नेपाल लाइभ
असोज २५, २०७४| प्रकाशित २३:३४
गैरनेपाली आवासीय संघ (एनआरएन) को गठन भएदेखि नै यसबारे निकै बहस हुने गरेको छ। विशेषगरी यसप्रति रहेको अपेक्षा, यसले गरिरहेका काम र संरचनालाई लिएर तिखो आचोचना पनि हुने गर्छ। तर पनि एनआरएनप्रतिको चासो र चर्चामा कमी आएको छैन। यसै विषयमा केन्द्रित भएर नेपाल लाइभका लागि किशोर दहालले एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलसँग कुराकानी गरेका छन्।
सन् २०१५–१७ मा पनि एनआरएन अमेरिकाको अध्यक्ष पद सम्हालिसकेका पौडेल पछिल्लो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।
एनआरएन हुनु र नहुनुले नेपाललाई के फरक पर्छ?
त्यसमा आ–आफ्ना व्याख्या हुन सक्लान्। तर, केचाहिँ हो भने, एनआरएनलाई नेपालले राख्न चाहेर वा नचाहेर रहने वा नरहने भन्ने हुँदैन। यस्तो किन त भन्ने कुराको उत्तर एनआरएन के हो भन्ने प्रश्नसँग जोडिन्छ। जो नेपाली नेपालमा जन्मे हुर्के अनि विदेशमा गए, उनीहरु एनआरएन हुन्। जुनबेला एनआरएनको स्थापना भयो त्यसबेला ५–७ लाख नेपाली विदेशमा काम गर्थे। त्यहाँ सेटल हुन थालेका थिए।
अहिले त्यो संख्या ६० लाखको हाराहारीमा पुगिसकेको छ। त्यही बेलादेखि नेपाल सरकारले विदेश गएका नेपालीहरुले नेपालका लागि केही गर्न सक्छन्, उनीहरुको सहयोग पनि लिने र उनीहरुलाई केही सहुलियत पनि दिने भन्ने धारणाका आधारमा यो संस्थाको गठन भएको हो। त्यसैले यो संस्था हुनु र नहुनुले नेपाललाई के फरक पर्छ र? भन्दा पनि कसैले चाहेर वा नचाहेर पनि यो संस्था छ। बरु परिभाषा अनुसार यसलाई एनआरएन भन्ने कि नभन्ने कुरा चाहिँ उठाउन सकिएला। तर, विदेशमा गएर बसेका नेपाली, जसले नेपाललाई माया गर्छन्, सहयोग गर्छन् उनीहरु एनआरएन हुन्। जो एकपटक नेपाली भएर जन्मेपछि सधैं नेपाली भएर बाँच्न चाहन्छन्।
मैले जोड्न चाहेको प्रसंग थियो, तपाईंहरुको संस्था स्थापना हुँदै गर्दाको हल्लाखल्लासित। त्यतिबेला यहाँ एनआरएनहरुले व्यापक लगानी ल्याउने, देशको कायापलट नै गर्ने भन्ने जसरी चर्चा भएको थियो, तर त्यस्तो देखिएन। किन त?
यो नेपाली जनसंख्याको एउटा हिस्सा हो। तीन करोड जनसंख्यामध्ये ६० लाख त विदेशमा छन्। हल्ला गरे पनि नगरे पनि उनीहरुले गर्ने काम त गरिराख्छन् नि! तर, यसको स्थापना भइसकेपछि जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्यो। त्यो के भने, विदेशमा बस्नेले नेपालका लागि गर्ने लगानी र लगानी गर्दा हुने फाइदा र सहुलियतका कुरा प्रकाशमा ल्यायो। यसले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा थोरै भए पनि इँटा थप्ने काम गरेको छ। तर, एनआरएनले नेपालको कायापलट गर्ने होइन। नेपालमै बस्ने नेपालीले र नेपाल सरकारले गरेको काम कारबाहीबाट परिवर्तन हुने हो। विदेशमा बस्ने नेपालीले सहयोग मात्रै गर्ने हो।
कायापलट गर्ने भनेर एनआरएनले हल्ला गरेको त हो नि!
त्यो बुझाइमा मात्र त्यस्तो पर्न गएको हो। एनआरएन हुनु भन्दाअघि पनि विदेशमा बस्ने नेपालीले लगानी गरेका थिए। तर, अहिले लगानीको गतिमा वृद्धि भएको छ।
एनआरएनले इँटा थप्ने काम ग¥यो भन्दै हुनुहुन्थ्यो। अहिलेसम्म कति इँटा थपियो त?
महत्त्वपूर्ण संख्यामा इँटाहरु थपिएका छन्। हाइड्रोपावर र बैंकिङ क्षेत्रमा एनआरएनको लगानी प्रसस्त छ। सानिमा बैंक एनआरएनहरुकै लगानी हो। भर्खरै मात्र म गोरखाको ‘लाप्राक मोडल भिलेज’ पुगेर आएँ, त्यहाँ पनि एनआरएनको करोडौं लगानी भएको छ। आकस्मिक रुपमा आवश्यक परेका बेला एनआरएनले आर्थिक सहयोग गरिरहेकै छ। तर, त्यसलाई सरकारले परिचालन गर्न सक्नुपर्यो नि!
काम चाहिँ अलिअलि मात्र गर्नु हुन्छ, तर चर्चामा आउने तरिका भने सेलिब्रेटीको जस्तो छ नि है?
म आफैं रसुवाको अति विकट ठाउँमा गएर राहत वितरण गरेको छु। स्वास्थ्य सम्बन्धी सेवाहरु दिएका छौं। ती काम त सबैले देखेका छन् नि। सय जना आएको ठाउँमा दुई चार जनाले सेलिब्रेटीजस्तो फोटो खिच्नु र प्रचारबाजी गर्नु अनौठो होइन। तर, खासमै काम भएको छ कि छैन भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ। दुई–चार जनाले फोटो खिचेर फेसबुकमा हाले भन्दैमा सारालाई दोष दिन मिल्दैन। देशलाई माया गर्ने मान्छेले चर्चामा आउनैका लागि मात्रै काम गर्दैन।
एनआरएन धनीहरुको क्लब भयो, धनीहरुको सामाजिक प्रतिष्ठा बढाउन यसको उपयोग गरिएको छ भरेर आरोप लगाइन्छ। यसको संरचनाले पनि त्यस्तै देखाउँछ। किन धनीहरुको क्लब बनाउनु भएको?
संस्थामा धनी र गरिब दुवैथरी मानिस छन्। तर, एनआरएन भनेको लिन होइन, दिन जाने ठाउँ हो। आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक अवस्था सुधार गरिसकेपछि समाजलाई केही दिनुपर्छ भन्ने लागेर सहयोग गर्न आउने ठाउँ हो, एनआरएन। दिन जाँदा धेरै हुनेले धेरै दिन्छ। अनि, जसले धेरै दियो उसको धेरै कदर हुन्छ। वास्तवमा धनीहरुको क्लब नहुँदा नहुँदै पनि त्यस्तो देखिएको चाहिँ छ। धनलाई प्राथमिकता दिने हाम्रो समाजको चरित्रले त्यस्तो देखिएको हो।
एनआरएन सामाजिक होइन राजनीतिक संस्था भयो भनिन्छ। खासगरी दलीय आशीर्वाद र आबद्धता नभईकन चुनाव जित्न असम्भव हुँदै गएको छ। विदेशमा त दलीय राजनीति नगरे पनि हुँदैन?
हामी नेपाली निकै प्रतिबद्ध मतदाता हौं। जुन दललाई भोट दिन्छौं त्यसलाई छोड्न चाहँदैनौं। विदेश जाँदा पनि त्यो बानी हट्दैन। तर, जुनसुकै दलको आस्था बोकेको भए पनि एनआरएनमा गइसकेपछि उनीहरुले आफ्नो राजनीतिक आस्था बोक्दैनन्। यो कुरा बुझ्न जरुरी छ।
चुनाव जित्न गरिने राजनीति र संस्थामा गइसकेपछिको राजनीति फरक हुन्छ। चुनावमा जाँदाखेरि राजनीति सतहमा आउनु स्वभाविक छ। कारण, भोट दिँदा मान्छेले धेरै कुरा ख्याल गरेको हुन्छ। धारणा मिल्ने, राजनीति सिद्धान्त मिल्ने, जात, शैक्षिक स्तर र विचारको प्रतिनिधित्व गर्ने उम्मेदवार हो कि होइन भनेर हेर्छ। यीमध्ये पनि राजनीतिक पृष्ठभूमिलाई महत्त्वपूर्ण स्थान दिइन्छ। चुनावमा त्यसैको प्रतिविम्व आएको हो। तर, एनआरएनले कुनै राजनीतिक पार्टीको प्रचारप्रसार चाहिँ गर्दैन। राजनीतिक पृष्ठभूमिमा काम गरेका मान्छे एनआरएनमा जान त पाउँछन्, तर राजनीतिक विचार, प्रस्तुति र क्रियाकलापचाहिँ बाहिरै छाडेर जानुपर्छ। त्यहाँ गएपछि एनआरएनकै काम गर्नुपर्छ। एनआरएनको ऐन र विधान अनुसार काम गर्नुपर्छ।
युवापुस्तामा एनआरएनप्रति बेवास्ता बढ्दो छ। त्यसले एनआरएनलाई यही पुस्तामा सीमित गर्ने हो कि भनेर आशंका गरिन्छ। तपाईंलाई त्यस्तो आशंका छ कि छैन?
यस्तो आशंका पहिले पनि गरिएको हो, अहिले पनि गरिन्छ। तर, यसको कारण के पनि छ भने युवाहरु प्रायः व्यस्त हुन्छन्। काम, पढाइ वा व्यवसायमा अल्झेका हुन्छन्। त्यसैले उनीहरु सामाजिक काममा अल्झिन चाहँदैनन्। हामीले उनीहरुलाई एनआरएन भएको के हो, किन चाहिन्छ भनेर बुझाउने हो। उनीहरुले पनि बुझ्दै गएपछि, त्यसको आवश्यकता महसुस हुँदै आएपछि आबद्ध हुँदै आउँछन्। तर, हामीले उनीहरुलाई जति बुझाउनुपर्ने हो, त्यति बुझाउन सकेका छैनौं। हामी प्रयासचाहिँ गरिरहेका छौं। तर, हामीले सोचेजस्तो भइरहेको छैन।
तपाईंलाई एनआरएन अमेरिकाको अध्यक्ष निर्वाचित हुँदा कुन काम गर्न सजिलो भयो, जुन नहुँदा गर्न सक्नु हुन्नथियो?
मैलाई व्यक्तिगत काम गर्नका लागि कुनै गाह्रो भएको थिएन। भोलि पनि हुँदैन। तर, निर्वाचित भएपछि मेरो जस्तै काम ठूलो स्वरुपमा गराउन सकिन्छ भन्ने विश्वास हो। मैले सोचेको भिजन लागू गराउन सक्छु। च्यानललाई प्रयोग गरेर प्रभावकारी काम गर्न सक्छु।
अमेरिका वा अन्य देशमा बस्ने नेपालीलाई अप्ठ्यारो परेका बखत सहयोग गर्नलाई एनआरएन छ भनेर ढुक्क हुने स्थिति बनाउन सक्नु भएको छ?
ढुक्क हुनसक्ने स्थिति छ। स्थानीय संस्थाहरुसँग मिलेर एनआरएनले काम गर्दै आएको छ। विदेशमा मान्छेले पहिले सम्झिने संस्था बनेको छ। तर, सरकारले जस्तो सबै काम गर्न गराउन त सम्भव हुन्न। हामी नेपाली भाषा संस्कृतिको लागि प्रयास गरिरहेका छौं। नेपाली समुदायको सामूहिक हितका काममा बढी जोड दिइरहेका छौं।
तपाईंको यसअघिको कार्यकालभन्दा यसपटकको कार्यकाल के–कति कारणले फरक हुनेछ?
मैले अघिल्लो कार्यकालमा पनि धेरै काम गर्न कोसिस गरेकै हो। त्यतिबेलाको घोषणापत्रका ६० प्रतिशत काम भएको छ। ती बाँकी काम अब पूरा गर्नेछु भन्ने लागेको छ। अन्तिम चरणमा पुगेको परिचयपत्रको कामलाई कार्यान्वयन गर्न सकिएको छैन, कमिटि सेन्टरलाई प्रभावकारी रुपमा खोल्न सकिएको छैन, एकपटकको नेपाली सधैंको नेपाली भन्ने कुरा नेपालको संविधानमा आयो तर कानुनमा ल्याउन सकिएको छैन, दोहोर करका कुरालाई पनि किनारा लगाउन सकिएको छैन। यसमा काम गर्ने योजना छ। मैले पूरापूर गर्न नसके पनि कम्तिमा ट्र्याकमा हिँडाउने योजना छ।
नेपालमै बस्ने नेपालीले चाहिँ के अपेक्षा गर्न सक्छन्?
हामीले आकस्मिक सहयोग गरिहेकै हौं। लाप्राकको मोडल भिलेजलाई द्रूत गतिमा पूरा गर्ने हो। त्यसपछि सिन्धुपाल्चोकमा पनि त्यस्तै काम गरिनेछ। नेपालमा एनआरएनको लगानी बढाउने र एकीकृत लगानीलाई जोड दिने योजना छ। लगानी बढाउन सक्दा रोजगारीको अवसर सिर्जना हुन्छ। मुख्यगरी समृद्ध नेपाल हेर्नका लागि एनआरएनले के गर्न सक्छ, त्यसका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न एनआरएन सदैव तयार छ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/3214

No comments:
Post a Comment