किशोर दहाल
काठमाडौं- ९ जिल्ला रहेको प्रदेश ७ का ४ जिल्लामा मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। यहाँ प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको हो।
४ जिल्लामा ४० वटा स्थानीय तह छन्। जसमध्ये कांग्रेसले २१ वटा, एमालेले १७ र माओवादीले २ वटा तहमा नेतृत्व गरिरहेका छन्।
२०७० सालको चुनावमा यी ४ जिल्लाका ६ निर्वाचन क्षेत्रमा एमाले बलियो देखिएको थियो। उसले ५ र कांग्रेसले १ क्षेत्रमा विजय प्राप्त गरेको थियो।
प्रतिनिधिसभाका लागि यहाँका ४ वटा निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसका नेताहरु मुख्य रुपमा प्रतिस्पर्धा गर्दैछन्।
स्थानीय तहमा पार्टीका उम्मेदवारलाई खसेको मत पछ्याउने हो भने यहाँका ४ वटै जिल्लामा माओवादीको न्युन मत आएको छ। उसका अध्यक्ष र प्रमुखका उम्मेदवारले पाएको मत वामपन्थी गठबन्धनका रुपमा एमालेलाई सहयोगी हुन सक्छन्। जसले एमाले उम्मेदवारलाई जित निकाल्न सहज हुनेछ।
वाम गठबन्धनलाई लोकतान्त्रिक गठबन्धनले २ वटा निर्वाचन क्षेत्रमा कडा टक्कर दिन सक्छ। गठबन्धनमा आबद्ध दुवै पक्षको मतान्तर खासै ठूलो छैन। २ वटा क्षेत्रमा भने गठबन्धनको पक्षमा केही ठूलो मतान्तर देखिन्छ। माओवादीसँग नजिकका मतदाताले एमालेलाई सघाए जस्तै यहाँ राप्रपासँग नजिकका मतदाताले कांग्रेसलाई सघाउन सक्छन्। विशेषगरी बैतडीमा राप्रपाको केही प्रभाव देखिन्छ। जुन कांग्रेस उम्मेदवारको लागि सहयोगी हुन सक्छ।
मत विश्लेषण गर्दा सम्बन्धित दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई मुख्य आधार मानिएको छ। त्यस्तै, ०७० सालमा सम्पन्न संविधानसभाको मत परिणामलाई पनि सम्दर्भमा लिइएको छ। तर, स्थानीय तहको निर्वाचनमा गरिएका तालमेल गरेका उम्मेदवार र उसको दललाई पुगेको फाइदाको मतलाई यहाँ बेवास्ता गरिएको छ। र, स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि पनि थपिएका मतदाताको सम्भाव्य मतलाई कुनै सन्दर्भमा लिइएको छैन।
दार्चुलाः प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ वटा स्थानीय तह छन्। जसमध्ये कांग्रेसले ५ वटा, एमालेले ३ वटा र माओवादीले एउटा स्थानीय तहमा नेतृत्व गरिरहेका छन्।
यो जिल्लामा कांग्रेसले सबैभन्दा बढी मत पाएको थियो। उसले पाएको मत २१ हजार ७ सयभन्दा केही बढी छ। तर, एमालेले पाएको मत करिब १ हजार कम मात्रै छ। जबकि, माओवादीले एमालेको भन्दा झन्डै आधा छ। वामपन्थी गठबन्धनका लागि यहाँ साढे ३० हजार मत उपलब्ध भएको देखिन्छ। वामपन्थी गठबन्धनकै लागि स्थानीय तहको मत दोहोरिएमा उसका उम्मेदवारले जित निकाल्न सक्छन्।
यहाँबाट एमालेका गणेशसिंह ठगुन्ना र कांग्रेसका विक्रमसिंह थामी प्रतिस्पर्धामा छन्। ठगुन्ना ०७० सालमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए। उनले कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुलाई पराजित गरेका थिए।
बैतडीः यहाँ पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र छ। यहाँ १० वटा स्थानीय तह छन्। जसमध्ये कांग्रेसले ६ वटा, एमालेले ३ वटा र माओवादीले एउटा स्थानीय तहमा नेतृत्व गरिरहेका छन्।
यहाँ वामपन्थी र लोकतान्त्रिक गठबन्धनका बीच कडा टक्कर हुन सक्ने अनुमान गर्न सकिन्छ। कारण, यहाँ लोकतान्त्रिक गठबन्धन अन्तर्गतको कांग्रेसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गर्न सक्छ। सो पार्टीको प्रभाव यो जिल्लामा देख्न सकिन्छ। उसले जिल्लाभरका स्थानीय तहका प्रमुखको उम्मेदवारहरुका ८ हजार ५ सयभन्दा बढी मत पाएको छ।
जिल्लामा एमालेको २५ हजार ६ सयभन्दा बढी र माओवादीको १५ हजार ३ सयभन्दा बढी मत आएको छ। जबकि, कांग्रेसका उम्मेदवारले एमालेभन्दा झन्डै २ हजार मत बढी पाएका छन्।
दुवै तर्फका कुल मतको अन्तर ५ हजारभन्दा केही कम हुन आउँछ। ठूलो संख्यामा मतदाता रहेको ठाउँमा गठबन्धनका उम्मेदवार भन्दैमा सम्पूर्ण मत नखस्ने सम्भावना रहन्छ। त्यसैले मतदाताबीच हुने आन्तरिक राजनीतिले नतिजामा प्रभाव पार्न सक्छ।
यहाँबाट २ जना निवर्तमान सांसदहरु प्रतिस्पर्धा गर्दैछन्। ०७० सालको चुनावमा बैतडी १ बाट जितेका एमालेका दामोदर भण्डारी र बैतडी २ बाट जितेका नरबहादुर चन्द आपसमा मुख्य प्रतिस्पर्धी रहेका छन्।सो चुनावमा भण्डारीले कांग्रेस उम्मेदवारलाई र चन्दले एमाले उम्मेदवारलाई पराजित गरेका थिए। साबिकमा बैतडीमा २ वटा निर्वाचन क्षेत्र थियो।
बाजुराः यहाँ पनि प्रतिनिधिसभाका लागि एक जना निर्वाचित हुनेछन्। यहाँका ९ वटा स्थानीय तहमध्ये कांग्रेसले ६ वटा र एमालेले ३ वटा स्थानीय तहमा नेतृत्व गरिरहेका छन्।
जिल्लामा कांग्रेसको प्रभाव केही बढी छ भने माओवादीको प्रभाव निकै कम छ। स्थानीय तहको चुनावमा कांग्रेसले २३ हजार मत कटाउँदा माओवादीले ४ हजार पनि नघाएको छैन। एमालेले भने २२ हजार ५ सय मत पाएको छ।
वामपन्थी गठबन्धनलाई कांग्रेसले चुनौती दिन त सक्छ, तर सो गठबन्धनका असन्तुष्टिलाई आफूतिर आकर्षित गर्नुपर्ने जरुरी रहन्छ। वामपन्थी गठबन्धनलाई स्थानीय तहको मतदातालाई कसरी जोगाइराख्ने भन्ने चुनौती हुन सक्छ। साथै समूहको असन्तुष्टिले पनि यहाँ नतिजालाई उल्टोपाल्टो बनाइदिन सक्छ।
यहाँबाट वामपन्थी गठबन्धनको तर्फबाट एमालेका लालबहादुर थापा र लोकतान्त्रिक गठबन्धनका लागि कविराज पण्डित मुख्य प्रतिस्पर्धा गर्दैछन्। ०७० सालको चुनावमा यो क्षेत्रमा एमालेले जित निकालेको थियो।
बझाङः बझाङमा १२ वटा स्थानीय तहहरु छन्। जसमध्ये कांग्रेसले ८ वटा र एमालेले ४ वटा स्थानीय तहमा नेतृत्व गरिरहेका छन्। यहाँबाट पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ।
स्थानीय तहमा वामपन्थी गठबन्धनका दलहरुलाई खसेको मत यसपटक पनि दोहोरिएमा उनीहरुले झन्डै १६ हजार मतान्तरले जित निकाल्न सक्नेछन्। यहाँ कांग्रेसभन्दा एमाले बलियो देखिन्छ। उसलाई माओवादीको मत पनि थपिने स्थितिमा सहज निस्किन सक्छ।
यहाँबाट एमालेका भैरवबहादुर सिंह र कांग्रेसका पृथ्वीबहादुर सिंह प्रतिस्पर्धामा छन्। ०७० सालको चुनावमा यहाँका दुवै क्षेत्रमा एमालेले जित हात पारेको थियो।
२o७४ कार्तिक ११ शनिबार| प्रकाशित १६:२४:oo
http://nepallive.com/news-details/4382/2017-10-28

No comments:
Post a Comment