दुर्गा दुलाल / किशोर दहाल
काठमाडौं– काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा जस्तै २ मा पनि प्रभावशालीबीचको टक्करले चुनावी रौनक थपिएको छ।
यस क्षेत्रमा वामपन्थी गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिस्पर्धामा उत्रिएका छन् । उनीसँग नेपाली कांग्रेसका तर्फबाट पूर्वसांसद दीपक कुइँकेल र वैकल्पिक राजनीतिको अभियानमा सक्रिय सूर्यराज आचार्य पनि विवेकशील साझा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै छन्।
माधव नेपालले पहिलो संविधानसभाको चुनावमा यस क्षेत्रमा पराजित हुनुपरेको थियो । दोस्रो संविधानसभा चुनावमा भने उनले सो क्षेत्र छाडेर रौतहट १ रोज्दै त्यहाँबाट जित हात पारेका थिए।
नेपालले छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार दीपक कुइँकेल विजयी भएका थिए । त्यतिबेला उनले नेकपा एमालेका उम्मेदवारलाई ५ हजारभन्दा बढी मतले पराजित गरेका थिए।
नेपालसँग यस क्षेत्रमा चुनाव लडेको अनुभव छ । त्यस्तै, कुइँकेलसँग पहिलो पटक सो क्षेत्रमा कांग्रेसको जित दर्ज गर्न सकेको जोश छ । अर्का उम्मेदवार आचार्यसँग भने वर्तमान राजनीति र तिनका केन्द्रमा रहेका पात्रहरुप्रति आम मानिसमा रहेको असन्तुष्टि र वैकल्पिक राजनीतिक नेतृत्वको खोजीलाई आफूतिर आकर्षित गर्ने चाहना छ । त्यसैले पनि यहाँ अनुभव, जोश र विकल्प बीच प्रतिस्पर्धा भइरहेको छ भन्न सकिन्छ।
यतिबेला मुख्य प्रतिस्पर्धा हुने ठानिएका यी तीनजना उम्मेदवार चुनावी प्रचार प्रसारमा खटिएका छन् । अगुवा कार्यकता भेट्नेदेखि निर्वाचनको रणनीति बनाउनेसम्ममा उनीहरु केन्द्रित भएका छन् । एमाले र माओवादीका बीचमा संयुक्त निर्वाचन कमिटी समेत निर्माण भइरहेको छ।
माधवकुमार नेपाल
एमाले बलियो भएको र माओवादीले समेत सर्मथन गरेकाले आफूहरु जित्नेमा ढुक्क रहेको नेपाल पक्षको तर्क छ।
विगतदेखि नै वामपन्थीहरुको क्षेत्र भएकाले सहज रुपमा निर्वाचन जित्ने पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताए।
‘यसअघि पनि म उक्त क्षेत्रबाटै जितेर आएको हुँ, यहाँका जनतासँग प्रत्यक्ष र परोक्ष सम्बन्ध भएकाले आफूलाई हराउने प्रतिस्पर्धी देखेको छैन’, नेपालले भने, ‘विगत लामो समयदेखि वामपन्थीहरुको आधार क्षेत्र भएकाले पनि यसपटक झन् जित निश्चित छ।’
आगामी निर्वाचनका लागि दुवै पार्टीका साझा निर्वाचन परिचालन कमिटी निर्माणदेखि प्रचारका शैली पनि प्रभावकारी बनाइएको उनले थपे।
दीपक कुइँकेल
अघिल्लो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर २ बाट सांसद भएका नेपाली कांग्रेसका नेता कुइँकेल यस पटक पनि प्रतिस्पर्धा गर्दै छन् । दोस्रो चरणमा निर्वाचन भएकाले उनी यतिबेला घरदैलोसहित चुनावी कार्यक्रममा व्यस्त छन्।
कुइँकेल पक्ष वामपन्थी गठबन्धनका उम्मेदवार नेपालले अघिल्लो संविधान सभामा जनताले दिएको मतलाई कदर नगरेको विषयलाई एजेन्डा बनाउँदै यो क्षेत्रलाई गुमाउन नदिने योजनामा छ।
‘भर्खर साँखुका जनतासँग छलफल गरेर आएँ’, पार्टी कार्यालय थलीमा अगुवा कार्यकर्तासँग रहेका कुइँकेलले भने, ‘मैले जित्ने भनेको जनताको मन हो, त्यसमा म ढुक्क छु।’
कुइँकेलका मुख्य प्रतिस्पर्धी पूर्व प्रधानमन्त्री भए पनि जनताले आफैंलाई भोट दिनेमा उनी विश्वस्त देखिएका छन्।
‘अघिल्लो संविधानसभामा जनताले उहाँलाई जिताएकै हो’, कुइँकेलले भने, ‘तर यहाँका जनतालाई छोडेर उहाँले रौतहटलाई रोज्नुभयो’, उनले भने । जनताको विश्वासलाई नेता नेपालले अपमान गरेको कुइँकेलले बताए । जनताले आफ्नो क्षेत्रका लागि विकास गर्ने र सधैं नेतृत्व दिने उम्मेदवार खोज्ने र त्यसको एकमात्र विकल्प आफू भएको दाबी उनले गरे।
आफू यही क्षेत्रमा जन्मे-हुर्केको तथा लामो समय राजनीतिक संघर्षमा लागेको कुरा जनतालाई थाहा भएकाले समेत आफू विजयी हुने आधार रहेको उनले बताए।
जनतालाई वाम एकतापछि लोकतन्त्रको महत्त्व बुझाउने मात्र आफ्नो चुनाव प्रचारको रणनीति रहेको उनले बताए । वामपन्थी एकताले आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि असर नपार्ने उनले बताए।
‘पहिलो संविधानसभामा यहाँका जनताले माओवादीलाई मत दिएका थिए’, कुइँकेलले भने, ‘तर उसले आफूलाई सुधार नगरेपछि जनताले अन्य पार्टीलाई त्यही मत दिए, यही आधारमा पनि म विजयी हुने उम्मेदवार हुँ।’
कुइँकेलले दोस्रो संविधानसभाको चुनावपछि भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गरेका थिए । त्यतिबेला उनले १८ हजार २ सय मत ल्याई विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १३ हजार ४ सय २१ मत ल्याएका थिए।
सूर्यराज आचार्य
विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं २ मा प्रतिस्पर्धा गरिरहेका सूर्यराज आचार्य पनि जनताको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछन् । आफूहरुप्रति जनताको उत्साह र आंकाक्षा तीव्र भएको महसुस भइरहेको उनले सुनाए।
आचार्यले अन्य पार्टीका घोषणापत्रका ढाँचालाई समेत आलोचना गरे।
‘हामी राज्यका विभिन्न निकायले गर्ने कामलाई आफैं गर्छौं भनेर हचुवामा योजना र सपना बाँड्दैनौं’, उनले भने, ‘आवश्यक नीति बनाउन संसदमा पैरवी गर्छौं।’
वाम गठबन्धनबाट चेपुवामा परिएला कि भन्ने डर नभएको उनले बताए । ‘म व्यक्तिगत रुपमा माधव नेपाललाई सम्मान गर्छु, तर मैले चुनावमा उहाँलाई हराउन सकेँ भने उहाँलाई ठूलो गुन लगाएको हुनेछु', उनले यसमा प्रस्ट्याउँदै थपे, 'उहाँ लामो समय राजनीतिमा रहेर देशलाई योगदान पनि गर्नुभयो । मैले जितेमा उहाँले विश्राम लिन पाउनुहुन्छ।’
आचार्यले गठबन्धनलाई भने स्वागत गर्ने बताए । ‘धेरै पार्टी हुनुभन्दा थोरै पार्टी हुनु राम्रो हो, यसले मुद्दामा बहस गर्ने चलन ल्याउँछ,’ उनले भने, ‘तर, त्यसमार्फत उम्मेदवार हुने पात्र र प्रवृत्ति पुरानै हो, त्यसैले जनताले विकल्प खोजेका छन्।’
जनताले खोज्ने विकल्पले आफूलाई जित दिलाउने आचार्यले दाबी गरे।
यस्तो छ विगतको नतिजा
यस क्षेत्रको मत बुझ्न स्थानीय निर्वाचन सबैभन्दा पछिल्लो सन्दर्भ हो । काठमाडौं २ नम्बर क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४ देखि ९ र शंखरापुरा नगरपालिका पर्छन्।
महानगरको वडा नम्बर ९ र ३२ दुवैमा एमालेले जितेको थियो । यी दुवै वडामा गरी एमालेले ८ हजार ३ सय ९६, माओवादीले १ हजार ३ सय २१ र कांग्रेसले ६ हजार १ सय ७५ मत पाएको थियो।
त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका ६ वटा वडामध्ये एमालेले ४ वटा र कांग्रेसले २ वडामा विजय हासिल गरेको थियो । यी ६ वटा वडाको मत जोड्दा एमालेको कुल मत ६ हजार १ सय ३९ हुन आउँछ। त्यस्तै, माओवादीको १ हजार ६ सय ४४ र नेपाली कांग्रेसको ५ हजार ८ सय ५९ हुन आउँछ।
शंकरापुर नगरपालिकामा भने एमाले विजयी भएको थियो । उसका उम्मेदवारले ४ हजार ८ सय ६९ मत ल्याएका थिए । त्यस्तै, माओवादी उम्मेदवारले २ हजार ४ सय ३६ र कांग्रेसले २ हजार ९ सय ४७ मत ल्याएको थियो।
यस हिसाबले यस निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धन बलियो देखिन्छ । उनीहरुको कुल मत २२ हजार ३ सय ६९ हुन आउँछ । त्यस्तै, कांग्रेसले १४ हजार ९ सय ८१ मत पाएको थियो।
यस क्षेत्रमा विवेकशील साझा पार्टीका खास मत यकिन गर्न सकिने अवस्था छैन । उनीहरुले विगतमा काठमाडौं महानगरमा मात्रै चुनाव लडेका थिए । जसमा विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् भने साझा पार्टीका तर्फबाट किशोर थापाले १८ हजार ४ सय ९६ मत पाएका थिए । उनीहरुले चुनाव लडेका क्षेत्रका २ वटा वडा मात्रै प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा पर्छ।
त्यस्तै, ०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा एमाले उम्मेदवार माधव नेपाल विजयी भएका थिए । त्यतिबेला उनले कांग्रेसकी उम्मेदवार प्रतिमा गौतमलाई दोस्रो बनाउँदै ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए।
तर, उनले यो क्षेत्र छाडेपछि ०७१ असार ८ गते उपनिर्वाचन भएको थियो । त्यतिबेला यो क्षेत्रमा कांग्रेस उम्मेदवार कुइँकेल विजयी भए । उनले १८ हजार २ सय मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय २१ र माओवादीका उम्मेदवार लीलामणि पोखरेलले ४ हजार ६ सय ७ मत ल्याएका थिए।
२o७४ कार्तिक १३ सोमबार| प्रकाशित १६:३७:oo
http://nepallive.com/news-details/4562/2017-10-30

No comments:
Post a Comment