किशोर दहाल
काठमाडौं – राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पनि चुनावी तालमेल गरेका कारण मधेस बाहुल्य क्षेत्रमा उनीहरु बलियो शक्तिको रुपमा स्थापित हुने सम्भावना छ।
अर्कोतर्फ पहिले ६ वटा बेग्लाबेग्लै शक्ति रहेका पार्टीहरु मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनाएको र स्थानीय तहको तेस्रो चरणको चुनावमा उनीहरुले पाएको उल्लेखनीय मतले पनि उनीहरुमा उत्साह थपिएको छ।
राजपाका अध्यक्ष मण्डलका ६ नेतामध्ये पाँच जना ०७० सालको चुनावमा पराजित भएका थिए । तर, यसपटक पनि उनीहरुले पुरानै क्षेत्र दोहोर्याउने सम्भावना छ।
उपेन्द्र यादवः यसअघि सुनसरी ५ बाट विजयी यादव मोरङ ५ मा भने पराजित भएका थिए । त्यसैले पनि उनको रोजाइ सुनसरी पर्न सक्ने सम्भावना छ । सुनसरी २ का लागि उनको नाम सिफारिस भइसकेको छ।
महन्थ ठाकुरः ठाकुर ०७० सालको चुनावमा सर्लाही–६ मा कांग्रेस नेता अमरेशकुमार सिंहले जितेको क्षेत्रमा उनी तेस्रो भएका थिए । अहिले सर्लाहीमा ४ वटा मात्रै क्षेत्र छन् । त्यसैले उनी समानुपातिकमा बस्ने पक्कापक्की छ।
महेन्द्रराय यादवः यादव ०७० सालको चुनावमा सर्लाही ४ बाट विजयी नेता हुन् । त्यसबेला उनी तराई मधेस सद्भावना पार्टीबाट चुनाव लडेका थिए । अहिले उनी राजपाका अध्यक्ष मण्डलका सदस्य हुन् । यस पटक सर्लाहीमा ४ क्षेत्र मात्र भएकाले उनी क्षेत्र नम्बर ३ बाट चुनाव लड्नेछन्।
राजेन्द्र महतोः महतो महेन्द्रराय यादवसँग ०७० को चुनावमा सर्लाही–४ बाट पराजित भएका थिए । त्यतिबेला उनी सद्भावना पार्टीबाट चुनाव लडेका थिए । अहिले उनी पनि राजपाका अध्यक्ष मण्डलमै छन् । सर्लाहीमा ४ वटा क्षेत्र मात्र रहेकाले उनी २ नम्बरबाट चुनाव उठ्दै छन्।
२o७४ कार्तिक ३ शुक्रबार| प्रकाशित १२:१२:oo
http://nepallive.com/news-details/3836/2017-10-20

No comments:
Post a Comment