नेपाल लाइभ
पुस ५, २०७४| प्रकाशित १२:१४
हरिराज अधिकारी गोरखा १ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका उनले २९ हजार ८ सय ६० मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत मात्रै पाए।
अधिकारी पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि अधिकारीसँग किशोर दहालले गरेको कुराकानीः
जनताले तपाईंलाई नै रोज्नुको कारण के हो?
जनताले मलाई गोरखा १ का सांसद बनाए। उनीहरुले गोरखा १ का समस्या हल हुन्छ भन्ने विश्वासमा मलाई रोजेका हुन्।
तपाईंलाई नै जिताएर हल गराउनुपर्ने त्यहाँ के समस्या छ?
एउटा बेनीघाटदेखि चीनको बोर्डरसम्मको बाटो छ। त्यसलाई नेपाली सेनाले अहिले खनिरहेको छ। प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनालाई जिम्मा दिनुभएको थियो, त्यो एउटा गतिमा गएको छ। त्यसलाई पूरा गर्नुपर्ने छ। बुढी गण्डकी अलि अलपत्र परेको छ। के हो, के हो जस्तो भएको छ। वर्तमान सरकारका निर्णयले अलि अन्यौलको सिर्जना गरेको छ। त्यसलाई अगाडि बढाउनुपर्नेछ। त्यस्तै यहाँ गोरखकाली, मनकामना जस्ता धार्मिक ऐतिहासिक थलो पनि छन्, तिनीहरुको सम्बर्द्धन र विकास गर्ने र पर्यटक ल्याउने कुरा पनि छन्। धार्मिक र सांस्कृतिक सम्पदा र हिमाली ट्रेकिङमा पर्यटकको आगमनको सम्भावना छ। यसले पर्यटन उद्योग फस्टाउने सम्भावना छ। कृषिलाई व्यवस्थित बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारका कुरा पनि छन्। म त्यही क्षेत्रमा जन्मेर हुर्केर पार्टी राजनीतिमा लागेको हुनाले यो जनताकै छोरो हो र यसले जनताको हित गर्छ भनेर मलाई विश्वास गरेका हुन्।
पहिलो पटक सांसद बन्नुभएको छ। संसद् बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाही कस्तो होला भन्ने सोच्नुभएको छ?
यो देखेको, सुनेको र जानेकै कुरा हो। जनयुद्धको जगमा संविधानसभा आयो। र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायो। हाम्रा साथीहरु पटकपटक त्यहाँ गइसक्नुभइएको छ। त्यसैले म पनि त्यहाँ गएर अलि भिन्न ढंगले जनताको प्रतिनिधित्व गर्नुपर्छ भन्ने ठानेको छु। यो संसदीय प्रणाली अलिकति पूर्ण छैन। पूर्ण समानुपातिक हुँदाखेर सबै जाति क्षेत्र वर्ग भाषा धर्म लिंगको प्रतिनिधित्व हुनेथ्यो। खर्चिलो र भड्किलो निर्वाचन प्रणाली मैले देखेको छु। यो केही खराबीका कारण संसदीय व्यवस्थाका खराबीका खराबीहरु पनि देख्न, बुझ्न र सिक्न पाइने भइयो। मूलतः त्यहाँ गएर जनयुद्ध र जनआन्दोलनका कारणले पैदा भएका परिवर्तनका कुरा जेजे छन्, यसका पक्षमा जनप्रतिनिधिका रुपमा अलि भिन्न ढंगले सेवा र सहयोग गर्न पाइन्छ भन्ने कुरामा म तयार नै छु।
हाम्रो संसद् राम्रो कुराले भन्दा नराम्रो कुराले बदनाम छ। त्यो हामीले बहुदलीय व्यवस्थाको सुरुवातदेखि नै देखेका छौं। तपाईं पनि पुराना सांसदजस्तै बदनाम हुनुहुन्न भनेर जनतालाई कसरी विश्वस्त तुल्याउनुहुन्छ?
नराम्रो मात्रै छ भन्ने मलाई लाग्दैन। कैयौं कुरा राम्रा पनि छन्। कैयौं कुरामा कमजोरी पनि छन्। नेपाली पत्रकार क्षेत्रले पनि ख्याल गर्नुपर्ने कुरा पनि छन्। यो चौथो अंग भएकाले देश र जनताको सकारात्मक मन खोलेर भन्नुपर्छ। स्वतन्त्र निर्णय गर्नुपर्छ। यो मेरो सुझाव छ। राजनीतिमा अलि ढिलो भएको हो तर राम्रै भइरहेको छ। राजतन्त्र गयो र गणतन्त्र आयो। संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीका र सामाजिक न्यायका पक्षहरु बिस्तारै हाबी हुँदै गएका छन्। परम्परागत राजनीतिक शक्तिहरु बिस्तारै कमजोर हुँदै गएका छन्। नयाँ-नयाँ सम्भावना आएका छन्। त्यसैले सांसद पूर्ण नभए पनि नराम्रो छ र बदनाम छ भन्ने मलाई लाग्दैन।
मैले बदनाम कुन अर्थमा भनेको हुँ भने, तपाईंहरुले सशस्त्र युद्ध सुरु गर्दा तत्कालीन सांसदको कतिपय कमजोरीबाट आफूप्रति जनतम र सहानुभूति बटुल्नुभएको थियो। तपाईंहरुकै शब्दमा पनि त्यो बदनाम संसद् थियो। अहिले तपाईंहरु त्यसकै खेलाडी भइसक्नुभएको छ। अब बदनाम हुनुहुन्न भनेर कसरी आश्वस्त पार्नुहुन्छ?
तपाईंले भनेको संसद् र यो संसद् फरक हो। त्यो बेलामा सामन्तवादी राजतन्त्र थियो। राजाको निगाहमा संसद्, सरकार र संविधान लगायतका सबै कुरा थिए। त्यसैले हामीले युद्ध थालेको बेलाको संसद् र अहिलेको संसद् एउटै कुरा हुँदै होइन। तर यो पूर्ण छ भनेर म भन्दिनँ।
सांसदका रुपमा तपाईंले तत्काल गर्ने कामहरु केके हुन्?
मेरो आफ्नो केही पनि छैनन्। म कम्युनिस्ट कार्यकर्ता हुँ, जनताको छोरा हुँ। पार्टी राजनीति गरेर आएको हुँ। चुनावी जित र हारले मेरो राजनीतिक यात्रालाई कुनै फरक पार्दैन। म निरन्तर नै जनताको पक्षमा लागिरहन्छु। एउटा सांसदको रुपमा राज्यसत्ताको शक्ति प्रयोग गरेर जनताको हितमा हुनसक्ने सम्भावित कामहरु सबै गर्नेछु। त्यसको लागि म प्रतिबद्ध पनि छु। सकारात्मक र रचनात्मक सहयोग भयो भने म जनताको पक्षमा आफूलाई पूर्ण रुपमा समर्पित गर्नेछु।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/9279

No comments:
Post a Comment