहरुले पनि पढ्दैनन्। हामीले जति बुझ्यौं, त्यही नै सत्य हो भन्ने भ्रममा छन्। नेताले नै नपढेपछि कार्यकर्ताले पनि पढ्दैनन्। अनि नेताको भाषण कार्यकर्ताले सुन्छन्, त्यसैलाई दोेहोर्याउँछन्। भाषणको राजनीति खै कति पो टिक्ला र?
आफूले नपढेपछि आफूभन्दा ठूला नेताले भनेका कुरालाई अन्तिम सत्य मान्ने प्रवृत्ति स्वभाविक नै हुन्छ। अहिले भइरहेको त्यही हो। एउटा नेताले जे बोल्छ, बाँकीले त्यसैलाई दोहोर्याउँछन्।
मलाईचाहिँ सुरुदेखि नै आफ्नो स्वतन्त्र अस्तित्व जोगाउनुपर्छ भन्ने लाग्थ्यो। त्यसैले अध्ययन गर्थें। मलाई अन्तिम दिनसम्म पनि, जाँदाजाँदै पनि दुई पेज भए पनि पढ्न पाइयोस् भन्ने लाग्छ।
एमालेभित्रैका नेताहरुमा अध्ययन संस्कृति कस्तो पाउनुहुन्छ?
छैन। पटक्कै छैन। हाम्रो केन्द्रीय कमिटिमा मुस्किलले १०–१५ जना अध्ययन गर्ने बानी भएका नेताहरु होलान्। जबकि, झन्डै २ सय जनाको केन्द्रीय कमिटि छ। अध्यक्ष र महासचिवले भाषण गरेको भनेर राजनीति गर्नेहरु धेरै छन्।
तपाईंलाई भेट्ने भर्खर राजनीति गर्दै गरेका युवा नेताहरुले अध्ययनबारे कुनै छलफल गर्छन्? कुनै वौद्धिक बहस गर्छन्?
गर्दैनन्। मसँग त्यस्तो अनुभव छैन।
तपाईंले त अध्ययन गर्नुपर्छ भनेर आग्रह गर्नुहुन्छ होला नि?
म सबैलाई भन्छु। कतिले तपाईंको पुस्तक पढेर म यतातिर लागेको भन्छन्। म उनीहरुलाई अझै पढ्न भन्छु। पढ्न र त्यसलाई लागू गर्ने कोसिस गर्न आग्रह गर्छु। तर, समग्रमा हेर्दा अध्ययनको मामलामा म निराशाजनक अवस्था देख्छु। मैले अध्ययन गर्नुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ भनेर त व्यक्ति स्वयंलाई भित्रैदेखि महसुस हुनुपर्छ। शिक्षकले जस्तो सिर्कना लगाएर पढाउने कुरा हुँदैन।
अध्ययनशील नभए पनि नेता हुन सकिन्छ भन्ने चलन कसरी विकास हुन थाल्यो?
त्यो त म भन्न सक्दिनँ। तर, मचाहिँ पढेरै नेता भएको हुँ। मलाई सुरुवातमै एकजना साथीले एक दर्जन पुस्तक दिएर पढ्न भन्नु भएको थियो। उहाँको नाम महेश भट्टराई हो। उहाँले नै मलाई ०२७ सालमा पार्टी सदस्यता दिनुभएको थियो।
मलाई के महसुस हुन्थ्यो भने, पुस्तक नपढीकन केही जान्न सकिन्न।
जनतामा पनि अध्ययन गर्ने बानी नभएका नेताहरुको स्वीकार्यता किन बढ्दै गयो?
यो समाजको क्षयीकरण गर्ने गन्तव्य तर्फको यात्रा हो। यसरी समाज बलियो बन्दैन।
कांग्रेस पढ्दै नपढ्ने जात हो। त्यसका कतिपय कार्यकर्तालाई विश्वेश्वरप्रसाद कोइराला को हो भन्ने नै थाहा हुन्न। बिपी भनियो भने चाहिँ चिन्लान् कि! विश्वेश्वरप्रसाद कोइराला सुरुमा समाजवादी थिए भनियो भने अहिले कांग्रेसको केन्द्रीय कमिटिका कतिपय नेताले नै मान्दैनन्।
एमालेमा कम्तिमा मार्क्सवादबारे सामान्य ज्ञान सबैमा हुन्छ। पर्याप्त नभए पनि सामान्य सिद्धान्त जान्दछन्। तर, गहिराइमा गएर चिरफार गरेर पढ्ने बानी हाम्रोमा पनि छैन।
अरु कुनै पार्टीमा पढ्ने संस्कृति छैन। ढुक्क भए हुन्छ। अध्ययनमा माओवादी पनि ‘जिरो’ हो।
नेताहरुले अध्ययन गर्न छाडेपछि सैद्धान्तिक बहस हुँदैन। त्यसैले सबै पार्टीहरु उस्तैउस्तै देखिन थालेका छन्। यो पार्टीहरुको सिद्धान्त मरेको समय हो।
तपाई २०–२५ वर्षको युवा हुँदाखेरि यो देश कस्तो हुनेछ भन्ने सपना देख्नुहुन्थ्यो?
त्यतिखेर सबैले खान र लाउन पाउँछन्, सबैले काम गर्नुपर्छ भन्ने लाग्थ्यो। पार्टी बनाउने, पार्टीले जनताको काम गर्ने भन्ने सोचिन्थ्यो।
अहिले त पद पाउने, मन्त्री हुने सपना पो देखिन थालेको छ। किन?
अहिले त सिद्धान्त मर्यो। कुनै खास पार्टीमा मात्रै होइन, सबै पार्टीमा त्यस्तो देखिन थाल्यो।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/2737

No comments:
Post a Comment