किशोर दहाल
काठमाडौं– प्रदेश ५ का १२ जिल्लामध्ये २ वटा जिल्ला रोल्पा र पूर्वी रुकुममा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणको निर्वाचन हुन गइरहेको छ। यी २ जिल्लामा प्रतिनिधिसभाका लागि २ वटै निर्वाचन क्षेत्र छन्।
२ जिल्लामा गरी १३ वटा स्थानीय तह छन्। जसमध्ये १० वटामा माओवादीले जितेको थियो भने २ वटामा एमाले र एउटामा कांग्रेस विजयी भएको थियो।
वामपन्थी गठबन्धनका तर्फबाट २ वटै निर्वाचन क्षेत्रमा माओवादीका नेता प्रतिस्पर्धा गर्दैछन्। दुवै उम्मेदवारको मुख्य प्रतिस्पर्धा कांग्रेस नेतासँग हुनेछ।
मत विश्लेषण गर्दा सम्बन्धित दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा पाएको मतलाई मुख्य आधार मानिएको छ। त्यस्तै, ०७० सालमा सम्पन्न संविधानसभाको मत परिणामलाई समेत सन्दर्भमा लिइएको छ। अर्कोतर्फ स्थानीय तहको निर्वाचनमा गरिएको तालमेलबाट प्राप्त भएको मतलाई यहाँ प्राथमिकता दिइएको छैन।
पूर्वी रुकुमः प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुममा ३ वटा स्थानीय तह छन्। स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटै तह माओवादीले जितेको थियो। उसलाई पछ्याएका नेपाली कांग्रेस र एमालेका उम्मेदवारले आधा मत पनि पाउन सकेका थिएनन्।
यहाँबाट माओवादीका कमला रोका र कांग्रेसका हरिशंकर घर्ती मगर प्रतिस्पर्धा गर्दैछन्। रोका पहिलो संविधानसभामा माओवादीकी समानुपातिक सभासद हुन्।
जितका लागि रोकालाई खास कठिनाइ देखिँदैन। स्थानीय तहको निर्वाचनमा खसेको मत नै दोहोरियो भने पर्याप्त हुनेछ। त्यसमा पनि, गठबन्धन अनुसार एमालेको मत पनि माओवादीलाई नै जोडिने हो भने उनीहरुले उच्च मतान्तरसहित जित हासिल गर्न सक्नेछिन्।
रोल्पाः यहाँबाट पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र छ। जिल्लाका कुल १० स्थानीय तहमध्ये माओवादीले ७, एमालेले २ र कांग्रेसले १ ठाउँमा नेतृत्व गरिरहेका छन्।
माओवादी सशस्त्र युद्धको केन्द्रविन्दु समेत रहेको यस क्षेत्रमा माओवादी निकै बलियो देखिन्छ। ०७० सालको संविधानसभा निर्वाचनमा यहाँका २ वटा निर्वाचन क्षेत्रबाट कृष्णबहादुर महरा र ओनसरी घर्तीले जितेका थिए।
यहाँबाट माओवादीका वर्षमान पुन अनन्त र कांग्रेसका अमरसिंह पुन प्रतिस्पर्धा गर्दैछन्। वर्षमान २०६४ सालको निर्वाचनमा ललितपुर १ बाट निर्वाचित भएका थिए भने ०७० सालको चुनावमा मोरङ ९ मा पराजित भएका थिए। अमरसिंह ०७० सालमा संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट रोल्पाका समानुपातिक सभासद थिए।
जिल्लाभरका स्थानीय तहका नेतृत्वमा माओवादीले पाएको मत ३२ हजार ८ सयभन्दा बढी छ। एमालेले पाएको मत १५ हजार ५ सयभन्दा बढी छ। कांग्रेसले पनि २२ हजार २ सयभन्दा बढी पाएको छ।
२o७४ कार्तिक ९ बिहीबार| प्रकाशित o७:oo:oo
http://nepallive.com/news-details/4175/2017-10-26

No comments:
Post a Comment