……………
पुस्तकः रात फुलेको याम
लेखकः दीपशिखा
प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि.
लेखकः दीपशिखा
प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि.
………………
यो पूर्णत एकपक्षीय उपन्यास हो । यसको सम्पूर्ण शब्दहरु माओवादी युद्ध र सो युद्धमा संलग्नहरुलाई ‘क्लिन चिट’ थमाउने उद्देश्यका साथ लेखिएका छन् ।
-किरण दाहाल
२०६२/६३ सालको जनआन्दोलन पश्चात
देशमा केही ठूला
परिवर्तन भए । गणतन्त्रको घोषणा
भयो । धर्म
निरपेक्षता र संघियता संविधानमै उल्लेख
भयो । यो
परिवर्तनको जगका रुपमा दशबर्षसम्म युद्ध
लडेको तत्कालीन पार्टी
नेकपा माओवादीको युद्धमाथि धेरै
दस्तावेजहरु लेखिइसकेका छन् । उसका
राजनीतिक उतारचढाव पनि सतहमा आइसकेको छ
। तर, युद्ध–कौशलका कैयौं रहस्यहरुमा अहिले
पनि धेरैको चासो
छ । चासो
राख्नेहरुलाई थाहा छ, त्यो
युद्ध केटाकेटीको भेट्टाईभेट्टाई खेलजस्तो थिएन
। आखिर कस्तो
थियो त त्यो
युद्ध ? काठमाण्डौंका अभिजातहरुको मूल्याङ्कनभन्दा त्यो
कति र कुन
अर्थमा फरक थियो
? यस्ता प्रश्नहरुको उत्तर
पाउन सकिन्छ, दीपशिखाको उपन्यास ‘रात फुलेको याम’मा ।
नेपाली
राजनीतिमा अहिले प्राप्त भएका
मूलभूत उपलब्धीहरु प्राप्त गर्नका
निम्ति माओवादी युद्धले केही
आधार सिर्जना ग¥यो । जनआन्दोलनले त्यसलाई संस्थागत गर्न
साहस पायो ।
यहि दुई ऐतिहासिक घटनाको
फ्युजनलाई हेर्ने आँखीझ्यालको काम
गरेको छ, उपन्यासले ।
स्पष्ट भइसकेको तथ्य
के हो भने
त्यो जनआन्दोलनमा माओवादीको संलग्नता थियो
। जनआन्दोलनभर सडकमा
फरक परिचयका साथ
माओवादीको उपस्थिति थियो । उपन्यासले जनआन्दोलनको टावरमा
उभिएर माओवादीको युद्धका केही
पक्षलाई केलाउने प्रयत्न गरेको छ ।
उपन्यास जनआन्दोलनको रिपोर्टिङ गर्ने एक पत्रकारको दैनिकीबाट सुरु
भएको छ ।
यसैक्रममा भेटिन्छ, पत्रकारको बालसखा याम उर्फ
मङ्गले । उसैको
युद्ध अनुभव, आरोह
अबरोह उपन्यासभरि समेटीएका छन्
। उनीहरु दुवैको
संस्मरणमा यो उपन्यास तयार
भएको छ ।
बाबुको हत्याविरुद्ध माओवादीको सुराकी गर्ने पत्रकार पवनको पुरानो डायरीबाट जनयुद्धको वर्णन सुरु भएको छ । पुलिसलाई सुराकी दिने असफल प्रयत्न पश्चात पवन आफै माओवादीको अपहरणमा पर्छ । माओवादीले सर्वसाधारण मानिसप्रति गर्ने व्यवहार, सुखदुःखमा साथ दिने प्रवृत्ति, ऊजस्ता बन्दीप्रति गर्ने व्यवहारको कारण ऊ माओवादी आन्दोलनप्रति नै लगाव राखेर फर्किन्छ ।
यद्यपी उपन्यासको ठूलो हिस्सा मंगले(याम)को युद्ध कौशलको वर्णनले ओगटेको छ । याम उपन्यासको मूल पात्र हो । उसको माओवादी हुनुको कारण, गतिबिधी, अविचलित यात्रा र पार्टीप्रतिको लगाव पत्रकारको जत्ति सहज छैन । गोली लागेर जङ्गलमा अलपत्र पर्दा उसले ब्यहोरेको दुःख साँच्चै हृदयविदारक छ । गोलीले छेडिएको शरीर लिएर जङ्गलमा प्यास र पीडाले छट्पटाईरहेको एउटा छापामारमा अटल रहेको आफ्नो आन्दोलनप्रतिको विश्वास र लगाव सम्मान गर्न लायक छ । बाँच्नको लागि शितको थोपा र पिसाब पिएर गर्नुपरेको संघर्ष दुःखलाग्दो छ । लोप्चनसँगको सम्पर्क, उसले देखाएको उच्च सहयोगी भावना, स्वास्थ्यकर्मी कविताको उपचारक्रम आदि रोचक घटनाहरुसँगै उपन्यास अघि बढेको छ ।
यामको मात्रै नभई लोप्चन, कविता लगायतको आस्थाको सहयात्रा, समर्पणभाव साँच्चै प्रेरणादायी छ । कैयौं परिक्षणमा उनीहरुको आस्था खरो उत्रिन्छ । कठिन हण्डर, ठक्करहरुमा पनि त्यो आस्था डगमगाएको छैन । युद्धको बेला पार्टीको निम्ति जे आवश्यक थियो, सबै काम गरेका छन् उनीहरुले ।
यी बाहेक उपन्यासमा जोडिएका अन्य पात्रहरुलले पनि आफू माओवादीमा एकाकार हुनुको औचित्य पुष्टि गरेका छन् । उपन्यासमा बिशेषगरी यामको युद्ध अनुभवमा फौजी आक्रमण, एम्बुस आदिजस्ता युद्ध रणनीतिले प्रमुख स्थान पाएको छ । कतिपय लडाईंको वर्णन भने प्रत्यक्ष प्रशारण शैलीमा लेखिएको छ । पुलिसचौकी आक्रमण गर्न, प्रहरीलाई एम्बुसमा पार्न, मेजर भुवनको हत्याको निमित्त अपनाईएको रणनीति सबैसबैले माओवादीको फौजी कारबाही सफल हुनुको रहस्यको ‘तत्वबोध’ गराउँछ । पाठकले यसबाट सफल ठानिएको माओवादीको फौजी गतिबिधीको रणनीतिक ज्ञान पनि पाउन सक्छन् । यद्यपी, उपन्यास ‘जनयुद्ध’का अन्य राजनैतिक उद्देश्य, दाउपेच, सामाजिक–आर्थिक प्रभावहरुको बारेमा बोल्दैन । माओवादीको संगठन संरचना, त्यसकै चुस्तदुरुस्तपना, गाउँले र छापामारको सहयोग आदानप्रदानका घटनाहरुका निम्ति धेरै पृष्ठ खर्च भएका छन् । यी सबै बिषयबस्तु यामले बालसखा पवनलाई सुनाउँछ । बेलाबेलामा उसको श्रोताहरुमा पवनका घरबेटीहरु पनि थपिन्छन् । जो सबै माओवादी आन्दोलनप्रति संलग्न वा सकारात्मक भएको कुरा पनि खुल्दै जान्छन् । त्यसकारण यो संस्मरण युद्धकालमै एउटा मोर्चाको कमाण्डरले अर्को मोर्चालाई गरेको ‘ब्रिफिङ’ जस्तो छ ।
यो पूर्णत एकपक्षीय उपन्यास हो । यसको सम्पूर्ण शब्दहरु माओवादी युद्ध र सो युद्धमा संलग्नहरुलाई ‘क्लिन चिट’ थमाउने उद्देश्यका साथ लेखिएका छन् । ‘दुस्मन’ भनिएका राज्यतर्फका सुरक्षाकर्मीलाई सकेसम्म नराम्रो देखाउनको लागि उनीहरुको भाषाशैलीलाई सोही रुपमा उल्लेख गरिएको छ । दुस्मनबाहेकका सम्पूर्ण पात्रहरुले त्यो युद्धप्रति सकारात्मक छवि बनाउन आफ्नो तर्फबाट यथासक्य प्रयत्न गरेका छन् । सायद लेखकको उद्देश्य यस्तै थियो ।
माओवादी युद्धदेखि जनआन्दोलसम्ममा छापामारहरुको भूमिकालाई प्रधानता दिइएको छ । जनआन्दोलमा भएका झडप, ¥याली, जनउपस्थिति, दबाव सबै माओवादीको पूर्वयोजना अनुसार भएको देखाउन खोजिएको छ । त्यसमा अन्य पार्टीको भूमिकालाई वेवास्ता गरिएको छ । उनीहरुको भूमिकालाई कुनै स्थान नै दिइएको छैन । जनआन्दोलनका सम्पूर्ण गतिबिधि यामजस्ता माओवादी छापामारको नियन्त्रण वरिपरि घुमेको छ । त्यसकारण यो उपन्यास कुनै माओवादीको मुखपत्रको रिपोर्टीङ / फिचर जस्ता भएको छ ।
देश बदल्ने र न्यायपूर्ण समाज स्थापनाको लागि यामजस्ता छापामारले देखाएको अदम्य साहस, उनीहरुले भोगेका दुःख बेहिसाब छ । पाठक ठाउँठाउँ भावुक हुन्छ । बिशेषगरी ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ शाही घोषणा भएसँगै जब यामले आफ्नो एउटा नक्कली खुट्टा उचाल्छ, परिस्थिति खुशी र दुःखको दोसाँधमा रुमलिन्छ । गोलीले छेडेर छियाछिया भएको यामको शरीरबाट खुट्टाले पनि साथ छोडेको रहेछ भन्ने पाठकले उपन्यासको अन्तिमतिर थाहा पाउँछ । सारा संबेदना यामको निम्ति खन्याउन पाठक बाध्य हुन्छ ।
उपन्यासकारले एउटा गल्ती यतैतिर गरेका छन् । राजाको घोषणा पछि घरबेटी आमाको आग्रहमा यामले बाँकी संस्मरण सुरु गरेको छ । घरबेटी आमैको आग्रह खुट्टा काट्नुको घटना सुन्ने लालसामा थियो । पाठक पनि सोही अपेक्षा गर्छ । तर, यामले घाइते अवस्थापछि घरमा आमालाई भेटेको प्रसङ्ग सुनाउँछ । यामले आफ्नो नक्कली खुट्टा उठाएर खुसी साटेसँगै उपन्यासको अन्त्य हुनुपथ्र्यो । होइन भने खुट्टा काट्नुपरेको प्रसङ्गलाई उचित किनारा लगाउनुपथ्र्यो । लेखकले दुबै झन्झट गरेका छैनन् ।
माओवादीप्रति बढी सदासयता देखाउन खोज्दा लेखकले केहीठाउँमा अपत्यारिलो परिस्थिति सिर्जना गरेका छन् । यामको गाउँकै पुलिस चौकीमा भएको माओवादी आक्रमणपश्चातको वातावरण यस्तो छः
“… म घाइते(पुलिस)हरु नजिकै गएँ । उनीहरुलाई मेडिकल टिमले प्राथमिक उपचार गरिसकेछ ।
भनेँ, “अब के गरौँ हामी तपाईहरुको लागि ?”
खुट्टा गुमाएको घाइते पुलिसले भन्यो, “खैनी खान पाए हुन्थ्यो हजुर !” …” (पेज नं. ७९)
मलाई लाग्दैन, सुर्तीको अम्मल यती चर्को हुन्छ, जसको खुट्टा गुमिसक्दा र आक्रमणको डरलाग्दो परिस्थितिमा पनि उसलाई ज्यानभन्दा बढी सुर्तीको याद दिलाओस् । फेरी ऊ कैयौं दिनदेखि सुर्ती खान नपाएको कडा अम्मली पनि होइन ।
यही आक्रमण सकिएर फर्किने बेलामा यामकी आमाले उसको कमाण्डरलाई भुटेको मकै थमाउँछिन् । उनले बताउँछिन्, “(आक्रमण) सुरु हुनेबित्तिकै भुटेकी ।” (पेज नं. ७९) यो जति हास्यास्पद वातावरण अन्त छैन । गाउँकै प्रहरी चौकीमा आक्रमण भईरहँदा कोही घरमा मकै भुटेर बस्न सक्छ ?
केही ठाउँमा अगाडीको उल्लेख भएको तथ्यलाई पछाडीको तथ्यले काटेको छ । याम आफू युद्धमा हिड्ने बेला आमा र बहिनीको पूर्णजानकारीमा रहेको बताउँदै भनेको छ, “आमा र बहिनीको हत्ते छ, नहिडौँ बचन दिईसकें ।” (पेज नं. ७१) तर फेरी पेज नं. ७५ मा यस्तो लेखिएको छ, “म भूमिगत भएको कुरा आमाबाहेक कसैलाई थाहा थिएन ।”
उपन्यासभर माओवादी छापामारको बोल्ने भाषा निकै शिष्ट छ । तर, पुलिसको भाषा निकै अशिष्ट छ । उनीहरुको ज्यादतीलाई बढि नै प्राथमिकता दिइएको छ । यो माओवादीप्रति अति सदासयताको परिणाम हो । उसबेलाको माओवादी पनि कम उग्र र अशिष्ट थिएन । र, उसको ज्यादती पनि कम थिएन । त्यसको व्याख्या सायद यहाँ लेखकले आवश्यक ठानेनन् ।
उपन्यास पढ्दै गर्दा अहिलेको माओवादीलाई कमैले मात्र सम्मान र सहानुभूति व्यक्त गर्लान् । निस्वार्थ क्रान्तिको नाममा आफ्नो सर्बस्व गुमाएकाहरुको सपनामा लात हानेर पेरिसडाँडा र बुद्धनगर कसरी ‘खिचडी पकाइरहेछन्’ । लाजिम्पाट दरबार कसरी टाउकोमा जेल दलिरहेछ, सबैसबै दिमागमा घुमिरहन्छन् । मानौ, कसैले पुरानो फिल्मको सिडी दिमागमा घुमाइरहेछ ।

Twitter:
twitter.com/kiran_ktm
No comments:
Post a Comment