किशोर दहाल
अध्ययन
र अनुभवले
खारिएका
पत्रकार
विजय
कुमारबारे ‘कामना
सिने
मासिक’ले
२०४५
सालतिरै
यस्तो
लेख्योः “नेपाल
टेलिभिजनका
सुपर
स्टार
विजय
कुमार, जसका
आँखाहरु
कुनै
अर्कै
दुनियाको
सपना
देखिरहेझैं
प्रतीत
हुन्छ
।” (पेज
न. ११०)
विजय
कुमारलाई
विनोद
चौधरीले
भन्थेः “चानचुने
मानिस
हो
र तपाईं ? विनोद
चौधरीले
बान्ता
सोहोरेको
मानिस
पो
हो
त ?” (पेज
न. १४०)
र, विजय
कुमार
त्यो
हो, जसले
आफ्नै
बारेमा
यस्तो
लेखेः “टाउकोमा
गोली
खाने
सम्पादकको
साटो
कुनै
घटिया
सम्पादकका
साथ
करिअर
सुरु
गरेको
भए, त्यस्तो
हुने
थिइनँ,जस्तो
भएँ
। (पेज
न. २६८)
यी
सन्दर्भले
विजय
कुमार
को
हुन्, कस्ता
व्यक्तिसँग
संगत
गरे
र कस्ता
व्यक्तिको
स्कुलिङले
आफुलाई
खरो
बनाउँदै
लगे
भनेर
बुझ्न
सकिन्छ
। यद्यपी
यो
बुझाई
पर्याप्त
भने
हुने
छैन, केबल
झल्को
पाउन
सकिन्छ
।
उनै
विजय
कुमारले
आफ्नो
जीबनका
आरोह–अबरोह
समेटेर
पुस्तक
लेखेः ‘खुसी’ ।
आफ्नो
बारेमा
धेरै
नबोल्ने
विजय
कुमार
पुस्तकमा
भने
मज्जैले
खुलेका
छन्
। कतैतिर
पनि
उनले
कपट
गरेजस्तो
महसुस
हुँदैन
। बिगतका
आफ्नो
असन्तुष्टि,
क्रोध, आभारी, हाँसो
र आँशुलाई
निश्छल
रुपमा
पस्किएका
छन्
। संबेदना
धेरैले
लेख्न
सक्दैनन्
वा
न्यायपूर्ण
लेख्न
सक्दैनन्
। तर, विजय
कुमार
त्यसैमा
खरो
उत्रीएका
छन्
। उनले
पुस्तकमा
बच्चाको
तातेबोलीदेखि
महामहिमका
जीवनदर्शनसम्म
लेखेका
छन्
। उनले
जीबनसँग
जोडिएका
व्यापक
पक्षहरुलाई
छोएर
लेखेका
छन्
। र, आफुले
बताउन
वा
बुझाउन
खोजेको
बिषयबारे
निकै
सरल
भाषामा
विमर्श
गरेका
छन्
। कुनै
वाद
र आस्थाको
फेरो
नसमातिकन
लेखेका
छन्
। पैसा, प्रसिद्धि, सेक्स
र अध्यात्मजस्ता
अमुर्त
बिषयमा
समेत
सरल
भाषाका
साथ
खुलेर
लेखेका
छन्
। उनको
धारणासँग
कोही
असहमत
हुन
सक्छ, तर
अलमल
हुँदैन
।
पुस्तकको
सबैभन्दा
सकारात्मक
पक्ष
के
हो
भने
लेखकले
नियतवश
नै
आफ्ना
केहि
कमजोरी
पनि
लेखेका
छन्
।
ठूलाबडाको
प्रसङ्गः
विजय
कुमारको
विभिन्न
राजदुतसँगको
संगत
र कार्यव्यवहार
निकै
रमाइलो
छ । आफु
अरुजस्तो
जयजयकार
नगर्ने
भनेर
उनले
पटकपटक
प्रष्टिकरण
दिन
खोजेका
छन्
। बरु, तत्कालिन
अमेरिकी
राजदुत
जुलिया
चाङ
ब्लकदेखि
भारतीय
राजदुतहरुले
उनलाई
नै
जयजयकार
गरेका
छन्
। त्यती
सम्मान
त उनीहरुले
आफ्नो
देशका
राष्ट्रप्रमुखलाई
समेत
गर्दैनथे
होला
। उनीहरु
विजय
कुमार
सँगसँगै
लन्च
खाने
समयदेखि
लिएर
भिआइपी
गेष्टरुममा
अध्यात्मको
सल्लाह
लिने
समयसम्म
माग्छन्
। हरेक
बिशिष्टहरु
पहिलो
भेट
वा
बोलीमा
नै
उनीसँग
प्रभावित
हुन्छन्
। उनको
प्रत्येक
वाक्य
कैयौं
बिशिष्टका
निम्ति
जीबनदर्शन
बनिदिन्छ
। प्रभावित
व्यक्तिहरु
उनीसँग
पछि
पनि
भेटघाटको
इच्छा
व्यक्त
गर्छन्, उनी
वास्ता
गर्दैनन्
।
(त्यतिबेला) बैंक
अफ
अमेरिकाको
हुनेवाला
अध्यक्ष
र भारतिय
सुगर
किङ
विवेक
सरावगीसँगको
प्रसङ्गलाई
विजय
कुमारले
प्राथमिकताका
साथ
लेखेका
छन्
। (पेज
न. ९६
र १५२) उनको
यो
जीबन
अनुभब
सहि
नै
होला
तर
राजदुतले ‘बुट
र बाक्लो
ज्याकेट
लगाएर
आउनु’ भनेका
प्रसङ्गलाई
समेत
प्राथमिकता
दिएको
देख्दा
उनमा
बिशिष्टहरुसँगको
संगत
मोह
अति
नै
रहेको
भान
हुन्छ
।
पुस्तकभरी
विजय
कुमारले
आफ्नो
बडप्पन
प्रस्तुत
गरेका
छन्
। त्यसकारण
खुसी
एउटा
बडप्पनको
बकपत्र
हो
भन्दा
फरक
पर्दैन
।
कुनै
पनि
व्यवहार
बानीमा
परिणत
हुन
निरन्तर
अभ्यासको
खाँचो
पर्छ
। त्यो
सङ्ख्यात्मक
रुपमा
यति
नै
पटक
भन्ने
हुँदैन
तर
कुन
व्यवहारको
बानी
हो, त्यसैका
आधारमा
विश्वसनीय
भने
हुनुपर्छ
। तर, दुइपटक
राष्ट्रपति
निवासको
भान्छामा
खाने
बित्तिकै
विजय
कुमारमा
विकसित
भएको
बानी
अचम्मको
छ । उनले
लेखेका
छन्, “त्यसको
तीनचार
महिनापछि
राजेन्द्र
दाहालले
राष्ट्रपतिजीसँग
तेस्रो
भेटको
समय
मिलाए
। अब
भने
मलाई
शितल
निवास
जाने
र त्यहाँ
महामहिमको
भान्छामा
जे
पाकेको
छ, खाएर
आउने
बानी
परिसकेको
थियो
। घरबाट
निस्कनुअघि
सुषमालाई
भने,‘ राष्ट्रपतिले
भेट्न
बोलाएका
छन्
।’ (पेज
न. २४२) हो, यस्ता
सामान्य
बिषयमा
समेत
उनले
आफ्नो
बिशिष्टता
देखाउन
खोजेका
छन्
। यथार्थत
त्यो
बडप्पन
सिवाय
अरु
केही
होईन
।
विजय
कुमारले
ठूलाबडाको
मोहबाट
आफु
मुक्त
रहेको
भनेर
जतीसुकै
दाबी
गरे
पनि
यथार्थ
भने
उनको
दाबी
विपरित
रहेको
स्पष्ट
बुझ्न
सकिन्छ
। त्यसो
त समग्र
पुस्तक
नै
ठूलाबडाको
संगतले
भरिएको
छ । चर्चाको
दृष्टिकोणले
केही ‘लो
प्रोफाइल’हरुको
नाम
त छ तर
केबल
सम्झना–बिर्सना
मात्रै
।
विजय
कुमारलाई ‘विजय
कुमार’ बनाउन
यो
देशका
धेरै
धनवानहरुको
भूमिका
रहेछ
भन्दा
फरक
नपर्ने
रहेछ
। विजय
कुमारलाई
केही
रकम
आवश्यक
पर्ने
बित्तिकै
उनी
कुनै
धनवानको
ढोका
घचघच्याउन
पुग्दा
रहेछन्
। पुस्तकभरी
उनीहरुकै
प्रशंसा
गरेर
विजय
कुमारले
एकमुष्ट
गुण
तिरेका
छन्
।
कुनै
पनि
पत्रकारले
बिभिन्न
व्यापारीबाट
आर्थीक
सहयोग
लिन्छ, रक्सीले
मातेर
रात
बिताउँछ
भने
उसका
स्वाभिमानी
बाणी
कति
पाच्य
होला ? जुनसुकै
प्रयोजनको
लागि
होस्, पत्रकारले
आर्थिक
सहयोग
लिंदा
पटक
पटक
सोच्नुपर्छ
। सहयोगसँगै
मिसिएको
स्वार्थ
पत्रकारले
बुझ्न
सक्दैन
भने
ऊ असली
पत्रकार
नै
होइन
। व्यापारीले
रकम
फिर्ता
लिदैनन्
। किनकी
त्यो
उनीहरुसँगै
जति
पनि
छ । उनीहरुको
यस्तै
पुस्तकमा
आफुहरुलाई ‘क्लिन
चिट’ पाए
पुग्छ
। उनीहरुको
अपेक्षा
पुरा
गर्न
विजय
कुमार
दिलो
ज्यानले
लागि
परेका
छन्
। कुनै
नेताले
व्यापारीबाट
रकम
लिंदा
कस्तो
बबन्डर
मच्चिन्छ, हामीलाई
थाहा
छ । त्यहाँ
प्रयोजन
हेरिदैन
। हेर्नु
उपयुक्त
पनि
होइन
। तर, जुनसुकै
बेला
व्यापारीसँग
रकम
माग्दै
हिड्ने
विजय
कुमारलाई
चाहीँ
नैतिकवान्
मानिदिनु
पर्ने ? कुनै
पनि
सार्बजानिक
छबीको
मानिसमा
अत्याधिक
रक्सी
खाने
बानी
लाग्यो
भने
ऊ मिडिया
मार्फत
कसरी
बदनाम
हुन्छ
। कस्ता
कस्ता
समाचार
सामाग्री
प्रस्तुत
हुन्छ, सबैलाई
थाहा
छ । तर, पत्रकारलाई
सगर्व
रक्सी
खाएर
नैतिकता
फलाक्ने
छुट
कहाँबाट
आउँछ ?
यसर्थमा
स्वाभिमानमा
अनैतिकता
घोल्ने
धृष्टता
गरेका
छन्, विजय
कुमारले
।
बडप्पनले
खुस्काइदिएको धोती
पत्रकार–लेखक
अन्य
व्यक्तिको
सामान्य
कमजोरीलाई
पनि
निकै
उचाल्छन्
। तर, गल्ती
उनीहरुबाटै
पनि
हुन्छ
। कतिपय
अबस्थामा
बडप्पनले
कमजोरी
निम्त्याउँछ
। सर्बप्रथम ‘खुसी’मा
समेटिएका
केही
वाक्यहरु
हेरौँ
– मैले
जीवनमा
भेटेका
अधिकांश
फ्रस्टेट
मानिसमध्ये
९०
प्रतिशत
यस्ता
थिए
जोसँग
महत्वाकांक्षाको
सगरमाथा
त थियो
तर
मेहनत, निष्ठा
र निरन्तरताको
ढिस्को
पनि
थिएन
। (पेज
न. १३४)
– कुनै पनि मानिसलाई उसको हाकिम ‘जान्दैन वा खराब छ’ भनेर आलोचना गर्नुस्, ९५ प्रतिशतको मुहार उज्यालिन्छ । (पेज न. १७१)
– कसैले मलाई घमण्डी र कसैले मिलनसार दयालु ठान्थे । ९९ प्रतिशतले मलाई टेलिभिजनमा देखेर आफ्नो धारणा बनाएका थिए । (पेज २८१)
यी
तीनैवटै
वाक्यमा
प्रयोग
भएका
प्रतिशतको
आँकडा
तथ्याङ्कीय
कमजोरी
हो
। यहाँ
जसरी
९०, ९५
र ९९
प्रतिशतलाई
दाबीका
साथ
प्रस्तुत
गरिएको
छ, त्यो
निराधार
छ । यो
कमजोरी
विजय
कुमारको
बडप्पनले
निम्तिएको
हो
। खासगरी
बिभाजित
मत
र पक्षधरतालाई
गणितिय
तथ्याङ्कमा
किन
प्रस्तुत
गरिन्छ
भने
त्यो
सत्यको
नजिक
हुन्छ
र बुझ्नलाई
सरल
र स्पष्ट
हुन्छ
। मतलाई
तथ्याङ्क(प्रतिशत)मा
व्यक्त
गर्ने
विभिन्न
प्रक्रियाहरु
हुन्छन्
। तथ्याङ्कको
अपेक्षा
र सहभागीको
सङ्ख्या
मुर्त
छ भने
त्यहाँ
स्पष्ट
तथ्याङ्क
प्राप्त
गर्न
सकिन्छ
। जस्तो
कुनै
बैठकमा
उपस्थितको
सङ्ख्यालाई
हेरेर
महिला
वा
पुरुषको
उपस्थितिलाई
प्रतिशतमा
व्यक्त
गर्न
अप्ठ्यारो
छैन
। किनकी
त्यहाँ
सहभागीको
सङ्ख्या
गणना
गर्न
सकिने
र तथ्याङ्कको
अपेक्षा
पनि
मुर्त
छ । तर, आम
मानिसको
कुनै
अमुर्त
विषयप्रतिको
धारणालाई
यतिउति
प्रतिशत
भनेर
तोक्नलाई
प्रक्रियागत
तथ्याङ्कको
पछाडि
दौडिनै
पर्छ
। यसरी
पनि
पूर्णतः
सत्य
नतिजा
भने
आउँदैन
। केबल
सत्यको
नजिक
हुन्छ
। कति
प्रतिशतले
उनको
टेलिभिजन
कार्यक्रम
हेरे
भनेर
पत्ता
लगाउन
त लगभग
असम्भव
छ । त्यसमाथि, उनीहरुमध्ये
पनि
९९
प्रतिशतले
यस्तो
धारणा
बनाए
भन्नु
हावा
तर्क
बाहेक
केहि
पनि
होइन
। विजय
कुमारले
कुनै
अध्ययन
अनुसन्धानबाट
सो
तथ्याङ्क
प्राप्त
गरेका
हुन्
भन्न
सकिन्न
। किनकी
त्यसको
प्रक्रिया, स्रोत
र मिति
खुलाईको
छैन
। उनले
त्यसै
लेखिदिए, किनकी
उनमा ‘मैले
लेखेपछि
भैहाल्छ
नी’ भन्ने
घमण्डले
काम
गर्यो
सायद
। केही
बर्ष
गुम्बा
घुम्दैमा
बर्षौंदेखिको
स्वभाव
कहाँ
हट्छ
र ? आफैलाई
बुझ्न
नसकेको
भनेर
बताइरहेका
विजय
कुमारले ‘फ्रस्टेट
मानिस’ र उसका
मेहनत, निष्ठा
र निरन्तरतालाई
राम्ररी
बुझेको
अभिनय
गरेका
छन्
।
सामाजिक
सञ्जालतिर
पुस्तकमा
देखिएका
कतिपय
कमजोरी
लेखिएका
पाइन्छ
। विजय
कुमार
आफैले
पनि
कमजोरी
औंल्याएका
छन्
र सुधारेर
पढ्न
आग्रह
गरेका
छन्
। ‘मै
पल
दो
पलका
शायर
हुँ’का
सम्बन्धमा
विजय
कुमारले
नै
स्पष्ट
पारेका
थिए
। अर्को
कमजोरी
पनि
चर्चामा
आयो– उनको
विवाह
पार्टीमा
उपस्थितहरुको
सूचिमा
नारायण
गोपालको
नाम
पनि
समावेश
भएको
सम्बन्धमा
। उनैले
उल्लेख
गरे
अनुसार, उनको
विवाह
२०४८
मंसिर
१२
गते
भएको
थियो
। त्यसको
भोलिपल्ट
दुइसयजतिलाई
विवाह
पार्टी
दिएका
थिए
। विजय
कुमारको
पार्टीमा
बरिष्ठहरुको
उपस्थित
नहुने
कुरै
थिएन
। तर, विजय
कुमारको
दुर्भाग्य
के
भइदियो
भने
२०४७
मंसिर
१९
गते
नै
मरिसकेका
नारायण
गोपाल
उनको
विवाह
पार्टीमा
सपत्नी
उपस्थित
भइदिए
। विवाह
पार्टीमा
नारायण
गोपालको
उपस्थितीलाई
लिएर
विजय
कुमारले
दम्भका
साथ
लेखेका
छन्, ‘नारान
गोपाल
दाइ
र पेमला
भाउजु
छुट्ने
कुरै
थिएन
।’ (पेज
१४३)
जब
कुनै
पुस्तक (बिशेषगरी
आत्मकथा
वा
संस्मरण)ले
त्यसै
पुस्तकमा
उल्लेखित
तथ्यहरुमा
शंका
पैदा
गरिदिन्छ, त्यो
पुस्तक
स्वत
असफल
भैसक्छ
। बिक्रि
सङ्ख्या
गौण
कुरा
हो
। जब
केही
खुल्ला
बिषयमा
लेखकले
कमजोरी
गरेको
पत्ता
लाग्छ, त्यसपछि
हरेक
प्रसङ्ग
प्रश्नको
घेरामा
कैद
भइदिन्छ
। अनि, मृत
भइसकेका
व्यक्तिहरुसँगको
‘खोपी
संस्मरण’मा
पनि
अबिश्वास
बढ्छ
।
मिडिया
क्षेत्रबारेः
‘साँचो कसको हातमा’ भन्ने भाग नेपाली मिडियाबारे चासो
राख्नेलाई
उपयोगी
छ । प्रकाशक
र सम्पादकको ‘प्रेम
र घृणा’को
सम्बन्धलाई
केही
प्रकाशक
र सम्पादकको
दृष्टिबाट
केलाईएको
छ । सम्पादक
र प्रकाशकमध्ये
को
बलियो
वा
प्रभावशाली
हुन्छन् ? सम्पादक
केका
आधारमा
चयन
वा
विदा
हुन्छन् ? यस
सम्बन्धी
धारणा
उनीहरुले
व्यक्त
गरेका
छन्
। नारायण
वाग्लेलाई
नागरिकबाट
हटाइनुको
कारणबारे
विनोद
ज्ञवालीले
भनेका
छन्, ‘नारायणलाई
सायद
यो
लाग्न
थाल्यो
कि
उनको
व्यक्तिगत
हाइट
संस्थाको
भन्दा
ठूलो
हो
।’ यसैको
प्रत्युत्तरजस्तो
झल्कने
गरि
कान्तिपुरका
पूर्व
सम्पादक
युवराज
घिमिरेले
भनेका
छन्, ‘सम्पादकको
साइजले
अन्ततोगत्वा
प्रकाशनगृहलाई
फाइदा
पुगिरहेको
हुन्छ
।’ यो
भाग
संस्मरणात्मकभन्दा
पनि
छापाको
अन्तर्वार्ताजस्तो
छ । विगतमा
कान्तिपुर
र नागरिकका
सम्पादकनियुक्ति
र विदाइका
अन्तर्य
पनि
खोलिएको
छ । यसो
भनौं, प्रसङ्ग
र सन्दर्भ
कान्तिपुर
र नागरिक
मिडियाको
वरिपरिमात्र
घुमेको
छ । यसलाई
मूलधारका
अन्य
सञ्चारगृहका
मालिक, सम्पादक
र पूर्वसम्पादकका
विचारहरु
पनि
समेटिएको
भए
सुनमा
सुगन्ध
हुने
थियो
। कान्तिपुरमा
सुधीर
शर्माको
साटो
युवराज
घिमिरेलाई
सम्पादकमा
ल्याउने
पक्कापक्की
जस्तै
भइसक्दा
पनि
प्रचण्डको
रुचीमा
शर्मा
आएको
घिमिरेले
बताएका
छन्
। देशको
प्रमुख
पत्रिकाको
सम्पादक
नियुक्तिमा
राजनीतिक
खेलाडीको
हात
हुनु
निकै
रोचक
र दुःखदायी
पक्ष
हो
। यस
प्रसङ्गमा
बिझाउने
पक्ष
केमात्रै
छ भने
उनले
देशकै
प्रमुख
पत्रिकाका
सम्पादक
उनै
शर्मासँग
भने
कुनै
छलफल
गरेका
छैनन्
।
विजय
कुमारले
नेपाल
टेलिभिजनप्रतिको
प्रेम
र घृणाको
सम्बन्धलाई
पनि
लेखेका
छन्
। उनले
पटक
पटक
सो
टेलिभिजन
प्रबेश
गर्दै
र छाड्दै
गरे
। टेलिभिजनमा
निस्वार्थ
मुहार
देखाइरहेको
मानिस
कति
जालझेललाई
नाघेर
प्रस्तुत
भइरहेको
हुन्छ
भन्ने
बुझ्न
उनको
अनुभव
सहयोगी
छ । पत्रकारलाई
भजनमण्डली
बनाउन
खोज्ने
सत्तास्वार्थीहरुको
भिडमा
विजय
कुमारले
गर्नुपरेका
संघर्ष
पनि
बुझ्न
सकिन्छ
।
‘सेक्सी विषयबस्तु’बारेः
पुस्तकको
भूमिका
झल्कने ‘प्रसव
वेदना’ अंशमा
लेखिएको
छ, ‘हुन
त म यो
सारा
पुस्तक
आफुले
भेटेका ‘ठूला’ भनिने
देशीविदेशी
राष्ट्राध्यक्ष,
मन्त्री, प्रधानमन्त्री,
विपक्षी
र विद्रोही
नेता, कार्यकर्ता
आदिका
विषयमा
पनि
लेख्न
सक्थें
। अथवा ‘सेक्सी
विषयबस्तु’ ठानिएका
धनवान, रुपवान, शक्तिवान, बुद्धिमान, नैतिकवान, अनैतिकवान
स्त्रीपुरुषका
प्रसङ्गले
हरेक
पाना
सहजै
रङ्ग्याइदिन
सक्थें
। त्यस्ता
प्रसङ्ग
यो
पुस्तकमा
छँदै
छैनन्
भन्ने
होइन
। छन्, तर
प्राथमिक
होइन ‘दोयम’ भूमिकामा
।’
तर, पुस्तकको
यथार्थ
कस्तो
छ भने
लेखक
तिनै
ठूला
र सेक्सी
विषयबस्तुभन्दा
टाढा
जानै
सकेका
छैनन्
। नेपालदेखि
भारत
र अमेरिकासम्मका
ठालुहरुसँग
आफुलाई
जबर्जस्ती
जोड्दै
पुस्तकको
ठूलो
हिस्सा
तयार
पारेका
छन्
। र, अर्को
ठूलो
हिस्सामा
चाहीँ
त्यही
सेक्सी
विषयबस्तुले
प्राथमिकता
पाएको
छ । बरु, दोयम
भूमिकामा
उनको
पत्रकारिता,
छोराछोरीको
भबिष्यजस्ता
विषयबस्तु
छन्
।
परमात्मा
र भगवानप्रति
उनको
आशक्ति
अति
नै
छ । कतिपय
अबस्थामा
त सामान्य
मानविय
हर्कतलाई
पनि
परमात्माको
देन
भन्न
चुक्दैनन्
। कैयौं
ठाउँमा
उनको
तर्क
निकै
सस्तो
लाग्छ
। ब्राजिलियन
मित्र
मारियाको
बारेमा
उनले
लेखेका
छन्, ‘भगवानले
मारियालाई
एकछिनको
फुर्सदमा
होइन, लामै
घरबिदा
लिएर
बनाएका
थिए
।’ (पेज
१५३) यसरी ‘प्लस
टु’ पुस्ताले
व्यक्त
गर्नेजस्तो
बिस्वास
र तर्क
पनि
पेश
गर्छन्
उनी
।
अन्त्यमा,
खुसी
उत्प्रेरणाहरुले
भरिएको
पुस्तक
हो
। प्रत्येक
अध्यायमा
पाठकले
अथाह
साहस
प्राप्त
गर्ने
गर्छ
। लेखकले
यस्तो
जादुयी
भाषा
र बौद्धिकता
प्रस्तुत
गरेका
छन्
कि
कुनै
पनि
अध्याय
पढ्दै
गर्दा
पाठकका
दिमागमा
जरा
गाडेका
कैयौं
पूर्वमान्यताहरु
स्वत
भत्किन
थाल्नेछन्
। मन
र मस्तिष्क
हल्लिन
थाल्नेछन्
। अन्य
पुस्तकले
उत्तेजित
पाठकलाई
संयमित
बनाउँछन्
तर
यस
पुस्तकले
संयमित
पाठकलाई
समेत
उत्तेजित
बनाउँछ
। पैसा
र सेक्सको
पछि
दौडिनेहरु
र रक्सीबिना
रात
गुजार्न
नसक्नेहरुले
तत्काल
त्यो
बाटो
छाड्नेछन्
भन्न
त नसकिएला
तर
उसको
दिमागमा
झट्का
अबश्य
लाग्ने
छ ।
विजय
कुमारसँग
जोडिन
धेरै
पात्रहरु
आउँछन्, पुस्तकभरी
। स्वदेशी, विदेशी, सहित्यकार, दार्शनिक, पत्रकार, अलपत्रकार
धेरैलाई
सम्झिएका
छन्, विजय
कुमारले
। उनले
कुनकुन
बिषयमाथि
लेखेभन्दा
पनि
कुनकुन
विषय
छुटाए
भन्नु
बढि
सजिलो
हुनेछ
। उनले
धेरैभन्दा
धेरै
विषयमा
आफुलाई
घोलेका
छन्
। र, जीवनका
सुन्दर
रङहरु
र उत्प्ररणाहरुको
मुहान
प्रस्तुत
गरेका
छन्
।
रातोपाटी
अनलाइन
पत्रिकामा प्रकाशित
No comments:
Post a Comment